Home » Archives for प्रतिमा सिलवाल/ चितवन » Page 4
Author

प्रतिमा सिलवाल/ चितवन

समाचार प्रभाव 

चितवनमा बढ्दै गएको महिला माथिको हिंसा तथा न्यायिक प्रकृयामा पीडित होस्टायल हुने, साक्षी नपाइने जस्ता समस्या बढ्दै गएपछि प्रहरीले सर्वपक्षीय सरोकारवालासँग छलफल तथा न्यायिक निरुपणका क्रममा सहायता माग्न थालेको छ।

चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० की गीता माझीको क्रूर श्रीमानले मलद्वारबाट लट्ठी घुसाएर हत्या भएपछि प्रहरीले उक्त घटनाको न्यायिक निरुपणको क्रममा पनि सरोकारवालाहरूको सहयोग मागेको हो।

चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले यहाँका अधिकारकर्मी, स्थानीय तहका जनप्रतिनिधिसमेतको बैठक राखी न्यायिक क्रममा सहयोगको अपिल समेत गर्नुभएको छ।

गीताको हत्या आफ्नै श्रीमानबाट भएकोले अहिले उजुरी गरेपनि न्यायिक प्रक्रिया अघि बढ्दै जाँदा उजुरी गर्ने छोरीको मन बदलिन सक्ने भएकोले स्थानीय …

गीताको दाहसंस्कार नगरपालिकाले गर्ने, किरियाका लागि धेरैले गरे सहयोग, प्रहरी भन्छ : न्यायिक प्रक्रियामा लागि सहयोग गरिदिनुस्
0 comment
0 FacebookTwitterEmail

श्रीमानले मलद्वारबाट लौरो घुसाएर गम्भीर घाइते भएकी गीता माझीले ज्यान गएको छ । उपचारको क्रममा भरतपुर अस्पतालमा रहेकी माझीको सोमबार राती ११ बजे ज्यान गएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभएको हो।

श्रीमानले मलद्वारबाट लौरो घुसाएको कारण उनको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको थियो । गत बिहीबार घाइते भएकी उनको भरतपुर अस्पतालमा हिजो सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि एकपटक शौचालय पनि गएकी थिइन् ।

तर, राती ११ बजे एक्कासि मुटुको धड्कन बन्द भएर उनको मृत्यु भएको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० कठार …

लोग्नेको क्रूरताको सिकार गीताको मृत्यु,  परिवार भन्छ, किरिया खर्च पनि छैन
0 comment
0 FacebookTwitterEmail

मलद्वारबाट लौरो घुसाएर श्रीमती लक्ष्मी माझीलाई सख्त घाइते बनाउनले रामचन्द्र माझी विरुद्ध घटनाको चार दिन बितिसक्दा पनि प्रहरीमा उजुरी परेको छैन।

४० वर्षका रामचन्द्र माझी प्रहरी हिरासतमा छन्। घाइते गीता सख्त घाइते अवस्थामा भएकोले उनी उजुरी गर्नसक्ने अवस्थामा छैनन्। एउटी छोरी आमाकै उपचारमा अस्पतालमा छन्। दुई छोरी नाबालिग नै छन्। प्रहरीले स्थानीयको भनाइको आधारमा रामचन्द्रलाई गत बिहीबार बेलुका नै पक्राउ गरेपनि प्रहरीमा लिखित उजुरी भने सोमबारसम्म पनि परेको छैन।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार सोमबारसम्म प्रहरी उजुरी नै नआइपुगेको हो। डीएसपी नरहरिले घटना गम्भीर प्रकृतिको भएका कारण प्रहरीकै प्रतिवेदनमा आधारित भएर ज्यान मार्ने उद्योग र जबरजस्ती …

 मलद्वारबाट लौरो घुसाउने श्रीमान विरुद्ध उजुरी गर्ने मान्छे भएन,  ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा अनुसन्धान: प्रहरी
0 comment
0 FacebookTwitterEmail

भरतपुर अस्पतालको सर्जिकल वार्डको बेड नम्बर ५२ मा एउटी अधबैँशे छटपट गरिरहेकी छिन्। हातमा डाक्टरले मगाएको ९ थरी औषधिको स्लिप बोकेर एउटी महिला यताउता गरिरहेकी थिइन्। अरु दुई महिला र एक पुरुष पनि के गर्ने के नगर्ने भावमा थिए।

नर्स आइन्। अनि सोधिन्, ‘औषधी ल्याउनुभयो ?’ ति महिलाले आफ्नो हातमा हेरिन् अनि भनिन्, ‘पैसा छैन कसरी ल्याउने औषधी ?’

यो अवस्था बिहीबार साँझ श्रीमानले मलद्वारबाट लौरो घुसाएर यौनाङ्गबाट निकालिदिएपछि सख्त घाइते भएकी गीता माझीको हो। उनकी देउरानी उमा माझी हातमा औषधिको स्लिप बोकेर यताउति गरिरहेकी थिइन्।

बिहीबार बेलुका घरमा खाना खाने क्रममा श्रीमानले निर्घात कुटेर पनि नपुगेपछि उनको मलद्वारमा आगो …

जब क्रूर लोग्नेले मलद्वारबाट लौरो घुसाएर सिकिस्त बनायो
0 comment
0 FacebookTwitterEmail

निकुञ्ज भन्छ, बाघ बढेको संकेत

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको हात्ती प्रजनन् केन्द्र सौराहामा माउतेको जागिर सुरु गर्दा रमेशको उमेर २० वर्षको थियो ।  काममा लागेको पाँच महिना मात्रै भएको थियो । गएको वैशाख ६ गते बाघले आक्रमण गर्‍यो। हात्ती चराएर फर्किने क्रममा जंगलबाट बाहिर नै निस्कन पनि पाउनुभएन रमेशले। काम थालेको पाँचै महिनामा जीवन गयो ।
जंगलभित्र काम गर्ने रमेश मात्रै होइनन् । निकुञ्जको मध्यवर्ती क्षेत्रसँग दैनन्दिन जोडिनुपर्ने बाध्यता रहेका व्यक्तिहरू पनि बाघको शिकार हुने गरेका छन् । यही जेठ ८ गते आइतबार भरतपुर महागरपालिका १३ की फूलकुमारी बोटलाई बाघले आक्रमण गर्‍यो ।
मध्य दिउँसो दुई बजे उनी चितवन राष्ट्रिय …

0 comment
0 FacebookTwitterEmail

मान्छेको जीवनमा अनेकन घटनाहरू आइरहन्छन्, कुनै सुखद त कुनै कहालीलाग्दा। सामान्य घटना अनुभूतिका रुपमा सँगालिन्छन्। केही परिस्थितिले उठ्नै नसक्ने गरि बिथोल्दिन्छन्। त कुनै दुःख क्षण भने जीवनको पाइला तीव्र बनाउने हिम्मत बनिदिन्छ।

कल्याणी मिश्र त्रिपाठी, कृषि तथा वन विश्वविद्यालयकी सेवा आयोग अध्यक्ष। आजको उहाँको स्तर मात्रै देख्ने अनि पदीय दायित्व मात्रै जान्ने व्यक्ति उहाँले भोगेका कहालीलाग्दा उकालीका अनुमान कहाँ लगाउलान् र ?

हुन त कल्याणीलाई विगत सम्झिएर पीडा बल्झाउन पनि उत्ति रुचि लाग्दैन। त्यो एउटा भवितव्य, जसले कल्याणीको जीवनको लय नै फेरिदियो। पहिचान नै बदलिदियो। केही क्षण अघिको साहसी पात्रलाई क्षणभरमै निरिह बनाइदियो।

त्यो निरिह अवस्थामा निकै कममात्रै सहयोगी बने। …

एउटै जुनी, चार जीवन: कल्याणी मिश्र त्रिपाठी
0 comment
0 FacebookTwitterEmail

भरतपुर महानगरपालिकामा विकास भयो भनेर जसरी हौवा फिँजाइएको छ त्यो भन्दा डरलाग्दो चित्र त्यहाँभित्र भएको वेथितिको छ । महानगरमा हुने खरिददेखि विकास निर्माणको ठेक्कासम्मका सबै काम ‘सेटिङ’ मा गरिएको सार्वजनिक भएको छ । महानगरमा ऐन– नियम नै नबनाइ मनलाग्दी खर्च गरिएको छ भने कानुन विपरीत भत्ता वितरण गर्नेदेखि ठेक्का लगाउने र सामान खरिद गर्नेसम्मका काम भएका छन्।

महालेखा परीक्षकको कार्यालयले महानगरको आर्थिक वर्ष २०७७/०७८ को प्रारम्भिक आर्थिक प्रतिवेदन तयार पारेको छ । ९१ पृष्ठ लामो उक्त प्रतिवेदनमा उल्लेख भएका सबै शीर्षकमा नियम विरुद्ध खर्च गरेको औँल्याइएको छ।

कहाँ गयो महानगरको सम्पत्ति ?
भरतपुरलाई उपमहानगर र महानगर बनाउने बेलामा भरतपुरबाट पश्चिमतर्फका …

भरतपुर महानगरः बेथितियुक्त काम, कानुन मिच्दै झ्वाम पारे दाम
0 comment
0 FacebookTwitterEmail

माडी नगरपालिकाका तीन जना वडाध्यक्षले दोहोरो सुविधा बापतको रकम फिर्ता नगरी कार्यकाल पूरा गर्न लागेका छन्। माडी नगरपालिकाका पाँच वटा वडाका अध्यक्षले राज्यबाट पेन्सन र वडाध्यक्ष दुवैको सुविधा लिएका थिए। तीमध्ये दुई वटाका वडा अध्यक्षले दोहोरो सुविधा बापतको रकम फिर्ता गरिसकेका छन्। तर, तीन जनाले भने कार्यकाल पूरा गर्न लाग्दा पनि सो रकम फिर्ता गरेका छैनन्।

वडा नम्बर २ का अध्यक्ष  ईश्वरी प्रसाद ढकाल, वडा नम्बर ४ का अध्यक्ष चन्द्रदीप महतो र वडा नम्बर ७ का अध्यक्ष बालकृष्ण सापकोटाले अहिलेसम्म दोहोरो सुविधा बापतको रकम फर्काउनु भएको छैन्। उहाँहरूले वडाध्यक्ष वापतको मासिक सुविधा २१ हजार रुपैयाँका दरले लिनुभएको थियो भने पेन्सन

दोहोरो सुविधा लिने माडीका तीन वडाध्यक्ष  
0 comment
0 FacebookTwitterEmail

एक साताअघि मात्रै चौरासी पूजा सकेका चितवनका पहिलो सभापति कृष्णलाल सापकोटा आज युवाझैं फुर्तिलो देखिनु भयो। उहाँसँगै चितवनका तीन पाका काँग्रेस नेता केन्द्रको प्रचण्डपुत्री रेणु दाहाललाई भरतपुरको मेयरको उम्मेदवार बनाउने निर्णयको विरुद्धमा विगुल फुक्दै बागी उम्मेदवारी दिन आउनु भएको हो।  बागी उम्मेदवारचाहिँ यो चैतमा ६८ वर्ष पुग्नु भएका जगन्नाथ पौडेल हुनुहुन्छ।  उहाँलाई अघि लगाएर पाका कांग्रेसीसहितका नेता कार्यकर्ता चारतारे झण्डा सहित निर्वाचन कार्यालय पुग्नुभयो।र उम्मेदवारी दर्ता गराउनु भयो।

दर्ता सकेपछि कृष्णलाल सापकोटाले भन्नुभयो, “उमेर बुढो भएपनि विवेक बुढो भएको छैन।” भरतपुरमा गठबन्धन भए काँग्रेसले पाउनुपर्ने अडान राख्दै आउनुभएका सापकोटा आफै उम्मेदवार बन्न तयार हुनु भएको थियो।

“मभन्दा कम उमेरका अलि …

चितवनमा तीन पाका काँग्रेसको बिद्रोह, भन्छन्, “उमेर बुढो भएपनि विवेक बुढो भएको छैन”
0 comment
0 FacebookTwitterEmail

देश निर्वाचनमय भएको छ । स्थानीय तहबाट सुरु भएको निर्वाचनले प्रदेश र संघ हुँदै राज्यका तीनै तहमा पाँच वर्षको लागि नयाँ नेतृत्व ल्याउन लागेको छ । दलहरूको चुनावी गठबन्धन, भागवण्डा त हरेक वर्ष यसैगरी हुन्छ, हुँदै आएको छ ।

हरेक दलहरूले ठूला–ठूला विषयमा ऐजेण्डा सेट गर्दै आएका छन् । मिठा लाग्ने चुनाबी घोषणाहरू पनि भइरहेका छन्, केही भइसके ।

म चितवनको, त्यो पनि केन्द्रीय राजनीतिक महत्व बोकेको भरतपुर महानगरको बासिन्दा हुँ । गठबन्धनबाट भरतपुर महानगरमा रेणुको नाम फाइनल भएको छ ।

चितवनका कांग्रेस र उनीहरूको गठबन्धनप्रतिको असन्तुष्टिले ल्याएको र ल्याउन सक्ने बाइप्रोडक्टको बारेमा यहाँ छलफल गर्न खोजिएको होइन ।

एउटा …

महिनावारी विभेदः राजनीतिक ऐजेण्डा हुन सक्दैन?
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved