लुम्बिनीमा कसरी लम्ब्याउने पर्यटकको बसाइ ?

चन्द्रकान्त खनाल/रूपन्देही

रुपन्देही उद्योगी व्यवसायीहरूले सुरक्षाको प्रत्याभूति दिलाउन रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखसँग माग गरेका छन्। उनीहरूले पछिल्लो समय चोरी डकैताका घटना बढेकाले ती घटना हुन नदिनका सचेत हुनुपर्ने

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा आयोजना गरेको रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखहरूसँग स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरूले खुल्ला सीमा कारण चुनौती रहेकाले सीमा व्यवस्थित गर्नुपर्ने बताएका छन्।

कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले कोभिड–१९, आर्थिक मन्दी र बढ्दो बैंक ब्याजदरका कारण उद्योग व्यवसाय धरासायी भएको बताउनुभयो। उहाँले बजारलाई चलायमान बनाउन सीमा क्षेत्रलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘रुपन्देही विकासका दृष्टिकोणले तीव्र गतिमा अघि बढेको जिल्ला हो। यहाँ सुरक्षाको अवसर र चुनौती दुवै छन्। ’

उहाँले खुल्ला सीमाका कारण अवैध रुपमा भित्रिने सामानका कारण राजस्व घट्नुका साथै नेपालको व्यापार फस्टाउन नसकेको बताउनुभयो। अध्यक्ष ज्ञवालीले रात्रीकालिन बजारले पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुर्‍याउने भएको रात्रीकालिन बजारको महत्व रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘रात्रीकालिन बजार सञ्चालनका लागि खासै गृहकार्य हुन सकेको छैन, पर्यटकको बसाइ लम्ब्याउन योजना बनाउनुपर्छ।’

संगठनका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले रातीको समयमा व्यवसाय तथा होटल छिटो बन्द हुँदा बाहिरबाट आउने पर्यटक मर्कामा परेको गुनासो आइरहेको बताउनुभयो।

संगठनका उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीले उद्योगी व्यवसायी र सुरक्षा निकायबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘राम्रा काममा सहयोग गर्छौं।’ उपाध्यक्ष रेग्मीले भन्सार छलेर सामान ल्याउँदा स्वदेशी व्यवसाय मर्कामा परेको गुनासो गरे। उहाँले पछिल्लो समय यस क्षेत्रमा चोरी डकैतीका घटना बढेको बताउनुभयो। उहाँले आर्थिक चलायमानका लागि रात्रिकालिन व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

संगठनका सल्लाहकार सुरेन्द्र बस्यालले सुरक्षा निकाय र व्यवसायीका आफ्नै पीर मर्का रहेको बताउनुभयो। उहाँले व्यवसाय मर्यादित बनाउनु सुरक्षा निकायको उद्देश्य रहेको बताउनुभयो।

सल्लाहकार ज्ञानु पौड्यालले खुल्ला सीमाका कारण अपराधिक गतिविधि भएकाले यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो। होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले उद्योगी व्यवसायीसँग समन्वय गर्दै अघि बढ्न आग्रह गर्दै व्यवसायिक शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताउनुभयो।

मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले पछिल्लो समय चोरीका घटना बढेकाले चनाखो हुनुपर्ने बताउनुभयो। उहाँले विदेशी मदिरा अवैध रुपमा भित्रिदा राजस्व संकलनमा समेत कमी आएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘घरेलु मदिरा नियन्त्रण गर्नुपर्छ।’

आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपानेले खुल्ला सीमा कारण विभिन्न चुनौती रहेको बताउनुभयो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने बताउनुभयो।  उहाँले प्रहरीलाई सबल बनाउन नागरिकको रचनात्मक सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो। एसपी वि.क.ले भन्नुभयो, ‘निजी क्षेत्रसँग हातेमालो गर्दै सुझाव, सल्लाह लिएर अघि बढ्छौं। सीसीटिभी क्यामेरा थप्ने योजनामा छौं।’

उहाँले आ–आफ्ना व्यवसायिक प्रतिष्ठानमा सीसीटिभी क्यामेरा जडान गर्न आग्रह गर्दै।नागरिकको साथ बिना प्रहरी सफल हुन नसक्ने भएकाले रचनात्मक सहयोगको अपेक्षा गरेको वताउनुभयो। उहाँले कुनै घटना भए प्रहरीलाई छिटो सूचना उपलब्ध गराउन आग्रह गर्नुभयो।

त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा रुपन्देही नम्बर २७ गणका प्रमुख दीपक थापाले सीमा क्षेत्रबाट अवैध सामान बरामद भइरहेको बताउनुभयो। उहाँले शान्ति सुरक्षा कायम गराउन प्रहरी लागिपरेको बताउनुभयो।

चेम्बर अफ कमर्स, (उद्योग व्यापार संगठन) रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क.को प्रमुख आतिथ्यता, संगठनका उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीको स्वागत, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको भवनमा रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क. र सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपक थापालाई स्वागतका साथै परिचयात्मक कार्यक्रम गरिएको संगठनका कोषाध्यक्ष राम मिलन यादवले बताउनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link