मोरङ मिक्लाजुङको मिक्लु खोलामा १ सय मिटरको फरकमा दुईवटा पुल निर्माण गरिएको छ। २८ करोड रुपैयाँ लागत रहेका यी पुल उपयोगिताको हिसाबले एउटै निर्माण गर्दा हुने देखिन्छ। तर यसमा संघ र प्रदेश सरकारका निकायबीच समन्वय भएको देखिँदैन।
मोरडको मिक्लाजुड गाँउपालिका वडा नं ६ मा रहेको मिक्लु खोलामा प्रदेश सरकारले प्रादेशिक सडका लागि ७ करोडको लागतमा पुल निर्माण गरेको छ भने संघले पनि सँगै एक सय मिटर दक्षिणमा मदन भण्डारी सडकका लागि २१ करोड ४८ लाखको लागतमा अर्को पुल निर्माण गरिरहेको छ।
स्थानीय रोहित राई मिक्लु खोलामा दुईवटा पुलको आवश्यकता नरहेको बताउनुहुन्छ। केन्द्र र प्रदेश सरकारको सामान्य समन्वय नहुँदाको परिणति एकै …