अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसदको माथिल्लो सदन सिनेटले अङ्कुश लगाउने कदम चालेको छ। ८ जनवरी २०२६ मा अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्ति कटौती गर्ने उद्देश्यले ल्याइएको ‘वार पावर्स रिजोल्युसन’ मा पाँच रिपब्लिकन सिनेटरले आफ्नो पार्टीको लाइन तोडेर डेमोक्र्याटहरूलाई साथ दिएका छन्। यो मतदानले ह्वाइट हाउस र कङ्ग्रेसबिचको शक्ति सन्तुलनमा एउटा महत्त्वपूर्ण मोड ल्याएको छ।
राष्ट्रपति ट्रम्पको भेनेजुएला सम्बन्धी सैन्य अधिकारमा अङ्कुश लगाउन डेमोक्र्याटसँग मिल्ने पाँच रिपब्लिकन सिनेटरहरूमा रान्ड पल – केन्टकी, सुसान कोलिन्स-मेन ,लिसा मर्कोव्स्की – अलास्का,टोड यंग – इन्डियाना र जोश हली – मिसौरी हुनुहुन्छ।
राष्ट्रपति ट्रम्पले सिनेटरहरूको यस कदमप्रति तीव्र असहमति जनाउँदै यसलाई “अमेरिकी राष्ट्रिय सुरक्षामाथिको प्रहार” भन्नुभएको छ।
कमान्डर-इन-चीफको अधिकार बारे राष्ट्रपति ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत प्रतिक्रिया दिँदै यो प्रस्तावलाई असंवैधानिक र मूर्खतापूर्ण भन्नुभएको छ। उहाँको मुख्य तर्क यो छ कि अमेरिकी संविधानको धारा २ ले राष्ट्रपतिलाई सेनाको ‘कमान्डर-इन-चीफ’ को रूपमा देशको रक्षा गर्ने पूर्ण अधिकार दिएको छ। उहाँले दाबी गर्नुभएको छ कि भेनेजुएलाका नेता निकोलस मादुरोलाई पक्राउ गर्नु कुनै युद्ध नभई एउटा ‘कानुन प्रवर्तन’ कार्य थियो, जसमा कङ्ग्रेसको अनुमति आवश्यक पर्दैन।
सिनेटरहरूको असहमति पछाडिको मुख्य आधारहरूमा’ युद्ध’ को आरोप ट्रम्प प्रशासनले भेनेजुएला विरुद्ध चालेका कदम (जस्तै समुद्री जहाजमाथि आक्रमण र मादुरोको गिरफ्तारी) कङ्ग्रेसलाई पूर्व जानकारी नदिई गरिएको थियो।
सिनेटमा विपक्षीहरूले आरोप लगाएका छन् कि राष्ट्रपतिले देशलाई अर्को एउटा “अनन्त युद्ध” तर्फ धकेलिरहनुभएको छ। विशेष गरी राष्ट्रपतिले न्यु योर्क टाइम्ससँगको अन्तर्वार्तामा अमेरिकाले भेनेजुएलालाई “धेरै वर्षसम्म चलाउन सक्ने” र त्यहाँ “सेना तैनाथ गर्न सक्ने” बताएपछि यी ५ रिपब्लिकनहरूले पनि कङ्ग्रेसको भूमिका खोज्नुपर्ने निष्कर्ष निकालेका हुन्।
सिनेटमा ५२-४७ को मतले यो प्रस्ताव अगाडि बढेको छ। जसमा सबै डेमोक्र्याट र ५ रिपब्लिकन एक ठाउँमा उभिए।
हाउसले पहिले नै यदि यो प्रस्ताव दुवै सदनबाट पारित भएर आयो भने राष्ट्रपतिले ‘भिटो’ प्रयोग गर्नुहुनेछ भनेको थियो। ट्रम्पको दाबी छ – १९७३ को ‘वार पावर्स एक्ट’ आफैँमा त्रुटिपूर्ण छ र यसले राष्ट्रपतिको हात बाँध्ने काम गर्छ।
ट्रम्पले यी ५ रिपब्लिकन सांसदहरूको नामै किटेर उनीहरूलाई “फेरि कहिल्यै निर्वाचित गर्नु हुँदैन” भन्दै पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई सतहमा ल्याउनुभएको छ।
ट्रम्प र सिनेटबिचको यो टकराब केवल भेनेजुएलाको विषयमा मात्र सीमित छैन। यो अमेरिकी संविधानले दिएको “युद्ध घोषणा गर्ने अधिकार” (कङ्ग्रेस) र “सेना सञ्चालन गर्ने अधिकार” (राष्ट्रपति) बिचको ऐतिहासिक र कानुनी लडाइँ हो।ट्रम्प प्रशासनको आक्रामक विदेश नीतिले आफ्नै पार्टीका सांसदहरूलाई समेत सशङ्कित बनाएको छ रिपब्लिकन पार्टीमा विवाद बढाउँदै लगेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- दक्षिण कोरियासँग ट्रम्पको असन्तुष्टि: सैन्य अभ्यास घट्ने
- इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प: ५१ जनाको मृत्यु, ५ हजारभन्दा बढी विस्थापित
- इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जारी गरिएको सुनामी चेतावनी फिर्ता, दुई जनाको मृत्यु
- पश्चिम बैंकमा प्यालेस्टिनीको उठिबास
- कोलम्बियामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या २५० घटी पुग्यो, जीवितको खोजीमा उद्धार टोली तीव्र गतिमा खटियो
- एल निनोको असर: इन्डोनेसियामा डढेलो र विषाक्त धुवाँका कारण विद्यालयहरू बन्द
- कोलम्बियामा शक्तिशाली भूकम्प: मृतकको सङ्ख्या १३२ पुग्यो, ५७० भन्दा बढी घाइते
- कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: कम्तीमा २६ जनाको मृत्यु, विशाल क्षति
- बाह्य चलखेल,भ्रष्टाचार र साम्प्रदायिक राजनीतिले थलिएको लेबनानमा आएको नयाँ अवसर
- हर्मुज जलमार्गका लागि इरान र ओमानबिच वार्ता सकारात्मक, तर जलमार्ग तुरुन्तै नखुल्ने इरानको चेतावनी