Home » Archives for ध्रुव भट्टराई/मोरङ » Page 5
Author

ध्रुव भट्टराई/मोरङ

नेपालका ठूला राजनीतिक आन्दोलनमा मजदुरको योगदान रहनेमा सबैभन्दा अगाडि नाम विराटनगर जुट मिलको आउँछ।

नेपालको पहिलो र सरकारी स्वामित्वमा रहेको उद्योग विराटनगर जुट मिल्स बेलाबखत पुनः सञ्चालन हुने चर्चासमेत चल्दै आएको छ। तर अहिलेसम्म चर्चाले सार्थकता भएको पाएको छैन।

केन्द्र सरकार परिवर्तन भएसँगै विभिन्न निकायका मन्त्रीले मिलको अनुगमन र निरीक्षण गर्छन्। निरीक्षणपछि मिल सञ्चालनको आश्वासनसमेत बाँड्छन्। तर पछिल्ला दुई आर्थिक वर्षमा सरकारले मिल सञ्चालनका लागि बजेटमा कुनै पनि योजना नराख्दा जुट मिल्स चलाउने कुरा स्थानीयलाई भने पत्यार लाग्न छोडेको छ।

‘मन्त्रीको मिल चलाउने कुरा सार्वजनिक खपतका लागि बोलेकोजस्तो लाग्छ,’ पूर्वकर्मचारीसमेत रहनुभएका बलबहादुर तामाङ भन्नुहुन्छ, ‘मिल चलाउन बजेटमा योजनै समावेश छैन। …

विराटनगर जुट मिल्सको सम्पत्तिमाथि पहुँचवालाको राइँदाइँ, उद्योगको सम्पत्ति घट्दो र दायित्व बढ्दो
0 comment
0 FacebookTwitterEmail

मोरङ जिल्लामा एक सातामा दुई बालिका बलात्कारको सिकार भएका छन्। यी दुवै घटनामा पीडकका रुपमा भने आफ्नै बुवालाई प्रहरीले पक्राउ गरेको छ।

मोरङको मिक्लाजुङ गाँउपालिका र विराटनगरमा भएका छुट्टाछुट्टै घटनामा बुवाको संलग्नता देखेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

आफ्नै बुवाबाट असुरक्षित बनेका यी दुई बालिकाको उमेर १० र १२ वर्ष छ। माथि उल्लेखित अपराधका घटनालाई केलाउँदा मोरङमा पछिल्लो समयमा जबर्जस्ती करणीका घटनामा विशेषगरी नाताभित्रका मानिस बढी संलग्न भएको पाइएको छ।

मोरङमा गएको चार आर्थिक वर्षमा ४४५ बलात्कारका घटना भएका छन्। जसमा सबैभन्दा बढी दूधे बालिकादेखि १८ बर्ष उमेर समूहका बालिका पीडित भएका छन्।

आर्थिक वर्ष २०७६–०७७ …

मोरङमा एक सातामा दुई बालिका बलात्कृत, पीडक भने आफ्नै बुवा
0 comment
0 FacebookTwitterEmail

मन्त्री तथा सचिवको निर्देशमा अस्पतालमा आवश्यक पर्ने उपकरण खरिद गर्न छुट्ट्याएको बजेट रकमान्तर गरी अन्यत्रै खर्च गरेको पाइएको छ। मोरङ उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि सिटी स्क्यान मेसिन खरिद गर्न रातो किताबमा समावेश बजेट रकमान्तर गरी अन्यत्रै खर्च गरेको खुलासा भएको हो।

उपकरण खरिदका लागि छुट्टाइएको ४ करोड रुपैयाँमध्ये ५० प्रतिशतभन्दा बढी अर्थात् २ करोड २८ लाख रुपैँया ऐनविपरीत रकमान्तर गरिएको हो। ऐनअनुसार कुल बजेटको १० प्रतिशत भन्दा बढी रकमान्तर गर्न पाइँदैन।

मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले आर्थिक वर्ष २०७९/०८० मा सिटी स्क्यान मेसिन खरिदका ४ करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो।

कोशी प्रदेश आर्थिक मामिला तथा योजना …

0 comment
0 FacebookTwitterEmail

सरकारले महत्वाकांक्षी योजनाका रूपमा अघि सारेको मदन भण्डारी राजमार्ग (चुरे राजमार्ग) को पूर्वी रुटको काम सुस्त हुँदा समय सीमाभित्रै सडक निर्माणको कामले पूर्णता नपाउने भएको छ। सडक निर्माणका क्रममा देखिएको जग्गा विवाद, सडक निर्माणको ठेक्का प्रक्रियासमेत पूरा नहुँदा सडक निर्माणको काम लम्बिने निश्चितप्रायः छ।

सडक निर्माणका लागि धेरै ठाउँमा जंगल परेकाले अहिलेसम्म रुख कटानको काम पनि अघि बढ्न सकेको छैन। तर सडक अबको दुई वर्षभित्र सम्पन्न गर्नुपर्नेछ। ०८१/०८२ भित्र निर्माण सम्पन्न हुनुपर्ने सडकमा ६४ प्रतिशत वित्तीय खर्च भइसक्दा भौतिक प्रगति भने ४७ प्रतिशत मात्र छ।

चुरे क्षेत्रका नागरिकलाई सहज यातायातको पहुँचमा जोड्ने योजनासहित पाँच वर्षअघि पूर्व रुटअन्तर्गत सुनसरीको धरानदेखि पूर्व …

मदन भण्डारी राजमार्ग : समयमै काम सकिनेमा शंका, भौतिक प्रगति ४७ प्रतिशत मात्रै
0 comment
0 FacebookTwitterEmail

 कोभिड नियन्त्रणसँगै कोशी प्रदेशको कोशी अस्पताल कोभिड उपचार केन्द्रका अर्बौं रुपैयाँका स्वास्थ्य उपकरण प्रयोगविहीन भएको छन्।

प्रारम्भिक चरणको कोभिड नियन्त्रणका लागि दातृ निकाय र नागरिकस्तरबाट अर्बभन्दा बढीको लगानीमा निर्माण भएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका उपकरण प्रयोगविहीन अवस्थामा पुगेका हुन्।

हाल प्रदेश सरकारको मातहतमा रहेको यो उपचार केन्द्रलाई एक वर्षअघि संक्रमण रोग तथा सघन उपचार केन्द्रका रूपमा रूपान्तरण गरिएको थियो।

लामो समयदेखि प्रयोगमा आउन नसक्दा संक्रमण रोग तथा सघन उपचार केन्द्रको दुईवटा भवनमा रहेका अत्याधुनिक र मूल्यवान् उपकरण प्रयोगमा नआउँदै बिग्रिने अवस्थामा पुगेका छन्।

नागरिक स्तर र दातृ निकायले तत्कालीन समयमा ती स्वास्थ्य उपकरण प्रदेश सरकारलाई उपलब्ध गराएको थियो। तत्कालीन …

कोशी अस्पताल : कोभिड नियन्त्रण त भयो तर प्रयोगविहीन भए अर्बौंका स्वास्थ्य उपकरण
0 comment
0 FacebookTwitterEmail

सुनसरी दुहबी–४ सुनसरीकी सरस्वती चौधरी क्वालिटी बिस्कुट उद्योग दुहबीमा काम गर्नुहुन्छ। उहाँका श्रीमान् वैदेशिक रोजगारीका लागि कतार जानुभएको तीन वर्ष भयो।

छोराछोरीलाई बिहानै खाना खुवाएर चौधरी उद्योगमा काम गर्न जानुहुन्छ। उहाँजस्तै इटहरीकी सावित्रा कोइराला पनि सोनापुरमा रहेको अरिहन्त जुट मिल्समा काम गरेको पाँच वर्ष पूरा भयो। उद्योगमा काम गर्न थालेपछि कोइरालालाई घर चलाउन निकै सहज भएको छ।

‘दुई छोराछोरी स्कुल पढने छन्,’ कोइराला भन्नुहुन्छ, ‘यही उद्योगमा काम गरेको तलबबाट नानीहरू पढाउन भरथेग छ।’

दुहबीकी सरस्वती र इटहरीकी सावित्रा मात्र होइन, पछिल्लो समय सुनसरी, मोरङ करिडोर क्षेत्रमा रहेका ठूला उद्योगमा महिलाको संख्या आधा छ। उहाँहरूकै भरमा उद्योग चल्दै आएका छन्।

उद्योगमा …

पुरुष बिदेसिएपछि महिलाले धान्दैछन् पूर्वका उद्योग
0 comment
0 FacebookTwitterEmail

इलामको सूर्योदय नगरपालिका ८ मा रहेको सयपत्री चिया उत्पादन तथा प्रशोधन केन्द्रले चिया प्रशोधनका लागि प्रदेश सरकारबाट आर्थिक वर्ष ०७५/७६ मा २९ लाख ९२ हजार ४३० रुपैयाँ अनुदान लियो। तर अहिले सहकारीमार्फत सञ्चालित सो चिया उत्पादन केन्द्र व्यक्तिलाई बिक्री गरिएको छ।

प्रदेश सरकारबाट अनुदान लिएर सहकारीमार्फत सञ्चालन हुँदै आएको केन्द्र, आर्थिक रूपमा संकटग्रस्त भएको भन्दै ख्यामराज प्रधानलाई प्रशोधन केन्द्र बिक्री गरिएको छ।

सरकारको अनुदानमा सञ्चालित केन्द्र हाल ख्यामराजले चलाउँदै आउनुभएको छ। तर तत्कालीन केन्द्रका अध्यक्ष राजेन्द्र प्रधानलाई सरकारबाट अनुदान लिएर दुरुपयोग गर्दासमेत अहिलेसम्म कारबाही हुन सकेको छैन।

त्यस्तै, झापा अजुर्नधारा ८ मा रहेको पूर्वाध कृषि सहकारी संस्थाले कृषि मन्त्रालयबाट आर्थिक …

कोशीमा कृषि अनुदानको चरम दुरुपयोग, सरकारबाट रकम लिएर अन्यत्रै लगानी, हुँदैन अनुमन र कारबाही
0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग भयावह बन्दै गएको छ। प्रदेशका १३ जिल्लामा डेंगु फैलिए पनि प्रदेश सरकार भने केन्द्रको मुख ताकेर बस्दा अवस्था दिनप्रतिदिन भयावह बन्दै गएको हो। डेंगुको ‘हटस्पट’ धरानमा जेठ दोस्रो सातायता आठ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा हाल साढे चार हजार बढी डेंगुका बिरामी छन्। पछिल्ला दिनमा डेंगु क्रमिक रुपमा अन्य जिल्लामा पनि फैलिएको मन्त्रालयले जनाएको छ। यद्यपि मन्त्रालयले डेंगु फैलिन नदिन ठोस योजना बनाएर अघि बढेको भने पाइँदैन।

मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले गएको दुई सातामा प्रदेशका १४ जिल्ला मध्ये १३ जिल्ला (सोलु) बाहेकका अन्य जिल्लामा डेंगुका बिरामी देखा …

कोशी प्रदेशमा भयावह बन्दै डेंगु, ‘हटस्पट’ बन्यो धरान, दुई महिनामा आठको मृत्यु
0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेश सरकारको आथिर्क वर्ष ०७९–८० मा तालिम,भ्रमण र भत्तामै दुई अर्बभन्दा बढी रकम स्वाहा भएको छ।

तालिम, गोष्ठी र कार्यक्रमका नाममा दुई अर्ब रकम खर्च भएको छ भने बैठक भत्ता, भ्रमण खर्चका नाममा थप १६ करोडभन्दा बढी रकम सिद्धिएको हो। पूर्वमुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले २५ प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको थियो।

गत पुस २४ गते गठन भएको कार्की नेतृत्वको सरकारले माघ २२ को मन्त्री परिषद्को बैठकबाट खर्च कटौती गर्ने निर्णय गदै कर्मचारी तालिम, गोष्ठी, सेमिनार, कार्यशाला, भ्रमण, अन्य भत्ता कार्यक्रमको खर्च कटौती गर्न निर्देशन दिएको थियो। तर सरकारको निर्णयविपरीत तिनै मन्त्रालय र कार्यालयले भने एक वर्षको अवधिमा …

कोशी प्रदेशमा मनलाग्दी रकम निकासा, भ्रमण र भत्तामै दुई अर्ब स्वाहा !
0 comment
0 FacebookTwitterEmail

प्रदेश नम्बर एकको राजधानी समेत रहेको मोरङ जिल्लालाई सुगम जिल्ला मानिन्छ । यही जिल्लाका केही स्थानहरू भने यति पिछडिएका छन् कि यो मोरङ नै हो र भनेर पत्याउन मुस्किल पर्छ ।

मोरङको निर्वाचन क्षेत्र नं १ मा पर्ने केराबारी, मिक्लाजङ गाउँपालिका र लेटाङ नगरपालिकामा पर्ने जिल्लाका उत्तरी क्षेत्रका जनताले अहिलेसम्म राज्य भएको महसुस गर्न सकेका छैनन् ।

तत्कालीन सिंहदेवी पूरै गाविस अहिले केरावारी गाउँपालिका वडा नम्बर २ मा परिणत भएको छ । यसको केन्द्र साविकको केरावारी गाविस कार्यालय हो ।

विषेशगरी केराबारी गाउँपालिका १ र २ नम्बर वडा धनकुटा जिल्लासँग सीमाना जोडिएको विकट पहाडी क्षेत्रमा पर्छ । सिंहदेवीभरि अहिलेसम्म पर्याप्त …

जिल्ला सुगम शिक्षा, स्वास्थ्य र खानेपानी दुर्गम
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved