Home » Archives for हरिविनोद अधिकारी » Page 3
Author

हरिविनोद अधिकारी

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१५

स्वयं स्वर्गबाट गङ्गा पृथ्वीमा आइन् र कुरुवंशीहरूलाई यति पराक्रमी, तेजस्वी र वचनका पक्का राजकुमार देवव्रतलाई जन्म दिइन्। ती देवव्रतको दृढ प्रतिज्ञा आज पनि उदाहरणीय मानिन्छ भनेर महाभारतमा कथाक्रम विकसित हुन्छ। उनको शिक्षा गङ्गाको अभिभाकत्वमा भएको थियो र सायद त्यो बालकले आफू किशोर हुँदा या युवा वयमा पदार्पण हुँदा पनि आफू कुरुवंशी उत्तराधिकारी हुँ भन्ने थाहा पनि पाएको जस्तो लाग्दैन।

त्यसो त त्यति पराक्रमी युवालाई आफू कसको सन्तान हुँ भन्ने पक्कै जानकारी थियो होला तर महारभारतकालमा धेरैजसो नाम आमाको अस्तित्व स्वीकार गर्दै बोलाइएको पाइन्छ। जस्तो कि शन्तनु पुत्रको रुपमा शान्तनवे पछि मात्र भनियो होला तर बालककाल, …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१४

पाण्डवहरूकी एकमात्र आधिकारिक पटरानीका रुपमा द्रौपदी स्वीकार गरिएकी भए पनि महाभारतमा अरु पनि मातृशक्तिहरूको भूमिका देखिन्छ। महाभारतमा को मुख्य पात्र भन्ने प्रश्न आफैँमा अनुत्तरित नै छ। झन त्यसमा पनि महिला पात्र को मुख्य भन्ने प्रश्न पनि आउने गर्छ।

त्यसो त जय नामक महाकाव्य, जसलाई पछि गएर महाभारतको नाम दिइयो, त्यसमा सबै पात्रहरूको आफ्नै आप्mनै भूमिका पाइन्छ। जस्तो कि गङ्गाको भूमिका महाकाव्यमा एकदम कम देखिन्छ तर उनलाई महाभारतबाट यदि हटाएमा देवब्रतको जन्म हुने थिएन र तिनै देवब्रत पछि गएर कुरुवंशका शिरोमणिको रुपमा हस्तिनापुरका अभिभावक बनेका थिए। महाभारतको युद्धमा १८ अक्षौहिणी सेना जम्मा भएका थिए जसमा हस्तिानपुरका …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१३

पाण्डवहरूका वैध सन्तानहरूमध्ये सबैभन्दा जेठो सन्तान कुन हो भन्ने महाभारतले स्पष्ट रुपमा भनेको पाइँदैन। कति सन्तानहरू थिए र कति रानीहरू थिए भन्ने पनि स्पष्ट हुँदैन तर पनि हिडिम्बाबाट जन्मेको सन्तान घटोत्कच नै पहिलो सन्तान हो भन्नेचाहिँ स्पष्ट हुन्छ। त्यो बेलाको राज्यको नियमले घटोत्कचलाई भीमको सन्तानको दर्जा दिएको त पाइन्छ तर राज्यको राजा हुने अधिकार भने नभएको देखिन्छ। हिडिम्ब अथवा हिडिम्बासुर जो निशाचरहरूमध्येको राजा थियो। जब लाक्षागृह जलाएर पाण्डवहरू माता कुन्तीसहित सुरुङ्को बाटो वारणावत सहर बाहिर निस्कँदै थिए। एकातिर आफ्नो परिचय खुल्ने डर, अर्कोतिर बाँचेर शक्ति सञ्चय गरेर हस्तिनापुरमा आफ्नो अधिकारको राज्य फिर्ता लिने उपायको खोजी …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१२

कोही कसैको अवतार हुँदा या जन्मँदा बारम्बार पुराणहरूमा या पौराणिक महाकाव्यहरूमा आउने शब्द हो अयोनिजा। महाभारतमा पनि द्रौपदीलाई अयोनिजा भनेर भनिएको छ।  अर्थात् आमाको योनीको बाटो भएर जन्मेको होइन। उनी यज्ञको प्रसादको रुपमा जन्मेकी हुन्। त्यसो त महाराज द्रुपदले ऋषिहरू याज र उपयाजद्वारा गरिएको यज्ञको प्रसादको रुपमा दिइएको पायस या खिर खान महाराज द्रुपदकी रानीले आनाकानी गरेजस्तो लागेकाले ऋषिहरूले रिसले त्यो यज्ञमा आहूति दिए र त्यहीँबाट अचानक एकजना कबच र तरबारसहितका युवक उत्पन्न भयो र सँगै अर्की युवती पनि उत्पन्न भइन्। वयस्क पुरुष अलि ढिट र कडा मिजासले प्रस्तुत भएको र आफ्नो कर्तव्यको खोजी गरेकाले …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-११

अचानक कर्णको जन्मले कुन्तीको जीवनमा आएको नयाँ अनुभवको उथल पुथलले औपचारिकरुपमा महाराज पाण्डवका लागि नियोगबाट सन्तान जन्माउँदा पनि फेरि कर्ण नै सम्झनामा आयो। श्रीकृष्ण द्वैपायन व्यासका अनुसार नियोगको चलन महाभारतकालीन समाजमा सामान्य थियो। स्वीकृति भने चाहिन्थ्यो आधिकारिकरुपमा। जस्तो कि स्वयं श्रीकृष्ण द्वैपायन, मत्स्यगन्धासँग महर्षि पराशरको सहमतिमा भएको सम्पर्कबाट शुक्ला गण्डकीको द्वीपमा जन्मेका थिए।

महाभारतका अनुसार कालो वर्णका ती महर्षि पुत्र वयस्क थिए र वेदका ज्ञाता थिए, त्यसैले उनलाई वेदव्यासको रुपमा मानिएको हो। उनी पराशर पछि व्यासको रुपमा स्वीकृत भएका हुन्। त्यो बेलामा व्यास हुनु भनेको लामो अनुभव र अभ्यासको पारदर्शी प्राज्ञिक अनुष्ठानबाट मात्र सम्भव थियो। …

पिताको अपमानको बदला लिने कार्यभार
0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१०

अर्जुन कुन्तीका तेस्रा छोरा थिए। त्यसो त महाभारतले नै भने अनुसार कुन्तीको गणनामा अर्जुन चौथो छोरो थिए। समाजलाई थाहा नदिएको भए पनि कुन्तीमा पहिलो सन्तानको सम्झना हुने नै भयो। त्यतिमात्र होइन, सन्तानलाई गोप्यरुपमा बगाएर सन्तोषको सास फेरेको पनि उनले बिर्सेकी थिइनन्। त्यसो सन्तोषको सास फेरेको भनेर एउटी माताको पुत्र वात्सल्यमाथि खिसी गर्न त पाइएन तर भर्खर जन्मेको बच्चालाई राज परिवारले, राजसभाले र राज्यको विविधीकृत समाजले थाहा नपाउँदै बच्चाको व्यवस्थापन गर्नु थियो। व्यवस्थापनको अर्थ हुन्थ्यो, बच्चालाई या त मारेर फाल्नु पथ्र्यो, या त राज्यका अन्य पक्षले समेत थाहा नपाउँदै उसलाई नदीमा बगाएर आफू साखुल्ले हुनु नै …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—९

पाञ्चाल नरेश द्रुपदकी राजकुमारी द्रौपदीको बारेमा धेरैओटा जिज्ञासासहितका कुराहरू जेहेनमा एकैपटक आउने गर्छ। सबैभन्दा पहिलो जिज्ञासाचाहिँ उनको जन्मका बारेमा नै आउँछ, , उनी कसरी वयस्का तर कुमारीको रुपमा जन्मिइन् ?  दोस्रो जिज्ञासा उनको स्वयंवरका बारेमा।

दरबारका राजकुमारीका लागि स्वयंवरको अर्थ हुन्छ आफूलाई मन परेको केटासँग विवाह गर्ने स्वच्छन्दता तर सीमामा रहेर, राजदरबारको सिद्धान्त र प्रतिष्ठाभित्र रहेर। स्वयंवरमा प्रायशः निकट नाताको राजाको परिवारलाई विवाहको निम्तोको रुपमा मात्र बोलाइन्थ्यो भने अरु समानरुपका राजा र राजकुमारहरूलाई स्वयंवरमा सहभागी हुनका लागि समेत बोलाइन्थ्यो। त्यसो त कतिपय राजकुमारीहरूको रुप यौवन र बानी बेहोराको प्रशंसाका कारणले नबोलाइएका राजाहरू समेत स्वयंवरमा सहभागी …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी— ७

महाभारतका अनेकानेक पात्रहरूको यसरी संरचना गरिएको छ कि कुनै पनि पात्रको अनुपस्थितिमा कथाको भावले बाटो समाउँदैन। यदि यसलाई कुरुवंशीहरूको इतिहास नै मान्दा पनि त्यहाँ के भएको थियो, के हुनुपथ्र्यो र यदि कुनै खास घटना खास समयमा नभएको भए कुरुवंशीहरूको पछिल्लो अवस्थाको इतिहास कस्तो हुन्थ्यो ? विवेचनाको विषय बनेकै छ। अनुसन्धानको विषय बनेकै छ।

के साँच्चै १८अक्षौहिणी सेनाका बिचमा युद्ध भएको थियो, त्यो पनि आजको अवस्थामा देखिने कुरुक्षेत्रमा ? कुरुक्षेत्र भनेर दाबी गर्ने ठाउँहरू अरु पनि छन् होला तर हस्तिनापुरका नजिक भएको कारणले आजको कुरुक्षेत्रको ठुलो भागलाई लिइएको थियो होला भन्न पनि सकिन्छ। साँच्चै त्यो …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—६

द्रौपदीको जीवनले कसैलाई उत्प्रेरणा दिन्छ भने कतिमा नैराश्यता पनि पैदा गर्छ। कारण हो उनको जीवनको आरोह अवरोह। पटरानी भएर बसेकी सम्राट युधिष्ठिरकी बडामहारानी द्रौपदी जस्तीले पनि जुवाको खालमा हारिनु परेको थियो। कारण त धेरै थिए तर खासमा सत्ताको वागडोरका कारणले नै त्यस्तो भएको थियो।

हस्तिनापुर विभाजित भयो। हस्तिनापुरका चक्रवर्ती सम्राटहरूका प्रयासले हजारौँ गणराज्यहरूको एकल साम्राज्यका रुपमा गणना गरिएका महाराज धृतराष्ट्रको अखण्ड भारत आन्तरिकरुपमा विभाजित भएर इन्द्रप्रस्थ र हस्तिनापुर दुई ठाउँमा राजधानी भएको सत्य थियो। त्यो राज्यको भागबन्डा नै थियो। दुई परिवारको मिलन सम्भव नहुने देखिए पछि र पाण्डवहरूलाई जसो गर्दा पनि पन्छाउन नसकेपछि अर्को षडयन्त्र …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी —५

द्रौपदीको विवाहको पनि बेग्लै कथा रह्यो। एकजना ब्राह्मण कुमारले प्रतिस्पर्धा जितेर बाजी मारेको प्रतिफलमा पाँचजनाको हक लाग्ने भयो अनेकानेक कारणले। ती अनेक कारणहरूको व्याख्या र पूर्वजन्मको भागभोगसहित परिणाम भनेर जब श्री कृष्णद्वैपायनले पाँच कुमारहरूकै लागि यी अयोनिजा कन्याको जन्म भएको हो भनेर ठोकुवा गरेपछि कसले के बोल्ने र ?

महाभारत र पुराणहरूमा वर्णित डुलुवा ऋषिहरूको प्रसङ्ग बेलाबेलामा आउँछ। कहिले ऋषि दुर्वासाको प्रसङ्ग आउँछ, कहिले सप्तऋषिको प्रसङ्ग आउँछ त कहिले देवर्षि नारदको प्रसङ्ग आउँछ। यस्तै प्रसङ्ग रहेछ, देवर्षि नारदका बारेमा। जब द्रौपदीको विवाह पाँच पाण्डव कुमारहरूसँग भयो र अनेक बहानामा, चाहे पूर्वजन्मको बहानामा, चाहे स्वर्गका …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved