प्रा. डा. जोशीलाई निलम्बन नगर्न अन्तरिम आदेश

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्वराज जोशीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। मंगलबार बागमती प्रदेश सरकारको प्रक्रियाविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले प्रदेश सरकार विरुद्ध दर्ता भएको रिट निवेदनको सुनवाई गर्दै अन्तरिम आदेश जारी गरेको हो।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतिष्ठानका उपकुलपति जोशीमाथि छानविन गर्न बैशाख १३ गते समिति गठन गर्नुभएसँगै प्रा.डा. जोशी निलम्बित हुनुभएको थियो। सर्वोच्चको आदेशपछि प्रा. डा. जोशी काममा फर्कने बाटो खुलेको छ। सर्वोच्चले अन्तरिम आदेश जारी गरेसँगै प्रा.डा. जोशीले प्रतिष्ठानको कामकारबाहीबारे पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताउनुभएको छ। 

प्रा. डा. जोशीले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै प्रदेश सरकारले छानविन समिति गठन गरेको थियो। पदिय जिम्मेवारी पूरा नगरेको भन्दै प्रतिष्ठानको ऐन २०७६ को दफा २४ को उपदफा (१) प्रतिष्ठानका कुलपति मुख्यमन्त्री समक्ष सभामा कायम रहेका एक चौथाई सदस्यले निवेदन दिएकोले मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कानुन सचिव बिनोद कुमार भट्टराईको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य निर्देशनालयका निर्देशक सदस्यहरू रहेको समिति समेत गठन गरेको थियो।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति निलम्बित

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रकाश दाहाल/हेटौंडा का अन्य पोस्टहरु:
प्रा. डा. जोशीलाई निलम्बन नगर्न अन्तरिम आदेश
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link