१) स्थानीय तहको निर्वाचनको लागि आयोगमा कति वटा दल दर्ता भएका छन्?
– स्थानीय तहको निर्वाचन प्रयोजनको लागि ८० वटा दलले दर्ताको लागि निवेदन दिएका छन् । जबकि निर्वाचन आयोगमा १०३ दल दर्ता छन्।
२) दर्ता भएका दलहरूले कानुन अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेर कागजपत्र बुझाएका छन् ?
– दल दर्ताको लागि परेको निवेदनसहित कागजपत्र कानुन अनुसार पुरा भए नभएको हेर्नको लागि आयोगले तीन–चार दिनको समय छुट्टाएको छ । संविधानको धारा २७१ ले गरेको व्यवस्था अनुसार कागजात पूरा गरेर दल दर्ताको लागि निवेदन दिन सकिने प्रावधान अनुरूप दलहरू आएका छन् । सबै कागजात पुरा भए–नभएको अध्ययन गरेरर आयोगले कति दललाई …
