Home » Archives for रूपेश आचार्य » Page 4
Author

रूपेश आचार्य

२०७९ साल मंसिर २३ गते शुक्रबार खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा एउटा डोजर चल्यो। गोकर्णेश्वर नगरपालिकाको १८ लाख रूपैयाँको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको विद्यालयको कम्पाउन्ड बाल नेपाल अपाङ्ग संघका अध्यक्ष साम्देम लामाको नेतृत्वमा आएको टोलीले भत्काइदियो। जबकि उक्त पर्खाल निर्माण गर्न नेपाल अपाङ्ग संघका लामाभन्दा अगाडिका अध्यक्ष धनजुनु श्रेष्ठ अनुमति दिनुभएको थियो।

पर्खाल निर्माणकार्यको उद्‌घाटन भने गोकर्णेश्वर नगरपालिकाको नगर उपप्रमुख सान्नानी लामा र विध्यालय क्षेत्र पर्ने गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष नवराज लामाले शिलन्यास गर्नुभएको थियो।

जग्गा भोगाधिकार गर्न पाउनुपर्छ भनेर अदालत पुग्यौं- राघवप्रसाद दवाडी, प्रधानाध्यापक

विद्यालयको नयाँ भवन बनेपछि विद्यार्थी, विद्यालय र विद्यालय भित्र भएको

न्याय खोज्दै अपाङ्गता भएका बालबालिकाको स्कुल
0 comment
0 FacebookTwitterEmail

पेसा नै पैसा हो र पैसा नै पेसा। अर्थात् प्रायःजसो पैसा कमाउनकै लागि गरिन्छ। पेसाले नै मानिसलाई सडकबाट महल र महलबाट सडक सम्मको यात्रा तय गर्दछ। देशको अर्थतन्त्रमा व्यवसायीको ठूलो भूमिका हुन्छ।

पेसा (व्यवसाय) गर्ने हरेक मान्छे सफल हुन्छन् नै पनि भन्न सकिन्न। कोही अकासिन्छन् त कोही यत्तिकै सखाप पनि हुन्छन्।

२२ वर्षीय मोहमद सहजाद राजा भारत, मोतिहारी जिल्ला जमालपुर गाँउपालिका वडा नं ४ मा जन्मिनुभएको हो। सामान्य लेखपढ गरेका उहाँलाई पैसा कमाउने चाहना बढ्यो। र कामको खोजीमा साथीसँग काठमाडौँ भागेर आउनुभयो।

‘७ वर्षअगाडि साथीसँग काठमाडौँ आएर सिरक, डसना, बनाउने काम सिक्न थालें। सुरुमा थली, मेलम्ची, तिम्बु, नारायणटार, बौद्ध, जोरपाटी …

‘घाटाको व्यापारले असहाय बनाउँदो रहेछ’
0 comment
0 FacebookTwitterEmail

महोत्तरी जिल्ला औडी नगरपालिका वडा नं २ मा जन्मिएका राजदेव यादव अपांग हुनुहुन्छ। तर उहाँ जन्मजातै अपांग भने होइन।

राजदेव सानैदेखि घरायसी काममा बुवा–आमालाई सघाउनुहुन्थ्यो। ‘गाँउघरमा जन्मिएको मान्छे हुँ। गोठालोदेखि गाईबस्तुलाई घाँसपात ल्याउन रुखमा चढेका धेरै अनुभवहरु छन् मसँग,’ उहाँ भन्नुहुन्छ।
एक दिन आँप खान भनेर रुखमा चढ्नुभयो। मौसम पनि सफा थियो। पानी पनी परेको थिएन। तैपनि उहाँ चढेको रुखको हाँगा भाँच्चियो। हाँगासँगै जमिनमा बजारिनुभयो।

‘रुखबाट लड्दा दाहिने खुट्टाको घुँडा बजारिएको थियो। जसोतसो घरसम्म पुगेँ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि आमा–बुवा सबै घटना सुनाएँ।’

आमा–बुवालाई घटना सुनाउनु त भयो। तर पनि तुरुन्त अस्पताल लगिएन। किनकि चलन नै थिएन त्यतिबेला। उहाँहरूले नजिकैको धामीझाँक्रीकहाँ …

धामीझाँक्रीमा विश्वास गर्दा खुट्टा गुम्यो, वैशाखी टेकेर श्रम गर्दा अपमान र तिरस्कार
0 comment
0 FacebookTwitterEmail

धनुषा जिल्ला नगराइन नगरपालिका ७ का विनोद शाहसहित उनको परिवार यही असार १ गतेदेखि माइतीघर मण्डलामा धर्ना बस्दै आइरहेको छ। यसरी धर्ना बस्न थालेको पनि करिब ७० दिन बितिसकेको छ।

जे विषयका लागि धर्ना बसेका थिए त्यसमा सरकार मौन छ। पीडितको गुनासो सुनुवाइ र न्यायको लागि कुनै ठोस कदम नचालिँदा पीडित पक्ष निराश छन्।

घटना यही जेठको हो। जेठ ७ गते धनुषास्थित आफ्नै घरमा आरती साहको हत्या भएको थियो। हत्यामा उहाँका श्रीमान् मोतिबाबु साह, ससुरा मदनमोहन, सासु आमा रेनु देवी र देवर रवि साह रहेको आरती साहका परिवारको आशंका छ। मिलेर थप दाईजोको लागि निर्घात कुटपिट गरी हत्या गरेका कारण …

न्यायको आशमा नथाकेको तर राज्यले बेवास्ता गरेको आरती परिवार
0 comment
0 FacebookTwitterEmail

नेपाली परम्परामा जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने कुनै चिज छ भने त्यो फूल हो। यसै पनि फूललाई शान्त तथा सुन्दरताको प्रतीक मानिन्छ। कसैलाई उपमा दिँदा पनि फूल प्रयोग भएको पाइन्छ– फूलजस्तै मान्छे, फूलजस्तै कोमल, फूलझैं निष्पाप आदि–इत्यादि।

समयक्रमसँगै फूलको आयातन फैलिएको छ। आफ्नो रुचिका लागि बगैंचादेखि कौसीसम्म फूल रोप्ने मानिस छन् भने कतिले यसलाई व्यवसाय पनि बनाएका छन्। जस्तो धनकुटा औरखौलेका रोहितराज सुवेदीले बनाउनुभएको छ।

किसानी परिवारमा जन्मिएका सुवेदीले सानैमा बुवा गुमाउनुभयो। त्यसपछि पारिवारिक अवस्था पनि बिग्रन थाल्यो। त्यसलाई भरथेग गर्न सुवेदी पढाइ बीचमै छोडेर घरबाट भाग्नुभयो।

सुरुमा गाउँकै चिनेका दाइसँग विराटनगर पुग्नुभयो सुवेदी। त्यहाँ उहाँले माडेको पसलमा काम गर्नुभयो। कामचाँहि …

निरन्तरको संघर्षपछि सफल बनेका रोहित, टनेल नसर्रीबाटै मासिक २ लाख कमाइ
0 comment
0 FacebookTwitterEmail

अहिले गोलभेंडाको मूल्य अकासिएको छ। जसले गर्दा भान्सासमेत थप महँगो बनेको छ। बजारमा उच्च माग र आपूर्ति कम हुँदा एक्कासि गोलभेंडाको मूल्य बढेको व्यापारीहरू बताउँछन्। महिना दिनअघि करिब २५ रुपैयाँ किलोसम्म पाइने गोलभेंडा अहिले डेढ सय रुपैयाँसम्म पुगेको छ।

कालिमाटी तरकारी तथा फलफूल बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार गत असार २ गते गोलभेंडा लगभग ९५ टन जति भित्रिएको थियो। त्यस्तै साउनको तीन साता (२०–२२) ३७ टनमा झरेको थियो। अहिले ६१ प्रतिशत कम आयात भइरहेको छ।

जेठ र असार पहिलो साता किसान तथा व्यापारीले गोलभेंडाको प्रतिकेजी दुई रुपैयाँ पनि नपाएपछि कालीमाटीमै गोलभेंडा फालेर विरोध प्रर्दशन गरेका थिए। तर अहिले …

किन बढ्यो गोलभेंडाको मूल्य?
0 comment
0 FacebookTwitterEmail

दाह्री–कपाल काट्न या मिलाउन सैलुन जाने बानी धेरैको हुनुपर्छ। सैलुनमा गएर आफूलाई ‘स्मार्ट’ बनाउन नचाहने कमै होलान्। तर के सैलुन चलाउने मान्छेको जीवन साँच्चै ‘स्मार्ट’ हुन्छ होला त ? त्यो थाहा पाउन इस्राफेल महमदलाई पढ्नुपर्ने र उहाँको जीवन–संघर्ष बुझ्नुपर्ने हुन्छ।

भारतको सितामणि जिल्लामा जन्मिनुभएका इस्राफेल महमद (३७) सैलुन सञ्चालक हुनुहुन्छ। साधारण परिवारमा जेठो सन्तानका रुपमा जन्मिनुभएका उहाँले गाँउकै स्कुलमा कक्षा तीनसम्म अध्ययन गर्नुभएको छ।

आर्थिक अवस्था कमजोर भएकाले लाउन–खानै समस्या पथ्र्यो। त्यसमाथि इस्राफेलको थप अध्ययन असम्भवजस्तै बन्यो। अन्ततः बुबा रियाजत महमदले तीन कक्षादेखि स्कुल छुटाइदिनु भयो। ‘म पढ्न कक्षाकै सबैभन्दा जान्ने थिएँ। कक्षामा कसैलाई नआएको कुरा मलाई आँउथ्यो। तर के …

सैलुन सञ्चालक इस्राफेलको जीवन–संघर्ष : जुन पेसाले लखपति बनायो त्यसैले सडकमा पुर्‍यायो
0 comment
0 FacebookTwitterEmail

गोरखा जिल्ला बारपाक गाउँपालिका वडा नं २ सुलिकोटका तेलबहादुर घले विगत ७३ दिनदेखि धर्नामा हुनुहुन्छ। विगत ७३ दिनदेखि एक्लै न्यायका लागि माइतिघर अगाडि सडकमा संघर्ष गर्दै आउनुभएको छ। तर झन्डै तीन महिना पुग्न लाग्दा पनि सम्बन्धित निकाय वा त्यसका प्रतिनिधि उहाँको कुरा सुन्न नआउँदा  चिन्तित हुनुहुन्छ।

घलेले गोरखाको दोभान गाउँमा होटल सञ्चालन गर्दै आउनुभएको थियो। गोर्खा जिल्लाको आरुघाट–लार्के भन्ज्याङ सडक जोड्ने काम नेपाली सेनाले ठेक्का लिएर मिति २०७४ वैशाखदेखि काम थालेको थियो। तर बाटो खन्ने क्रममा आर्मीले होटल तहसनहस भयो।

‘एक सिजन होटल सञ्चालन गर्न दिनुस् न भनेर आर्मीका मेजर निशान्त पण्डितलाई बिन्ती गरेँ,’ घले भन्नुहुन्छ, ‘बिन्ती गर्दा मानेनन्। उल्टै

0 comment
0 FacebookTwitterEmail

यही साउन ४ गते स्वतन्त्र समाचार सेवा (आइएनएस) मा हामीले ‘निःसन्तान दम्पतीलाई वरदान बनेको प्रसूतिगृह, कम खर्चमा टेस्ट ट्युब बेबी’ शीर्षकमा समाचार प्रकाशित गरेका थियौँ। उक्त समाचारलाई लिएर धेरै जनाले चासो देखाउनुभयो। हामीलाई प्रत्यक्ष म्यासेज, कमेन्ट गरेर निःसन्तानसम्बन्धी सेवा, शुल्कलगायतका विविध विषयमा कैयौँ प्रश्नहरू सोध्नुभयो।

यसैलाई मध्येनजर गर्दै यसपटक तपाईंहरूकै जिज्ञासा र प्रश्नलाई परोपकारी प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई राखेका छौँ। अधिकांश प्रश्न एकै  खालका भएकाले ती सबैको प्रतिनिधित्व हुने गरी प्रश्न छनौट गरिएको छ।

हामीले निःसन्तानसम्बन्धी गरेको समाचारप्रति धेरैले चासो देखाउनुभयो। थुप्रै प्रतिक्रिया आए। ती प्रश्नमध्ये केही प्रतिनिधि प्रश्न तपाईंलाई राख्नेछौं। एउटा प्रश्न थियो–टेस्टट्युब बेबी

0 comment
0 FacebookTwitterEmail

वृद्धाश्रम शब्दमा नराम्रो होइन। वृद्धवृद्धाको आश्रयस्थल नै वृद्धाश्रम हो। तर हाम्रो नेपाली समाजमा ‘वृद्धाश्रम’ भन्नासाथ मनमुटु चिसो हुन्छ। हुन पनि वृद्धाश्रममा आश्रय लिने अधिकांश वृद्धवृद्धा (ज्येष्ठ नागरिक) उहाँहरूकै सन्तानबाट परित्यक्त हुनुभएको पाइन्छ। त्यसबाहेक असहाय, सन्तान तथा आफन्तविहीन पनि हुनुहुन्छ, जो वृद्धाश्रममा शरण लिनुहुन्छ।

दया, माया, प्रेम र करुणा हराउँदै जाँदा आफ्नै सन्तानबाट त्यागिने वृद्धवृद्धाको अन्तिम शरण वृद्धाश्रम बन्छ। कतिपय आमाबुवा सम्पन्न भएर पनि पारिवारिक मोहभंगले वृद्धाश्रम पुग्नुहुन्छ। यद्यपि विभिन्न कारणले सबैको पहुँचमा वृद्धाश्रम भने हुँदैन।

नेपालमा वृद्धाश्रम धेरै खुलेका छन्। विशेषगरी उनीहरुको उद्देश्य ज्येष्ठ नागरिक, असहाय आदिलाई सहारा दिने हो। तर सबै वृद्धाश्रमले एकै खालको सेवा–सुविधा भने दिएको पाइँदैन। कतै …

सरकारी वृद्धाश्रम ‘समाज कल्याण’, जो बन्दैछ वृद्धवृद्धाको सच्चा सहारा
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved