मलद्वारबाट लौरो घुसाउने श्रीमान विरुद्ध उजुरी गर्ने मान्छे भएन, ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा अनुसन्धान: प्रहरी

प्रतिमा सिलवाल

मलद्वारबाट लौरो घुसाएर श्रीमती लक्ष्मी माझीलाई सख्त घाइते बनाउनले रामचन्द्र माझी विरुद्ध घटनाको चार दिन बितिसक्दा पनि प्रहरीमा उजुरी परेको छैन।

४० वर्षका रामचन्द्र माझी प्रहरी हिरासतमा छन्। घाइते गीता सख्त घाइते अवस्थामा भएकोले उनी उजुरी गर्नसक्ने अवस्थामा छैनन्। एउटी छोरी आमाकै उपचारमा अस्पतालमा छन्। दुई छोरी नाबालिग नै छन्। प्रहरीले स्थानीयको भनाइको आधारमा रामचन्द्रलाई गत बिहीबार बेलुका नै पक्राउ गरेपनि प्रहरीमा लिखित उजुरी भने सोमबारसम्म पनि परेको छैन।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार सोमबारसम्म प्रहरी उजुरी नै नआइपुगेको हो। डीएसपी नरहरिले घटना गम्भीर प्रकृतिको भएका कारण प्रहरीकै प्रतिवेदनमा आधारित भएर ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा अनुसन्धान गरिरहेको जानकारी दिनुभएको छ।

डीएसपी अधिकारीले भन्नुभयो, ‘हामीले प्रहरीको घटनास्थल प्रतिवेदनमा आधारित भएर मुद्दा अघि बढाएका छौँ। अनुसन्धानको समय बाँकी भएकोले उजुरी कुरिरहेका छौँ।’

श्रीमानको क्रूर कुटाइका कारण घाइते माझीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। गीताको आज सोमबार शल्यक्रिया गरिएको भरतपुर अस्पतालकी ओसीएमसी फोकल पर्सन हिरा सुवेदीले जानकारी दिनुभयो।

लोग्नेले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ। उनको उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको छ। कम्मरको हड्डी भाँच्चिएको छ।  उपचारपछि पनि गीतालाई दिसा पिसाब नरोकिने फिस्टुला, आन्द्रामा समस्या लगायतका स्वास्थ्य जटिलता रहने डाक्टर दीपेन्द्रले बताउनुभयो।

सम्बन्धित समाचार

जब क्रूर लोग्नेले मलद्वारबाट लौरो घुसाएर सिकिस्त बनायो

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिमा सिलवाल/ चितवन का अन्य पोस्टहरु:
 मलद्वारबाट लौरो घुसाउने श्रीमान विरुद्ध उजुरी गर्ने मान्छे भएन,  ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा अनुसन्धान: प्रहरी
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link