Home » Archives for चन्द्रकान्त खनाल/रूपन्देही » Page 11
Author

चन्द्रकान्त खनाल/रूपन्देही

रुपन्देहीको क्षेत्र नं. ३ बाट प्रतिनीधिसभा सदस्य पदमा उम्मेद्वार बन्नुभएका गृहमन्त्री बालकृष्ण खाणसँग राप्रपाका नेता दीपक बोहोरा प्रतिस्पर्धामा हुनुहुन्छ। काँग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेद्वार गृहमन्त्री खाणलाई राष्ट्रिय जनमुक्ति पार्टीले समेत समर्थन गरेको छ। त्यसो त राप्रपा नेता बोहोरालाई नेकपा एमाले र जनता समाजवादी पार्टीको समर्थन छ।
रुपन्देहीको क्षेत्र नं. ३ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनीधिसभामा काँग्रेस नेता गृहमन्त्री खाणसहित प्रदेश सभा क मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोष पाण्डे तथा प्रदेश ख मा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल उम्मेदवार हुनुहुन्छ।
त्यस्तै एमाले राप्रपा र …

रुपन्देही ३: बालकृष्ण खाण र दीपक बोहोराबीच प्रतिस्पर्धा
0 comment
0 FacebookTwitterEmail

गुल्मी जिल्लाको क्षेत्र नं १ मा २०५६ सालदेखि प्रतिस्पर्धामा निरन्तर रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा चन्द्र भण्डारी र नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पाँचौं पटक चुनावी मैदानमा उत्रिनु भएको छ।

दुवै नेताहरू वैचारिक र वाक कलामा खरिएका नेता मात्र होइन जनस्तरमै परिचित अनुहार हुनुहुन्छ। चन्द्र भण्डारी नेपाली कांग्रेसको इतर समूहको दोस्रो वरियतामा पाटीको महाधिवेशनमा उठ्नु भएका नेता हुनुहुन्छ। प्रदिप ज्ञवाली पनि एमालेको मूलधारका प्रभावशाली नेता हुनुहुन्छ।

दुवै पार्टीका प्रभावशाली नेताहरू एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रेको यो पहिलो पटक भने होइन। २०५६ देखि भण्डारी र ज्ञवालीबीच निरन्तर प्रतिस्पर्धा भइरहेको छ। यो बीचमा तीन पटकका निर्वाचन ज्ञवालीले जित्नुभएको थियो भने एउटा निर्वाचन …

गुल्मी १: पाँचौं पटक चुनावी मैदानमा भिड्दै चन्द्र भण्डारी र प्रदीप ज्ञवाली 
0 comment
0 FacebookTwitterEmail

सरकारको विभेदकारी नीतिका कारण ५ स्टिल उद्योग बन्द भएका छन्। अन्तःशुल्क विवादका कारण १२ अर्ब लगानीका ५ ठूला उद्योग बन्द भएका हुन। चालू आर्थिक वर्षको बजेटले अन्तःशुल्क लाग्ने गरी समेटिए पछि स्टिल उद्योग सङ्कटमा परेको उद्योगीहरूको भनाई छ।
भारत तथा तेस्रो मुलुकबाट कच्चा ब्लेड आयात गरी स्टिल (छड) बनाउँदै आएका रूपन्देहीको पञ्चकन्या स्टिल, एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल, फेरो स्टिल र गोयन्का स्टिल पूर्ण रूपमा बन्द भएका छन्।
सरकारले स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पन्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्तःशुल्क लगाएको थियो। जसले उत्पादन लागत बढ्दा उद्योग बन्द गर्नुपरेको उद्योगीहरूको भनाइ छ।
पाँच उद्योग बन्द हुँदा यसमा आश्रित

रूपन्देहीमा १२ अर्ब लगानीका ५ ठूला स्टिल उद्योग बन्द, दुई हजार मजदुर रोजगारी गुमाउँदै
0 comment
0 FacebookTwitterEmail

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि गुल्मी क्षेत्र नं २ मा पूर्वसहकर्मीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। क्षेत्र नं. २ मा पूर्वसहकर्मी सत्ता गठबन्धका तर्फबाट एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाँक्री र एमालेका सचिव गोकर्ण बिष्टबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो।
दुवै क्षेत्रमा केन्द्रमा पहुँच राख्ने नेता प्रतिनिधिसभा सदस्यका लागि एकापसमा प्रतिस्पर्धाको दौडमा हुनुहुन्छ। गोकर्ण विष्ट र रामकुमारी झाँक्री पहिले एमालेमै हुनुहुन्थ्यो। २०७४ को निर्वाचनमा बाम गठबन्धनका तर्फबाट विष्टले गुल्मी २ बाट प्रत्यक्ष निर्वाचन जित्नुभयो भने झाँक्री २०७४ एमालेबाट सामानुपातिक सांसद बन्नुभएको थियो।
विगतका निर्वाचनमा विष्टलाई जिताउन झाँक्रीको महत्वपूर्ण भूमिका हुने गरेको थियो। दुबै एउटै पार्टीको कार्यक्रममा

0 comment
0 FacebookTwitterEmail

रूपन्देहीमा क्रियाशील राजनीतिक दलहरूले निर्वाचन आयोगद्वारा जारी गरिएको आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन्।
चाँदनी नेपालले बुटवलमा आयोजना गरेको कार्यक्रममा जिल्लामा क्रियाशील सात राजनीतिक दलले ७ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिवद्धता जनाएका हुन्।
नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाण, नेकपा एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, नेकपा माओवादी केन्द्र रूपन्देहीका संयोजक निर्मल जिसी, लोसपाका लुम्बिनी प्रदेश प्रवक्ता मोहम्मद इश्लाम, जसपाका लुम्बिनी प्रदेश सहइन्चार्ज नवीन सुनार, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम बिक र राप्रपाका केन्द्रीय सदस्य तोयनाथ लम्सालले ७ बुँदे साझा प्रतिवद्धतामा हस्ताक्षर गर्नु भएको छ।
उहाँहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा …

‘आचारसंहिता पूर्ण पालना गर्छौं’
0 comment
0 FacebookTwitterEmail

बैंक तथा वित्तीय संस्थाहरू आफू मोटाउने र उद्योगी व्यवसायीलाई समाप्त पार्न लागेको भन्दै रूपन्देहीका उद्योगी व्यवसायीहरूले सडकमा आएर प्रदर्शन गरेका छन्।

पटक पटक आग्रह गर्दा समेत बेवास्ता गरेपछि अहिले रूपन्देहीका उद्योगी बैंक तथा वित्तीय संस्थाहरूले व्याज बढाएको विरोधमा प्रदर्शन गरेका हुन। उद्योगीहरूले बैंक तथा वित्तीय संस्थाहरू आफू मोटाउने र उद्योगी व्यवसायीलाई समाप्त पार्ने गरी ब्याजदरमा चर्को वृद्धि गरेको भन्दै रूपन्देहीमा क्रियाशील उद्योग वाणिज्य संघहरूले बुटवलमा विरोध प्रदर्शन गरेका छन।

रूपन्देहीका बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, देवदह उद्योग वाणिज्य संघ र सैनामैना उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको बुटवल उद्योग वाणिज्य संघ …

0 comment
0 FacebookTwitterEmail

वनबाट आम्दानी गरी प्रदेशलाई समृद्ध बनाउन सकिन्छ भनेर धेरै ठाउँमा भाषण गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले वैज्ञानिक वन व्यवस्थापन गर्नका लागि प्रदेश सरकारकाले कानून निर्माण गरी सकेकोले वनबाट आम्दानी गरी प्रदेशवासीको समृद्धिका लागि प्रयोग गर्न सकिने बताउँदै आउनुभएको छ।

तर यी भाषणमा मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा भइरहेको वन अतिक्रमण कसरी गर्ने भनेर न बोल्नुहुन्छ न कुनै योजना बनाएर लागू गर्नु  भएको छ। संघीय सरकारको मातहतमा रहेको वन प्रदेश सरकारको मातहतमा आई सकेको छ। यतिबेला प्रदेशका १२ जिल्लामा नै व्यापक वन अतिक्रमण भएको छ।

प्रदेशका ६ जिल्ला तराई र ६ जिल्ला पहाड मिलेर बनेको लुम्बिनीमा प्रदेशको वन निर्देशनालयको तथ्याङ्कअनुसार …

0 comment
0 FacebookTwitterEmail

रूपन्देहीमा पछिल्लो दुई तीन महिनायता डेंगुको संक्रमण महामारीका रूपमा फैलिन थालेको छ। सङ्क्रमितको संख्या बढिरहँदा मृत्यु हुनेको संख्या पनि त्यतिकै सङ्ख्यामा बढिरहेको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटाले असोज र कार्तिक महिनासम्म डेंगुको प्रकोप रहने बताउनु भयो।

लुम्बिनीमा साउनयता डेंगु संक्रमणबाट ३ जनाले ज्यान गुमाएको र २ हजार ७ सय ८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य सचिव डा विकास देवकोटाले बताउनु भयो।  उहाँले अझै २ महिना सचेत रहन आग्रह गर्नु भयो ।

अहिले संक्रमणको दर केही घटे पनि डेंगुको प्रकोप रहने भएकाले डेंगु रोगबाट बच्ने उपाय भनेकै लामखुट्टेको टोकाईबाट बच्नु नै हो । मन्त्रालयले महामारी रोग …

0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले गौरव साथ भन्ने गरेको आर्थिक सुशासनलाई २ अर्ब ४४ करोड ४४ लाख रुपैयाँको बेरुजुले उदाङ्गो पारिदिएको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै लुम्बिनी प्रदेश सरकारको बेरुजु १ अर्ब ७० करोड ७६ हजार ४० पुगेको छ। लुम्बिनीमा गत वर्षसम्म १ अर्ब ६ करोड ४५ लाख ४२ हजार बेरुजु रहेको थियो।

प्रदेशमा ११ करोड ७६ लाख ९१ हजार ५३९.३१ रुपैयाँ असुल उपर गर्नुपर्ने बेरुजु  र आवश्यक कागजात प्रमाण पेश नगरिएका कारणबाट भएको बेरुजु १ अर्ब १३ करोड, ९५ लाख, ५७ हजार ३९०.१४ रुपैयाँ रहेको छ। यस्तै ७८ करोड ७१ लाख ९७ हजार २६.५२ …

बेरुजुको चढ्दो पारोले बढाउँदैछ सरकार प्रति अविश्वास
0 comment
0 FacebookTwitterEmail

गुल्मी धुर्कोट गाउँपालिकाका भेषबहादुर घर्तिलाई तम्घासको रेसुङ्गा विमानस्थलबाट जहाज चढेर, काठमाडौं पुग्ने  रहर थियो। विमानस्थल बने पनि त्यो रहर पूरा हुन्छ हुँदैन पक्का छैन।

रेसुङ्गा विमानस्थल सुरु गरिएको १५ वर्षमा निर्माणको काम सम्पन्न भएको छ। विमानस्थल निर्माण सम्पन्न भएको महिनौँ बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन। नियमित उडानको लागि विमानस्थल तयार भएपनि विमान उडानको अन्यौल हुँदा निर्माण गरिएका संरचना भत्किएका छन्।  पछिल्लो समय विमानस्थल टिकटक र पर्यटन गन्तव्यमा सीमित भएको छ।

गुल्मी जिल्लाको गौरवको आयोजना मध्ये एक हो रेसुङ्गा विमानस्थल। निर्माण सुरु गरिएको १५ वर्षमा विमानस्थल निर्माणको काम सकिएपनि विमान उड्ने छाँटकाँट नहुँदा विमान चढ्ने सपना सपनामै सीमित भएको रेसुङ्गा …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved