इरानद्वारा ऊर्जा पूर्वाधारमा आक्रमणको धम्की: मध्यपूर्व तनावले विश्व अर्थतन्त्र प्रभावित

मध्यपूर्वमा जारी युद्ध झनै भयावह बन्दै गएको छ। इरानले हालै एक चेतावनी जारी गर्दै यदि इजरायल वा संयुक्त राज्य अमेरिकाले इरानको ऊर्जा पूर्वाधार वा बन्दरगाहहरूमा आक्रमण गरेमा यस क्षेत्रका सबै तेल र ग्यास सुविधाहरूमा “आगो लगाइदिने” धम्की दिएको छ। इरानको खातम अल-अन्बिया केन्द्रीय मुख्यालयले एक विज्ञप्ति जारी गर्दै कुनै पनि उत्तेजनाको “विनाशकारी प्रतिक्रिया” दिने बताएको छ।

पछिल्लो केही दिनयता इजरायली वायुसेनाले तेहरान नजिकैका इन्धन डिपो र रिफाइनरीहरूमा आक्रमण गरेपछि इरान आक्रोशित बनेको हो। इरानका सैन्य प्रवक्ताका अनुसार इरान अमेरिकी आक्रामक सरकार र यसका साझेदारहरूलाई इरानको ऊर्जा पूर्वाधारमा हुने सानो आक्रमणको बदलामा मध्य पुर्वका तेल क्षेत्रहरू ध्वस्त पारिने छ ।

विश्व अर्थतन्त्रमा असर र तेलको मूल्यमा वृद्धिइरान र अमेरिका–इजरायल बिचको यो द्वन्द्वले विश्वव्यापी तेल बजारमा हलचल पैदा गरेको छ। बिहीबार मात्रै कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेको छ। बजार विश्लेषकहरूले चेतावनी दिएका छन् कि यदि स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द भयो भने तेलको मूल्य प्रति ब्यारेल २०० डलर सम्म पुग्न सक्छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले बजारलाई शान्त पार्न ४० करोड ब्यारेल आपतकालीन कच्चा तेल भण्डारबाट निकाल्ने निर्णय गरेको छ, जुन इतिहासकै सबैभन्दा ठुलो रिलिज हो। यद्यपि, इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले हर्मुजको जलमार्ग बन्द रहनुपर्ने अडान राख्नुभएपछि आपूर्ति शृङ्खलामा थप अनिश्चितता थपिएको छ।

पछिल्लो सैन्य विकास

यसैबिच, संयुक्त अरब इमिरेट्सले बिहीबार इरानबाट प्रहार गरिएका १० वटा ब्यालिस्टिक मिसाइल र २६ वटा ड्रोन खसालेको दाबी गरेको छ। साउदी अरबले पनि आफ्नो पूर्वी प्रान्ततर्फ आएका ३८ वटा ड्रोनहरू सफलतापूर्वक नष्ट गरेको जनाएको छ। इरानले भने आफ्ना आक्रमणहरू केवल यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरू लक्षित रहेको दाबी गर्दै आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु आफ्नो प्राथमिकता रहेको र यसका लागि तेलको मूल्य बढे पनि पछि नहट्ने बताउनुभएको छ। युद्ध सुरु भएको १३ दिन पुग्दा इरानमा १३०० भन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको रिपोर्टहरूले देखाएका छन्। मध्यपूर्वको यो अस्थिरताले केवल क्षेत्रीय सुरक्षा मात्र नभई विश्वव्यापी इन्धन सुरक्षा र आर्थिक वृद्धिलाई समेत गम्भीर जोखिममा पारेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link