काठमाडौँ महानगरले आफ्नो क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण रोक लगाएको छ । ललितपुर महानगरपालिकाले २०७८ फागुन २० मा पाटन दरबार परिसर, पुलचोक गाः हिटी (महानगरपालिका भवन अगाडिको पार्क]) र जावलाखेललाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको थियो । लगत्तै २०७९ भदै ३० मा काठमाडौँ महानगरले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न निषेध गर्यो ।
यो निर्णय कार्यान्वयन नहुँदै काठमाडौँ महानगरले पुन मङ्सिर २७ गते देखि आफ्नो भौगोलिक क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने निर्णय लिएको छ ।
महानगरको स्वास्थ्य विभागले मङ्गलवार १५ दिनको अवधि दिएर सूचना जारी गरेको हो । चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने जनाएको हो ।
प्रकाशित सूचनामा कसैले माथि उल्लेखित सुर्तीजन्य पदार्थ बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्ने भनिएको छ । यसअघि सूचना जारी गर्दा महानगरले कानुन नभएकाले केही गर्न नसकेको र अहिले महानगर आफैले कानुन बनाएकाले मङ्सिर २७ देखि बजारमा बिक्री वितरण रोक लगाइएको महानगरको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताउनुभयो । सो सम्बन्धी नगर प्रहरीले अनुगमन गर्ने पनि उहाँले जानकारी गराउनुभयो ।
‘खैनी, गुट्खा बिक्री गर्नै र सार्वजनिक स्थलको २ सय मिटर वरपर चुरोट सेवन गर्नेलाई नगर प्रहरीले पक्राउ गर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो । ‘खाद्यान्न पसल, पान पसललगायत कुनै पनि पसलमा चुरोट, खैनी, गुट्खालगायत बस्नु बिक्री गर्न नपाइने उहाँको भनाइ छ । होटेल, रेस्टुरेन्टको हकमा भने ‘स्मोकिङ जोन’ छुटाइनुपर्ने र त्यसबाहेक अन्यत्र बिक्री वितरण तथा प्रयोग गर्न नपाइने उहाँले जानकारी दिनुभयो ।
केही पसलेहरूले बचेका केही खिल्ली चुरोटहरू भने बेचिरहेको पाइयो । केही मानिसहरू पानी तथा मास्क बेच्दै गर्दा पनि सडक पेटीका छेउमा चुरोट तथा पराग बेचिरहेको भेटिए ।
‘हामीले ३२ वटै वडाको हरेक पसल अनुगमन गर्नका लागि ५० जना नगर प्रहरीहरू परिचालन गरेका छौँ‘, नगरपालिकाको प्रवक्ता नवीन मानन्धर भन्नुहुन्छ ‘ महानगर प्रहरीहरू पाँच वा १० जनाको समूह बनाएर परिचालन गरिएको छ । पहिलो पटक बचेका सामान बेच्नेलाई हामीले सम्झाऊ छौँ , दोस्रो पटक पनि बेचेको पाइएमा सामान जफत गर्ने उहाँको भनाइ छ । तेस्रो पटक पनि बेचेको पाइएमा आर्थिक जरिवाना १० हजार वा सोभन्दा माथि हुने व्यवस्था छ । साथै सो कारबाही पश्चात पनि बिक्री वितरण गरेको पाइएमा पसल सिल गरिदिने उहाँले जानकारी दिनुभयो ।
कुनै पनि व्यक्तिले सार्वजनिक स्थलमा बसेर धूम्रपान लगायतका पदार्थ सेवन गरेमा पहिलो पटक सम्झाउने साथै पटक पटक सेवन गरेको भेटेमा एक सय भन्दा बढीको जरिवाना र कारबाही गरिने उहाँले बताउनुभयो । कारबाही अन्तर्गत सडकमै कान समातेर उठबस गर्न लगाउने जस्तो कारबाही रहेको मानन्धरको भनाइ छ ।
विद्यालय, अस्पताल, विमानस्थल, बालगृह, क्लब, व्यायामशाला, होटेल, सार्वजनिक शौचालय, प्रतीक्षालय, धर्मशाला लगायत सार्वजनिक स्थलमा सुर्ती जन्य पदार्थ सेवन गरेमा कार्यवाही गरिने मानन्धरले जानकारी दिनुभयो ।
हाम्रो पसलमा ८० प्रतिशत व्यापार भनेकै चुरोट सुर्ती पराग बेचेर हुन्थ्यो एक व्यापारी भन्नुहुन्छ– ‘अब हामीलाई नेपालमा केही गरेर खान नदिने भए । अब पसलमा भएका चाउचाउ बिस्कुट बेचेर पसलमा ताला लगाइदिन्छु ।’ उहाँको आक्रोश थियो ।
पसलको भाडा पनि तिर्न सकिँदैन, भएका सामान बेची सकेर विदेश जाने विचारमा छु अर्का व्यापारीको गुनासो पनि उही छ । राज्यलाई हामीले कर तिरेका छौ । कर छली गरेको व्यापार होइन । कि नेपालमै चुरोट, सुर्ती लगायतका वस्तु उत्पादन तथा आयात गर्नु भएन होइन भने सबैमा समान नियम बनाउनु पर्छ ।
रत्नपार्कको सडक छेउमा तीन वर्ष अघि देखि पानी, मास्क चुरोट बेच्दै आउनुभएकी ६० वर्षीय महिला अब महानगरले चुरोट पराग लगायतको बस्तु बेच्न नपाउने नियम ल्याएकोमा दुखी हुनुहुन्छ । ‘परिवारमा कमाएर दिने पनि कोही छैन । अर्काको घरमा कोठा भाडामा बस्न र खानको लागि मुस्किलले पुग्थ्यो । अब त्यो पनि नहुने भयो । बाँच्नका लागि गरेको यही एउटा काम पनि महानगरले खोसेपछि मेरो हेरचाहकाको जिम्मा कसले लिने । भोक भोकै बस्नुपर्ने हो ? उहाँको प्रश्न थियो ।
बालबच्चा पढाउने र जीविकोपार्जन गर्नका लागि चुरोट पराग बेचेर गुजारा चलेको थियो । अब त्यो पनि बेच्न नपाउने भएपछि सटर भाडा तिरेर मात्र बस्न सकिँदैन । व्यापार गरेको पैसा सटर भाडा र खान लगाउन नपुग्ने भएपछि व्यापार गर्नुको कुनै अर्थ रहेन । हामीलाई व्यापार गर्ने माहौल बाट वञ्चित गरिएको छ । अब पसल बन्द गरेर मजदुरी काम गर्नुपर्ने भयो भन्दै एक व्यापारीले गुनासो गर्नुभयो ।
नाम नबताउने सर्तमा एक जना व्यापारी भन्नुहुन्छ– ‘महानगरले ठुला होटेलहरुलाई बेचबिखन तथा त्यहाँ बसेर खाने व्यवस्था गरिदिँदा हामीजस्ता साना र खुद्रा व्यापारीलाई मर्का परेको छ । महानगरले साना व्यवसायीलाई कढाई गरेको प्रति उहाँको गुनासो छ ।
पान, पराग, गुट्खा, सुर्ती बेचेरै घर व्यवहार चलाइ आउनुभएका ३२ वर्षीय पान पसले भन्नुहुन्छ– ‘नेपालमा गरिखान नदिने नियम ल्याए । कि पुरै नेपाल भर बन्द गर्नुपर्छ या साना ठुला व्यापारीबिच भेदभाव हुने गरी बनाएको नियम ठिक लागेन । अब सटर बन्द गरेर हिँड्नुको कुनै विकल्प छैन ।
महानगरपालिकाले साना व्यापारी हटाउने नियम ल्याएछ । कर तिरेर सञ्चालन गर्दै आएको व्यापारमा रोक लगाउनु उपयुक्त नरहेको व्यापारीहरूको भनाइ छ ।
फाइदा र धेरै व्यापार हुने सामानमा रोक लगाएपछि रोजगारी दिन नसक्ने एक व्यापारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘किराना पसलमा भएको सामान मध्ये धेरै व्यापार हुने सामानमा चुरोट, खैनी, गुट्खा, पराग नै हुन्थ्यो । त्यसमा फाइदा पनि अरू सामान भन्दा धेरै नै हुन्छ तर अब त्यो सामानहरू बेच्न नपाउने भएपछि रोजगारीमा लगाएकोलाई हटाउनुको विकल्प छैन ।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
रूपेश आचार्य का अन्य पोस्टहरु:
- सटर भाडा तिर्न नसक्दा सडकमै बदाम बेचेर गुजारा चलाउने गायत्री
- धरहरा चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य, नयाँ साल देखि सर्वसाधरणका लागि खुला गर्ने तयारी
- भगवान् बनाएरै जीवन चलाएका रवि, जो मासिक लाख कमाउँछन्
- महाङ्काल र भद्रकाली मन्दिर जीर्ण, भाडा र भेटीको अत्तोपत्तो छैन !
- किन बढिरहेको छ उपत्यकामा चोरीका घटना ?
- गुजारा चलाउन दिनरात सडक सङ्घर्षमै हुन्छन् फुटपाथ व्यापारी
- थापाथलीको सुकुमबासी बस्ती भित्र छिर्दा
- दैनिक १५ घण्टा सडकमै सङ्घर्ष गर्छन् अधिकारी
- द्रुत बस सेवा: कतै हर्ष, कतै दुखेसो
- रिक्सा चालकको दुखः न स्वास्थ्यले साथ दियो न त आम्दानीले