Home » Archives for ध्रुव भट्टराई/मोरङ
Author

ध्रुव भट्टराई/मोरङ

कोशी प्रदेशको एक वर्षे कार्यकाल अलमलमै बितेको छ। एक वर्ष बिते पनि त्यही अवधिमा बैठक भत्ता बापत भने सांसदहरूले झन्डै १९ लाख रुपैयाँ बुझेका छन्। तर एक वर्षको यो अवधिमा जनसरोकारको एउटा पनि कानुन बनाउन सकेका छैनन्।

दोस्रो कार्यकालको एक वर्षमा आठ वटा विधेयक पारित गरेको कोशी प्रदेशसभा सदस्यले बैठक भत्ता बापत १९ लाख बढी बुझेका हुन्। २०७९ पुस १७ देखि ०८० पुस १७ सम्मको एक वर्षको अवधिमा सभामुख, उपसभामुखसहितका प्रदेश सभा सदस्यहरूले बैठक भत्ता बापत कुल १८ लाख ६६ हजार ५ सय रुपैयाँ बुझेका हुन् ।

कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक ०७९ पौष १७ गते बसेको थियो

0 comment
0 FacebookTwitterEmail

पछिल्लो समय तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा हात्तीको आतङ्क बढेको छ। हात्तीको हुलले गत साउन देखि झापामा ४९, मोरङमा २६, सुनसरीमा ५ र उदयपुरमा १ गरेर ८१ वटा घटना गराइसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। प्रहरीको तथ्याङ्कले १० वर्ष यताकै सबै भन्दा बढी हात्तीको बिजाइँ यी तीन जिल्लामा बढेको देखिएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलका अनुसार– ‘साउन यता सबै भन्दा बढी  झापामा ५४, मोरङमा १६ र सुनसरीमा तीन गरेर ७३ वटा घरमा क्षति पुर्‍याएको छ । उनका अनुसार मोरङमा ८१ र झापामा दुई वटा गोठमा क्षति गरेको छ ।’ त्यसै गरी कृषकले सात बिघा
0 comment
0 FacebookTwitterEmail

‘सिंहदरबार’ शब्दले सङ्घीय सरकारलाई चिनाउँछ । विराटनगर चाहिँ औद्योगिक नगरीको प्रतिविम्ब हो । देशलाई धेरै जना प्रधानमन्त्री दिइसकेको विराटनगर आर्थिक रूपले मात्रै होइन, राजनीतिक रूपमा पनि सिंहदरबारमाथि हस्तक्षेपकारी भूमिका राख्दै आएको सहर हो । तर, अचेल सिंहदरबारसँग विराटनगरको गुनासो छ, हस्तक्षेप छैन । देशको अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको छ । उद्योगी व्यवसायी निराश छन् । विकास आयोजनाको कामले गति लिन नसकेको स्थिति छ । तर, समस्या समाधानमा सरकार निरीह देखिएको छ ।यस्तो समयमा विराटनगरका उद्योगी व्यवसायीहरू के सोचिरहेका छन् ? उनीहरूले सरकारको कामलाई कसरी हेरिरहेका छन् ? बैङ्क र वित्तीय संस्थाबारे उठेका प्रश्नमा विराटनगरका उद्योगीहरूको धारणा के छ ? यसै

0 comment
0 FacebookTwitterEmail

गएको मङ्सिर ५ गते झापा, दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङ हात्तीको आक्रमणमा परी ज्यान गर्‍यो। स्थानीय हम्सेदुम्से  सामुदायिक वनमा दाउरा काट्न गएको बेला हात्तीले तामाङलाई आक्रमण गरेको थियो।

 

मङ्सिर १३ गते राति सुनसरीको इटहरीमा जङ्गली हात्तीको आक्रमणबाट इटहरी–२ का रविन खड्काको मृत्यु भयो। चार कोसे झाडीबाट बस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा खड्कालाई हात्तीले आक्रमण गरेको थियो।

मङ्सिर १८ गते बिहान लेटाङ–३ का ५३ वर्षीय कमल माझीलाई हात्तीले बेलबारी–१०, भाउन्नेमा आक्रमण गर्‍यो। मङ्सिर यता मात्र हात्तीको आक्रमणबाट झापामा २, सुनसरी र मोरङमा १–१ जना गरी ४ जना सर्वसाधारणको मृत्यु भइसकेको छ।

कोसी प्रदेशका झापा, मोरङ …

0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेश लोकसेवा आयोग दरबन्दी अनुसारका कर्मचारी नहुँदा आफैँ समस्यामा परेको छ ।

कोशी प्रदेश भरीका स्थानीय तहमा कर्मचारी भर्ना गर्दै आएको आयोगमा पछिल्लो समय अध्यक्ष विहीन बनेको छ । लोकसेवा आयोगका अध्यक्ष उत्तम भट्टराई उमेर हदका कारण गएको मङ्सिर १८ मा सेवा निवृत्त भएपछि लोकसेवा आयोग अध्यक्ष विहीन बनेको हो ।

योसँगै अयोगमा कर्मचारीको पनि अभाव हुँदा समस्या थप चुलिएको हो ।प्रदेश लोकसेवा आयोगले प्रदेशभरका स्थानीय तह तथा प्रदेश सरकारका लागि कर्मचारी भर्ना गर्ने अधिकार छ तर दरबन्दी अनुसारका कर्मचारी नहुँदा अप्ठ्यारो झेल्दै आएको गुनासो आयोगका कर्मचारीको छ । अहिले स्थानीय तहको कर्मचारी भर्नाका लागि आयोगले कर्मचारी सिफारिस गदै

कर्मचारी नहुँदा कोशी लोकसेवा आयोग आफै समस्यामा
0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेश सरकारले चालु आवदेखि उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट वितरण हुँदै आएको कृषिमा आधारित अनुदानको कार्यक्रम रोकेको छ ।

सरकारले लक्षित वर्गसम्म अनुदानको कार्यक्रमको पहुँच पुग्न नसकेको भन्दै यो वर्षदेखि कृषिमा आधारित अनुदानको कार्यक्रम जिल्लाबाट सञ्चालन गरेको हो । अघिल्ला वर्ष कृषिमा आधारित अनुदानको कार्यक्रम मन्त्रालयबाट नै सञ्चालन गरिएको थियो । 

चालु आवदेखि भने अनुदानमा आधारित कार्यक्रम जिल्ला तोकेर बजेट विनियोजन गरिएकाले सम्बन्धित जिल्लामा रहेका कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रबाट सञ्चालन हुनेछन्।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी लिलाबल्लभ चाँपागाईले किसानलाई बिउ बिजन, उपकरण लगायतका कार्यमा अनुदान दिँदै आए पनि सबै अनुदान लिनेहरू वास्तविक

कोशी प्रदेश सरकारको कृषिमा १६ करोड बढी अनुदान 
0 comment
0 FacebookTwitterEmail
गत ५ भदौमा आफ्नै हजुरबुबाले १४ वर्षीय नातिनीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा प्रहरीले इलामबाट हजुरबुबालाई पक्राउ गर्‍यो। ६५ वर्षीय हजुरबुबाले आफ्नै छोराकी छोरीलाई एक वर्ष यता पटक पटक करणी गर्दै आएको र चार महिनाको गर्भ रहेको स्वास्थ्य जाँचबाट खुलेको थियो ।

विद्यालयमा अध्ययनरत छात्रालाई अस्वाभाविक देखेपछि शिक्षक शिक्षिकाले अनुसन्धान गरेर बालिकामाथि सोधखोज गरेको र बालिकाले आफ्नै हजुरबुवाले आफूमाथि यस्तो कार्य गरेको बताएपछि प्रहरीले हजुरबुबालाई पक्राउ गरेको थियो ।

गएको असारमा इलामकै एक बालिकाको आफ्नै सौतेनी बाबुले बलात्कार गरी गर्भवती बनाएको घटना सार्वजनिक भएको थियो । १२ वर्षकी उक्त बालिकामा तीन महिनाको गर्भ आएपछि उनी बलात्कृत भएको पुष्टि भएको
0 comment
0 FacebookTwitterEmail

आमजनतामा राजनीतिक नेताप्रति तीव्र असन्तोष बढी रहेका बेलामा कोसी प्रदेशका ४१ सांसदले सरकारको फोकटमा दिएको चुलो लिएर आफ्नो पदको गरिमालाई झनै स्खलित गरेका छन्।

गएको साउनमा २१ र त्यसयता थप २० गरी कुल ४१ प्रदेश सांसदले प्रदेश सभा सचिवालयबाट चुलो बुझेर लगेको छन्।प्रदेश सभा सचिवालयको अभिलेश अनुसार चुलो बुझ्नेमा बहालवालादेखि पूर्व मन्त्री,दलका नेता,उपसभामुख समेत रहेका छन्।

दलगत रूपमा हेर्दा शुक्रवारसम्म एमालेका २१, काँग्रेसका ९, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच/पाँच जना र जनता समाजवादी पार्टी एक जनाले विद्युतीय इन्डक्सन) चुलो बुझेका छन्।एकीकृत समाजवादी पार्टीका प्रदेश सांसदले हालसम्म चुलो बुझेको देखिँदैन।

कोसी …

0 comment
0 FacebookTwitterEmail

कोसी प्रदेश सरकारले बजेटमा खेलकुद क्षेत्रलाई उपेक्षा गरेपछि खेलकर्मीहरू निराश देखिएका छन् । खेलकर्मीका अनुसार प्रदेश सरकारले विगतका वर्ष भन्दा चालु आर्थिक वर्षमा खेल क्षेत्रमा न्यून बजेट विनियोजन गरेका बताएका छन् ।

उनीहरूले केही दिन अघि मात्र प्रतिस्थापन विधेयक मार्फत ल्याएको बजेटले खेलकुदलाई पूर्ण रूपमा उपेक्षा र अन्याय गरेको बताएका हुन् ।

‘सरकारले खेललाई बुझ्न सकेन’, कोसी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्लेले भने, ‘खेलकुदका लागि कोसी प्रदेशको भर्खरै पारित भएको बजेटमा खेलकुदको क्षेत्रमा ५ करोड ६१ लाख बजेट छुटाइएको छ । अघिल्लो आर्थिक वर्षमा खेल क्षेत्रमा ९ करोडभन्दा बढी बजेट थियो । यो पनि कटौती गर्ने काम भएको छ

0 comment
0 FacebookTwitterEmail

श्रीमानको दैनिक कुटाइबाट पीडित मोरङ बेलबारीकी एक महिला गएको दसैँ अघि श्रीमानलाई कानुनी कारबाही गर्ने अठोट गरिन् । कारबाहीको लागि उनी उजुरीसहित इलाका प्रहरी प्रहरी कार्यालय बेलबारीमा पुगिन् । उजुरी पछि श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लियो ।

श्रीमानलाई प्रहरी कार्यालयमा देखेपछि उनले टुलुटुलु हेरिरहिन् । केही समय अघिसम्म कारबाही गर्ने अडान लिएकी उनको श्रीमानलाई प्रहरी कार्यालयमा देखेपछि एकाएक मन फेरियो । उनको मनस्थितिमा परिवर्तन आयो र प्रहरीसामु आफ्नो बयान फेरिन् ।

‘श्रीमान्लाई कारबाही नै हुनुपर्छ भनेर उजुरी दिए’, उनले भनिन्,‘प्रहरी अगाडि श्रीमानलाई उभ्याउँदा उहाँका गल्तीहरू सबै बिर्सिएँ, जति गल्ती गरे पनि मन पग्लियो।’ एक छिन अघि कारबाहीको उजुरी लिएर गएकी उनले

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved