शिक्षकले छात्रालाई अश्लिल भिडियो देखाएपछि

नवलपुरको गैँडाकोटमा रहेको जनक माध्यमिक विद्यालयमा पढाउने शिक्षकले विद्यार्थीलाई अश्लिल भिडियो देखाएको बिरोध गर्दै सोही विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् ।

जनक माध्यामिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर विषय पढाउने शिक्षक कपिल घिमिरेले एक्लै कोठामा लगेर अश्लिल भिडियो देखाइ दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरूले आन्दोलन गरेका हुन् ।

शिक्षक घिमिरेले गरेको दुर्व्यवहारबारे विद्यालयका प्रधानाध्यापक सहित समितिमा नै कुरा राख्दा पनि शिक्षकले गलत नगरेको भनेर कारबाहीको सट्टा जोगाउन खोजेको आरोप विद्यार्थीहरूको छ । कक्षा १२ मा पढ्ने छात्राले आफूलाई शिक्षकले दुर्व्यवहार गर्दा पनि प्रशासनले शिक्षककै पक्षमा बोलेको बताइन्।यससम्बन्धमा विद्यालय प्रशासन तथा आरोपित शिक्षकको प्रतिक्रिया उपलब्ध हुन सकेको छैन।

विद्यालय आडैमा घर भएका स्थानीय माधव आचार्यका अनुसार आक्रोशित विद्यार्थीहरूले विद्यालय तोडफोड गर्नुका साथै दुईवटा मोटरसाइकल जलाएका छन् । उनीहरूले अहिले कलेज परिसरमा नाराबाजी समेत गरिरहेका छन् । आन्दोलित विद्यार्थीहरूलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत हानेको छ । अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

तस्बिर सौजन्य: माधव आचार्य

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिमा सिलवाल/ चितवन का अन्य पोस्टहरु:
शिक्षकले छात्रालाई अश्लिल भिडियो देखाएपछि
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link