“सुधार गृह यातना गृहको जस्तो”

चन्द्रकान्त खनाल/रूपन्देही

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि रूपन्देहीमा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समिक्षा कार्यक्रम पुस ११ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रीमा बि.सीले जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गर्नु भएको थियो।

जसमा बलात्कारका ६० बलात्कार प्रयास १४, यौन दुर्व्यवहारका १२, मानव बेचबिखन तथा ओसार पसारका दुई, बहु बिवाह पाँच, बाल विवाह एक , पारिवारीक हत्या आठ , आत्महत्या दुरुत्साहन दुई , गर्भपतन एक,अपहरण तथा शरिर बन्धक एक र घरेलु हिंसाका ५ सय ५५ वटा गरी ६ सय ५५  वटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले इन्सेकको प्रतिवेदन र कार्यप्रति प्रशंसा गर्दै मानवअधिकारको संरक्षण र प्रवद्र्धनका लागि आफुहरू संवेदनशिल भएर लागेको र कहिलेकाही एक जनाको अधिकारको पक्षमा बोल्दा धेरै जनाको अधिकार हनन हुनसक्ने अवस्था काम गर्दा गर्दे सानातिना समस्याहरू आउने गरेको बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी पाण्डेले कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राख्नु आफुहरूको बाध्यता भएकोले कारागारको स्तान्तरण गर्ने गरी ओमसतिया गाउँपालिकासँग समन्य तथा प्रक्रिया अगाडी बढेको भन्दै छिटो भन्दा छिटो कागागारलाई स्थानान्तरण गरी  सुधारगृहका रूपमा विकास गर्नुपर्ने बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो “बालसुधार गृहको अहिलेको अवस्था सुधार गृह भन्दा पनि यातना गृहको जस्तो भएकोले यसलाई नीतिगत रूपमै सुधार गरेर अगाडी बढनुपर्ने बताउनुभयो।” उहाँले बालसुधार गृह स्थानीय प्रशासन अन्तरर्गत नभएकोले प्रशासनिक हिसाबले केही गर्न नसकिने बताउनुभयो।

शिक्षा स्वास्थ्य जस्ता नागरिकको अत्याआवश्यक सवालमा धेरै कमि कमजोरहरू भएको भन्दै नागरिकको अधिकारलाई संरक्षण गर्ने गरी कार्य गर्न निर्देशन दिनुभयो। नागरिकहरूले स्थानीय सरकारले मृत्यु दर्ता नगरिदिएको भन्दै उजुरी आएको भन्दै यस्ता नागरिकका आधारभूत अधिकारका विषयमा स्थानीय सरकारलाई घचघचाउन र वाचडगको रूपमा प्रस्तुत हुन इन्सेकलाई आग्रह गर्नुभयो।

कार्यक्रममा सशस्त्र प्रहरी वल सीमा सुरक्षाका एसपी गगन श्रेष्ठले पहिलाको र अहिलेको प्रहरी धेरै फरक भएको बताउदै किसानहरूलाई मलखाद ल्याउने क्रममा धरपकड गरेको होइन उनीहरूको मर्कालाई बुझेर सहजीकरण गरेको बताउनुभयो।

जिल्ला शिक्षा समन्वय इकाई रूपन्देहीका शाखा अधिकृत धनिश्वर पन्थीले बालमैत्री शिक्षाका लागि आफुहरू प्रतिवद्ध भएकोले राज्यले गरेको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि आफुहरूले स्थानीय तहलाई सहजीकरण गर्ने बताउनुभयो।

राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका निमित्त प्रमुख दिपक ठाकुरले इन्सेकले गरेको अभिलेखमा सबै कुरा समेटिएकोले त्यसको निरन्तरता र किसानका सवालहरूलाई पनि अभिलेख गर्न सुझाव दिनुभयो।

जिल्ला बार एशोशिएसन रूपन्देहीका अध्यक्ष शिवहरी अधिकारीले पछिल्लो समयमा जवरजस्ती करणीका मुद्दाहरू बढेको र यो बढनुको कारण जनचेतनाको कमी भएका कारणले र बालबालिकाको समय १८ वर्ष राख्दाखेरी पनि यस्तो समस्या आएको बताउनुभयो।

नेकपा एमाले जिल्ला कमिटी उपसचिव हितराज पन्थीले इन्सेकले मानवअधिकारको क्षेत्रमा पुरयाएको योगदान र मानवअधिकार उल्लंघनका घटनाहरूको अभिलेखिकरण गरेकोमा धन्यवाद दिंदै आगागी दिनमा मानवअधिकार उल्लंघनका कारण खोतल्न र राज्यका तिनवटै अंगहरूको कार्यको पनि अनुगमन गरेर प्रतितिवेदनमा राख्न र न्यायको विषयमा प्रतिवेदनमा राख्न सुझाव दिनुभयो।

पन्थीले जिल्लामा मसाज सेन्टरको नाममा विभिन्न खालका वेथितीहरू बढेकाले यस्ता वेथितीका विषयमा अनुगमन गर्न र राज्यलाई जवाफदेही बनाउन आग्रह गर्नुभयो।

बरिष्ठ पत्रकार माधव ढुंगानाले स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्रमा सेवाको भावना भन्दा पनि व्यापारिकरणको भएको भन्दै यस्ता मान्छेको जीवनसँग जोडिएका विषयमा व्यापारीकरण हुनु दुखद भएकोले यस्ता विषयमा पनि इन्सेकले अनुगमन तथा अभिलेख राख्न र यस्ता सवाललाई फोकस गर्न सुझाव दिनुभयो।

अधिवक्ता नसिंङ चौधरीले मानव अधिकार उल्लंघनका घटनाहरू सत्यतथ्यको आधारमा हरेक वर्ष इन्सेकले वर्ष पुस्तकका रूपमा सरकारले गर्न नसकेको काम गर्दे आएकाले राज्य पक्ष र गैरराज्य पक्षबाट हुने घटनालाई खबरदारी गर्दै आउनु आम नागरिहरूका लागि दस्तावेज रूपमा अनुभइरहेको बताउनु भयो।

कार्यक्रममा उपभोक्त हित संरक्षण मञ्च रूपन्देहीका अध्यक्ष समुद्र जिसीले नागरिकहरू अहिले पनि स्वस्थ्य र गुणस्तर खाद्य वस्तु खान नपाएको भन्दै स्थानीय तहरू विशेष गरेर गाउँपालिकामा अनुगमनमा पनि खासै ध्यान नदिइएकोले यस विषयमा सचेत गराउन इन्सेकलाई आग्रह गर्नुभयो। अध्यक्ष जिसी मसाज सेन्टरमा एउटा कामको लागि लैजाने अर्को काम गर्न बाध्य पार्ने जस्ता घटनाहरू जिल्लामा भैरहेकोले सो विषयमा अनुगमन गर्ने र नियमन गर्ने कुरामा पनि ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।

माइती नेपालका प्रमुख माया क्षेत्रीले देशभरका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरू समेटेर प्रकाशन हुने वर्ष पुस्तक र इन्सेकको अभियानले मानवअधिकार संरक्षणमा ठूलो योगदान तथा सकारात्मक प्रभाव पारेको बताउदै खाद्यवस्तुको गुणस्तरताका विषयमा पनि ध्यान दिनका लागि अनुगमन र खबरदारी गर्न इन्सेकलाई आग्रह गर्नुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link