Home » Archives for ज्ञानेन्द्र विवश » Page 2
Author

ज्ञानेन्द्र विवश

‘नब्बे हब्बे न कब्बे’ भन्ने चलन छ नेपाली समाजमा तर एकानब्बे वर्ष लाग्दै गर्दा पनि कलाकार कृष्णगोपाल (केजी) रञ्जित भने कलामा सुन्दरता कप्न मरिहत्ते गरिरहनुभएको छ। सामाखुसी, कपुरधारा छेउमा बस्नुहुने कलाकारलाई यो उमेरसम्म सधैंको व्यस्त बनाउने उही चित्रकारिता हो। ‘काम गरिरहनु नै जीवन बाँच्नु हो’ भन्ने मान्यताका कलाकार हुनुहुन्छ– उहाँ। ‘हिमाल चित्रका बादशाह’ नामले समेत चिनिनुहुने उहाँले हिमालबाहेक अरू अनेकौं विषय र शृङ्खलाहरूमा पनि उत्तिकै आकर्षक चित्र बनाउनुभएको छ।

रञ्जितले आफ्नो सम्पूर्ण जीवन कलामा समर्पण गर्दै आउनुभएको छ। नेपाली कलाक्षेत्रमा उहाँको विशिष्ट पहिचान छ। उहाँको जन्म वि.सं. १९८९ सालमा पोखराको रानीपौवामा भएको हो। आफ्नो बाल्यकाललाई सम्झिँदै उहाँ भन्नुहुन्छ– “सानोमा म …

बर्सेनि आलुबखडा फलिरहे, म बाँचिरहें: कलाकार केजी रञ्जित
0 comment
0 FacebookTwitterEmail

उमेरले असी उकालो पुगिसक्दा पनि कलाकार शारदा चित्रकारलाई कलाकै चिन्ता र चासो छ। कलाकै धपेडी र ध्याउन्नमा उहाँका वर्तमान दिनहरू व्यतीत भइरहेछन्। काठमाडौंको तँलाछेँ टोलमा वि.सं. १९९७ सालमा जन्मनुभएकी कलाकार शारदा चित्रकार पहिलो महिला उपकुलपति र कलाक्षेत्रमा पहिलो महिला प्राज्ञसमेत हुनुहुन्छ। नेपाली चित्रकला र लोककलाको विकास एवम् तिनको संरक्षण एवम् संवर्द्धन कार्यमा उहाँको योगदान रहँदै आएको छ। यसका साथै नेपाली महिला कलाकारहरूको उत्थानमा पनि उहाँले काम गर्दै आइरहनुभएको छ।
नेपालका सुप्रसिद्ध कलाकार मास्टर तेजबहादुर चित्रकार र मनकेशरी चित्रकारका सुपुत्री हुनुहुन्छ कलाकार शारदाले बाल्यकालीन अवस्थादेखि नै चित्रकलाकै वातावरण पाउनुभयो। बुबाले त्यो बेला घरमा चित्रकलाकै नि:शुल्क कक्षा लिनुहुन्थ्यो। बिहानदेखि बेलुकासमम्म उहाँको घरमा

नेवार लोककलाको संरक्षण र संवर्द्धन गर्दै शारदा चित्रकार
0 comment
0 FacebookTwitterEmail

भूगोलविद्, जापानविद्, व्यङ्ग्य साहित्यकार, चित्रकार लगभग सय कृतिका लेखक प्राध्यापक रामकुमार पाँडे ! उहाँका अनुसार २०४६ सालमा ‘उडकट प्रिन्ट’ बनाइ जापान र अमेरिकामा प्रदर्शनसमेत गर्नुभएको थियो। पूर्वीय दर्शनको विम्ब प्रयोग गरी रोचक र रहस्यमय प्रस्तुतिमार्फत् ‘पावर प्रिन्ट’ नामकरण गर्नु भई विश्वकलामा नेपाली कलाको भिन्न चिनारी दिनुभएको थियो। नेपालमा पहिलो मुहारचित्र प्रदर्शनी २०४१ मा सरस्वती सदनमा भएको बताउँदै त्यसमा आफूले भाग लिनुका साथै आयोजकको भूमिका खेलेको उहाँ सम्झना गर्नुहुन्छ। आफू मात्रै होइन श्रीमती अमीता पाँडेले नेपाली संस्कृति र जनजीवन झल्किने पुतली बनाउने र ती कला विभिन्न मुलुकमा एकल प्रदर्शनीसमेत गरिसकेको उहाँ बताउनुहुन्छ।
साहित्यकार प्राध्यापक रामकुमार पाँडेको चिनारीलाई साहित्यिक व्यक्तित्वले ओझेलमा पारेको …

साहित्यिक व्यक्तित्वले ओझेलमा पारेको एक कुशल कलाकार प्रा रामकुमार पाँडे
0 comment
0 FacebookTwitterEmail

नेपाली चित्रकला, कला लेखन र कला प्राध्यापनमा एक सुपरिचित सुनाम मदन चित्रकार। लामो समय सरकारी सेवामा रही सेवा निवृत्तपश्चात कलामै उहाँ समर्पित हुनुहुन्छ। अहिले नेपाली संस्कृतिका विविध दर्शन, मिथक, पात्र तथा पौराणिक मान्यताहरूलाई परम्परा र आधुनिकतासँग संयोजन गरी आफ्नै किसिमको मौलिक कलारचनामा उहाँ संलग्न हुनुहुन्छ। उहाँको यो सिर्जना र साधना नेपाली कलाका लागि एक अलग सिर्जनात्मक उपलब्धि र उपस्थिति पनि हो।

काठमाडौंको तँलाछी टोलमा २००३ सालमा कलाकार एवम् कलालेखक मदन चित्रकारको जन्म भएको हो। उहाँ नेपाली कलाक्षेत्रका मूर्धन्य कलाकार मास्टर तेजबहादुर चित्रकार र मनकेशरी चित्रकारका सुपुत्र हुनुहुन्छ। उहाँ निकै लामो समयदेखि अनवरत सिर्जना र लेखनक्षेत्रमा क्रियाशील रहँदै आइरहनुभएको छ। उहाँका …

परम्परा र आधुनिकता संयोजन गरी मौलिक कला रचना गर्ने मदन चित्रकार
0 comment
0 FacebookTwitterEmail

रङ्गपट (क्यानभास) मा ‘सत्यम् शिवम् सुन्दरम्’ अर्थात् शिव पुराणका पौराणिक मिथकहरूलाई उतारिएको छ। चित्रले आध्यात्मिक भावनाका साथै आधुनिकतासँग पनि उत्तिकै सुमधुर सम्बन्धको अपेक्षा राख्छ। कलाकार सुरेशकुमार द्य:लाको भदौ ६ गतेदेखि १७ गतेसम्म नेपाल कला परिषद्मा जारी रहने कलाप्रदर्शनीमा यी कुराको अनुभव कलापारखी दर्शकले सहजै गर्न सक्छन्। कलाले शीर्षकअनुसारको मर्म र भावनालाई प्रतिविम्बित गर्छन्। यसअघि चारकोल माध्यममा ‘पोट्रेट’ रचनामा कलाकार द्य:ला परिचित हुनुहुन्छ। विभिन्न जातीय अनुहार र विशिष्ठ व्यक्तिहरूको ‘पोट्रेट’ प्रदर्शनीसमेत उहाँले गरिसक्नुभएको छ। आफ्ना बुबा कलाकार बाबुराजा द्य:ला ‘बारा’ लाई कला गुरू मान्नुहुने कलाकारले यसपटकको कलाकर्ममा पृथक पहिचानलाई सशक्त रूपमा प्रस्तुत गर्नुभएको छ।

दुई दशक लामो कलासाधना र अध्ययनबाट आफूले …

रङ्गपटमा शिव पुराण-कथा
0 comment
0 FacebookTwitterEmail

रङ्गीन चित्रहरूसहित ४६० पृष्ठको पुस्तक ‘प्रतिनिधि नेपाली कलाकार’ २०७८ साल लाग्दै गर्दा प्रकाशन भयो। यो पुस्तक लेखनमा मैले निकै समय खर्चिएको छु र दु:ख पनि त्यत्तिकै पाएको छु। सर्वप्रथमत: यो पुस्तक छापिनु नै ठूलो कुरा थियो। झन्डै एक दशकको प्रसव पीडापछि बल्लतल्ल छापियो। २०७० सालमै छापिनुपर्ने लगभग ७०० पृष्ठको यो पुस्तक प्रेसमा पुगेर बेखर बेवारिसे बन्न पुग्यो। पुनर्लेखन गरी लकडाउन–निषेधाज्ञाको त्राहिमाम जीवन र मरणको दोसाँधे समयलाई छिचोल्दै तयार भएर थप ९०० पृष्ठको बन्यो।
यसबीच कति अग्रज कलाकारहरूको निधन भयो। बाँचेकाहरूको लिखित परिचयात्मक विवरणलाई ‘अपडेट’ गर्नुको झमेला पनि झर्को लाग्दै थियो। कतिसम्म भने कति कलाकार आफूले जति काम गरे पनि चिनिएन …

पुस्तकमा ‘प्रतिनिधि नेपाली कलाकार’
0 comment
0 FacebookTwitterEmail

‘चक्रसंवर’ चित्र बौद्ध धर्म मान्नेहरूले तन्त्र विद्या अभ्यासका लागि अति आवश्यक चित्र हो। यसमा बज्रबाराही र संवरको संयोजन भएपछि एउटा चक्र पूरा हुन्छ जसलाई ‘चक्रसंवर’ भनिन्छ। वास्तवमा चक्रसंवरको अर्थ सहनशीलताको मण्डल हो। बज्रबाराही र संवरको संयोजन भएर चक्रसंवर हुन्छ। चक्रसंवरको दर्शन भन्नु ज्ञान र आनन्दको चक्रमा रमाउने प्रयत्न हो। जसले यो चित्र बुझेका छैनन्, उनीहरूले यसलाई यौनसँग जोडेर गलत व्याख्या गर्ने डरले यो लामो समय गुह्य चित्रका रूपमा रह्यो। हुन सक्छ यही सम्भावित भयले यो चित्र गोप्य रहँदै आएको थियो।

यद्यपि समयले फड्को मारिसकेको छ। अझै पनि यस्ता चित्रहरू गोप्य रूपमै राखिराख्ने हो भने ती कला कुनै पनि दिन हराएर, …

ज्ञान र आनन्दको चक्रमा रमाउने प्रयत्न अर्थात् चक्रसंवरको दर्शन
0 comment
0 FacebookTwitterEmail

परम्परागत कलाकारितामा जिन्दगी बिताउनुभएका अग्रज कलाकार प्रेममान चित्रकार विगत एक दशकदेखि ओछ्यान पर्नुभयो। त्यसयता उहाँ घरबाट आक्लझुक्कल मात्र निस्किनुभयो। श्वासप्रश्वासमा समस्या भएपछि सिलिण्डरमा सङ्ग्रह गरिएको अक्सिजनको प्रयोग गर्न थाल्नुभयो। त्यसपछि उहाँको दैनिकीमा ठूलो आघात पुग्यो। तथापि खानेमुखलाई जुँगाले कहाँ छेक्न सक्छ र ? ओछ्यान परेका बेला घरिघरि उठेर भए पनि उहाँले चित्रहरू बनाइरहनुभयो। तिनलाई फेसबुकमा अद्यावधिक गर्दै आफ्नो सक्रिय कलाकर्मको परिचय दिन छाड्नुभएन तर दुर्भाग्य ! ओछ्यानको आराम र औषधिले पनि उहाँको रोग निको भएन। वि.सं. २०७७ साल साउन महिनाको आखिरी दिन उहाँले सदाका लागि यस धराधामबाट बिदा लिनुभयो। पौभाकलामा उहाँको अवसानले अपूरणीय क्षति हुन गयो। यो क्षति पूरा हुन …

पौभाकलाको परम्परामा प्रेममान चित्रकार
0 comment
0 FacebookTwitterEmail

समसामयिक नेपाली चित्रकला क्षेत्रमा अत्यधिक चर्चित कलाकार हुनुहुन्छ– किरण मानन्धर। कलाकार किरण मानन्धर विविध शीर्षक र विषयवस्तुमा कूची चलाउनुहुन्छ। त्यस्तै उहाँ निकै द्रूत गतिमा काम गर्नुहुन्छ। स्वतस्फूर्त ढङ्गले रङलेपन तथा तुलिका सञ्चालन गर्ने कलाकर्ममा पनि उहाँ सशक्त हुनुहुन्छ। उहाँको रङको चयन र संयोजन निकै आक्रामक हुने गर्छन्।

कलारचनाको प्रारम्भमा उहाँका क्यानभासहरू आकृतिविहीन जस्ता लाग्छन् तर कामले पूर्णता लिने बेलासम्ममा अनायास तिनमा मानव वा अन्य जैविक आकृतिहरू देखापर्छन्। यो नै कलाकार मानन्धरको शैलीगत विशेषता हो। उहाँले प्रत्यक्ष अवलोकन गरिरहेका दर्शकलाई कति छिटो त्यति सुन्दर चित्र बनाएका होलान् भन्ने खुल्दुली जगाउनुहुन्छ।

यही साउन ८ गतेदेखि उहाँको पछिल्लो एकल कलाप्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी, …

हिन्दू देवीदेवताका आकृतिका साथमा तुलिकाका जादुगर किरण मानन्धर
0 comment
0 FacebookTwitterEmail

विगत दुई वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित डा. रामकुमार भौकाजीको अस्ति श्रावण ५ गते बिहीबार बिहान दुखद निधन भयो। अविवाहित भौकाजी नेपाली कलामा अलग धारका कलाकार हुनुहुन्थ्यो। नेपाली चित्रकला र कलालेखनमा उहाँको विशेष योगदान रहेको छ। “मेरो नेपाल” शीर्षक नै राष्ट्रिय भावनाले भरिएको अर्थात् आफ्नो जन्मभूमिप्रतिको हार्दिक भावनाले ओतप्रोतले अभिव्यक्त चित्रकला आफैँ एक अनुपम सिर्जनात्मक कर्म हो भन्ने उहाँको भनाइ थियो। यस कलाकर्ममा आफू लामो समयदेखि संलग्न रहँदै आएको बताउँदै केही चित्रहरू सङ्कलन गरेर सिर्जित ‘मेरो नेपाल’ शीर्षक श्रृङ्खलाहरू वि.सं. २०३८ सालमा मस्कोमा एकल कलाप्रदर्शनी गर्नुभएको थियो। त्यहाँदेखि यहाँसम्म आइपुग्दा उहाँले गत २०७६ सालमा आफ्नो जन्मथलो रामेछाप, साँघुटार बजारमा ग्राफिक चित्रहरूको …

अलबिदा ‘चित्र–कलाकार विशेषज्ञ’ डा. रामकुमार भौकाजी
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved