प्रतिस्पर्धीलाई काँधमा राखेर घुमाए नवनिर्वाचित वडाध्यक्षले

नवनिर्वाचित वडाध्यक्ष सुशील घिमिरे पराजित प्रतिद्वन्द्वी ह्याग्रीव आचार्यलाई काँधमा बाेकेर खुसीयाली मनाउँदै

 

वैशाख ५ गते बिहानबाट सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भयो । त्यो स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्षले प्रत्यासी उमेदवारलाई काधमा बोकेको तस्बिर थियो। सुन्दा सामान्य लागे पनि हेटौंडामा भने यसले विशेष प्राथमिकता पाइरह्यो।
विजयी उमेदवारलाई पराजित उमेदवारले विद्यालयमा पढाउनुभएको रहेछ । संयोग भनौं हेटौंडा–५ को वडा अध्यक्ष निर्वाचित भएका सुशील घिमिरे नेकपा (एमाले) बाट विजयी बन्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी ह्यग्रीव आचार्य पराजित बन्नुभयो । घिमिरेले आचार्यलाई काधमा बोकेर खुशीयाली मनाउनुभयो। यो तस्वीर खिच्नुभएको थियो हेटौंडाका फोटो पत्रकार ॐ फुयालले। आफ्ना गुरुसँग चुनावी प्रतिस्पर्धाका क्रममा पनि घिमिरेले सौहार्दता प्रस्तुत गर्नु भएको थियो । चुनावी अभियानका क्रममा घरदैलोमा आउँदा सुशीलले आफ्ना गुरु ह्यग्रीव आचार्यलाई दही सगुन खुवाएर शुभकामना दिनुभएको थियो। ह्यग्रीव आचार्यको उमेदवारी घोषणाभन्दा अगाडि नै सुशील वडा अध्यक्षको उम्मेदवार निश्चित भइसक्नु भएको थियो । आफ्नै चेलासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा ह्यग्रीव आचार्यले असहज महसुस गरे पनि आफूहरूबीच सौहार्दपूर्ण वातावरण हुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

संयोग भनौं हेटौंडा–५ को वडा अध्यक्ष निर्वाचित भएका सुशील घिमिरे नेकपा (एमाले) बाट विजयी बन्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी ह्यग्रीव आचार्य पराजित बन्नुभयो  । घिमिरेले आचार्यलाई काँधमा बोकेर खुशीयाली मनाउनुभयो ।

वडा अध्यक्षमा विजयी सुशीलले प्रदर्शन गरेको सौहार्दता र आफ्ना गुरुप्रति प्रदर्शन गरेको सम्मानलाई लिएर सर्वसाधारणले प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा सुशीललाई बधाई दिँदै सुशीलले आफ्ना गुरुप्रति प्रस्तुत गरेको सम्मानको उनका साथीभाइ, चिनजानका मानिसले प्रशंसा र सराहना गर्दै सामाजिक सञ्जालमा सौहार्दताप्रति आभार समेत व्यक्त गरेका छन् । घिमिरे २ हजार ५ सय ३० मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा आचार्यले १ हजार ३ सय ९० मत पाउनु भएको थियाे ।

सुशील घिमिरे

घिमिरेको सक्रियतामा निर्मित रङ्गशाला

त्यसो त हेटौंडामा सुशील घिमिरे सामाजिक क्षेत्रमा चर्चित नाम हो । हाल नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित घिमिरेको  अगुवाइमा हेटौंडामा नमूना क्याम्पा रंगशाला निर्माण भएर उदाहरणीय काम भएको छ । घिमिरे १२ वर्षको उमेरदेखि ‘मार्सल आर्ट’ क्षेत्रमा प्रवेश गर्नुभएको थियो। पछि मार्सल आर्टमा राम्रो भविष्य नहुने लागेपछि  २०५४ सालमा बक्सिङ खेल्न शुरू गर्नुभएको हो । उहाँले ६४ किलोग्राम तौल समूहको राष्ट्रिय प्रतिस्पर्धामा लगातार १० वर्ष जीत हासिल गर्नुभएको उहाँका भाइ सुबिन घिमिरे बताउनुहुन्छ ।

बक्सिङमा मिलेको ठूलो उपाधि श्रीलंकामा भएको दशौं दक्षिण एसियाली खेलकुद (साग) को रजत पदक रहेको उहाँले बताउनुभयो । २०५८ सालमा भएको नेसनल बक्सिङ च्याम्पियनसिपमा उहाँ २० वर्षको हुँदा पहिलो पटक नेपाल च्याम्पियन हुनुभएको थियो । १२ अन्तर्राष्ट्रिय खेलमा उहाँले ३ वटा उपाधि जित्नुभएको छ । सन् २००४ मा विभागीय टोली सशस्त्र प्रहरीमा बक्सिङ खेलाडीका रूपमा आवद्ध हुनुभएका उहाँ  सशस्त्रको टीमबाट खेल्न शुरू गरेपछि ६४ किलोग्राम तौल समूहमा निरन्तर १० वर्ष बक्सिङ च्याम्पियन बन्नुभएको हो ।


रेष्टुरेन्टमा काम गरेर अतिरिक्त समयमा मकाउमा ७ वर्ष कपाल काटेर  रंगशालाको लागि अक्षयकोष बनाउनुभयो। त्यसो त २०५५ सालतिर हेटौंडामा कपाल काट्न सिकेर सैलुनको आम्दानीले खेलाडी र खेल क्षेत्रमा खर्चेको उहाँका साथीहरू बताउनुहुन्छ।


खेल जीवन निरन्तर चलिरहँदा व्यक्तिगत बाध्यता अनि जीवनका सुनौला रहर बोकेर खेल जीवन छाडेर वैदेशिक रोजगारीका लागि उहाँ मकाउ जानुभयो । रेष्टुरेन्टमा काम गरेर अतिरिक्त समयमा मकाउमा ७ वर्ष कपाल काटेर  रंगशालाको लागि अक्षयकोष बनाउनुभयो। त्यसो त २०५५ सालतिर हेटौंडामा कपाल काट्न सिकेर सैलुनको आम्दानीले खेलाडी र खेल क्षेत्रमा खर्चेको उहाँका साथीहरू बताउनुहुन्छ। उहाँले हेटौंडामा कभर्ड हल र रंगशाला निर्माणमा कसैको मुख ताक्नुभएन । धेरैले स्वेच्छिक सहयोग गरे, रकम पुगेन भनेर कतै हार गुहार पनि गर्नुभएन । ‘कति खर्छ भयो भन्ने त हामीलाई थाहा छैन, उहाँ आफैंलाई थाहा छ’ हामीलाई भन्नुभएको छैन, उहाँको व्यक्तिगत ७०-८० लाख त खर्छ गर्नुभयो कि भनेर अनुमान गर्नुहुन्छ, उहाँको अभियानमा हिड्नुभएका दिपेन्द्र ढकाल ।
२०७८ वैशाखदेखि रंगशाला निर्माणका लागि मैदानको नापजाँच लगायत निर्माण लागत अनुमान गरियो । रंगशाला निमार्णका लागि ४ करोड अनुमानित लागत मूल्यांकन गरियो। लागत अनुमानभन्दा आधा कम अर्थात् झण्डै २ करोड रुपैयाँमा रंगशाला निर्माण सम्पन भयो ।
करीब ५ बिगाह क्षेत्रफलमा निर्माण भएको रंगशालामा करीब १० हजार दर्शक अटाउने क्षमताको छ । रंगशाला निर्माणमा हेटौंडा उपमहानगरपालिकाको १ करोड ९ लाख रुपैयाँ, ५ नम्बर वडा कार्यालयको ३० लाख रुपैयाँ बजेट परेको सुशिलले बताउनुभयो ।
जनसमुदायबाट ३० लाख रुपैयाँ संकलन भएयो थियो । निर्माण कार्यमा  स्थानीयले जनश्रमदानमा गरेका थिए । रंगशाला निर्माणका लागि प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा ३० लाख सहयोग गरिएको छ । । हेटौंडा–५ पिप्लेमा बक्सिङ रिङसहितको बहुद्देश्यीय खेलकुद कर्भड हल बनाइसक्नु भएका घिमिरेले भौतिक निर्माणको अनुभव रंगशला निर्माणमा प्रयोग गर्नुभयो ।
कभर्ड हल निर्माण लागत मूल्यांकन १ करोड २५ लाख गरिएकोमा हेटौंडा उपमहानगरपालिकाको २५ लाख रुपैयाँ र स्थानीय जनश्रमदानबाट सम्पन गरिएको थियो। बागमती प्रदेशको राजधानीको रूपमा रहेको हेटौंडामा खेलकुदका लागि हेटौंडा ६ गौरिटारमा निर्माण भैरहेको भए पनी निर्माण सम्पन्न हुन समय लागिरहेको छ । हेटौंडाको मुख्य चोकबाट ३ किलोमिटर दूरीमा मात्र रहेको क्षेत्रमा रंगशाला निर्माण हुनु सुखद रहेको छ।
रंगशालाले थुप्रै खेलाडी उत्पादन गर्ने सुशीलको विश्वास छ । नेकपा (एमाले) प्रति झुकाव रहेका घिमिरे जनप्रतिनिधि बनेपछि वडाबासीको सेवामा अझ समर्पित हुने बाटो खोलेको बताउनुहुन्छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रकाश दाहाल/हेटौंडा का अन्य पोस्टहरु:
प्रतिस्पर्धीलाई काँधमा राखेर घुमाए नवनिर्वाचित वडाध्यक्षले
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link