मकवानपुरको एकै विद्यालयका ३ शिक्षक विरुद्ध यौन दुर्व्यवहारको जाहेरी, एक पक्राउ

हेटौंडा-मकवानपुरको पुर्वी बागमती गाउपालिकाको एक विद्यालयका ३ शिक्षक विरुद्ध यौन दुर्व्यवहारको जाहेरी परेको छ । मकवानपुर जिल्लाको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नम्बर ८ शान्तिपुरको जनता माध्यमिक विद्यालय फापरबारीका तीन जना शिक्षक विरुद्ध  विद्यार्थीका अभिभावकहरूले जिल्ला प्रहरी कार्यलयमा यौन दुर्व्यवहार गरेको भन्दै  किटानी जाहेरी दिएका हुन्।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार जनताका माविका ४ जना पीडित बालिका विद्यार्थीका ३ जना अभिभावकले किटानी जाहेरी दिएका हुन्। बालिकाका अभिभावकहरूले  विद्यालयका तीन जना शिक्षकहरू लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकको नाममा किटानी जाहेरी दिएका हुन्।जाहेरी पछि विद्यालयका शिक्षक हेमबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्यलाई प्रहरीले खोजी गरीरहेको प्रहरी निरीक्षक दासले जानकारी दिनुभयो।

विद्यालयमा घटना भएपछि उनीहरू हाल विद्यालयमा बिदा लिएर बसेका छन्। निमित्त प्रहरी प्रवक्ता दासले तीन शिक्षक विरुद्ध छात्राहरूलाई दुर्व्यवहार गरेको जाहेरी दर्ता भएको र शिक्षकहरूलाई पक्राउ गर्ने तयारी भइरहेको बताए पनि उनिहरू फरार रहेका छन्। यी तीन शिक्षकहरूले लामो समयदेखि छात्रा विद्यार्थीहरू माथि यौन दुर्व्यवहार गरेको र विद्यालयमा निवेदन दिँदा समेत आवश्यक कारबाही नभएको भन्दै चैत्र २२ गते विद्यार्थीहरूले विद्यालय तोडफोड गरेका थिए।विद्यार्थीहरूले आफूहरूलाई गलत नियतले छुने गरेको आरोप लगाएका छन्।

निवेदनमा छलफल गर्न चैत्र २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय,अभिभावक, विद्यालय व्यवस्थापन, राजनीतिक दलका प्रतिनिधिहरू बीच बैठक बसेको थियो। घटना स्थानीय स्तरमै मिलाउन दबाब आइरहेको अवस्थामा विद्यार्थीका अभिभावकहरूले प्रहरीको सहयोगमा जिल्लामा प्रहरी कार्यलय मकवानपुरमा आएर जाहेरी दिएका हुन्।

मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जालका संयोजक आरती पाठकले  छात्रामाथि भएको यस किमिसमको अमानवीय र जघन्य अपराध विरुद्ध प्रहरी प्रशासनबाट उचित अनुसन्धान गरी पीडित बालिकाहरूको गोपनियता, आत्मसम्मान, मनोसामाजिक अवस्था र संवेदनशिलतालाई ध्यानमा राखेर दोषीलाई उन्मुक्ति नपाउने गरी हदैसम्मको कारबाहीका माग गर्नुभएको छ।

विद्यालयमा उनीहरूले निवेदन दिएसँगै विद्यालय व्यवस्थापन समितिले घटनाको विषयमा छलफल गरेपनि पीडित विद्यार्थीहरू शिक्षकलाई कारबाही माग गर्दै तोडफोडमा उत्रिएका थिए। सिविन हेल्पलाइन, सेलर्ड, राडो नेपाल, हिमराइट्स, शान्ति फाउण्डेसन, ग्रामीण महिला सेवा केन्द्र, सञ्चारिका समूह नारी सीप सिर्जना केन्द्र हेटौंका प्रतिनिधिहरू घटनाको जानकारी लिन घटनास्थलमा समेत पुगेका थिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रकाश दाहाल/हेटौंडा का अन्य पोस्टहरु:
मकवानपुरको एकै विद्यालयका ३ शिक्षक विरुद्ध यौन दुर्व्यवहारको जाहेरी, एक पक्राउ
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link