Home » Archives for नारायण खड्का/तनहुँ » Page 2
Author

नारायण खड्का/तनहुँ

१५ वर्षको कलिलै उमेरमा विवाहबन्धनमा बाँधिनुभएकी सोममाया मगर अहिले ७० वर्ष पुग्नु भएको छ। विवाह गरेर आएको करिव ५३ वर्षसम्म उहाँको दैनिकी एकै नासले चल्यो। बिहान झिसमिसे उज्यालोमै डोकोमा गाग्री बोकेर खानेपानीको व्यवस्थापन गर्नुपर्ने उहाँको दैनिकी अहिले फेरिएको छ।

तनहुँको सदरमुकाम दमौलीबाट करिब १२ किलोमिटरको दुरीमा रहेको चुँदेर गाउँमा विवाह गरेर आउनु भएकी सोममाया तीन सन्तान हुर्काउने, घरव्यवहार सम्हालने मात्र नभई घण्टौं समय खर्चिएर खानेपानीको जोहो गर्नुपर्ने बाँध्यता थियो। यो बाँध्यता अहिले फेरिएको छ। खानेपानीको समस्य भएपछि तीन छोरा सुविधाको खोजिमा शहरबजार केन्द्रित भए, श्रीमान् बितेपनि एक्लै यहि बस्दै आएको छु’, उहाँले भन्नुभयो, ‘बुबा …

एउटा धारोका कारण ५३ वर्षपछि फेरियो सोममाया मगरको जिन्दगी
0 comment
0 FacebookTwitterEmail

आमाकै काँखमा सुतेपनि ११ वर्षकै उमेरमा तनहुँकी एक बालिका पटकपटक आफ्नै बुबाबाट यौनजन्य हिंसामा परिन। आफ्नै बुबाको त्यो घृणित कार्यबाट विक्षिप्त १४ वर्षीया बालिका अहिले आफ्नै बुबालाई देख्दा पनि घृणा लाग्ने बताउँछिन्।

बालिकाका बुबाले दुईवटा बिवाह गरेका थिए। बालिका २ वर्षको हुँदा बुबाले छोडेर गएका थिए। उनी करिव ११ वर्षको हुँदा उनका बुबा फर्किएर त्यही परिवारसंगै बस्न थाले। आमासँगै सुत्ने बालिकालाई उनका बुबाले यौनजन्य हर्कत गर्न थाले। उनी सानै भएका करण त्यो हर्कतको प्रतिवाद गर्न पनि सकिनन् र के भइ रहेको छ भन्ने बुझ्न पनि नसकेको सुनाइन्।

तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा सहभागी ती बालिकाले आफु आफन्तबाटै यौनजन्य हिंसामा परेको …

0 comment
0 FacebookTwitterEmail

तनहुँका सामुदायिक विद्यालयले विषयगत शिक्षक र पर्‍याप्त शिक्षक दरबन्दी अभाव झेल्दै आएका छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा नि:शुल्क प्रदान गर्ने लक्ष्यका साथ खडा भएका सामुदायिक विद्यालयले विषयगत शिक्षकका साथै पर्‍याप्त दरबन्दी मात्र होइन कतिपय विद्यालयले विद्यार्थीको समेत अभाव झेल्नुपरेको छ ।
ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयले विद्यार्थीको अभाव झेल्दै आएका छन् । यति मात्र होइन ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयले गणित, विज्ञान, अंग्रेजीलगायतका मुख्य विषयका शिक्षक समेत पाउन सकेका छैनन् ।
बजार क्षेत्रका केही सामुदायिक विद्यालयमा भने थेगिनसक्ने गरी विद्यार्थी छन् । ती विद्यालयमा पर्‍याप्त भौतिक पूर्वाधार, विद्यार्थीको संख्याको आधारमा उपलब्ध हुनुपर्ने शिक्षक दरबन्दी र विषयगत शिक्षकको अभाव छ ।
सरकारी …

0 comment
0 FacebookTwitterEmail

सडकलाई विकासको पहिलो खुड्किलो मानिन्छ। मुलुक संघीय संरचरनामा गएसँगै बनेका स्थानीय पालिकाहरूले पनि सडक खन्ने कामलाई नै प्राथमिकता दिए। वातावरणीय हिसाबले सडक खन्न उपयुक्त छ कि छैन भन्ने विषयमा कुनै अध्ययननै नगरी डोजरे विकासलाई अगाडि बढाइयो तर, वर्षौ अगाडि खनिएका सडकको स्तरोन्नति तर्फ भने ध्यान दिइएको पाइदैन।

तनहुँको भानु मार्ग अन्तर्गत चन्द्रावती–पोखरीछाप सडक खण्ड विस्तार गरिएको करिब ३० वर्ष बितेको छ। यो सडक खण्ड स्तरोन्नति गर्ने विषय यस अवधिका हरेक निर्वाचनमा नेताहरूको चुनावी एजेण्डा र नारा बन्दै आएपनि अहिलेसम्म सडक अवस्थामा भने सुधार आउन सकेको छैन।

जिल्लाको पूर्वीउत्तर क्षेत्रका ग्रामीण बस्तीलाई सडक सञ्जालसँग जोड्ने लक्ष्यका साथ पृथ्वीराजमार्गको डुम्रेबाट भानु …

0 comment
0 FacebookTwitterEmail

मौसम चिसिदै गएपनि यतिबेला आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले तताउँदै लगेको छ। निर्वाचन लक्षित प्रचारप्रसार तथा उम्मेदवारहरुको घरदैलो अभियानले अहिले सबै जसो क्षेत्र निर्वाचनमय बन्दै गएको छ। चियाँ, चौतारो, पाटीपौवा, घर तथा कृषकको खेतबारीसम्म चुनावको चर्चा चल्न थालेको छ।

तनहुँ पनि चुनावी माहोलबाट अलग हुन सकेको छैन। विशेष गरी तनहुँ क्षेत्र नं. १ सबैको चसो र चर्चाको विषय बन्न पुगेको छ। प्रधानमन्त्री पदको दौडमा रही सातौ पटक चुनावी मैदानमा उत्रिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र उहाँका परम्परागत प्रतिस्पर्धी गोविन्दराज जोशीका कारण पनि तनहुँ–१ को निर्वाचन अहिले सबैको चासो र चर्चाको विषय बन्दै गएको छ।

यति …

0 comment
0 FacebookTwitterEmail

तनहुँका पालिकाहरूमा फोहोरमैला व्यवस्थापनको पाटो जटिल बन्दै गएको छ। बढ्दो बजारीकरणसँगै बजार क्षेत्रबाट निस्केको फोहोरमैला व्यवस्थापनको पाटो स्थानीय सरकारका अगाडि चुनौतीको पहाड जस्तै बन्न थालेको छ।

तनहुँका १० वटै पालिकाले व्यवस्थित ल्याण्डफिल्ड साइटको टुंगो लगाउन सकेका छैनन्। बजार क्षेत्रका घर, तरकारी पसल, होटल तथा रेष्टुरेन्टबाट निस्कने कुहिने र नकुहिने दुवै फोहोर व्यवस्थापन गर्न स्थायी फोहोर व्यवस्थापनको उपाय नहुँदा पालिकाले सबै फोहोर खोला, नदी किनार र जंगलमा फ्याल्दै आएका छन्। जथाभावि फोहोर फ्याल्दा वातावरण प्रदूषण हुनुका साथै फोहोरको गन्ध नजिकका वस्तिसम्म पुग्ने गरेको छ।

मुलुक संघीय संरचनामा गएसँगै फोहोरमैला व्यवस्थापनलाई नै मुख्य एजेण्डा बनाउँदै स्थानीय तहको निर्वाचनमा होमिएर …

बजारको फोहोर खोला र जंगलमा
0 comment
0 FacebookTwitterEmail

विद्यार्थीलाई नियमित उपस्थित गराएर शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ तनहुँका केही पालिकाले ‘एक माध्यमिक विद्यालय एक नर्स’ कार्यक्रम अघि सारेका छन्।

सामुदायिक विद्यालयमा पठनपाठनसँगै स्वास्थ्य सेवा समेत प्रदान गर्ने उद्देश्यका साथ तनहुँको आँबुखैरेनी गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका केही सामुदायिक विद्यालयमा ‘एक मध्यमिक विद्यालय एक नर्स’ कार्यक्रम सुरु गरिएको छ।

विद्यालयमा बालबालिकाको नियमित उपस्थिति र स्वास्थ्य परीक्षणका लागि आँबुखैरेनी गाउँपालिकाले आन्तरिक श्रोतबाट तलब तथा अन्य सेवा सुविधा उपलब्ध गराउने गरी करारमा नर्स नियुक्ति गरेको छ।

गाउँपालिकाले वडा–३ स्थित रामशाह माध्यमिक विद्यालयबाट यो कार्यक्रमको सुरुवात गरेको हो। भदौ महिनाको पहिलो साताबाट उक्त विद्यालयमा स्टाफ नर्स प्रकृति कट्वाललाई तीन महिनाको …

तनहुँमा ‘एक माध्यमिक विद्यालय एक नर्स’ कार्यक्रम
0 comment
0 FacebookTwitterEmail

तनहुँका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिका नाममासमेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका देवघाट, ऋषिङ, घिरिङ, आँबुखैरेनी, बन्दिपुर तथा म्याग्दे गाउँपालिका तथा शुक्लागण्डकी, भानु र भिमाद नगरपालिकाले मृत्यु भइसकेका व्यक्तिका नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको हो ।
महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को वित्तीय विवरण र त्यससँग सम्बन्धित अन्य विवरण तथा लेखा टिप्पणीहरूको लेखापरीक्षण गरी सार्वजनिक गरेको प्रतिवेदनमा देवघाट गाउँपालिकामा आव २०७७/०७८ मा चार जना मृत्यु भइसकेकामा लाभग्राहीको नाममा रु ४८ हजार १०० भत्ता वितरण भएको छ । देवघाट–५ का विहारीलाल सापकोटाका नाममा दोस्रो चौमासिकमा रु १२ हजार, सोही वडाका तुलसी सुवेदीको नाममा …

मृतकका नाममा पनि सामाजिक सुरक्षा भत्ता वितरण
0 comment
0 FacebookTwitterEmail

तनहुँमा विगत पाँच वर्षदेखि देखिएको मानव वन्यजन्तु बीचको द्वन्द्व अझै अन्त्य हुन सकेको छैन्। द्वन्द्वका कारण ठूलो मात्रमा जनधनसँगै ३४ चितुवा पनि मारिएको छ। अनेकन प्रयास भएपनि चितुवा आतङ्क रोकिन सकेको छैन।

चितुवा आतङ्क रोकिनुको सट्टा झन बढ्न थालेको छ। घरघरमै चितुवा आएर विशेष गरी बालबालिकालाई आक्रमण गर्न थालेको छ। आइतबार राती करिब १२:३० बजेको समयमा घरको बरन्डामा सुतिरहेका आमा छोरालाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ।

तनहुँको व्यास नगरपालिका –११ राम्चे स्थित पातीघारीमा घरको बरन्डामा सुतिरहेका आमाछोरालाई चितुवाले आक्रमण गरेको हो। आमाको काखमा सुतिरहेको ९ वर्षीय छोरालाई चितुवाले टाउकोमा पञ्जाले हिर्काएर घाइते बनाएको ४९ वर्षीय आमा दिलमाया गुरुङले बताउनुभयो।…

0 comment
0 FacebookTwitterEmail

तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०७७/०७८ मा ३२ करोड भन्दा बढी बजेट अनियमित तरिकाले खर्च गरेको विवरण सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनमा तनहुँका दश स्थानीय तहको बेरुजु रकम ३२ करोड ४० लाख ९४ हजार रुपैयाँ देखाइएको छ ।

दशवटै स्थानीय तहको गरी १२ अर्ब ७६ करोड २२ लाख ५० हजार रुपैयाँको लेखापरीक्षण गरिएको महालेखापरीक्षक वार्षिक प्रतिवेदनामा उल्लेख गरिएको छ। जिल्लाका स्थानीय तहको गत आर्थिक वर्ष भन्दा यो अवधिमा बेरुजु रकम केही घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा जिल्लाका स्थानीय तहको बेरुजु रु ३४ करोड ४९ लाख एक हजार रहेको थियो । उक्त आर्थिक …

तनहुँका दशवटै पालिकामा बेरुजुको चाङ
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved