संघीय अनुसन्धान एजेन्सी (एफआईए)को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ।
अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ, कानुन अनुसार, जरिवाना तिर्न असफल भएमा थप जेल सजाय हुनेछ।
रावलपिन्डीको अडियाला जेलमा भएको सुनुवाइका क्रममा विशेष न्यायाधीश सेन्ट्रल शाहरुख अर्जुमन्दले फैसला सुनाएको बताइएको छ।
इमरानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ (साझा इरादा) र ४०९ (आपराधिक विश्वासघात) अन्तर्गत १० वर्षको सश्रम कारावास र भ्रष्टाचार रोकथाम ऐनको धारा ५ (२) (सरकारी कर्मचारीहरूद्वारा आपराधिक दुर्व्यवहार) अन्तर्गत सात वर्षको सश्रम कारावासको सजाय सुनाइएको छ।
उनकी श्रीमती बुशरा बीबीलाई पनि सोही प्रावधानअन्तर्गत कुल १७ वर्षको जेल सजाय सुनाइएको उल्लेख गरिएको छ। यस वर्षको अक्टोबरमा इमरान र बुशरा बीबीले सबै आरोपहरू अस्वीकार गरी यो पाकिस्तानी प्रधानमन्त्रीलाई राजनीतिबाट अयोग्य ठहर गर्ने मन गढन्त र राजनीतिक प्रसिोध भएको बताएका थिए।
डनका अनुसार, पिटिआई संस्थापकले नीति अनुसार उचित प्रक्रियाको पालना गरेको र प्रधानमन्त्री कार्यालय प्रोटोकल खण्डमा रिपोर्ट गरिएको, मूल्यांकन गरिएको र भुक्तानी राष्ट्रिय कोषमा जम्मा भएपछि कानुनी रूपमा राखिएको बताएका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- एनभिडियाको सीईओमा जेन्सेन हुआङको पुनरागमन, सेयर बजारमा उछाल
- सहमतिबिनै सकियो कोप–३१ जलवायु सम्मेलन, खनिज इन्धन र जलवायु वित्तमा जुटेन कुरा
- रुसले युक्रेनका पुलमा १०९ पटक हमला गरेकाले क्रिमिया पुलमा प्रहार गर्यौँ: राष्ट्रपति जेलेन्स्क
- तिब्बती बौद्ध धर्ममाथि चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक नियन्त्रण बढ्दै गएको आईसीटीको प्रतिवेदन
- एन्थ्रोपिकको ऐतिहासिक आईपीओ : १.७६ ट्रिलियन डलर मूल्याङ्कनसहित तोड्यो स्पेसएक्सको कीर्तिमान
- रोहिंग्या नरसंहारमा म्यानमार दोषी ठहर, अन्तर्राष्ट्रिय न्यायालयको ऐतिहासिक फैसला
- एउटै मञ्चमा ट्रम्प, पुटिन र सी: सेन्जेनमा ऐतिहासिक त्रिपक्षीय वार्ताको तयारी
- युरोपेली सङ्घका पाँच देशद्वारा रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने घोषणा
- प्रयोगकर्ताका तस्बिरमा अनधिकृत पहुँच पुर्याएको आरोपमा इटालीद्वारा मेटालाई ८० करोड ५० लाख युरो जरिवाना
- करिब २४ घण्टाको विश्वव्यापी अवरोधपछि माइक्रोसफ्टद्वारा ‘गहिरो क्षमा याचना’, साइबर आक्रमणको आशङ्का अस्वीकार