बुटवलका उद्योगमा जनशक्ति आपूर्ति गर्न रोजगार केन्द्र सञ्चालन

रुपन्देही उद्योग संघको सक्रियता

चन्द्रकान्त खनाल/रूपन्देही

राज्यले दक्ष जनशक्तिलाई नेपालमै रोजगार दिएर रोक्ने रणनीति बनाउन असफल भएपछि रुपन्देहीका उद्योगीहरूले आफ्नो उद्योगका लागि जनशक्ति आपूर्ति गर्न आफैं अघि सरेका छन् । यसका लागि रुपन्देही उद्योग संघको सक्रियतामा रोजगार केन्द्र खोलिएको छ ।
करिब १५ सय ठूला–साना उद्योग रहेको रुपन्देहीमा दक्ष जनशक्तिलाई नेपालमै रोजगार दिएर बाहिर जान रोक्ने रणनीति अनुरुप रोजगार केन्द्र स्थापना गरिएको हो।
रुपन्देही उद्योग संघले स्थापना गरेको रोजगार सूचना केन्द्रको लुम्बिनी प्रदेश सरकार; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; र बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापित केन्द्र संघको कार्यालयमा रहेको छ । सोही कार्यालयमा एक कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले वेभ साइट क्लिक गरेर उद्घाटन गर्नु भएको छ ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले केन्द्र स्थापनाको उद्देश्यमाथि प्रकाश पार्ने क्रममा भन्नुभयो– ‘देशको श्रम शक्तिको समुचित परिचालन र व्यवस्थापन गर्न रुपन्देही उद्योग संघले पुलको रूपमा कामको सुरुवात गरेको छ ।’
स्वदेशमै सिपयुक्त जनशक्ति उत्पादन, व्यवस्थापन र निरन्तरताका लागि प्रदेश सरकार एवं बुटवल उपमहानगरपालिकाको सहयोगमा केन्द्रले काम गर्ने जानकारी पनि उहाँले दिनुभयो । उहाँका अनुसार केन्द्रले सिपयुक्त जनशक्तिको तथ्यांक संकलनका साथै उद्योगीहरूको आवश्यकता पहिचान गरी व्यवस्थापन गर्ने भूमिका निवाह निर्वाह गर्ने छ ।
जनशक्तिहरू केन्द्रमा सूचीकृत गर्ने र आवश्यकता अनुसार परिचालन गर्दै सिपमूलक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य केन्द्रले राखेको जानकारी उहाँले दिनुभएको छ । रुपन्देही उद्योगहरू भएको जिल्ला हो; यहाँ सानादेखि ठूला उद्योगसम्म छन् । यहाँ सञ्चालित उद्योगहरूमा कामदारको अभाव हुने; दक्ष जनशक्ति उत्पादन नहुने; उत्पादन भएका पनि स्वदेशमा नबसी विदेशिने क्रम बढेकाले रोजगार सूचना केन्द्र स्थापना गरिएको जानकारी संघका अध्यक्ष पौडेलले दिनुभएको छ ।
लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले कार्यक्रमलाई सम्बोधन गर्दै रोजगारी सिर्जना गर्दै दक्ष जनशक्तिलाई स्वदेशमै प्रयोग गर्ने वातावरण बनाउन सरकारको नीति रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रसँगको सहकार्य र सहयोगमा उद्योगको विकासका कार्यक्रमलाई अगाडि बढाएको उल्लेख गर्दै उद्योग संघले सञ्चालनमा ल्याएको रोजगार सूचना केन्द्रले श्रम शक्तिलाई आवश्यकता अनुसार काममा लगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास राखेको बताउनु भयो । सरकारले गर्ने काम निजी क्षेत्रले गरेको भन्दै आवश्यक सहयोग र सहकार्यको लागी सरकार तयार रहेको बताउनु भयो।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले श्रम शक्तिको सम्मान र उनीहरूको उचित परिचालनका गरी स्थानीय तहमा रोजगारी सिर्जना गर्ने कुरामा ध्यान दिन आग्रह गर्नुभयो । उपप्रमुख अर्यालले बुटवल उपमहानगरपालिकाले रुपन्देही उद्योग संघसँग सधैं सहकार्य गरेर उद्योगी व्यवसायीहरूका समस्याहरूका विषयमा आपसी समझदारी बढाउन क्रियाशील रहने बताउनु भयो।
नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष तथा संघका अध्यक्ष परिषद्का संयोजक एजाज आलमले रोजगार सूचना केन्द्रको स्थापनाको लक्ष्य संघले धेरै पहिलेबाट गरेको भए पनि त्यो सुरु गर्न सकिएको थिएन, आज त्यसको सुरुवात भएको हुँदा केन्द्रको स्थापनाले रोजगादाता र श्रम शक्तिबीचको सम्बन्धलाई पनि मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले केन्द्रलाई निरन्तर सञ्चालन गर्न र त्यसक्रममा आउने चुनौतीहरूलाई पार गर्न ध्यान दिनुपर्ने पनि बताउनु भयो। संघमा स्थापना गरिएको रोजगार सूचना केन्द्रले अनलाइन सफ्टवेयर मार्फत आफ्नो योग्यता अनुसार बायोडाटा इन्ट्री गर्न सकिने र रोजगारदाताले पनि आपूmलाई उपयुक्त श्रमशक्ति अनलाइन मार्पmत नै छनौट गर्न सक्ने व्यवस्था रहेको जानकारी संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले दिनुभयो । रुपन्देहीमा पछिल्लो समय उद्योग दर्ताको संख्या पनि वृद्धि हुँदै गएको छ । जिल्लामा पञ्चकन्या जगदम्बा अग्नी अर्घाखाँची श्रीस्टील अम्बुजा अम्बे लगायतका ठूला उद्योगहरू सञ्चालनमा रहेका छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
बुटवलका उद्योगमा जनशक्ति आपूर्ति गर्न रोजगार केन्द्र सञ्चालन
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link