अनुगमनबाट जोगिन रुपन्देहीको रोहिणी गाउँपालिका–३, धकधईका स्थानीयले सटर बन्द गरेर भागेका छन्। सोमबार बजार अनुगमन गर्न जिल्ला अनुगमन समिति धकधई बजार पुगेको थियो।
समितिले केही पसलहरूमा अनुगमन सुरु गरेपछि व्यवसायीले पसल बन्द गरेर अनुगमन समितिलाई छलेका हुन्।
धकधई बजारका ७ वटा पसलमा एकैपटक समितिले अनुगमन गरेको थियो। त्यसपछि अन्य व्यवसायीले धमाधम सटर बन्द गरेको अनुगमन समिति संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनुभयो।
‘सटर बन्द गरेर अनुगमनलाई असहयोग गर्ने व्यवसायीलाई कानूनी दायरामा ल्याइने छ’, रामचन्द्र अर्यालले भन्नुभयो, ‘केहीलाई फोन गरेर ३ दिनभित्र प्रशासनमा कागजपत्र लिएर हाजिर हुन् निर्देशन दिएका छौं, अन्यलाई फेरि अनुगमन गरेर गलत भेटिए कारबाही …