Home » Archives for रूपेश आचार्य » Page 2
Author

रूपेश आचार्य

मानिसका सङ्घर्ष गर्ने तरिकाहरू अनेक हुन्छन् । सफल भए सफलताको कथा नभए असफलताको दुखेसो । जो कोही पनि यसका भागिदार हुन्छन् नै । कुनै काम विशेषले होस् या मनोरञ्जनका लागि एक स्थानबाट अर्को स्थानसम्म पुग्न अहिले कुनै न कुनै साधनको आवश्यकता अपरिहार्य नै बनेको छ । छोटो दुरीको यात्राका लागि अहिले किसिम किसिमका सवारी साधनहरू पाइन्छ । काठमाडौँका पुराना पुस्ताका मानिसहरूका लागि अहिलेका नयाँ साधनहरू भने अनौठो नै बनेको छ । केही वर्ष पहिला पर्यटक तथा स्थानीय ओसारपसारको मुख्य साधन भनेको रिक्सा नै हुने गर्दथ्यो । काठमाडौँ उपत्यकामा मुख्य सावरीको रूपमा चल्ने परम्परागत रिक्सा अहिले पातलिँदै गएको छ ।

केही

रिक्सा चालकको दुखः न स्वास्थ्यले साथ दियो न त आम्दानीले
0 comment
0 FacebookTwitterEmail

देशका हरेक कुनाबाट सुन्दर भविष्य र पैसा कमाउनका लागि हर कोही काठमाडौँ आएका हुन्छन् । यहाँ आएर जीविकोपार्जनका लागि विभिन्न काम गरिरहेका हुन्छन् । अर्थात आफ्नो क्षमता अनुसारको काम गर्दछन् । कोही मासिक तलबमा त कोही ठेला गाडामा केही सामाग्री बनाएर बेच्छन् । कोही आफूले सिकेको कामलाई नै व्यवसायको रूपमा परिवर्तन गर्न सफल हुन्छन् । कोही अर्काको काममा व्यस्त र खुसी हुन्छन् त कोही सक्षम भएर पनि काम नपाउँदा निराश हुन्छन् ।

सडक निर्माण अगाडि सामान ओसारपसार गर्ने एक मात्र पेसा र विकल्पका रूपमा भरिया थियो । त्यति बेला भरिया पेसा भरियाहरूका लागि उत्तम र एक मात्र जीविकोपार्जनको माध्यम थियो …

जीविकोपार्जनको मुख्य साहारानै भारी
0 comment
0 FacebookTwitterEmail

निषेधाज्ञा पछि माइतीघर र बानेश्वर सुनसान क्षेत्र सुनसान बनेको छ । न्याय माग्न माइतीघरमा भेला हुने स्थानमा सुरक्षाका कारण  प्रशासनले लगाएको निषेधाज्ञासँगै सो क्षेत्र सुनसान बनेको हो । 

विगत १६१ दिन देखि काठमाडौँ माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नामा बस्दै आएका आरतीका परिवार हाल शान्ति बाटिकामा न्यायको माग गरिरहेका छन् ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मङ्सिर ४ गतेदेखि ३० दिनसम्मका लागि निषेधाज्ञा जारी गरेपछि सुरक्षाकर्मीले माइतीघर खाली गरेको हो । माइतीघर मा निरन्तर धर्नामा बस्दै आएका आरतीका परिवारलाई भने निषेधाज्ञा जारी भएपछि प्रहरीका टोलीले अन्यत्रै सारेको हो ।

माइतीघर मण्डलामा राजा आउँ देश बचाउ भन्ने अभियानमा बसेका र आरतीका परिवार १६० दिन

निषेधाज्ञा पछि माइतीघर र बानेश्वर सुनसान
0 comment
0 FacebookTwitterEmail

सर्लाही बरथवा –८ मा जन्मिनुभएको मोतीराम साह उमेरमा ४५ वर्षको हुनुभयो । गरिब परिवारमा जन्मिनुभएको मोतीरामको बाल्यकाल निकै दुखमा बित्यो। ‘घरमा दुई वटा भैँसी थियो त्यही चराएर बस्थेँ, स्कुल पढाउन सक्ने हैसियत परिवारको थिएन,’ मोतीराम भन्नुहुन्छ। आफू १२ वर्षको हुँदा बुबाको मृत्यु भएपछि त मोतीरामको जीवनमा कहालीलाग्दो दुःख सुरु भयो। घरको जिम्मेवारी मोतीरामको काँधमा आइपुग्यो।

घर चलाउनका लागि  १४ वर्षको उमेर पनि नपुग्दै मोतीराम खेतमा काम गर्न भारतको पन्जाब पुग्नु भयो। खान बस्न दिएर महिनाको एक हजार भारु तलब तर त्यति कमाउनु पनि सानो कुरा भने थिएन। उमेरसँग काम र तलब पनि बढ्दै गयो। पन्जाबमा आठ वर्ष काम गरेपछि बल्ल …

0 comment
0 FacebookTwitterEmail

आफ्ना दाइको हात समाएर नौ वर्षको उमेरमा काठमाडौँ सहर छिर्नु भएको हो गजेन्द्र बैठा। हातमुख जोडन गाह्रो भएको परिवारको बच्चालाई के को पढाई। अहिले चपुर भनिने रौतहटको चन्द्रनिगाहपुरमा गजेन्द्रको परिवारमाथि कसैको निगाह थिएन। त्यैले दाइसँग जीवन चलाउने धन्दा सिक्न राजधानी आएर सडक नापेको पनि ११/१२ वर्ष भइसक्यो।

यी सडकमा नगरपालिकाका सिपाही र टोले गुन्डाबाट बच्दै भाग्दै गजेन्द्र बैठा सिकेको कुरा हो, “मौसम अनुसारको धन्दा गर नभए डुब्छस्।”

खुट्टामा तुने चप्पल, धेरैजसो खैरो पाइन्ट, गुलाबी सर्ट र निलो क्याप पहिरनमा देखिने गजेन्द्र जति दुःख परे पनि दाँत देखाएर खिस्स हाँस्ने शैलीले जोकोही आसपास हिँड्नेलाई मोहित बनाउँछ।

कहिले असन, जमल, सानो पशुपति, …

0 comment
0 FacebookTwitterEmail

राडीको बारेमा धेरैले सुन्नुभएकै होला । घरमा पाहुना, नयाँ व्यक्ति तथा सम्मान गर्नुपर्ने मानिस आउँदा उहाँहरू बस्नको निमित्त सम्मान स्वरुप बिछाउन प्राय राडीको प्रयोग गरिन्छ । यो परम्परा हिमाली, पहाडी  र तराईका केही क्षेत्रहरूमा अहिले पनि जीवितै छ । अहिलेका युवा पुस्तालाई भने यसबारे धेरै ज्ञान नहुन पनि सक्छ । 

समय अनुसार धेरै परम्परागत सामाग्रीहरू परिमार्जन हुने तथा रीतिरिवाज विलय हुन थालेका छन् । पुराना पुस्ताहरूले बनाउने सामाग्रीहरू ठेकी, गुन्द्री, ढिकी, जाँतो, हलो, राडीहरू बिस्तारै नेपाली समाजबाट लोप हुने अवस्थामा पुगेको छ । 

आधुनिक तथा अत्याधुनिक सामाग्रीहरूले ती परम्परागत सामग्रीलाई प्रतिस्थापन गर्दै लोपोन्मुख बनाइरहेका छन् । जस कारण नेपालका पुराना

 क्यान्सर जितेका भक्तबहादुरको फस्टाएको राडी व्यापार 
0 comment
0 FacebookTwitterEmail

धनुषा जिल्ला नगराइन नगरपालिका ७ का विनोद साहसहित उहाँको परिवार असार १ गतेदेखि काठमाडौँ माइतीघर मण्डलामा धर्ना बस्दै आइरहेको छ। यसरी धर्ना बस्न थालेको पनि ४ महिना भन्दा बढी भइसकेको छ।

न्यायको आशामा भौतारिएका आरतीका परिवार चौबिसै घण्टा सडकमा शान्तिपूर्ण आन्दोलन गरिरहेको १३८ दिन पुगिसक्दा पनि सम्बन्धित निकायको यस विषयमा  ध्यानाकर्षण नभएको हुँदा उहाँहरू चिन्तित देखिनुहुन्छ। घटनाको विवरण अनुसार, यही जेठ ७ गते धनुषा स्थित आफ्नै घरमा आरती साहको हत्या भएको थियो। हत्यामा उहाँका श्रीमान् मोतीबाबु साह, ससुरा मदनमोहन, सासू आमा रेणुदेवी र देवर रवि साह रहेको आरती साहका परिवारको आरोप छ। थप दाइजोका लागि सपरिवार मिलेर निर्घात कुटपिट गरी …

0 comment
0 FacebookTwitterEmail

विगत १० वर्षदेखि लेकी शेर्पा गाईको दूध बेच्दै आउनुभएको छ। उहाँले २०७२ सालको भूकम्प आउनुभन्दा करिब एक–दुई महिनाअगाडिदेखि गाई फार्म खोल्नुभयो। दुर्भाग्य भन्ने कि संयोग ! फार्म खोलेको केही समयपछि नै बजार ठप्प भयो। कारण थियो विनाशकारी भूकम्प।

‘गाई फार्म खोलेको दुई महिना नबित्दै भूकम्प आयो,’ लेकी विगत सम्झँदै भन्नुहुन्छ, ‘हामीले दैनिक ५० देखि ६० लिटर दूध उत्पादन गथ्र्यौं। मानिसको चहलपहल कम हँुदा एक वर्ष त निकै गाह्रो भएको थियो।’
भूकम्प भाग्य नै न नभनौं तर दयालु बनेर आयो। लेकीको परिवार र फार्मका गाईवस्तुलाई केही भएन। ‘अलिक घाटा त भयो तर केही छैन। क्षति नहुनु नै ठूलो कुरा मानियो,’ लेकीले …

३५ लाख लगानीमा गाई फार्म, दूध बेचेरै मासिक ३ लाख आम्दानी
0 comment
0 FacebookTwitterEmail

मान्छेका जीविकोपार्जन गर्ने अनेक तरिका हुन्छन्। कोही पढे–लेखेर सरकारी जागिर खान्छन्। कोही व्यवसाय गर्छन् त कोही आफ्नो परिवारले गर्दै आएको कुनै विधामा संलग्न हुन्छन् त कोही वैदेशिक रोजगारीका लागि विदेश पलायन हुन्छन्। अर्थात् जीविकोपार्जनका लागि केही न केही काम गरेकै हुन्छन्।

त्यस्तै एक साधारण जीविकोपार्जन गरिरहनुभएको छ गीता केसीले।

काठमाडौँ भद्रकाली मन्दिरनजिकै सडकको पेटीमा बसेर प्लाटिकको थैलोबाट हातले केही झिक्दै मुखमा हाल्दै, पानी पिउँदै गरेकी महिला देखिनुहुन्छ।

मैले अलिक पर बसेर त्यो दृश्य हेरिरहेँ। त्यो क्रियाकलाप पटक–पटक दोहोरियो। अलिक नियाल्दै गर्दा आखिर के रहेछ त वास्तविकता भन्ने खुल्दुली लाग्यो र नजिक गएँ। मलाई देखेपछि खाइरहेको सामानको पोका गुटमुटाएर बोराभित्र हाल्नुभयो।…

छोरालाई भूकम्पले लगेपछि खाली बोतल बेचेर छोरीलाई डाक्टर बनाउने सपना बोकेकी गीता
0 comment
0 FacebookTwitterEmail

नेपालीहरूको महान् चाड दसैँ नजिकिँदै छ। बजारमा किनमेल सुरु भइसकेको छ। सहरबाट टाढा जाने टिकट बुकिङ गरेका छन्। यस्तै, परदेशमा भएका नेपाली दसैँकै सिलसिलामा नेपाल भित्रिन थालेका छन्। जे होस् वातावरणमा दसैँ घुलमिल हुँदै गएको छ।

दसैँ सबैका लागि बराबर हो। तर हुने खानेका लागि भिन्न र हुँदा खानेका लागि खिन्न हुन्छ। बजारमा महँगी बढेको छ। त्यसमाथि दसैँको बहाना बनाएर थप महँगो मूल्यमा सामान कालोबजारी हुन्छ। कति व्यापारीले त मौका छोप्न अखाद्य पदार्थ मिसावट पनि गर्छन्। यसको नियन्त्रण र अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोली बजारमा निस्कन्छ। हरेक समयमा यस्तो अनुगमन हुनुपर्नेमा चाडबाड आउँदा मात्रै अनुगमन गरिन्छ।

घरघरमा …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved