Home » साहित्य/कला/संस्कृति » Page 21
Category:

साहित्य/कला/संस्कृति

चर्चित बांग्लादेशी लेखिका तसलिमा नसरिनका प्रायः सबै कृतिका नेपाली अनुवाद बजारमा छ्यापछ्याप्ती पाइन्छन्। ती पुस्तकका अनुवादक, सम्पादक र प्रकाशक पनि अधिकांश नाम चलेकै व्यक्ति छन्। तसलिमा भन्छिन्, “नेपालीमा अनुवाद गरिएका मेरा कृति सबै नक्कली हुन्, त्यसो गर्न पाइँदैन।” यस्तो अनुवादको गुणस्तर पनि उदेकलाग्दो छ।

लेखक/प्रकाशकको अनुमति नलिई कुनै पनि कृतिको अनुवाद, पुनरुत्पादन गर्नु दण्डनीय अपराध हो। तर, तसलिमाका मात्र होइन विश्वका धेरै चर्चित पुस्तकहरूका अनधिकृत अनुवाद र पाइरेटेड (अनधिकृत प्रकाशन/पुनरुत्पादन गरिएका) पुस्तक नेपाली बजारमा सर्वत्र उपलब्ध छन्।

हामीसँग भएको ह्वाट्सएप कुराकानीमा भारत निर्वासनमा रहेकी तसलिमाले आफ्ना कुनै पनि पुस्तक नेपालीमा अनुवाद गर्न कसैलाई अधिकार नदिएको बताइन्। उनले भनिन्, “म कुनै …

0 comment
0 FacebookTwitterEmail

इस्लामिक क्यालेन्डर अनुसार मुहरम इस्लाम धर्मको पहिलो महिना हो। यसलाई ‘हुरमतको महिना’ का साथै ‘गम र मातम’ को महिना पनि भनिन्छ। प्रत्येक वर्ष जस्तै यसवर्ष पनि यो महिना पैगम्बर मुहम्मदको नाति इमाम हुसेन ‘सहिद’ को सम्झनामा धुमधामका साथ मनाइदैछ।

सन् २०२३ मा मुहरम २० जुलाईबाट शुरु भएको छ, त्यसैले यो वर्ष २९ जुलाई अर्थात आज मुहर्रम मनाइदैछ। इस्लाम धर्मका अनुसार यो महिनाले न्याय र अधिकारका लागि विशेष महत्व र इतिहास बोकेको छ। यही महिनामा हजरत इमामहुसेनले कर्बलाको लडाइमा सहादत प्राप्त गर्नुभएको थियो।

मुहर्रम महिनाको पहिलो दस दिन इमाम हुसेनको शोकको रुपमा मनाइन्छ। यसलाई आशूरा पनि भनिन्छ। हजरत इमामहुसेन आफ्ना ७२ …

0 comment
0 FacebookTwitterEmail

द्वापर युगमा पनि ऋषिहरू स्वर्ग , पृथ्वी र पातालमा जान आउन सक्थे भन्ने महाभारत र पुराणहरूका विभिन्न आख्यान र उदाहरणहरूले देखाएका छन्। महाभारतका विभिन्न पर्वमा गरिएका बयान र व्याख्याले ती कुराहरूलाई सङ्केत गरेका छन्। ऋषिहरू कहिले इन्द्रलाई सुझाव दिन गएका हुन्छन् त कहिले ब्रह्मा, विष्णु र महेश्वरसँग विभिन्न विषयमा , ब्रह्माण्डको हितका लागि वार्ता गर्न गइरहेका पाइन्छन्। यसरी सांसारिक , ब्रह्माण्डीय र विभिन्न योनिका बारेमा जानकारीका लागि ब्रह्मर्षि नारदले सबैतिरको संवादलाई अगाडि बढाएको पाइन्छ। ऋषिहरूको काम भनेको खगोलसहित, स्वर्गसहित, पातालसहित विभिन्न संसार परिभ्रमण गर्ने र कतै पनि अन्याय नहोस् , राजाहरू अन्यायी नहुन र कसैले पनि दुःख नपाओस् भन्ने कुरामा

0 comment
0 FacebookTwitterEmail

मर्चवार क्षेत्रका इष्टदेवी हुन्, मर्चवारी देवी। उनको मन्दिर रुपन्देहीको मर्चवारी गाउँपालिका वडा–५ मा छ। मर्चवारी देवीको उत्पत्तिबारे अनेक कथा र किंवदन्ती पाइन्छन्।

मर्चवारी देवीको महिमा भोजपुरी भाषाको मर्चा (खुर्सानी) शब्दबाट सुरु भएको पाइन्छ। ‘देवीको पूजाअर्चना गर्नाले दुःख–दरिद्रता नाश हुने र मनोकामना पूरा हुने जनविश्वास छ,’ मन्दिरका महन्त शम्भुशरण दास भन्नुहुन्छ, ‘भाकल पूरा भएपछि अधिकांशले सिमेन्टको हात्ती बनाई चढाउने प्रथा पनि छ।’

‘मर्चवारी देवीलाई विशेषगरी मर्चवारी, सम्मरीमाई र कोटहीमाईसहित हालक तीन गाउँपालिका र वरिपरिका मर्चवारवासीकी आराध्य र इष्टदेवी मानिन्छ,’ मर्चवारी गाउँपालिका–३, मधुवनियाका ५२ वर्षीय दीपचन्द यादवले भन्नुभयो, ‘यिनै देवीको महिमा र नामबाट सो क्षेत्रको नाम मर्चवार रहन गएको हो।’

किंवदन्तीअनुसार परापूर्वकालमा …

मर्चवारी देवी उत्पत्ति कथा  : फरक पहिचान, बेग्लै महिमा
0 comment
0 FacebookTwitterEmail

महाभारतको वनपर्वमा महामुनि मार्कण्डेयको दुईपटक प्रसङ्ग आउँछ। पाण्डवहरूको वनबास सुरु हुँदा र वनबासको अन्त्यतिर। तीर्थयात्रामा हिँडेका मार्कण्डेय ऋषि पाण्डवहरूलाई केही सल्लाह दिँदै तीर्थयात्रातर्पm निस्कन्छन् र पछि वनबासको अन्त्यतिर फेरि पाण्डवहरूसमक्ष देखिएर उपदेश दिएका छन्। पछिल्लोपटक त चिरञ्जीवी मार्कण्डेय ऋषिसँग भगवान श्रीकृष्ण पनि देखिनु हुन्छ।

आपसमा कुरा नमिलेर र एउटै दरबारमा बसेर सँगै राज्य सञ्चालन गर्न महाराज पाण्डुका छोराहरू पाण्डव तथा महाराज धृतराष्ट्रका छोराहरू कौरवहरूले सकेनन्। पाण्डवहरूमा त त्यस्तो कुनै घमण्ड देखिएको थिएन तर कौरवहरूले भने भित्री मनमा डाह गर्ने गरेकाले पाण्डवहरूले भने खाण्डव वनलाई इन्द्रप्रस्थ नामक अर्कै राज्यको व्यवस्था गरेर राज्यसमेत सञ्चालन गरेका थिए। महाभारतमा कौरव र पाण्डवका बिचमा देखिएको …

0 comment
0 FacebookTwitterEmail

पुराणहरू भनेका वेदका विस्तारित रुप हुने भनेर मानिएको छ। अठार पुराण मध्येको सातौँमा गणना गरिने मार्कण्डेय पुराणको वक्ता महामुनि मार्कण्डेय नै हुन्। हुन त मार्कण्डेयको प्रसङ्ग महाभारतको वनपर्वमा आउँछ र वनवासमा रहेका महाराज युधिष्ठिरसहित पाण्डवहरू र महारानी द्रौपदीसमेतलाई ज्ञानगुनका कुराहरू भनेर पथप्रदर्शन गरेको कथा महाभारतमा पाइन्छ। त्यसो त अष्ट चिरञ्जीवीमध्ये सृष्टिको अन्त्य हुँदाको प्रलय र प्रलय पछिको नयाँ सृष्टिको आदिकालको संक्रमणमा देखिने मध्ये स्वयं नारायणबाहेक महामुनि मार्कण्डेयमात्र हुन् भनेर पुराणहरूले व्याख्या गरेका छन्। तर पुराणहरूमा पनि महामुनिका रुपमा परिचित तथा अष्टचिरञ्जीवीमध्येका मार्कण्डेयको उत्पत्ति, जीवनचक्र र उनको चिरञ्जीवी हुने प्रक्रियामा फरकफरक धारणा पाइँदो रहेछ।

यतिचाहिँ पक्का हो, मार्कण्डेय ऋषि एक मेधावी

0 comment
0 FacebookTwitterEmail

बिन्ती डिठ्ठा विचारीसित म कति गरुँ चुप रहन्छन् नबोली

बोल्छन् ता स्याल गरे झैँ अति पछि छिनछिन भन्छन् भोलिभोलि

कि ता सक्दिन भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यी भोलि

भोलि भोलि हुँदैमा सब घर बिति गो बक्सियोस् आज झोली।”

आदिकवि भानुभक्त आचार्यका यी श्लोकहरू अहिले कागजमा मात्र लिपिवद्ध छन, उच्चारण र वाचन भने हुन छाडी सकेका छन्। आदिकवि भानुभक्तलाई सम्झँदा नेपाली जनजीवनका अनेक प्रेरणादायी र लोकप्रिय कविताका पंक्ति सहजै स्मरणमा आउँछन्। नेपाली भाषामा कवितामै बोल्न, लेख्न र गाउन सक्ने बहुआयामिक क्षमताका धनी आचार्यलाई स्वदेश र विदेशका अध्येता, समालोचक एवं अनुसन्धानकर्ताले निरन्तर पछ्याउँदै आएका छन्।

आफ्नै

0 comment
0 FacebookTwitterEmail

पिंगाक्ष, विवोध, सुपुत्र र सुमुख चारओटा पक्षीहरूको जन्म कसरी भयो र यी कसरी भूत— वर्तमानका ज्ञाता र भविष्यद्रष्टा विद्वान भए? विद्वान पनि र कुन श्रेणीका ठहरिए भने वेदव्यासका प्रिय शिष्य जैमिनिसमेतलाई व्यासका व्याख्यामा लागेको सन्देहको समाधान गर्ने क्षमता र जैमिनिको मनमा उठेको सन्देहको गाँठो समेत फुकाउन सक्ने क्षमता देखिएको थियो। सर्वद्रष्टा चिरञ्जीवी महर्षि मार्कण्डेयले पत्याएका विद्वान थिए ती चार पक्षीहरू। एकातिर तिर्यकयोनि, अर्कोतिर परमात्माको ज्ञान र ध्यान। काम, क्रोध, लोभ, मोह र मात्सर्यभन्दा धेरै टाढा रहेर पनि सांसारिक अवस्थाको सम्पूर्ण ज्ञान राख्दै, मानवीय मूल्य र नैतिकताको व्याख्या गर्न सक्ने, महर्षि मार्कण्डेयलाई समेत ज्ञान प्रसारमा सहयोग गर्न सक्ने विद्वान चराहरूको जन्मका …

0 comment
0 FacebookTwitterEmail

महाभारतको प्रसङ्गले एउटा कुरामा ध्यान जान्छ —पुराणहरूभन्दा पहिले महाभारतको रचना भयो होला कि पुराणहरूको? पुराणहरूमा जब जय नामको इतिहासको कुरा आउँछ, जुन जयलाई पछि महाभारतको कथाको रुपमा लिइएको छ। अहिलेसम्म प्राप्त, मननीय, संग्रहणीय र पठनीय सामग्रीको श्रेणीमा श्रीकृष्ण द्वैपायन व्यासले रचना गरेका महाभारत(१८ पर्व), पुराण( १८ महापुराण र १८ उपपुराण) र चारओटा वेदहरू( ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद)को आधुनिक तरिकाले व्यवस्थापन गरेको पाइन्छ। महर्षि व्यासले आफ्ना छोरा शुकदेवबाहेकका चारओटा शिष्यहरू ऋषि पैललाई ऋग्वेदको, ऋषि जैमिनिलाई सामवेदको, ऋषि वैशम्पायनलाई यजुर्वेदको र ऋषि सुमन्तुलाई अथर्ववेदको प्रचार, प्रसार र गूढार्थहरूको व्याख्या गर्ने जिम्मा दिएका थिए। अनि रचना गरिएका महापुराणहरूको क्रममा श्रीमद्भागवतसहित अठार पुराणहरू …

0 comment
0 FacebookTwitterEmail

नेपालका सरकारी अधिकारी र पर्यटन व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनीबाट पर्यटन प्याकेज प्रवर्द्धन गर्न आग्रह गरेका छन्। श्रीलंकाको क्यान्डीमा नेपाल पर्यटन बोर्ड र सिद्धार्थ होटल संघको संयुक्त आयोजनामा भएको नेपाल–श्रीलंका सेल्स मिसन कार्यक्रममा बोल्दै उनीहरुले बुद्ध जन्मस्थलबाट टुर प्याकेज सुरु गरेर अन्य बौद्धस्थलहरु जोड्नुपर्ने बताएका छन। श्रीलंकन तथा भारतीय ट्राभल एजेन्सीले भारतको बोधगयालगायतका बौद्धस्थलबाट टुर प्याकेज बनाएर पर्यटकलाई लुम्बिनी लैजाँदा बसाइँ अवधि बढ्न सकेको छैन। अब टुर प्याकेज बनाउँदा नेपालको लुम्बिनीलाई केन्द्रमा राखेर बनाइनुपर्ने नेपाली पर्यटन व्यवसायीको जोड छ। यसले पर्यटकको बसाइँ अवधि बढ्ने अपेक्षा उनीहरुको छ।

सेल्स सिमन कार्यक्रम उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले …

श्रीलंकाको क्यान्डीमा नेपाल प्रवर्द्धन कार्यक्रम, लुम्बिनीबाट बौद्धस्थलको भ्रमण सुरु गर्न आग्रह
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved