Home » Archives for चन्द्रकान्त खनाल/रूपन्देही
Author

चन्द्रकान्त खनाल/रूपन्देही

बजारमा बिक्री वितरण गरिने दूधको गुणस्तर सुधारको लागि डेरी व्यवसायीहरूले ल्याब स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । प्रत्यक्ष रूपमा मानव स्वास्थ्यसँग जोडिएको दूध शुद्ध, स्वच्छ, स्वास्थ्यकर र उपभोग मापदण्ड समेत अवलम्बन गर्नुपर्ने भएकाले ल्याब परीक्षण गरेर मात्रै बजारमा लैजाने वातावरण बनाउन उनीहरूले स्थानीय सरकारसँग आग्रह गरेका हुन् ।

उनीहरूले विशेष गरेर नगरभित्र आउने र बिक्री वितरण हुने दूधको पालिकामा सूचीकरण गर्ने र ल्याब परीक्षण गरेमा मात्रै बिक्री वितरणको प्रबन्ध मिलाउने हो भने त्यसले शुद्ध र स्वच्छ तथा मापदण्ड अनुसारको दूध मात्रै बजारमा जाने भएकाले सबै उपभोक्ताले गुणस्तर दूध उपभोग गर्न पाउने उनीहरूको भनाई छ ।

२४ औँ विश्व दुग्ध दिवस …

दूधको गुणस्तर सुधार गर्न ल्याब स्थापनाको माग 
0 comment
0 FacebookTwitterEmail

रुपन्देही  रुपन्देहीको देवदह नगरपालिकाका निर्वतमान नगर प्रमुख हिराबहादुर केसी कृषि प्रेमी नेताको रूपमा पहिचान स्थापित छ । विस २०४७ साल देखि उनले देवदहमा शिव गङ्गा दुग्ध डेरी स्थापना गरी सञ्चालनमा ल्याएका छन् ।

डेरी व्यवसायी एसोसियशनको केन्द्रीय सचिव समेत भैसकेका उनी नेपाली काँग्रेसका क्षेत्रीय सभापतिसमेत हुन । कृषि क्षेत्रमा केही गर्ने हुटहुटी बनाएका उनले आज भन्दा ४ वर्ष पहिला देवदहको विभिन्न स्थानमा कृषि उद्यमीहरू जम्मा पारेर सुरुवात गरिएको कृषि फार्मले अहिले मूर्तरूप लिएको छ ।
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ३ सिसपुरमा देवदह ग्रिन एग्रो रिसर्च एन्ड रिसोर्स प्रालि स्थापना गरी व्यवसायीक कृषिको सुरुवात गरिएको हो । फार्ममा अहिले लटरम्म …

0 comment
0 FacebookTwitterEmail

निजी क्षेत्रको लगानीमा रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको खेलमैदानमा एक्स्ट्राटेक लिजेन्ड कप हुन लागेको छ ।

तिलोत्तमा नगरपालिका–१७ स्थित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन स्वरूप उक्त प्रतियोगिताका लागि जर्सी प्रदान गरिएको छ । टी–१० संरचनामा हुने एक दिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चार वटा टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो । यो टोलीका १४ मध्येका १२ खेलाडी लिजेन्ड्स ९६ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा उत्रिनेछन् । यही टोलीका ६ खेलाडी विश्वकप २०१४ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्नेछन् ।

पारस खड्काको कप्तानीमा

0 comment
0 FacebookTwitterEmail

मुलुकको दुग्ध उत्पादनको क्षेत्रमा लुम्बिनी प्रदेशको योगदान २० प्रतिशत रहेको छ । त्यस्तै माछा मासुको क्षेत्रमा प्रदेशको योगदान २४ प्रतिशत रहेको छ । बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा बुटवलमा सञ्चालित राष्ट्रिय प्राङ्गारिक कृषि मेलाको अवसरमा लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले पशुपन्छी सञ्जालसँग गरेको गोष्ठीमा निर्देशनालयका निर्देशक डा. प्रवेशसिंह कुँवरले कृषि तथा पशुपालनको क्षेत्रमा यो भन्दा अझै धेरै योगदान गर्न सकिन्छ ।

उहाँका अनुसार प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही र बाँकेमा दूध र मासु दुवैको उत्पादन बढी छ । दूधको आयातले यहाँका किसानलाई केही समस्या भएको पनि उहाँले बताउनुभयो । उहाँले दूध तथा माछा मासुको उत्पादन बढाउनको लागि निर्देशनालय …

दूध उत्पादनको क्षेत्रमा लुम्बिनी प्रदेशको २० प्रतिशत योगदान
0 comment
0 FacebookTwitterEmail

रुपन्देही लुम्बिनी प्रादेशिक अस्पतालमा ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा नयाँ १० तले एक हजार दुई सय शय्याको आधुनिक अस्पताल भवन बन्ने भएको छ।

अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ २३ पैसा बराबरको लागत अनुमान गरिएको थियो । निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाखमा निर्माण सुरु भएको पाँच वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन नभएको, कहिले ठेक्का प्रक्रिया नमिलेको त कहिले के भन्दै रोकिएको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना अनुसारको पुराना संरचना हटाएर नयाँ बन्ने कार्य रोकिएको थियो।
यस क्षेत्रको एक सय १४

0 comment
0 FacebookTwitterEmail

रुपन्देही राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा प्रति एक लाख जीवित जन्ममा १ सय ५१ जना आमाहरूको मृत्यु हुने गरेको छ । यो नेपालको तथ्याङ्क हो ।

नेपालमा सबै भन्दा बढी लुम्बिनी प्रदेशमा मातृ मृत्यु हुने प्रदेशमा देखिएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्याङ्क अनुसार प्रदेशमा १ लाख जीवित जन्ममा दुई सय सात जना आमाको ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । जुन सबैभन्दा बढी लुम्बिनी प्रदेशमा आमाको ज्यान जाने अवस्था रहेको तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य निर्देशनालय दाङका अनुसार– ‘नेपालकै सबैभन्दा दुर्गम मानिने सुदूरपश्चिम र कर्णालीमा भन्दा पनि बढी आमाहरूको मृत्यु हुने गरेको तथ्याङ्क लुम्बिनी प्रदेशमा रहेको

0 comment
0 FacebookTwitterEmail

रुपन्देहीको बुटवल र पाल्पा जोड्ने गरी बनेको लुम्बिनी केबलकारले प्रणय दिवस (भ्यालेन्टाइन डे) लाई लक्षित गरी टिकट दरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ।

कम्पनीले माघ २४ गतेदेखि फागुन २ गतेसम्म केबलकारको दुई तर्फी यात्राको टिकट दर पाँच सय रुपैयाँ मात्र कायम गर्ने घोषणा गरेको हो।

केबलकारका अपरेसन म्यानेजर दिल्लीनारायण कायस्थ सैंजूले प्रणय दिवसलाई लक्षित गरेर भ्यालेन्टाइन अफर ल्याइएको बताउनुभयो। नेपालीसँगै भारतीय नागरिकलाई पनि टिकट दरमा ५० प्रतिशत छुट गरिएको उहाँले बताउनुभयो। कम्पनीले यसअघि ल्याएको ‘मर्निङ अफर’ र दसैँ तिहार लक्षित चाडपर्व अफरले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको हुँदा भ्यालेन्टाइन अफरले विशेष गरी युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको

0 comment
0 FacebookTwitterEmail

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा गुल्मीका सबै पालिकाको नतिजा सार्वजनिक भएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह मध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा धुर्कोट गाउँपालिका पहिलो भएको  छ ।

आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादनका आधारमा सार्वजनिक भएको नतिजा अनुसार धुर्कोट गाउँपालिकाले ९३.७५ प्रतिशत अङ्क प्राप्त गरेर गुल्मी जिल्लामै उत्कृष्ट पालिका बनेको छ । चन्द्रकोट गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकाले ९३.२५ प्रतिशत, मुसिकोट नगरपालिकाले ९१.५ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

मदाने गाउँपालिकाले ९१.२५ प्रतिशत, रेसुङ्गा नगरपालिकाले ९०.२५ प्रतिशत, कालीगण्डकी गाउँपालिकाले ९० प्रतिशत, मालिका गाउँपालिकाले ८८.५ प्रतिशत, सत्यवती गाउँपालिकाले ८८ प्रतिशत, गुल्मी दरबार गाउँपालिकाले ८६.२५

0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र गौमुखी प्युठान जिल्लामा रहेको छ । जुन प्युठान जिल्लाको स्वर्गद्वारी पछिको दोस्रो ठुलो तीर्थस्थल हो । यो पवित्र धार्मिक स्थल गौमुखीबाट पालिकाको नामकरण गरिएको छ । यो स्थल गौमुखी गाउँपालिकाको वडा नं. २ मा रहेको छ ।

समुद्री सतहबाट करिब एक हजार आठ सय मिटर उचाइमा रहेको गौमुखी गुफाको अधिकतम लम्बाइ ४५ फिट, चौडाइ १८ फिट र उचाइ २० फिट रहेको छ । गुफाको प्रवेशद्वार भने साँघुरो रहेको छ । गुफा भित्र रहेको गाईको मुखाकार चट्टान भित्रबाट पानीको छाँगो निस्केकोले गुफाको नाम गौमुखी रहन गएको हो । गौमुखी गुफा झिमरूक नदीको उद्गम स्थल

धार्मिक तथा पर्यटकीय तीर्थस्थल ‘गौमुखी’ जहाँ भक्तजन जोडी जुराउन पुग्दछन्
0 comment
0 FacebookTwitterEmail

रुपन्देही लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ख्याउटेपना भएका बालबालिका पाइएको छ। स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्याङ्क अनुसार देशमा सबैभन्दा बढी ख्याउटे बालबालिका लुम्बिनी प्रदेशमा रहेको देखिएको हो ।

नेशनल डेमोग्राफि एन्ड हेल्थ सर्वे डाटा सन् २०२२ का अनुसार लुम्बिनी प्रदेशमा १६ प्रतिशत बालबालिकामा ख्याउटेपना भएको देखिएको छ।

प्रदेशका विभिन्न निकाय, सङ्घीय सरकारका निकाय तथा स्थानीय निकायमा विभिन्न दातृ संस्थाले समेत पोषणको लागि काम गर्दै आएको बताइए पनि यसमा सरकारी तथ्याङ्कबाट नै बालबालिकाहरूमा ख्याउटेपना बढ्दै गएको पाइएको हो ।

लुम्बिनीमा सबैभन्दा धेरै १६ प्रतिशत बालबालिकामा ख्याउटेपना देखिएको हो । जसलाई उमेर अनुसारको उचाइ वृद्धिमा समेत लिने गरिन्छ । स्वास्थ्य निर्देशनालयका पोषण शाखा प्रमुख

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved