

वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी अहिले आवश्यक परामर्श गरिरहेको र उक्त घटनाको अनुसन्धान पनि थालिएको जनाएको छ ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले उनीहरुलाई गिरोहले विदेश पठाउने भनेर काठमाडौँको गौशालास्थित एक होटलमा राखिएको अवस्थाबाट उद्धार गरिएको जानकारी दिनुभयो ।
बहाना वैदेशिक रोजगारीको भए पनि उनीहरुलाई तेस्रो मुलुक लगेर बेचबिखन गर्न लागिएको पत्ता लागेपछि उद्धार गरिएको उहाँले बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा आकर्षक तलब पाउने लोभ देखाएर उनीहरुलाई विदेशमा बेचबिखन गर्न लागिएको पाइएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलगन …
नेपाल प्रहरीले एक वर्षका अवधिमा २३ चर्चित घटनाको सफल अनुसन्धान गरेको छ। प्रहरी प्रधान कार्यालयमा १५ चैतमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले गत वर्षको चैत १० गते महानिरीक्षकको कार्यभार सम्हालेपछि २३ चर्चित घटनाको सफल अनुसन्धान सम्पन्न भएको जानकारी दिइयो।
पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले एक वर्षमा ललिता निवास जग्गा प्रकरण, ६० किलोग्राम सुन, बालयौन शोषण गरेको कसुरमा रामबहादुर बमजम पक्राउलगायतका विभिन्न घटनाको सफल अनुसन्धान गरेको जानकारी दिनुभयो।
उहाँले देउराली सहकारी, हुण्डी कारोबारी पक्राउ, शिवशिखर सहकारी ठगी प्रकरण, दुई किलोग्राम ६०० ग्राम कोकिन बरामद, नक्कली भूटानी शरणार्थी प्रकरण, गैरीगाउँ सामुहिक हत्या, पेट्रोल छर्कि आगो …
पाल्पामा एक युवतीको घाँटी रेटेर बीभत्स ढङ्गले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मङ्गलवार साँझ युवतीको शव फेला परेको हो।
घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको नुहाएर घर फर्किने क्रममा धारिलो हतियारले शरीरका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको हो।
स्थानीयले बताए अनुसार मृतक १९ वर्षीय पद्मा सुनार दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन जान्छु भनेर निस्किएकी थिइन्। उनी अबेर साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको थियो।
रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार सुनार कराङ्दीका …
रुसको राजधानी मस्कोको क्रोकोस सिटी हलमा ठूलो आतंककारी हमला भएको छ। कन्सर्ट चलिरहेको समयमा हमला भएको थियो।
कन्सर्ट चलिरहेको हलमा बन्दुकधारीहरूले बन्दुक चलाएर र बम प्रहार गरेर हमला गरेका थिए। हमलाबाट ६० जनाको मृत्यु र १४५ भन्दा बढी घाइते भएका छन्। स्वास्थ्य अधिकारीहरूले करिब १४५ घाइते भएको मध्ये ६० जनाको अवस्था गम्भीर रहेको बताएका छन्। अग्नि नियन्त्रकहरूले बेसमेन्टबाट करिब १०० जनालाई बाहिर निकालेका छन्। भवनको छानाबाट मानिसलाई लिफ्टिङ उपकरणसहित बचाउने काम जारी छ ।
रुस सरकारले यस घटनालाई आतंकवादी हमला घोषणा गरेको छ।
क्रोकोस कन्सर्ट हल मस्कोको सबैभन्दा लोकप्रिय मध्ये एक कन्सर्ट हल हो र यसमा छ हजार २०० मनिस …
अपरिचित व्यक्तिसँग एकैछिनको चिनाजानका भरमा उनको विश्वासमा पर्दा ठूलो आपत्मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ ।
पोखरा जान लागेकी एक महिला त्यस्तै गिरोहका फन्दामा परेकी छिन् । उनी भारत पुगेर पनि बेचिनबाट त जोगिइन् तर ठगीमा परिन् । लोभमा गिरोहसँग बिहे गर्न पुगिन् । नवलपुरको कावासोती घर भएका दुर्गाबहादुर पौडेल क्षेत्रीको विश्वासमा पर्दा ती महिला बेचबिखन तथा ठगीमा परेकी छिन् ।
प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ती महिला काठमाडौँबाट साथी भेट्न पोखरा जाने क्रममा सँगै बसको सिटमा पौडेल भेटिएका थिए । यात्राकै क्रममा उनीहरुबीच कुरा हुँदै जाँदा प्रलोभनमा पारी विवाह …
प्रहरीको सक्रियताका कारण पछिल्लो सयम विभिन्न आपराधिक क्रियायाकलाप गरी अदालतको फैसलामा सजाय तोकिइ फरार रहेका प्रतिवादी पक्राउ पर्ने क्रम बढेको छ ।
यसै सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयको टोलीले गएको फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ परेको जनाइएको छ ।
कानुनी राज्य र विधिको शासन प्रत्याभूति गराउने अभियानअन्तर्गत फागुन महिनाको फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विभिन्न आपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय …
तराईमा बढेको धार्मिक उन्मादसँगै वीरगन्ज भइरहेको ठगी प्रति स्थानीय प्रशासनको ध्यानाकर्षण भएको छ । आफूलाई चमत्कारी बताउने भारतीय काली कम्बलवाला बाबालाई प्रहरीले पक्राउ गर्न खोज्दा फरार भएका छन् । प्यारालाइसिस, लगायत नसाका रोग निको पारिदिने भन्दै वीरगन्जमा चलाइएको धार्मिक शिविरमा आइतबार प्रहरीले हस्तक्षेप गरेको हो ।
आफूलाई चमत्कारी बाबा बताउँदै वीरगन्जमा चैत १ गते देखि धार्मिक शिविर चलाउँदै आएका भारत गुजरातका काली कम्बल बाबाको उपचार शिविरमा आइतबार प्रहरीले हस्तक्षेप गरेको थियो । आफूलाई प्रहरी समाप्त आइरहेको मेसो पाउने बित्तिकै अचानक काली कम्बलवाला बाबा शिविर छाडेर गायब भएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित चिनी मिलको जग्गामा काली बाबाले …
सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com