Home » Archives for हरिविनोद अधिकारी » Page 2
Author

हरिविनोद अधिकारी

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-२४

द्रौपदीको जन्मका बारेमा विभिन्न मत राख्ने विद्वानहरू पनि छन् तर हामीले महाभारतले जे भन्छ, त्यसैलाई मान्नु पर्ने हुन्छ। द्वापर युगमा वा महाभारतकालीन युगमा अनेक तरिकाले पात्रहरूको जन्म भएको घटना वर्णित छ। जस्तो कि निषाद पुत्री मानिने, पछि महारानी अनि राजमाता भएकी मत्स्यगन्धा वा योजनागन्धा या सत्यवती जे भनौँ उनको जन्म माछाको पेटमा प्राप्त भएको मानिएको छ। उपरिचर वसुले जब सम्झिए कि मेरी पत्नीले आज ऋतुस्नान गरेकी छे, उनले तत्काल उनका लागि बच्चा पाउने व्यवस्था गर्न आफ्नू शुक्राणु चरामार्फत् पठाउँदा बिचमा बाजले झम्ट्यो र त्यो शुक्र नदीमा खस्यो। कुनै स्त्री माछाले त्यो निल्यो र गर्भिणी भयो। …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-२३

लाक्षागृह र द्रौपदीको जीवनसँग के सम्बन्ध छ ? प्रत्यक्ष सम्बन्ध देखाउन अलि सकिँदैन महाभारतअनुसार तर महाभारतले नै भने अनुसार यदि लाक्षागृहबाट सकुशल भाग्न सफल नभएका भए पाण्डुको सम्पूर्ण परिवारको सखाप हुने थियो कि ? यदि भूमिगतरुपमा रहनका लागि ब्राह्मण भेष धारण नगरेका भए पाण्डवहरू घुमन्तेका रुपमा पाञ्चालको राजधानी काम्पिल्य पुग्दैन थिए कि? एकचक्रा नगरीको बासमा नै ब्राह्मण भेषधारी पाण्डवहरूले द्रौपदीको स्वयंवरको घोषणा सुनेका थिए। पाण्डवहरू आफ्नो क्षमता त देखाउन लालायित हुन्थे तर उनीहरूको विभिन्न क्षमताका कारणले मृतक पाण्डवहरूको परिचय खुल्न सक्ने कुरामा सतर्क थिए। तर लाक्षागृहमा आगलागी गराएर सुरुङ्को बाटो गुमनाम जीवन बाँच्नका लागि वन …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२२

लाक्षागृहको कथाले कुरुवंशको नयाँ अध्याय सुरु गराएको मानिन्छ। महाभारतमा त्यस्ता धेरै निर्णायक मोडहरू छन् जसले कथालाई, परिस्थितिलाई अचानक नयाँ मोडमा पुर्‍याएका छन् र अनपेक्षित परिणामहरू देखाएका छन्। लाक्षागृहको कथामा गुम्सिएको पीडा छ, पीडाको निकास पनि पीडाले सुमसुम्याएको छ र प्रत्येक पीडाले नयाँ परिणामको अपेक्षा गरेको देखिन्छ। अर्थात् पीडाले नै शक्ति सञ्चयका लागि नयाँ गोरेटो देखाउने रहेछ, नयाँ बाटो कोर्ने अवस्था आफैँ स्वतः बन्ने रहेछ। त्यस्तै देखिन्छ।

जब महाराज धृतराष्ट्रले, अचानक राज्य सञ्चालनार्थका लागि भावी राजाको प्रशिक्षण बारणावर्तमा हुने आदेश जारी गरे, नजाने भन्ने कुरै आउँदैनथ्यो। तर नयाँ शङ्का भने उत्पन्न भएकै थियो। र पनि युधिष्ठिर …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२१

सत्तामोहको स्वरुप कति कुरुप  हुँदो रहेछ भने त्यसले कसैलाई पनि बाँकी राख्दो रहेनछ। सत्ताको साझेदारी आफ्नैमा सीमित हुन्छ र आफ्नैलाई भौतिकरुपमा सफाया पारेपछि मात्र जसरी पनि सत्ताको साँचो आफ्नो हातमा पार्ने गरिँदो रहेछ। हामीले थाहा पाए देखिको इतिहासले पनि देखाएको प्रभाव र प्रमाण त्यही रहेछ। आजको इतिहासमा मात्र त्यो भएको देखेका छौँ र त्यसलाई आजको राजनीतिक विकृतिको रुपमा अथ्र्याएका छौँ तर जबदेखि मानव इतिहासमा नेतृत्वको अवधारणा पलायो र जसरी पनि आफ्नो समूह र अर्को समूहमाथि आधिपत्य कायम गर्ने लोभ पलाउन थाल्यो, त्यही बेलादेखि असहिष्णुता बढेको अनुभूत गर्न सकिन्छ। जङ्गलमा पशुहरुको राज्यमा शक्तिवानले कमजोरलाई जसरी पनि …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२०

लाक्षागृहको तयारी एउटा दीर्घकालीन षडयन्त्रको आधारमा भएको थियो। बनी बनाउ तयारी थियो। जब महाराज धृतराष्ट्रलाई पाण्डुपुत्र युधिष्ठिरलाई पाण्डुको राज्य जस्ताको तस्तै फिर्ता गर्नुपर्ने सामाजिक, राजनीतिक तथा नैतिक दबाब पर्न थाल्यो, महाराजकारूपमा पाण्डुको सिंहासन रुँघेर बसेका भनेर अपमानित भइरहनु पर्ने अवस्था फेरि आउन थालेको कुरा धृतराष्ट्र र उनका सय भाइ छोराहरूलाई पर्न थालेको थियो। भन्न त दुर्योधनसहितका सम्पूर्ण दाजुभाइहरूले यी वनमा जन्मेका कुमारहरू पाण्डुका सन्तान हुन् कि होइनन् भन्नेमा शङ्का उपशङ्का गरिएको हो र कुन्तीमात्र कुमारहरूलाई लिएर फर्केकीले पाण्डु र माद्रीको अवस्थामा बारेमा सोधिएको पनि हो जबकि हस्तिनापुरका गुप्तचरहरूलाई सबै कुरा थाहा थियो। यतिसम्म पनि थाहा …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१९

के द्रौपदीलाई महान युद्ध महाभारतको परिणाम पहिले नै थाहा थियो ? थियो या थिएन ? ठ्याक्कै त कतै लेखिएको छैन तर महाभारतको सम्पूर्ण अध्ययन र प्रचलित कथाले र व्यासको साहित्यिक कलाले केचाहिँ भन्न सकिन्छ भने द्रौपदीलाई भावी दिनमा हुने परिणामका बारेमा थाहा थियो। उनलाई थाहा थियो, उनकै समेत कारणले कुरुवंशीहरूका बिचमा भयानक युद्ध हुनेछ। द्रौपदी विश्व सुन्दरी हुनुले मात्र उनको महत्व बढेको होइन कि उनको विवाहका लागि राखिएको सर्तले पनि राजा महाराजा रजौटाहरूको रणकौशलता देखिनु पर्ने थियो। द्रौपदीलाई चाहनेहरूमध्ये धेरै स्वयंवरमा आएका थिए। आउने सबैलाई सर्त पूरा गरेर द्रौपदी पाइएला भन्ने थिएन तर आफ्नो सैन्यबलका …

0 comment
0 FacebookTwitterEmail

महाभारतकालीन हस्तिनापुर, जसलाई भारतको रूपमा महाराज्यको स्थान दिइएको थियो र हस्तिनापुरमा सङ्घीय राज्यको राजधानी राखेर कुरुवंशी राजाहरूले शासन गरिरहेका थिए। हजारौँ राज्यहरूको सञ्जाल र हजारौँ राजाहरूको शासन थियो, जसलाई गणराज्यको रूपमा मान्यता दिइएको थियो। सबै अधीनस्थ गणराज्यहरूको कर्तव्य पालना तोकिएको थियो। कुरुवंशका शत्रुहरू पनि थिए जसका राज्यहरू हस्तिनापुरमा समाहित गरिएका थिए। ती राजाहरू अन्य देशमा बसेर, शरणागत भई आफ्नो राज्य फिर्ता लिने दाउमा सधैँ हुन्थे। अधीनस्थ राज्यहरू, गणराज्यहरूमा आपसमा कुनै मनमुटाब नहोस्,गणराज्यहरूको झगडाका कारणले राज्यहरू नासिँदै जान नसकुन् भन्नेमा चक्रवर्ती कुरुवंशी राजाको ध्याउन्न रहन्थ्यो। शान्तिपर्वको अध्याय १०७ मा गणतन्त्र राज्यको वर्णन र ती गणराज्यहरूप्रति सङ्घको नीतिका बारेमा भनिएको छ।

युधिष्ठिरले …

0 comment
0 FacebookTwitterEmail

                                                द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१८

कृष्णा र शिखण्डी । द्रुपद राजाको पहिलो सन्तानको रूपमा जन्मिएकी शिखण्डिनी वा शिखण्डी । छोराको रूपमा ग्रहण गरे शिखण्डी, छोरीको रूपमा ग्रहण गरे शिखण्डिनी । पहिलो दाजु र बहिनी या जेठी दिदी र बहिनी । तर पाञ्चाल राज्यले उनको जन्मदेखि नै राजकुमार जन्मिएको भनेर प्रचार गरेकोले मान्नै पर्छ, उनलाई  पुरुषको रूपमा आफूलाई चिनाउन जहिले पनि उद्यत थिए राज्य, राज्य संयन्त्र तथा स्वयं आफैँ । उनी मात्र होइन, त्यो समयको शक्तिशाली राज्य ( हस्तिनापुरको समकक्षी त होइन तर महाभारतले पाञ्चाल राज्यलाई हस्तिनापुरको अधीन देखाउँदैन )का रूपमा पाञ्चाल राज्यलाई लिएको पाइन्छ । तर जब पाञ्चाल राज्यको आधा …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१७

हस्तिनापुरका अभिभावकका रुपमा रहेका भीष्म पितामहका धेरै कर्तव्यहरू थिए यस धराधाममा। सायद उनलाई पूर्व जन्मको पनि ज्ञान थियो, उनमा त्यस्तो क्षमता थियो भन्ने अनुमान गर्न सकिन्छ कि भविष्यको परिणामका बारेमा उनी जानकार हुन्थे। त्यो दैवी कृपा पनि हुन सक्थ्यो या उनमा रहेको विवेचनात्मक चेतका कारणले पनि हुनसक्थ्यो। उनी स्वयं द्यौ नामका वसुका अवतार थिए मृत्युलोकमा। उनको शिक्षादीक्षा श्रद्धेयमाता गङ्गाको रेखदेखमा भएको थियो र उनलाई आफ्नो कर्तव्य पूरा गर्नका लागि पनि दीक्षित गराइएको हो भन्ने कुरा उनले महाराज शन्तनुलाई युवा पुत्र हस्तान्तरण गर्दा भनेकी थिइन्—नासो फिर्ता गरेकी छु।

त्यसबेलामा यदि नासो फिर्ता नभएको भए भरतको भारत …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-१६

वास्तवमा गङ्गालाई पृथ्वीमा गर्नु पर्ने काम सिद्धिएको थियो तत्कालका लागि। उनी पवित्रताकी प्रतीक थिइन्। उनी शिवजीको जटामा बसेर संसारलाई शुद्ध पार्ने काममा खटिएकी थिइन् स्वर्गमा। ती पवित्रताकी प्रतीक गङ्गाकै कोखबाट नै वसुहरूले जन्म लिन चाहेका थिए। धेरै पहिले नै श्रापमुक्त हुन चाहने वसुहरूमध्ये कान्छा वसुको लागि गङ्गा चिन्तित हुने नै भइन्। आखिर जे जस्तो परिवेशले वसुहरू जन्मनु परेको भए पनि आमाको कोखबाट जन्मने र जन्माउने काम त यही मत्र्यलोकमा नै भएको थियो। महाराज शन्तनुका सन्तानका रुपमा त जन्मिएकै थिए। त्यसमध्ये आठौँ वसुले कुरुवंशका लागि यो धरामा केही काम गर्नु नै थियो। तर वसुमध्ये द्यौ वसुको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved