Home » Archives for चन्द्रकान्त खनाल/रूपन्देही » Page 12
Author

चन्द्रकान्त खनाल/रूपन्देही

गुल्मीको रुरु, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे झोलुंगे पुलको सबै काम सकिए पनि गाउँपालिकाले सार्वजनिक शौचालय थप गर्न खोज्दा उद्घाटन काम रोकिएको छ। १० करोड लागतमा ८ वर्ष लगाएर निर्माण सम्पन्न भएको उक्त पुल विगत केही महिनादेखि उद्घाटनको प्रतीक्षामा छ।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले भन्नु भयो, “पुल निर्माण सम्पन्न भएको छ तर हामीले केही नयाँ  बनाउन स्थानीय पूर्वाधार विभागअन्तर्गतको  झोलुङ्गे पुल शाखासँग आग्रह गरेका छौ। सोलारको बत्ती रहेछ हामीले त्यसमा बिजुलीको बनाउनु आग्रह गरेका छौ।”

अध्यक्ष यदु ज्ञवालीले भन्नुभयो, “यो पुलमा लाइट्निङको राम्रो व्यवस्था गरियो भने लन्डन ब्रिजमा जस्तै झकिझकाउ बनाउन सकिन्छ त्यो बनाउन आग्रह गरेका छौ। अर्को पुलमा …

बिजुली र चर्पीले रोकिएको तीन मुखे पुल
0 comment
0 FacebookTwitterEmail

सरकारले परम्परागत रूपबाट खाना पकाउँदा क्षयरोग, दम र आँखासम्बन्धी रोग लाग्नुका साथै आगलागीको समेत जोखिम बढेको हुँदा इलेक्ट्रिक चुलोको अवधारणा ल्यायो। विभिन्न अध्ययनले गोबरका गुइँठा  र दाउराबाट निस्किने धुवाँले क्षयरोग, दम, आँखासम्बन्धी रोग लागेको देखाएको थियो। यसलाई सम्बोधन गर्न सरकारी अवधारणा अनुरूप रुपन्देहीको कोटहीमाई गाउँपालिकामा (इन्फ्रारेड कुकर) विद्युतीय चुलो वितरण गरियो । वितरण गरिएका विद्युतीय चुलोमध्ये धेरैजसो बिग्रिएकाले उपयोगविहीन हुन पुगेका छन्।

विद्युतको समस्यासँग जुधिरहेको मर्चवार क्षेत्रमा १२० वाटको पंखा  समेत चल्न समस्या भएको अवस्थामा २२ सयवाट क्षमता भएको चुलो वितरण गरिएपछि उक्त चुलो प्रयोगविहीन भएको हो।

कोटहीमाई गाउँपालिका वडा नं. ७ बाट ग्यास सिलिण्डरका लागि विनियोजित बजेटलाई जनप्रतिनिधिहरूको निर्णयअनुसार …

सुरु नहुँदै बिग्रियो ‘इलेक्ट्रिक चुलो’– गाउँपालिकाको लगानी, बालुवामा पानी
0 comment
0 FacebookTwitterEmail

रुपन्देहीका स्थानीय तहमा बेरुजुको चाङ लागेको छ। नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्य राखेका स्थानीय सरकार अनियमितताको अखडा बनेका देखिन्छन्। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले यसको पुष्टि गर्छ। यस्तै रुपन्देहीका स्थानीय तहले पनि आर्थिक वर्ष २०७७/७८ मा ९४ करोडभन्दा बढी बजेट अनियमित तरिकाले खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनमा १६ स्थानीय तहको बेरुजु रकम ९४ करोड देखाइएको छ।
१६ वटा स्थानीय तह रहेको रुपन्देहीमा २०७९ मा ६० करोड बेरुजु घटेको छ। अघिल्लो वर्षको तुलनामा यस आर्थिक वर्ष बेरुजु घटेको देखिन्छ। महालेखा कार्यालयले सार्वजानिक गरेको तथ्यांक अनुसार बुटबल उपमहानगरपालिका सबैभन्दा बढी ११ करोड ८९ लाख ७ हजार बेरुजु …

0 comment
0 FacebookTwitterEmail

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, मायादेवि र कञ्चन गाउँपालिकाका कृषकहरूलाई अब सिँचाइ गर्न समस्या नहुने भएको छ। पानीको कारण हिउँद वा वर्षा दुबै समयमा खेतीपाती तथा सिँचाइको समस्या रहेका यी क्षेत्रमा अब समस्या समाधान हुने भएको हो।

उक्त क्षेत्रमा सिँचाइको व्यवस्था गर्ने उद्देश्यका साथ गत बिहीबार कञ्चन बाँध सिँचाइ आयोजनाको उद्घाटन गरिएको छ। संघीय सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले कञ्चनबाँध सिँचाइ आयोजनाको उद्घाटन गर्नुभएको हो।

करिब १३ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सिँचाइ आयोजनाबाट गैडहवा गाउँपालिकामा रहेको ऐतिहासिक गैडहवा तालमा पानी पुर्‍याउने र त्यहाँबाट सिँचाइ योजनाहरू सञ्चालन गर्ने आयोजनाको मुख्य उद्देश्य रहेको सभापति शाहले बताउनुभयो ।…

पन्ध्रहजार किसानको भविष्य बन्ला त कञ्चनबाँध ?
0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रादेशिक अस्पताल असहाय र विपन्न वर्गका लागि सहारा बनेको छ। यस अस्पतालमा आएका कुनै पनि बिरामीले आर्थिक अभावकै कारण उपचार नपाएर फर्किनु परेको छैन।
अस्पतालको सामाजिक सेवा एकाइबाट उनीहरूको उपचार नि:शुल्क गर्ने गरिएको छ। आर्थिक वर्ष २०७८/७९ मा १० हजार ५ सय जनाले यस अस्पतालबाट नि:शुल्क उपचार सेवा लिइसकेका छन् ।
सम्बन्धित पालिकाले दिएको सिफारिस तथा परिचयपत्रको आधारमा बिरामीलाई नि:शुल्क उपचार, खाना र आवश्यकता अनुसार आउने जाने भाडा समेत उपलब्ध गराइरहेको अस्पतालले जनाएको छ।
यस अस्पतालबाट अहिलेसम्म गरिब, असहाय, लैंगिक हिंसाबाट प्रभावित, जेष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंम्सेविका, कुपोषित, शहीद परिवार, प्राकृतिक प्रकोप प्रभावित, थुनुवा र दुर्घटनामा परेर घाइते भएकालाई …

असहाय र गरिबलाई नि:शुल्क सेवा दिँदै लुम्बिनी प्रादेशिक अस्पताल
0 comment
0 FacebookTwitterEmail

२०४८/४९ सालतिर यहाँका हिन्दू धर्मावलम्बीहरू श्रावणी मेलामा जलार्पण गर्न भारतको झारखण्डस्थित बैजनाथ धाममा जाने चलन थियो। दुई दशकयता भने रूपन्देहीको सैनामैनास्थित पर्रोहास्थित ज्योतिर्लिङ्गको महत्व र प्रचार प्रसार यतिधेरै भयो की नेपाली त नेपालमा रोकिएनै, पारी भारतका भक्तजनको ओइरो लाग्यो।  यसपालीको साउन महिनामा पनि थामी नसक्नु भक्तजन आए।

धामका मूल पूजारी चन्द्र नेपाल भन्नुहुन्छ, ‘बोलबम यात्राका क्रममा दर्शनार्थीहरू चर्को घाम र वर्षाको समेत वास्ता नगरी जलार्पणका लागि आउने गरेका छन्। पैदल मात्र नभइ सुतेर शरीरले नाप्दै यात्रा गर्ने, श्रवणकुमारले झैं बाबुआमा बोकेर तीर्थस्थलदेखि बोलबम धामसम्म यात्रा गर्नेहरू पनि यहाँ भेटिन्छन्।’

दर्शनार्थीको भीडलाई ध्यान दिँदै यस धामको मन्दिरको ढोका बिहान ३ बजेदेखि …

पर्रोहा परमेश्वर ज्योतिर्लिङ्गमा भक्तजनको ओइरो
0 comment
0 FacebookTwitterEmail

राज्यले दक्ष जनशक्तिलाई नेपालमै रोजगार दिएर रोक्ने रणनीति बनाउन असफल भएपछि रुपन्देहीका उद्योगीहरूले आफ्नो उद्योगका लागि जनशक्ति आपूर्ति गर्न आफैं अघि सरेका छन् । यसका लागि रुपन्देही उद्योग संघको सक्रियतामा रोजगार केन्द्र खोलिएको छ ।
करिब १५ सय ठूला–साना उद्योग रहेको रुपन्देहीमा दक्ष जनशक्तिलाई नेपालमै रोजगार दिएर बाहिर जान रोक्ने रणनीति अनुरुप रोजगार केन्द्र स्थापना गरिएको हो।
रुपन्देही उद्योग संघले स्थापना गरेको रोजगार सूचना केन्द्रको लुम्बिनी प्रदेश सरकार; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; र बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापित केन्द्र संघको कार्यालयमा रहेको छ । सोही कार्यालयमा एक कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले वेभ …

बुटवलका उद्योगमा जनशक्ति आपूर्ति गर्न रोजगार केन्द्र सञ्चालन
0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रदेश सरकारले १ वर्षको अवधिमा गरेको ५२ बुँदे प्रगति विवरणमा उल्लेख भएका कामको सूची हेर्दा विचरा भन्नु पर्ने अवस्था देखिएको छ।  जनप्रतिनिधि तथा कर्मचारीलाई तालिम तथा गोष्ठी चलाएको जस्ता नियमित तथा सामान्य कार्यक्रमलाई समेत सरकारले गरेको महत्वपूर्ण कामको सूचीमा राख्नु पर्नुको मुख्य कारण सरकारसँग आर्थिक अभाव हुनु त छँदैछ सरकारका सञ्चालकहरूमा क्षमताको कमी पनि उत्तिकै देखिएको छ।

प्रगति विवरण प्रस्तुत गरिसकेपछि एउटा प्रश्नको उत्तरमा आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सचिव तेजप्रसाद सुवेदीले भने आन्तरिक आम्दानीबाट प्रदेश पाल्न नसकिने अवस्था रहेको बताउनु भयो। प्रदेश मातहतका कार्यालयमा रहेका कर्मचारीहरू समेत पाल्नको लागि प्रदेश सरकारको आन्तरिक आम्दानी अपुग भएको उहाँको भनाई छ।…

लुम्बिनी प्रदेशः बिजोग छ आर्थिक अवस्था तर फोस्रा उपलब्धिमा दङ्ग सरकार
0 comment
0 FacebookTwitterEmail

रूपन्देही २८ मिलेमतोमा बेचिएको बुटवल उपमहानगरपालिका वडा नं १७ मा रहेको २२ कठ्ठा सरकारी जग्गा फिर्ता हुने भएको छ। बुटवल १७ मा रहेको २२ कठ्ठा जग्गा सरकारी नाममै फिर्ताका लागि वडा कार्यालयले पहल थालेको हो।

२०६५ सालमा सरकारीबाट व्यक्तिको नाममा गएको देखिने वडा नं १७ रानीगञ्जमा रहेको २२ कठ्ठा जग्गा सरकारकै नाममा फिर्ताका लागि वडाध्यक्ष ज्ञानप्रसाद रेश्मीले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यालयमा पत्र लेख्नुभएको छ।

‘नेपाल सरकारको नाममा रहेको जग्गालाई भूमाफियाको मिलेमतोमा होमबहादुर पुनको नाममा मिति २०६५/१२/१० गते जग्गाधनी लालपूर्जा निकालिएको भेटिएकाले र सम्पूर्ण अभिलेखहरू किर्ते प्रमाणित गरी आवश्यक प्रमाणसहित उक्त जग्गाधनी प्रमाणपत्र रद्द गरी पुन: …

सरकारी जग्गा मिलेमतोमा बिक्री भएपछि
0 comment
0 FacebookTwitterEmail

बुटबल उपमहानगरपालिका तथा आसपासमा डेंगुका बिरामी भेटिएपछि  स्थानीय  सरकारहरूले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरू गरेका छन्।

२०६७ सालमा नेपालमा डेंगुको महामारी फैलिएको थियो त्यस बेला रूपन्देहीमा पनि ४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीको तथ्यांकमा उल्लेख छ।  त्यसपछि रूपन्देहीमा प्रत्येक वर्ष साउनदेखि असोजसम्म डेंगुका बिरामी देखिन थालेको स्वास्थ्य कार्यलय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताउनुभयो। उहाँका अनुसार २०६७/६८ मा  २९०,  २०६८/६९ मा ५ जना २०६९/७० मा २५ जना २०७०/७१ मा १२ जना २०७२/७३ मा ९ जना २०७३/७४ मा ७ जना २०७३/७४ मा १६१ जनामा २ जनाको मृत्यु, २०७४/७५ मा १०३१  मध्ये २ जनाको मृत्यु, …

डेंगु फैलिएपछि बुटबलमा लामखुट्टे मार्ने अभियान
0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved