Home » Archives for रूपेश आचार्य » Page 3
Author

रूपेश आचार्य

पछिल्ला ५ आर्थिक वर्षमा देशभर मानव बेचबिखन, जबर्जस्ती करणी र उद्योग, अपहरण तथा शरीर बन्धकका १७ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आव ०७५/०७६ देखि गत आव ०७९/८० सम्म १७ हजार १३१ मुद्दा दर्ता भएका छन्।

यस्तै, ५ आवमा अपहरण तथा शरीर बन्धकका ८७३ मुद्दा प्रहरीमा दर्ता भएका छन्। आव ०७५/७६ मा १६३, व्यक्ति अपहरणमा ११५, अपहरण तथा जबर्जस्ती करणीका ४५ र अपहरण वा शरीर बन्धक कसुर उद्योगमा ३ मुद्दा दर्ता भएका थिए।

त्यसैगरी आव ०७६/७७ मा अपहरण तथा शरीर बन्धक कसुरका घटना घटेर १३८ पुगेका छन्। सो आवमा अपहरण वा शरीर बन्धकसम्बन्धी १०१, अपहरण …

0 comment
0 FacebookTwitterEmail

नेपाल औषधि लिमिटेड बिजुलीबजारको गेटको छेउमा एक जना साना व्यापारी देखिनुहुन्छ। ती व्यापारीले सो स्थानमा पसल गर्नुभएको १५ वर्ष भयो। बाटोमा हिँड्दै गरेका बटुवालाई पानी पिलाउनुहुन्छ। ‘मास्क लगाएर हिँड्नुस् है’ भनेर सचेत गराउनुहुन्छ।

हँसिलो मुहार भएका ६३ वर्षी प्रेम खड्काको जीवन–संघर्ष भने त्यति मीठो छैन। सामान्य परिवारमा जन्मिएका प्रेमले कक्षा ४ सम्म अध्ययन गर्नुभयो। उहाँको बालपन गाँउघरमा दुःखसुख गर्दैमा बित्यो।

१७ वर्षको उमेरमा कोटेश्वरमा आएर हार्डवेयरमा सेक्युरेटी गार्डको जिम्मेवारी बहन गर्नुभएका प्रेमको मासिक तलब भने तीन सय रुपैयाँ थियो। ‘उः बेलाको ३ सय अहिलेको ३०÷४० हजारभन्दा बढी हो,’ प्रेम भन्नुहुन्छ, ‘त्यो उमेरमा त्यति पैसा कमाउने गाँउको पहिलो व्यक्ति सायद म …

४० वर्षदेखि श्रममा सक्रिय प्रेम, ५० वर्षमा प्रेमविवाह, भन्नुहुन्छ– जिन्दगीका गोरेटाले धेरै पाठ सिकाए
0 comment
0 FacebookTwitterEmail

ट्राफिक नियमको पालना नगरी सवारीसाधन चलाउने ७९ हजार २७० चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ तथा मातहतका कार्यालयले ट्राफिक नियम पालना नगरी सवारीसाधन चलाउने चालकलाई कारबाही गरेको हो ।

सवारीसाधन तीब्र गतिमा गुडाउने, लेन क्रस गरी सवारी चलाउने, मापसे गरी सवारीसाधन चलाउने, रेड लाइटको अवज्ञा गर्ने, स्पष्ट नम्बर प्लेट नदेखिने, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने तथा अन्य विभिन्न शीर्षकमा गरी उक्त कारबाही गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले दैनिकरूपमा प्रकाशित गर्दै आएको कारबाही विवरणको अध्ययन गर्दा गत भदौ १ गते देखि भदौ ३१ गते सम्मको …

0 comment
0 FacebookTwitterEmail

बबरमहल माइतीघरनजिक आउजाउ गर्दा एउटा टेबलमा फलफूल तथा चाट बेच्दै गर्नुभएकी महिला देखिनुहुन्छ। उहाँको नाम गेनी चौधरी हो।

चारखुट्टे काठको टेबलमा खरबुजा, नरिवल, काँक्रो, मेवा, अंगुर, चकुन्दर, अम्बा, कटहर, स्याउ, नास्पाती, ड्रागनफ्रुट मिलाएर प्लेटमा राखेर बेच्दै आउनु भएको २५ वर्ष भयो। सडक छेउ फलफूल बेच्दा पनि निकै सफा र ताजा सामानमा ध्यान दिनुभएको छ। फलफूल राखेको टेवललाई जाली भएको कपडाले राम्ररी ढाक्नुभएको छ।

‘म भारतबाट नेपाल आएको ३० वर्ष भयो,’ गेनी भन्नुहुन्छ, ‘नेपाल आएदेखि सुरु गरेको र मन लागेको काम भनेको नै फलफूल र चाट बेच्ने हो।’

सुरुवाती दिनमा प्रतिप्लेट १५, ३०, ६० रुपैयाँ हुँदै अहिले प्रतिप्लेट मिक्स फलफूलको एक …

‘महानगर प्रहरीले कुन बेला धपाउने हो भन्ने डर लागिरहन्छ’
0 comment
0 FacebookTwitterEmail

पछिल्लो समय डाक्टरमाथि सांघातिक हमला गर्ने क्रम बढेको छ। यही हमलाको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ। मंगलबार काठमाडौँको माइतीघर मण्डलामा चिकित्सकले विरोध प्रदर्शन गरेका छन्। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

अस्पतालमा उपचाररत कुनै बिरामीको मृत्यु भएमा उनीहरुका आफन्तले उपचारमा संलग्न चिकित्सक, नर्समाथि हातपात गर्ने गरेका छन्। एक महिनाभित्र मात्रै ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ।

चिकित्सकमाथि पटकपटक हातपात भएपछि त्यसको प्रतिकारमा चिकित्सक नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकले मंगलबार देशभर पोसाकमै प्रदर्शन गरेका छन्। उनीहरूले ‘दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट’, ‘अस्पताल नआऊ, डाक्टर …

0 comment
0 FacebookTwitterEmail

गत मङ्गलवार देखि राष्ट्रिय सभागृह अगाडि उभिएर आन्दोलनरत सामाजिक अभियन्ता ई: फुटपाथ व्यवसायीहरूको गुनासाका बारेमा काठमाडौँ महानगरका मेयर बालने शाहको ध्यानाकर्षण गराउन खोज्नुभएको हो। फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान देऊ, गरिब निमुखाको रोटी नखोस्नु लगायतका माग राखेर छ  दिनदेखि अभियन्ता ई: आन्दोलन गरिरहनु भएको छ। उहाँको दुवै गोडा नराम्ररी सुन्निएका छन् । लगातार लगभग १४० घण्टासम्म उभिँदा पनि उहाँको माग सरोकारवालाले बेवास्ता गरेका छन् ।

सहरमा रहेका १० हजारभन्दा बढी फुटपाथ व्यवसायीको रोजीरोटीको अधिकारका लागि आफूहरू आन्दोलनमा रहेको सामाजिक अभियन्ता ई: बताउनुहुन्छ । ई: का दुई वटा गोडा सुन्निएर लट्ठी टेक्दै हिँड्न पनि कठिन भएको छ । “मचक …

0 comment
0 FacebookTwitterEmail

भारत बिहारको बेतिया जिल्ला माधवपुर ७ मा जन्मिएका मोहमद आलम बाल्यकाल जोरपाटी तथा नारायणटारमा हाँसखेल गर्दै बिताउनुभयो।

नारायणटारस्थित राई स्कुलबाट कक्षा १० सम्मको औपचारिक शिक्षा लिनुभएका आलमलाई एक दिन लाग्यो, ‘पढाइले मात्र हुँँदैन। सीप सिकेर पैसा पनि कमाउनुपर्छ।’

आलमले आफ्ना बुवाको ‘सम्‌सुल अटो केयर’ मा सबै काम सिक्नुभयो। कक्षा १० सकेलगत्तै गाडी मिस्त्री बन्ने सपना बोक्नुभएका उहाँले गाडीका पार्ट, इन्जिन खोलफिट, वायरिङ, इन्जिन रिपेयरिङसम्बन्धी सम्पूर्ण काम सिक्न दुई वर्ष लागेको हो। आलम भन्नुहुन्छ ‘मलाई यो काम सिक्न त्यति प्रेसरचाहिँ भएन। तर आफ्नो दिमाग चलाएर काम सिक्न छोटो समयमै मैले मिस्त्री काम सिकेको हुँ। अहिले यही काम अरुलाई सिकाउन कम्तीमा पनि …

कसले भन्छ देशमा काम–दाम छैन ? ग्यारेजबाटै महिनामा तीन लाख कमाइ गर्नुहुन्छ २१ वर्षीय आलम
0 comment
0 FacebookTwitterEmail

देशभरका १ लाख ९ हजार स्थायी दरबन्दीका शिक्षक, ४० हजार राहत, ३५ हजार कर्मचारी र ३० हजार बाल कक्षाका शिक्षक आन्दोलनमा छन्।

सरकारले संसदमा केही दिनअघि दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित भएका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यथोचित मागहरू सम्बोधन गर्न तयार रहेको भन्दै वार्तामा बोलाए पनि उनीहरू त्यसलाई बहिस्कार गरी सडकमा उत्रिएका छन्। शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा मङ्गलवार ३ बजे वार्ता गर्ने मन्त्रालयको प्रस्ताव अस्वीकार गरेर शिक्षक महासङ्घले शिक्षकलाई लिएर सडकमा होमिएका हुन।

शिक्षक अगुवाले सरकारी सुनुवाइ नगरेकाले आफ्ना माग संसदबाट सम्बोधन हुनुपर्ने बताएका छन्। शिक्षक महासङ्घले मङ्गलवारका लागि शिक्षा मन्त्रालय र कार्यवाहक प्रधानमन्त्री …

0 comment
0 FacebookTwitterEmail

पाँच आर्थिक वर्षमा देशभर चोरी, मानव बेचविखन तथा अपहरण तथा शरीर बन्धकका १६ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आव २०७५/०७६ देखि गत आव सम्म १६ हजार २१६ मुद्दा दर्ता भएका हुन्।

आव २०७५/७६ मा २ हजार ८ सय ७३ चोरीका घटना दर्ता भएका थिए। जसमध्ये काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा ८८९ वटा मुद्दा दर्ता भएका छन्। यस्ता मुद्दा दर्ता हुनेमा मधेस प्रदेशमा ५०६, लुम्बिनीमा ४६६, कोशीमा ४२९, सुदूरपश्चिममा १७१, बागमतीमा १७० र गण्डकी १४३ र कर्णाली प्रदेशमा ९९ चोरीका मुद्दा दर्ता भएको कार्यालको तथ्यांक छ।

आव ०७६/७७ मा प्रहरीमा २ हजार ४ सय ५१ चोरीको …

0 comment
0 FacebookTwitterEmail

अहिलेको समयमा यातायात सामान्य कुरा हो । सार्वजनिक र निजी सवारीसाधनमा सडकमा गुडिरहन्छन् । गुड्दागुड्दै टायरमा समस्या देखिन सक्छ । त्यस्तो बेला के गर्ने ?

झट्ट मिस्त्रीको सम्झना आउँछ । मिस्त्रीले नै सबै ठीकठाक पार्न सक्छन् । त्यस्तै एक मिस्त्री हुनुहुन्छ अहमद राजा ।

उमेरमा जम्म २५ वर्ष पुग्नुभएका अहमद राजा भारतमा जन्मिनुभयो । उहाँका बुबा टायर मर्मत गर्ने पेसा गर्नुहुन्थ्यो । सोही पेसालाई निरन्तरता दिँदै अहमद राजा हाल टायर मिस्त्री बन्नुभएको छ ।

बुबा खुर्सिद मियाँले नारायणटारको शिवचोकमा सुरुवाती चरणदेखि राखेको पसल हालसम्म छ । र त्यसैमा आफनो काम सिक्नेदेखि मिस्त्री हुनेसम्मको संघर्ष जोडिएको राजा बताउनुहुन्छ ।

‘बुबाले नेपाल …

प्रहरी बन्ने सपना त्यागेर टायर मिस्त्री बन्नुभएका राजा, वार्षिक कमाइ १० लाख
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved