जङ्गबहादुरको नयाँ अवतारको प्रतीक्षा गरिएको हो र? 

आदित्यमान श्रेष्ठ

जङ्गबहादुर राणा भनेको कुनै खास मानिस होइन। जङ्गबहादुर भनेको एउटा यस्तो चरित्र हो जसको कुनै ठेगान हुँदैन। उनले नेपालको सत्ता कब्जा गर्दा कुनै योजना बनाएका थिएनन्। तर उनले त आफ्नो जागिर जोगियोस् भनेर कोशिश मात्र गरेका थिए। उनको समयमा राजेन्द्र विक्रम राजा थिए। उनको कान्छी महारानी लक्ष्मीदेवीको हालीमुहाली चल्ने गर्दथ्यो। दरबारको चाल चलन सित भने जङ्गबहादुर राम्रो जानकार थिए। त्यसैले उनले कोतमा जाँदा आफ्ना भाइभतिजाहरूलाई हतियारमा सुसज्जित भएर आउनु भनेर अह्राएका थिए। कोतपर्व हुन सक्छ भन्ने छनक जङ्गबहादुरलाई थियो।

नेपालको आजको परिस्थितिले पनि त्यस्तै एउटा मानिस खोजिरहेको देखिन्छ। त्यो मानिस को हुन सक्छ, कहाँबाट आउँछ कसैले पनि भन्न सक्दैन। तर त्यस्तो भविष्यवाणी गर्न नसकिने खालको चरित्रको मानिस निस्कन सक्छ। आजको परिस्थितिले त्यस्तै मानिस जन्माउँछ। यो एउटा यस्तो परिस्थिति हो जसमा मानिसहरूको विश्वास हराइसकेको छ।

लोकतन्त्र नराम्रो होइन। हामीले त्यो सबै पाएका छौं जो मानिसले आफ्नो जीवनमा खोजिरहेको हुन्छ। स्वतन्त्रता पाएका छौं। मनमा लागेको कुरा र बिचार पोख्न पाएका छौं। तर के त्यतिले मात्र सन्तोष हुने रहेछ ?

लोकतन्त्र नराम्रो होइन। हामीले त्यो सबै पाएका छौं जो मानिसले आफ्नो जीवनमा खोजिरहेको हुन्छ। स्वतन्त्रता पाएका छौं। मनमा लागेको कुरा र बिचार पोख्न पाएका छौं। तर के त्यतिले मात्र सन्तोष हुने रहेछ ? लोकतन्त्रमा निर्वाचन नहुने पनि होइन। हेर्दा सबै मानिस चुनिएरै आएका हुन्छन्। मतदान पनि धेरै खसेकै हुन्छ। निर्वाचनमा धेरै धाँधली भएको छ भन्न पनि मिल्दैन। निर्वाचन आयोगले आचारसंहिता पनि बनाउँछ। लागू भयो पनि भन्छ। तर मानिसहरूलाई चित्त बुझ्दैन।

सरकार पनि दलगत बलमा बन्छ। ठूला दलहरूले आआफ्ना दलका अधिवेशन पनि गर्छन्। नेतृत्व पनि चयन गर्छन्। तर नेतृत्वमा आएका मानिसको मुख देखेर सबै खिन्न हुन्छन्। उही अनुहार धेरै वर्ष देखि देखिएका हुन्छन्। तर कसैले जनताको पीर मर्का बुझेको हुँदैन। कतै कसैको नेतृत्व बदलियो भने के के नै भयो भन्ने लाग्छ। तर काम गर्न लाग्यो भने उही पुरानो पारा देखिन थाल्दछ। पैसा बिना कुनै काम हुँदैन। जहाँ गयो उहीँ पैसा खुवाउनु पर्ने हुन्छ। पैसाले सबै थोक किन्न पाइन्छ। राजदूत हुनु पर्‍यो पैसै चाहियो। कुनै राजनैतिक नियुक्ति लिनु पर्‍यो पैसै चाहियो। कुनै उम्मेदवार हुनु पैसै चाहियो। कुनै बेला जागिर खान पनि पैसै खुवाउनु पर्ने अवस्था थियो। अहिले पनि मन्त्री हुनलाई कसैले दुई करोड माग्यो भनेर कार्यवाही नै भयो। नेताहरू भनेका राज्य संचालक हुन्। उनीहरूको हाथमा मानिस राख्ने खोस्ने अधिकार हुन्छ। त्यही अधिकार प्रयोग गरेर उनीहरूले पैसा कमाउन सक्छन्। त्यसै भएर नेतृत्व छाड्न कोई तैयार हुँदैनन् भनेर सबैलाई थाहा छ।

नेतृत्व बदलियो भने के के नै भयो भन्ने लाग्छ। तर काम गर्न लाग्यो भने उही पुरानो पारा देखिन थाल्दछ। पैसा बिना कुनै काम हुँदैन। जहाँ गयो उहीँ पैसा खुवाउनु पर्ने हुन्छ। पैसाले सबै थोक किन्न पाइन्छ। राजदूत हुनु पर्‍यो पैसै चाहियो। कुनै राजनैतिक नियुक्ति लिनु पर्‍यो पैसै चाहियो। कुनै उम्मेदवार हुनु पैसै चाहियो।

गर्दागर्दा नेपालीलाई नक्कली भुटानी बनाएर विदेश पठाउने काण्डको पर्दाफास भएको छ। पुराना गृह मन्त्रीहरू पनि यस काण्डमा तानिएका छन्। एक जना सचिव त थुनामा नै परेका छन्। अरु कति मानिसहरू पनि संलग्न भएको शंका लागेको छ। उनीहरूको नाउँ पनि बाहिर नआएको होइन। प्रहरीले सबै किसिमको खान तलासी गरिरहेको समाचार आइरहेको छ। बलियो प्रमाण खोजिरहेको पनि प्रहरी आफैले भनिरहेको छ।

बलियो प्रमाणको खोजीमा यो मुद्दा त्यसै सेलाएर जान सक्छ। किनभने यस्तो गैरकानूनी पैसाको लेनदेनमा कुनै भर्पाई हुँदैन। कसैले दोषारोपण गर्ने बित्तिकै दोष प्रमाणित हुने पनि होइन। यसै सिलसिलामा अपराध साबित गर्न सारै गाह्रो काम हुन्छ। यसकारण यो सब प्रकरण फासफुस हुन पनि सक्छ।

यसमा राजनैतिक दवाब नहुने पनि होइन। राजनीति नै यस प्रकारले विकास हुन सक्छ कि त्यसको परिणाम शून्य पनि हुन सक्छ। यही हुन्छ भनेरै नै संसदमा ठुलो हङ्गामा भएको छ। बाहिर पनि उत्तिकै आवाज उठिरहेको छ। तर सबै प्रकरणको निवारण न्यायालयमा नपुगी हुँदैन। त्यहाँ पुगिसके पछि बलियो प्रमाण मात्र काम लाग्छ। फितिलो मुद्दामा सबै दोषी छुट्ने गरेका छन्। यो पनि यस्तै एउटा फितिलो मुद्दा साबित हुन सक्छ। यही डरले धेरैलाई सताएको देखिन्छ।

अब त देशमा आएको परिवर्तनले केही प्रतिफल दिन्छ कि भनेर सबैले आस गरिबसेका छन्। तर यस काण्डले लहरो तान्दा पहरो आउने संकेत देखिसकेको छ। मानिसहरूले यस काण्डबाट धेरै भ्रष्टाचारीहरू बाहिर आउने आस गरेका छन्। तर नेताहरूको बैठकबाट खास के कुरा भयो भनेर आउँदैन। तर मानिसहरू बुझ्छन् कि नेताहरूले यो काण्डलाई ढाकछोप गर्न कोशिश गरिरहेका छन्।

दोषारोपण गर्ने बित्तिकै अपराध सिद्ध हुने होइन। छानबिन गरिरहेको प्रहरी र त्यसका जिम्मेदार व्यक्ति हालका गृह मन्त्री नै भएकाले उनीहरूको मनोबल बलियो होस् भनेर सबैले आशा गरेका छन्। तर त्यसको आखिरि फल के हुने हो भनेर कसैले यकिन भन्न सक्ने अवस्था छैन।

यही अवस्थामा अनेक काण्डको कुरा यो देशमा ननिस्केको होइन। तर सबै दबाइए। मानिसहरू हेरेको हेरै भए।  जस्तो वाइडबडी काण्डमा संसदको एउटा समितिले नै चार करोड घुस लिएको बतायो। तर त्यसलाई सरकारले एकातिर पन्छाई दियो। बुढी गण्डकी परियोजनामा अर्बौ रुपैयाँ हिनामिना भयो र नौ करोड कस कसले खायो भनेर एक जना नेताले नै बोले। तर त्यस्तो शिकायत कसैले पनि सुनेन। मानव तस्करी कति भए कति भए त्यसको कुनै हिसाब किताब भएन। फ्री भिसा र फ्री टिकटको व्यवस्था भयो भनेर सरकारले नै भन्यो। तर त्यो कहिले लागू भएन। आखिर नेपालीहरू बाहिर जाँदा जसरी शोषणमा पर्दथे सो कायमै रह्यो।

यो व्यवस्था नै भ्रष्टाचारमा उभिएको छ। भ्रष्टाचार नगरीकन यो व्यवस्था टिक्नै सक्दैन। त्यसकारण जन चाहनाको यस पालि पनि मरण हुने पक्का छ। सहन नसक्ने कोई नेपाली अगाडि आएर जङ्गबहादुर हुन सक्छ। यसको भने ठूलो सम्भावना देखिन्छ।

३८ किलो सुन नेपालको एयरपोर्टबाट गायब भयो। त्यसमा सरकारले अनेक छानबीन समितिहरू बनायो। तर त्यो सुन गायब भयो। समिति पनि हरायो। सरकारले हाँसेर नै टारी दियो। मेलम्ची खानेपानी योजना कति पटक बन्यो कति पटक बिग्रियो। त्यसमा सरकारले पैसा खनायो। तर न पानी आयो, न योजना तैयार भयो। यस योजनाले काठमाडौका कति सडकहरू बिगार्‍यो त्यसको कुनै हिसाब किताब छैन। कसैले केही कुरा उठायो भने उसलाई विकास विरोध भनेर भनिदियो। कुरा त्यहीं टुङ्गियो।

यी सब कुरा सुन्दा सुन्दा थाकेका जनताले अब त केही हुन्छ भनेर बसेका छन्। तर आखिरमा निराशा सिवाय अरु केही हाथ पर्दैन। यो यसकारणले हो कि यो व्यवस्था नै भ्रष्टाचारमा उभिएको छ। भ्रष्टाचार नगरीकन यो व्यवस्था टिक्नै सक्दैन। त्यसकारण जन चाहनाको यस पालि पनि मरण हुने पक्का छ। सहन नसक्ने कोई नेपाली अगाडि आएर जङ्गबहादुर हुन सक्छ। यसको भने ठूलो सम्भावना देखिन्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आदित्यमान श्रेष्ठ का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link