Home » Archives for चन्द्रकान्त खनाल/रूपन्देही » Page 6
Author

चन्द्रकान्त खनाल/रूपन्देही

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँबराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ। प्रदेश सरकारका आर्थिक मामिलामन्त्री धनबहादुर मास्की रानाले बजेट प्रस्तुत गर्नुभएको हो। ‘एक जिल्ला : एक नमुना बस्ती’, कृषकबाट कृषकसम्म’, ‘घरदैलोमा प्राविधिक सेवा : उत्पादनमा टेवा’, ‘श्रमको सम्मान : लुम्बिनी प्रदेशको अभियान’, ‘पढ्दै कमाउँदै, कमाउँदै पढ्दै’, ‘सीप सिकौं दक्ष बनौं’, ‘उद्योग दर्तामा प्रविधिः लुम्बिनी प्रदेशको उन्नति’, ‘मानव विकासको आधारः लुम्बिनीका स्तरिय र सुरक्षित पूर्वाधार’ लगायतका कार्यक्रम बजेट समेटिएका छन्।

प्रदेशको स्थायी राजधानीमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ। गत वर्षको तुलनामा बजेट कम भए …

लुम्बिनी प्रदेशको ४० अर्ब ४७ करोडको बजेट, घरेलु मदिरालाई वैध बनाएर बिक्रीवितरणको योजना
0 comment
0 FacebookTwitterEmail

नेपाल फार्मेसी संघ रुपन्देहीले स्थानीय तहलाई फार्मासिस्टको दरबन्दी सिर्जना गर्न आग्रह गरेको छ। औषधि बिक्रीवितरण हुने ठाउँमा अनिवार्य फर्मासिस्ट हुनुपर्ने बताउँदै त्यसको दरबन्दी सिर्जना र कार्यान्वयन गर्न स्थानीय सरकारलाई आग्रह गरेको हो।

नेपाल फार्मेसी संघको सम्पन्न दोस्रो साधारणसभामा बोल्ने फर्मासिस्टहरूले जनस्वास्थ्यसँग जोडिएको औषधि बिक्रीवितरण हुने ठाउँमा अनिवार्य फर्मासिस्ट हुनुपर्ने बताउँदै त्यसका लागि स्थानीय सरकारले कामको थालनी गर्नुपर्ने बताए। नेपाल फार्मेसी संघले ‘जहाँ औषधि त्यहाँ फर्मासिस्ट’ भन्ने विषयलाई मूल मुद्दा बनाएको छ।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष किरण ढकालले संघले सुरुदेखि नै ‘जहाँ औषधि, त्यहाँ फर्मासिस्ट’ को विषय उठाउँदै आए पनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताउनुभयो। औषधिको बिक्रीवितरणमा फर्मासिस्ट अनिवार्य हुनुपर्ने …

रुपन्देहीका व्यवसायीको ‘जहाँ औषधि, त्यहाँ फर्मासिस्ट’ लागू गर्न सरकारलाई आग्रह
0 comment
0 FacebookTwitterEmail

भारतीय बजारबाट नेपाल भित्रिने सामानमा भन्सार कडाइ गरिएको छ। भन्सार कार्यालयले सूचना निकालेरै १०० रुपैयाँको सामानमा पनि भन्सार उठाउन लागिएको जनाएको छ।

बिनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजस्वसमेत सुक्दै गएपछि बेलहिया सीमा नाकामा कडाइ गर्न थालिएको भन्सार कार्यालयले जानकारी दिएको छ। सीमावर्ती बजारमा हुने अवैध कारोबारलाई निरुसाहित गर्न रूपन्देहीको बेलहिया नाकामा १०० रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउन थालिएको भन्सार अधिकृतले बताए।

घरायसी प्रयोजनका लागि सामान किन्न भन्दै दैनिक हजारौं नेपाली सीमावर्ती भारतीय सुनौली बजार पुग्ने गर्छन्। भारतीय बजारबाट खुलेयाम सामान नेपाल भित्रिँदा सरकारलाई राजस्व र नेपाली व्यवसायीको कारोबारमा समेत प्रभाव परेपछि सीमा नाकामा कडाइ सुरू गरिएको हो।…

सय रुपैयाँको सामानमा पनि भन्सार
0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकपटक आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । बुटबलमा लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेका बेला निजी क्षेत्रका तर्फबाट पर्यटकीय पूर्वाधारहरू निर्माण भएपछि मुलुकमा आर्थिक क्रियाकलाप थप चलायमान भएको र यसले सकारात्मक सन्देश गएको बताउँदै भन्नुभयो, ‘रुपन्देही र पाल्पा जिल्लालाई जोड्ने गरी निर्माण भएको केबलकारको पर्यटकीय पूर्वाधारले स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो योगदान पुग्नेछ ।’

नेपालमा आउने विदेशी पर्यटकका लागि यस्ता पर्यटकीय संरचनाले सहयोग पुग्ने र यसबाट उनीहरुको नेपाल बसाइँ …

अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति जरुरी : प्रधानमन्त्री दाहाल
0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रदेश सरकार बजेट निर्माणको तयारीमा जुटिरहेको छ। आगामी आव २०८०÷८१ का लागि ल्याउन लागिएको बजेटमा चालू आर्थिक वर्षको तुलनामा २० प्रतिशतसम्म कटौती गर्ने तयारी गरेको छ।

लुम्बिनी सरकारले चालू आवमा ४२ अर्ब ६३ करोडको बजेट ल्याएको थियो। संघीय सरकारले प्रदान गर्ने अनुदानको रकम र वित्तीय हस्तान्तरणको आकार घटेसँगै लुम्बिनी प्रदेश सरकारको बजेट घट्ने भएको हो।

आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार स्रोत अनुगमन समितिको बैठकले चालू आवभन्दा २० प्रतिशत कम हुने गरी सिलिङ मन्त्रालयमा पठाएकाले सोहीअनुसार योजना छनोट हुने बताउनुभयो। यस्तै २० प्रतिशतभन्दा थोरै योजनाअनुसार बजेटको आकार पनि सोही आकारमा घट्ने पनि उहाँको भनाइ छ।

भौतिक पूर्वाधार विकास …

२० प्रतिशतसम्म बजेट कटौती गर्दै लुम्बिनी प्रदेश
0 comment
0 FacebookTwitterEmail

आन्तरिक आम्दानीको स्रोत बन्द हुँदा लुम्बिनी प्रादेशिक अस्पताल आर्थिक संकटमा सिर्जना भएको छ। सटर भाडाबाट वार्षिक १२ करोड स्थायी आम्दानी गर्दै आएको अस्पताललाई लुम्बिनी प्रदेश सरकारले सो रकमबराबरको शोधभर्ना नगर्दा र अन्य बजेटको समेत व्यवस्था नगर्दा अस्पताल आर्थिक संकटमा पर्न थालेको हो।

यस क्षेत्रको पुरानो र ठूलो अस्पतालका रुपमा रहेको प्रादेशिक अस्पताल आर्थिक समस्यामा पर्न थालेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा अस्पताल विकास समितिले चिकित्सक र कर्मचारीहरुसँग छलफल गरेको हो। अस्पतालको सेवा प्रवाह र विकासको सन्दर्भमा आयोजित छलफल कार्यक्रममा बोल्ने अधिकांश विज्ञहरुहरुले अस्पतालमा गुरुयोजना मात्र बनाउने तर कार्यान्वयन नगर्ने समस्याका कारण अस्पतालमा आर्थिक श्रोत अभाब भएको बताउनुभएको छ।

अस्पतालमा …

आर्थिक संकटमा लुम्बिनी प्रादेशिक अस्पताल, करोडौंको उपकरण प्रयोगविहीन
0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रदेश दूधमा आत्मनिर्भर छ। तर पछिल्लो समय गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग देखिएपछि पशुपालनबाट धेरै किसान पलायन भएका छन्। यसरी किसान पलायन हुँदा दूधको उत्पादनसमेत घट्दै गएको पाइएको छ।

लुम्बिनीमा दैनिक १ हजार पाँच सय ७२ मेट्रिक टन दूध उत्पादन गरेकामा अहिले दैनिक १० हजार लिटर कम दूध उत्पादन भइरहेको कृषि तथा पशुपन्छी विकास महाशाखाका पशु विकास अधिकृत हुमकान्त पाण्डेले बताउनुभयो। त्यसो त प्रदेशमा दैनिक हुने खपतबाटै थप १२ हजार लिटर दूध अन्य प्रदेशमा बिक्री भइरहेको छ। रोगको महामारीले दूधको लागतअनुसारको मुनाफा हुन छोडेपछि धेरैले पेसा फेरेका छन्, जसको असर उत्पादनमा परिरहेको छ।

दूध क्षेत्रको दिगो विकास आर्थिक समृद्धिको …

गाईभैँसीमा ‘लम्पी स्किन’ रोग देखिएपछि पशुपालनबाट पलायन हुँदै किसान, उत्पादन पनि घट्यो
0 comment
0 FacebookTwitterEmail

बुटवलको लुम्बिनी केबलकारको टप स्टेसन रहेको पाल्पाको वसन्तपुर डाँडास्थित कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पूजाआराधना सुरु भएको छ। व्यावसायिक घराना आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालन हुँदैछ। केबलकार सञ्चालन हुनुपूर्व मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरु भएको हो।

भारतको गुहावटीमा रहको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ। कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताउनुभयो। सप्ताहव्यापी पूजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरूले धार्मिक प्रवचन दिँदैछन्।

कामाख्या देवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर–पिपल, ढुंगेधारा, पोखरी आदि …

वसन्तपुरको कामाख्या मन्दिरमा सप्ताहव्यापी पूजाआराधना सुरु, भोलिदेखि लुम्बिनी केबलकार सञ्चालन
0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन्। जसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको र यसले नेपालको कुल गार्हस्थ्यमा करिब १४ प्रतिशत योगदा पुर्याएको बताइएको छ।

बुधबार बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम आइसिएफसँगको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा व्यवसायको सम्भावना र चुनौतीको विषयमा आफ्नो भनाइ राख्दै नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सो कुरा बताउनुभएको हो।

अध्यक्ष कसजूले लुम्बिनी प्रदेश वैदेशिक लगानीको आकर्षक क्षेत्र पनि रहेको बताउँदै वैदेशिक लगानीमा पहिलो रोजाइ सेवामूलक, उत्पादनमूलक र पर्यटन क्षेत्रमा रहेको बताउनुभयो। त्यसबाहेक लुम्बिनी प्रदेशमा ठूला ८८२, घरेलु तथा साना उद्योग करिब २५ हजार …

लुम्बिनीमा वैदेशिक लगानीका ६७ उद्योग, जिडिपीमा १४ प्रतिशत योगदान
0 comment
0 FacebookTwitterEmail

गुल्मीका तीन पालिका प्रमुखले बेलायतका मेयरलाई नेपाल (गुल्मी) भ्रमणको निम्तो दिएका छन्। बेलायतकाे रस्मोर बरो काउन्सिल मेयर क्लाइभ ग्रेटन र नेपालका पालिका प्रमुखबीच भएको भेटघाटमा पालिका प्रमुखले निम्ताे दिएका हुन्।

प्रधानमन्त्री दाहालका जनसम्पर्क विज्ञ बुद्धि जिसी, धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेल, चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्री र मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्याल तथा काउन्सिल मेयर  ग्रेटन तथा निवर्तमान मेयर जोन मार्ससँग भेटघाट गरी आपसी सम्बन्धका विषयमा समेत छलफल भएको हो।

काउन्सिलका नवनियुक्त मेयर ग्रेटनको पदबहाली तथा शपथ ग्रहण र निर्वमान मेयर मार्सको पदबहाली हस्तान्तरण कार्यक्रमको अवसर पारेर उक्त भेटघाट भएको हो। भेटघाटमा नेपाली पालिका प्रमुखहरुले समग्र नेपालको स्थानीय तहको …

गुल्मीका तीन पालिका प्रमुखले दिए बेलायतका मेयरलाई नेपाल भ्रमणको निम्तो
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved