Home » Archives for प्रतिमा सिलवाल/ चितवन » Page 5
Author

प्रतिमा सिलवाल/ चितवन

माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी महतो आफ्नो कार्यकक्षमा हातमा तिलहरी, औँठी लगायतका गहना बोकेर बस्नु भएको थियो। कार्यकक्षमा उपप्रमुखको हातमा गहनाका के काम? प्रश्न स्वभाविक थियो। ताराकुमारी भन्नुहुन्छ ‘विवाद समाधानमा छलफल गराइदिने मात्रै होइन लेनदेन फरफारक, गरगहना जिम्मा समेत लिइदिनुपर्छ।‘

ताराकुमारीको हातमा रहेका गहना भर्खरै अदालतबाट सम्बन्धबिच्छेद भएको जोडीको रहेछ। माडी नगरपालिकाकै न्यायिक समितिमा छलफलपछि कानूनी प्रकृया पुरा गर्न अदालत गएका त्यो जोडीको गरगहना फिर्ता गरिदिने जिम्मा पनि न्यायिक समितिको प्रमुख महतोकै जिम्मामा परेको रहेछ।

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकमा चितवनमा दैनिक कम्तिमा चार वटा लैंगिक हिंसाका उजुरी आउँछ। तर, जिल्लामा सरकारी स्वामित्वको महिलाहरूको लागि अल्पकालिन संरक्षण गृह थिएन। माडी नगरपालिकामा …

 स्थानीय निर्वाचनमा महिलाः अभिलेखमा पनि कमजोर
0 comment
0 FacebookTwitterEmail

नवलपुरको गैँडाकोटमा रहेको जनक माध्यमिक विद्यालयमा पढाउने शिक्षकले विद्यार्थीलाई अश्लिल भिडियो देखाएको बिरोध गर्दै सोही विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् ।

जनक माध्यामिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर विषय पढाउने शिक्षक कपिल घिमिरेले एक्लै कोठामा लगेर अश्लिल भिडियो देखाइ दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरूले आन्दोलन गरेका हुन् ।

शिक्षक घिमिरेले गरेको दुर्व्यवहारबारे विद्यालयका प्रधानाध्यापक सहित समितिमा नै कुरा राख्दा पनि शिक्षकले गलत नगरेको भनेर कारबाहीको सट्टा जोगाउन खोजेको आरोप विद्यार्थीहरूको छ । कक्षा १२ मा पढ्ने छात्राले आफूलाई शिक्षकले दुर्व्यवहार गर्दा पनि प्रशासनले शिक्षककै पक्षमा बोलेको बताइन्।यससम्बन्धमा विद्यालय प्रशासन तथा आरोपित शिक्षकको प्रतिक्रिया उपलब्ध हुन सकेको छैन।

विद्यालय आडैमा …

शिक्षकले छात्रालाई अश्लिल भिडियो देखाएपछि
0 comment
0 FacebookTwitterEmail

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा भरतपुर महानगरमा सत्तारुढ दलको चुनावी गठबन्धनको विषय पेचिलो बन्दै गएको छ। गठबन्धनका केन्द्रीय नेतृत्वले सबै स्थानीय तहमा गठबन्धन गर्ने र महानगरको प्रमुख उपप्रमुख केन्द्रले टुङ्ग्याउने निर्णय गरेकै दिन मंगलबार महानगर भित्रका सबै वडाका नेपाली काँग्रेस वडा सभापतिले भरतपुर महानगरमा गठबन्धन नमान्ने लिखित निर्णय गरेपछि महानगरको चुनावी गठबन्धन अझ पेचिलो बन्दै गएको हो।

चितवनको भरतपुर महानगरमा नेकपा माओवादी जसरी पनि गठबन्धन चाहन्छ। उसले चुनावी गठबन्धन गरेर प्रचण्डपुत्री रेणु दाहाललाई नै मेयर उठाउने तयारी गरेको छ। तर, नेपाली काँग्रेसले भने कुनै पनि हालतमा भरतपुर महानगरपालिका यसपटक नेकपा माओवादीलाई दिन चाहँदैन।

त्यसैले यसअघि नै चितवनबाट नेपाली काँग्रेसका केन्द्रीय …

गठबन्धनको लफडाले गिजलिएको भरतपुर महानगर
0 comment
0 FacebookTwitterEmail

जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका  पाँच जना पुरुष मध्ये चार जना  शिक्षक छन्।

बिहीबार मात्रै दुई जना शिक्षक विद्यालय भित्रै बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेपछि प्रहरी हिरासतमा पुग्ने शिक्षकको चार जना पुगेका हुन्।

यी चार घटना यहि चैत महिनाको २० दिन यताको हो। जहाँ विद्यार्थीहरूले शिक्षक अभिभावक सहित विद्यालय पोशाकमै प्रहरी कार्यालय पुगेर आफूमाथि भएको दुर्व्यवहार सुनाए।

कहिले पास गरिदिने बाहनामा, कहिले माया गरेको तरिकाले उनीहरूका सवेदनशिल अंगमा छुने, सुम्सुम्याउने अनि सामाजिक सञ्जाल मार्फत अश्लिल भिडियो, सन्देश पठाएको आरोप ती शिक्षकहरूमाथि छ।

सबै घटना शिक्षकहरूले गरेका दुर्व्यवहार विद्यालयमा नै पटक पटक …

चितवनमा यौन दुर्व्यवहार: २० दिनमा चार शिक्षक पक्राउ
0 comment
0 FacebookTwitterEmail

चितवनको भरतपुरमा रहेको केन्द्रीय अस्पताल भरतपुर अस्पतालले आफ्नै लापरबाहीको कारण तीन करोड ७७ लाख भन्दा बढी रकम बेरुजु बोकेर बसेको छ।

भरतपुर अस्पतालले मेडिकल कलेज चितवन भनेर चिनिएको इन्टरनेशनल सोसाइटी फर मेडिकल एजुकेशन प्रा.लि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताललाई आफ्नो हाताभित्रको जमिन भाडामा दिए बापत पाउने रकम भरतपुर अस्पताल स्वयंको लापरबाहीले बेरुजु बोक्नु परेको हो।

अस्पतालले २०५३ सालमा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालसँग गरेको करार सम्झौता नयाँ कानून अनुसार संशोधन नगर्दा अस्पताललाई भाडा बापतको रकम आफ्नै बेरुजुमा महालेखाले देखाएको हो।

४९ वर्षको लागि अस्पताल मातहतको ९ बिगाहा जग्गा वर्षको प्रतिबिगाहा १ लाख रुपैयाँ भाडामा दिने सहमति अहिलेसम्म आइपुग्दा …

मेडिकल कलेजको अटेरीले पौने चार करोड बेरुजुमा भरतपुर अस्पताल
0 comment
0 FacebookTwitterEmail

त्यो रातो किताब फगत किताब मात्रै होइन मालिक भएको प्रमाण पनि हो। जमिनको मालिक, राज्यले पहिचान गरेको भूमिपति।

उता सभा चलिरहँदा उनीहरू त्यहि रातो किताब पाउने भएकोले उज्यालिएका थिए। आजै (बुधबार) देखि उनीहरुको पनि स्तरोन्नती हुँदै थियो सुकुम्बासीबाट भूमिपतिमा।

हातमा रातो किताब नपर्दै मीठू कामी मञ्चको देब्रेतिरको ‘सुकुम्बासी‘ टहरोको पिँढीमा बसेर भन्दै हुनुहुन्थ्यो, ‘सकुम्बासी र जग्गावाला हुनुमा कति हो कति फरक रैछ।‘

मीठूका दम्पत्ती जग्गाधनी हुनुको अनुभुति आज लिन अगाडि २० वर्षयता ‍सुकुम्बासी पीडा भोग्नु भएको थियो।

पूर्वी चितवन पदमपुर माइती भएकी मीठू जमिनवालाकी छोरी। बुबासँग आफ्नो जमिनको रातो कागज भएकोले बाल्यकालमा कहिल्यै अपहेलना महसुस गर्नु परेन।

बिहे चाहिँ सुकुम्बासीसँग …

रातो किताब पाएर दङ्ग मिठूः प्याउली र पूर्णमायाका अधूरा सपना
0 comment
0 FacebookTwitterEmail

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले यही १३ चैतमा कुसुमखोलाका १० परिवार सुकुम्बासीका झुपडीमा लगाएको आगोमा आआफ्नै रोटी सेक्ने काममा लागेका छन्, माडी नगरपालिकाका जनप्रतिनिधिदेखि विभिन्न राजनीतिक दलका पदाधिकारी, जनजातिको राजनीति गर्नेहरू।तर त्यहाँ बस्न बाध्य भएका र पारिएका अतिसिमान्तकृत चेपाङलगायतका मानिसहरूको समस्याको स्थायी समाधान गर्ने तथा संरक्षण क्षेत्रसँगको द्वन्द्व कम गर्ने तर्फ कोही पनि गम्भीर छैन। किनकी यतिबेला चुनाव लागेको छ र कुसुमखोलाजस्ता ठाउँमा बस्ने बाध्यता भएकाहरू फगत मतदाता मात्रा हुन।

माडी नगरपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने कुसुमखोला चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र हो। त्यहाँ धादिङ, मकवानपुर लगायतका ठाउँबाट चेपाङलगायतका समुदायका मानिशहरू आएर जंगल फाँडेर बसोबास गरेका थिए।

२०५२ बाट सुरू …

कुसुमखोला: भोटको राजनीतिमा पिल्सिएकाहरू
0 comment
0 FacebookTwitterEmail

उनी नियमित विद्यालय जानै सक्दिनन्। पेट निरन्तर दुखिरहन्छ। रिंगटा लाग्छ। बान्ता होला जस्तो हुन्छ। १५ वर्षकै उमेरमा प्रजनन् स्वास्थसँग सम्बन्धित समस्या छोरीमा देखेर आमा हैरान थिइन्। पेट दुख्यो भन्ने मात्रै होइन टाउको दुख्थ्यो उनको। टोलाउने पनि गर्न थालिन्। घरमै पनि बोल्न डराउन थालिन्। बरु घरबाहिर जान रुचाउने गर्न थालिन्।

छोरीमा समस्या आउनुपर्ने खास कारण पनि आमाले देखिनन्। ९ कक्षा पढ्ने छोरीको पढाइमा पनि ध्यान थिएन। नियमित टोलाउने गर्दा भने आमालाई चिन्ता बढ्न थाल्यो।आमा भन्छिन्, “छोरीको व्यवहार ख्याल गरिरहेको थिएँ, पहिले चलाख छोरीमा एकाएक परिवर्तन आउँदा चिन्ता लागिरहन्थ्यो।”

चितवनको कालिका नगरपालिकाकी १५ वर्षीया किशोरी आफ्नै बाबुबाट पटक पटक बलात्कारमा परेपछि यस्तो …

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पूर्पक्षको लागि थुनामा
0 comment
0 FacebookTwitterEmail

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा रहेको १० घरमा आगजनी गरिदिएको छ। निकुञ्जले आफ्नो जंगल क्षेत्रमा घर बनाएर बसोबास गरेको भन्दै स्थानीय बासिन्दाको १० घरमा आज आइतबार आगलागी गरिदिएको हो।

चितवन राष्ट्रिय निकुञ्ज स्रोतका अनुसार चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोद यादवको नेतृत्वमा गएका नेपाली सेना सहितको टीमले स्थानीयको घरमा आगो लगाएका हुन्।

‘एकपटक स्थानान्तरण गरिसकेपछि पुनः गएर घर बनाएको हुनाले निकुञ्जले घर जलाएको हो’ निकुञ्ज स्रोतले भन्यो, ‘मानवीय र भौतिक क्षति नहुने गरि नयाँ बनाइएको संरचनामा मात्रै आगो लगाइएको हो।’

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी भने आफूलाई आगलागीबारे पूर्ण जानकारी नभएको बताउहुन्छ। गणेशप्रसादले भन्नुभयो, ‘निकुञ्ज विभागबाट …

ब्रेकिङः चितवन निकुञ्जले जलायो कुसुमखोलाको १० घर
0 comment
0 FacebookTwitterEmail

चितवन। लिलाधर ढकालले २०६१ सालदेखि सडक डिभिजन कार्यालय चितवन अन्तर्गत रहेर ‘लेन्थ वर्कर’ को काम गरे।

सडकको नियमित सरसफाइ गर्ने उनको ड्यूटी थियो। २०७ भदौ २५ गते सडक सफाइ गरिरहँदा प्रहरीले हाँकेको स्कूटरले ठक्कर दियो। ६७ वर्षका लिलाधरको हातमा चोट लाग्यो। हात औँलामा चोट धेरै लाग्यो। नियमित सडक सफाइको काम गर्न नसक्ने भए।

२०६१ सालमा ३ हजार पाँच सय रुपैयाँबाट जागिर सुरु गरेका लिलाधरको तलब बढेर २१ हजार २ सय २५ रुपैयाँ पुगेको थियो। काम गरेको १७ वर्षसम्म न त कार्यालयले बीमा गरिदियो न उनको सुरक्षाको लागि कुनै सुविधा थियो। उपचार खर्च भने कार्यालयले व्यवस्था गरिदियो।

दुर्घटनामा घाइते भएपछि लिलाधर …

सडक कर्मचारीका पीडा: गाडीभाडामै सकिन्छ आधा तलब
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved