लुम्बिनी प्रदेश दूधमा आत्मनिर्भर छ। तर पछिल्लो समय गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग देखिएपछि पशुपालनबाट धेरै किसान पलायन भएका छन्। यसरी किसान पलायन हुँदा दूधको उत्पादनसमेत घट्दै गएको पाइएको छ।
लुम्बिनीमा दैनिक १ हजार पाँच सय ७२ मेट्रिक टन दूध उत्पादन गरेकामा अहिले दैनिक १० हजार लिटर कम दूध उत्पादन भइरहेको कृषि तथा पशुपन्छी विकास महाशाखाका पशु विकास अधिकृत हुमकान्त पाण्डेले बताउनुभयो। त्यसो त प्रदेशमा दैनिक हुने खपतबाटै थप १२ हजार लिटर दूध अन्य प्रदेशमा बिक्री भइरहेको छ। रोगको महामारीले दूधको लागतअनुसारको मुनाफा हुन छोडेपछि धेरैले पेसा फेरेका छन्, जसको असर उत्पादनमा परिरहेको छ।
दूध क्षेत्रको दिगो विकास आर्थिक समृद्धिको आधार भन्ने मूल नाराका साथ बिहीबार दाङको भालुबाङमा विश्व दूध दिवस मनाइएको छ। कृषि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकारीले दूधमा एक महत्वपूर्ण पोषण खाद्यपदार्थ पाइने भएकोले सेवन बढाउनुपर्ने उल्लेख गरे। एक व्यक्तिलाई वार्षिक ९१ लिटर दूध पर्याप्त हुने पशु प्राविधिकहरूको भनाइ छ।
कार्यक्रममा बोल्दै कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिले बजारमा अस्वस्थकर दूध बिक्री भइरहेकालेस्वच्छ र पौष्टिक तत्व पूरा भएको दूध बिक्रीका लागि अनुगमन बढाउनुपर्ने बताउनुभयो।
बजारमा पाउने पेयपदार्थको साटो दूध र दूधबाट बनेका परिकारको सेवन बढाउने उद्देश्यले दुग्ध दिवस मनाउँदै आएको कृष् िसचिव यामनारायण देवकोटाले बताउनुभयो। पशुपालनलाई व्यावसायीकरण गर्दै दूधको उत्पादन बढाउन प्रदेशमा अहिले उत्पादनमा आधारित अनुदान दिन थालेको देवकोटाले बताउनुभयो।
अनुदान वितरणमा गैरकिसान हाबी भएको गुनासो बढ्दै गएका बेला अनुदानमा समान पहुँच बनाउन प्रतिफलमा आधारित अनुदान वितरण गर्ने कार्य उपयुक्त हुने अगुवा किसानको भनाइ छ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डन मेसु डा.सुदर्शन थापाले स्वच्छ दूधको नियमित सेवनले स्वास्थ्यसम्बन्धी धेरै समस्याबाट जोगाउन सक्ने बताउनुभयो। नेपाल डेरी एसोसिएसनका पूर्वअध्यक्ष मेघराज भण्डारीले दूधको खपत बढाउन आवश्यक रहेको बताउनुभयो। यो वर्ष दूध र मासु उत्पादकलाई प्रदेशले ७ करोड अनुदान दिने कृषि तथा पशुपन्छी विकास महाशाखा प्रमुख घनश्याम चौधरीले बताउनुभयो। महामारीले व्यवसायबाट मुनाफा नआइरहेका बेला अनुदानले केही राहत मिल्ने किसानको विश्वास छ।
मन्त्रालयले दूधको उत्पादन बढाउन उन्नत नश्लका पाडापाडी, बाच्छाबाच्छी उपलब्ध गराउने तथा गाईभैँसीलाई पोषणयुक्त आहार कसरी पुर्याउन सकिन्छ आगामी बजेटमार्फत सम्बोधन गर्न थालेको पशु विकास अधिकृत लोकराज भुसालले बताउनुभयो।
लुम्बिनीमा २४ लाख बढी गाईभैँसी रहेको तथ्यांक छ। जसबाट वार्षिक ५ लाख ७३ हजारभन्दा बढी मेट्रिक टन दूध उत्पादन हुने गरेको छ। प्रदेशले दूधको विविधीकरणमा अनुदान दिन थालेपछि व्यवसाय स्तरवृद्धि गर्दै दूधबाट धेरै परिकार बनाउन थालेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
- रुपन्देहीका उद्योगीमाथि विद्युत् प्राधिकरणको अत्याचार, उपभोग नै नगरेको महसुल तिर्न धम्कीपूर्ण पत्र
- “अर्थतन्त्र सुधारका लागि सरकार तयार नभए उद्योगी व्यवसायी सडकमा”
- बुटवलको पशु बधशाला सञ्चालनका लागि सम्झौता, असोजभित्रै सञ्चालन हुने
- पत्याउनुहुन्छ ? १४ हजार लिटर पानीको महसुल २० रुपैयाँ मात्रै
- चीन-भारत जोड्ने छोटो दूरीको कालीगण्डकी कोरिडोर ६८ वर्षपछि सम्पन्न हुँदै
- चीन र भारतलाई जोड्ने बाह्र साले बाटोः पूरा होला त यसपालि?
- अंग्रेजलाई पराजित गरेको खुसियालीमा तानसेनमा भगवती जात्रा, यात्रुलाई भाडामा ५० प्रतिशत छुट
- लुम्बिनी प्रादेशिक अस्पतालमा ५ सयले लिए लैंगिक हिंसासम्बन्धी सेवा
- अब क्षयरोगसम्बन्धी बिरामीको अवस्था र ठोस तथ्यांक उपलब्ध हुने
- लुम्बिनी अस्पतालमा क्षमताभन्दा बढी बिरामी, प्रदेश गौरवको योजना अलपत्र