Home » Archives for ध्रुव भट्टराई/मोरङ » Page 6
Author

ध्रुव भट्टराई/मोरङ

झापा र मोरङ जिल्लालाई सुगम जिल्लाका रूपमा चिनिन्छ तर यही जिल्लाबासी दक्षिणी भेगका स्थानीय भने एक दशकदेखि रतुवा खोला वार पार गर्दा पैसा तिरिरहेका छन् भन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ। कतिसम्म भने खोला तरेको पैसा तिर्न तयार नहुने हो भने भने झापा र मोरङ आउजाउ गर्न स्थानीयले अझै पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ।

प्रत्येक चुनाव ताका उम्मेदवारले चुनावी मुद्दा बनाइरहेको यो पुल उनीहरूले जितिसकेपछि चटक्कै बिर्सने गरेका छन्, त्यसैले यो पुल सधैं गुमनाम अबस्थामा रहँदै आएको स्थानीयको दुखेसो छ। गौरीगञ्ज र रतुवामाई जोड्ने सडक अभावका कारण त्यस क्षेत्रका मानिसले भारतीय बाटो प्रयोग गर्न बाध्य हुनु परेको हो। स्थानीयलाई …

पुलमा पुग्ने अर्को पुल: रतुवा पुल
0 comment
0 FacebookTwitterEmail

मङ्सिर ४ गतेको निर्वाचनका लागि दलहरू प्रचारमा व्यस्त भइरहदा मोरङ पथरी शनिश्चरे–९ कुसेका ७५ बर्षिया रामबहादुर लिम्बूलाई न चुनावको चटारो छ, न उम्मेदवारप्रति कुनै आशा। विगतका आश्वासन कसैले पनि पुरा नगरेपछि लिम्बुलाई यस पटकको उम्मेदवारको चुनावी मुद्दाले छुन सकेको छैन।

“सधैँका अधुरा आश्वासनले यस क्षेत्रका हामी आजित छौ।” लिम्बू भन्नुहुन्छ, “प्रत्येक चुनावमा हाम्रा समस्या उम्मेदवारका मुद्दा बन्छन्, जितेर गएपछि नेताले आफ्नो प्रतिबद्धता भुल्छन् ,हाम्रो समस्या ज्यू का त्युँ।”

लिम्बूको परिवार कुसेमा २०३५ सालदेखि बसोबास गर्दै आएको छ। तर पनि वर्षेदेखि भोगचलन गर्दै आएको १० कट्ठाको धनीपुर्जा लिम्बुको हातमा छैन। त्यसैले पनि उहाँलाई नेताको भाषण र आश्वासनले छुन छाडेको छ।

सङ्खुवासभाबाट …

चालीस वर्षदेखि आश्वासन, नेता फेरिए तर माग पूरा भएन
0 comment
0 FacebookTwitterEmail

तीन बिघा जग्गामा जुट खेती गरेका मोरङ धनपालथानका देवनारायण मण्डलले लगानीभन्दा कम आम्दानी भएपछि जुट अर्थात् (पटुवा) खेती गर्न छाडेका छन्। मण्डलले जुटको खेतीको विकल्पमा हाल धान खेती गर्दै आएका छन्।

धान उत्पादक कृषक भनेर चिनिने मण्डलले भने, ‘आम्दानीभन्दा लगानी बढी छ, जुट खेती गरेर फाइदा हुँदैन के गर्नु ?’ साविकको नोचा गाविसमा मात्र कम्तिमा १५ बिघा  क्षेत्रफलमा किसानहरूले जुट खेती गर्दै आएका थिए तर अहिले जुटको खेती मासिएर बढीमा तीन, चार बिघामा सीमित भएको मण्डल बताउँछन्।

झापा गौरदहका हरिलाल मण्डल र दिपेन्द्र महतोले पाँच वर्ष अघिसम्म दुई बिगाहा जग्गामा जुट खेती गर्थे तर जुट खेतीबाट फाइदा नभएपछि उनले पनि

पटुवाखेती गर्न छाडिएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरका जुट उद्योग धरासायी
0 comment
0 FacebookTwitterEmail

विराटनगर महानगरपालिका आर्थिक अनुशासन उल्लंघन गर्नेमा अगाडि देखिएको छ। महालेखाको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमा विराटनगरको बेरुजु १ अर्ब ६२ करोड २२ लाख २७ हजार १ सय रूपैयाँ रहेको छ।
प्रतिवेदन अनुसार गत वर्षको बाँकी बेरूजु नै १ अर्ब १६ करोड ७७ लाख ९६ हजार रहेको छ। महालेखापरीक्षकको कार्यालयले आव २०७७–७८ मा गरेको संपरीक्षणबाट थप ६९ करोड ७७ लाख ९१ हजार रूपैयाँ बेरूजु थपिएर कुल बेरूजु रकम साढे १ अर्ब बढी पुगेको हो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरूजु फछ्र्योट गर्ने व्यवस्था रहेको छ। ऐनको दफा ८४ को उपदफा ९२० घ मा बेरूजु फछ्र्योट गर्ने …

अघिल्ला मेयरले बेरुजु थपे अहिलेकाले अस्थायी कर्मचारीको म्याद
0 comment
0 FacebookTwitterEmail

गएको फागुन १२ गते मोरङको लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीय करुणा राईको शव नग्न अवस्थामा लालहिरा सामुदायिक वनभित्र ढुङ्गाले थिचेको अवस्थामा फेला पर्‍यो । सो घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले लेटाङ नगरपालिका–८ का ६४ वर्षे दीपक गिरीलाई पक्राउ गर्‍यो । अन्तत: घटनामा उनी संलग्न भएको खुलासा भयो ।

प्रहरीका अनुसार विद्यालयबाट घर फर्कंदै गरेकी एक्ली बालिकालाई पछ्याएका उनले फकाइ फुल्याई बीच जङ्गलमा पुर्‍याए शारीरिक सम्पर्कका लागि प्रस्ताव गरे । बालिकाले गिरीको प्रस्ताव अस्वीकार गरिन् तर गिरीले बालिकामाथि जबरजस्ती करणी गरे। त्यसपछि बुबालाई भनिदिन्छु भन्दै बालिका त्यहाँबाट भागिन् । अपराध लुकाउने डरले गिरीले बालिकाको घाँटी थिची, मुख थुनी हत्या गरेको प्रहरीसमक्ष …

शहरी क्षेत्रमा बलात्कारका घटना बढी
0 comment
0 FacebookTwitterEmail

सात प्रदेशमध्ये प्रदेश–१ को नामकरण प्रदेशसभाको कार्यकाल सकिँदासम्ममा टुंगिने सम्भावना टरेको छ। प्रदेशसभाको कार्यकाल करिब तीन महिना मात्र बाँकी छ। पछिल्लो समय त नामकरणको विषयमा दलहरूबीच सम्वादहीनताकै अवस्था छ।

प्रदेशको नामकरणका लागि आधा दर्जनभन्दा धेरै नाम पहिचान र भूगोलसँग जोडिएर चर्चामा आए तर तीमध्ये कुन राख्ने भन्ने विषयले भने प्रदेशसभाको बैठकमा प्रवेश हुने मौका अझैसम्म पाउन सकेको छैन।

प्रदेशसभा गठन भएपछि तीन जना मुख्यमन्त्रीले नेतृत्व गरे। पहिलो पटक एमालेबाट शेरधन राई, दोस्रोमा पुन: एमालेबाट भीमप्रसाद आचार्य र तेस्रोमा राजेन्द्र राई। यी तीनै जना मुख्यमन्त्रीले प्रदेश– १ को नामकरण गर्ने भन्दै पदभार सम्हाल्नु भएको हो। नामकरणका सम्बन्धमा  सरकारको भन्दा बढी प्रदेशसभाको

मुख्य मन्त्रीहरूले राजनीतिक लाभका लागि मात्र नामकरणको मुद्दा उठाए: प्रदीपकुमार भण्डारी, सभामुख, प्रदेश १
0 comment
0 FacebookTwitterEmail

मोरङ, पथरी शनिश्चरेका कृष्णबहादुर सिटौलाले विराटनगरकी गीता चौधरीसँग २०६९ सालमा अन्तरजातीय  विवाह गर्नुभयो तर उहाँहरूको दाम्पत्य जीवन १० वर्ष पनि टिक्न सकेन । दुई सन्तानका अभिभावक सिटौला दम्पतीबीच विवाह भएको ६ वर्ष पुग्दा नपुग्दै खटपट सुरु भयो।

कृष्णले गीतालाई घरछेउका छिमेकीको घरमा जाँदा पनि छिमेकीको छोरासँग लागेकी भनेर शङ्का गर्ने र छोराहरूलाई स्याहार नगरेको आरोप लगाउन थाल्नुभयो।

आफूमाथिको आरोप गीतालाई सह्य नभएपछि घर झगडा सुरु भयो। श्रीमान्‌ले दिएको मानसिक तनाव बेहोर्न कठिन भएपछि गीताले गएको चैत १० गते जिल्ला अदालतमा सम्बन्धबिच्छेद (पारपाचुके) सम्बन्धी मुद्दा दर्ता गर्नुभयो । त्यसपछि  घरमा थप कलह बढ्यो । गीता आफ्नो घर त्यागेर विराटनगरस्थित माइती घरमा …

फेरिंदो समाज, बढ्दो पारपाचुके
0 comment
0 FacebookTwitterEmail

मोरङ जिल्लामा रहेका ९ वटा छोटी–भन्सार कार्यालय प्रयोगमा नआउँदा गौचरणमा परिणत भएका छन्। लामो समयदेखि कार्यालय बन्द रहेपछि स्थानीयले कतिपय छोटी भन्सार कार्यालयलाई गाई गोठका रूपमा प्रयोग गर्न थालेका छन्।
सरकारले केही छोटी भन्सार कार्यालय प्रयोगमा ल्याउन नयाँ भवनसमेत बनाएको थियो तर ती भवन पनि प्रयोगमा आउँन सकेका छैनन्।
रानी भन्सार कार्यालयका अनुसार जिल्लामा ९ वटा छोटी भन्सारमध्ये डाइनिया, मायागन्ज छोटी भन्सार सञ्चालनमा छन्। तीनमा पनि एक जना नायवसुब्बा स्तरका कर्मचारी र कार्यालय सहयोगीको भरमा चलेका छन्। डाइनिया छोटी भन्सार कार्यालयबाट नगन्य रूपमा राजस्व असुली हुने गरेको छ। डाइनिया छोटी भन्सार कार्यालय सञ्चालनमा रहे पनि राजस्व असुलीमा यसको योगदान शून्यको …

प्रयोगविहीन छोटी–भन्सार
0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved