Home » Archives for February 2022 » Page 2
Monthly Archives

२०७८ फाल्गुन १४, शनिबार १४:२५

कैलालीको घोडाघोडी नगरपालिका–१२ का कोटा, तप्पा, नकफोडुवा, वनवर्षा गाउँका धेरै किसानले व्यक्तिगत ऋणको फन्दामा परेर सबै सम्पत्ति सिध्याएका छन्। अचम्म त, यसरी फन्दामा पारेर जग्गा हडप्नेमध्ये अधिकांश चिनजानकै र आफन्त छन्।

नकफोडुवाका हरिप्रसाद चौधरीलाई ट्याक्टर किन्न र बैंकको ऋण समेत तिर्न पैसा चाहिएपछि उनले आफ्ना ज्वाइँ कृष्णबहादुर चौधरीलाई गुहारे। ज्वाइँ कृष्णबहादुरले मसुरिया गाउँका जग्गा कारोबारी रमेश घिमिरेलाई भेट्टाइदिए। साहु घिमिरेले चाहिएको ऋण दिने तर, जग्गा आफ्नो नाममा पास गरिदिनुपर्ने शर्त राखे। २४ कात्तिक २०७२ मा हरिप्रसादले एक बिघा १६ कट्ठा जग्गा रमेशका नाममा पास गरी २० लाख रुपैयाँ ऋण लिए।

पाँच वर्षसम्ममा ऋण चुक्ता गरी जग्गा फिर्ता लिने शर्त भए …

0 comment
0 FacebookTwitterEmail

माथिल्लो डोल्पामा हिमचितुवाको वासस्थान पत्ता लगाएर तिनीहरूको गर्धनमा रेडियो कलर बाँध्ने एक्सपेडिसन टोलीमा संलग्न युवा अनुसन्धानकर्ता ऋषिराम पौडेलको रेडियो कलर बाँध्ने तरिका र सो अनुसन्धानले वन्यजन्तुको संरक्षणमा कसरी सघाउनेछ भन्ने को वृत्तान्त।

हिमाली क्षेत्र, कञ्चन नदीहरू र हरियाली जंगल डोल्पा जिल्लाका मुख्य विशेषता हुन्। विशाल हिमालयको काखमा अवस्थित डोल्पाको उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्छ। नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो यही जिल्लामा पर्छ। यस क्षेत्रमा हाब्रे (रेड पान्डा), हिमाली ब्वाँसो, नाउर, कस्तुरी मृग र झारलजस्ता विविध प्रकारका र देख्नै मुश्किल पर्ने वन्यजन्तु पाइन्छन्। विरलै देखिने हिमचितुवा समेत आवतजावत गर्ने क्षेत्र हो यो।

सन् २०२१ फेब्रुअरी महिनामा म शे–फोक्सुन्डो राष्ट्रिय …

0 comment
0 FacebookTwitterEmail

नेपालले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पाेरेशन–एमसीसीसँग विद्युत प्रशारण लाइन र सडक मर्मतको लागि लिने भनेको अनुदान सहयोग सम्बन्धी सम्झौता संसदबाट अनुमोदन हुन नसकेर चार वर्षदेखि अगाडि बढ्न सकेको छैन। अहिले सरकार सो सम्झौता संसदबाट अनुमोद गराउन हरसम्भव प्रयत्न गरिरहेको छ। तर, यो विषयमा सत्ता गठबन्धनमा रहेका कम्युनिष्ट पार्टीहरू सहमत छैनन्। यसले यो प्रक्रियालाई जटिल बनाएको छ। यसबारे संसदको तल्लो सदन प्रतिनिधि सभामा राखिएको सैद्धान्तिक बहसको समय तालिका सरेको–सर्‍यै छ। सरकारमै रहेका कतिपय मन्त्रीहरूसमेत यो प्रक्रियामा सामेल नहुन संसदको बैठकलाई छल्दै हिँडेका पनि छन्। यस सम्बन्धी सरकारी प्रस्तावलाई प्रक्रियामा अगाडि बढाउन सभामुखले समेत सहज नेतृत्व दिनुभएको छैन। यो सन्दर्भ एकातिर …

0 comment
0 FacebookTwitterEmail

काठमाडौँ कलंकी खड्कागाउँकी गीता घले रोजगारीका लागि कुवेत गएको पाँच वर्ष भयो तर एकपटक पनि नेपाल फर्किनुभएको छैन। गीतालाई केही समयका लागि नेपाल आएर वृद्ध सासु–ससुरा र ९ वर्षीया छोरी भेट्ने रहर नभएको होइन। स्वदेश फर्कने रहर पालेर बसेकी गीता नेपाल आएपछि फेरि जान नपाइने डरका कारण नेपाल नआउनु भएको हो। लामो समयसम्म पनि आमा घर नआएपछि नेपालमा छोरी निराश बनेकी छिन्, उनी न त पढ्न मन गर्छिन् न त हाँस्न खेल्न नै। उता गीताका श्रीमान छविलाल पनि आफ्नी श्रीमती उतै अड्किएपछि चिन्तैचिन्ताले बेसुर जस्तै हुनुभएको छ। छविलालको भनाई छ– ‘श्रीमती कहिले आउली भनेर कुर्दाकुर्दै पाँच वर्ष वित्यो, फेरि फर्कन …

0 comment
0 FacebookTwitterEmail

म बेल्जियममा एउटा रेष्टुरेन्ट चलाउँथे। झण्डै १५ वर्ष नै काम गरेँ मैले त्यहाँ। छोराछोरी त्यहीँ हुर्किए र आ–आफ्ना काममा लागे। त्यसअघि मलाई आफ्ना बारेमा सोच्ने फूर्सद नै थिएन। त्यसपछि मात्र मैले आफ्नो बारेमा सोच्न थालेँ, अनि आफ्नो मातृभूमिका बारेमा पनि सोचेँ मैले, भावुक पनि भइयो होला। तर देशका लागि केही गरौँ भन्ने मनमा आयो र बेल्जियममा आफूले चलाइरहेको रेष्टुरेन्ट बेचेर एक दिन म नेपाल फर्किएँ।

नेपाल आएर म पोखरा महानगरपालिका वडा नम्वर २७ को रिठेपानीमा आयु अर्गानिक एग्रो प्रा.लि. नामक संस्था खोलेर काम गर्न थालेँ। विदेशमा गर्ने मेहनत स्वदेशमा गर्न सके आर्थिक रूपमा पनि फाइदा हुने अनि देशका …

0 comment
0 FacebookTwitterEmail

आजकल देशमा एमसीसीबारे ठुलो विवाद चर्किएको छ। एकातिर एमसीसीका समर्थकहरूले यसलाई एउटा साधारण आर्थिक सम्झौता सम्झेका छन् भने अर्कोतिर यसका विरोधीहरूले यसलाई देशद्रोहको संज्ञा दिएका छन्। हुन त नेपालमा आजसम्म कसैले देशद्रोहको आरोपमा सजाय भोग्नु परेको छैन। तर भविष्यमा पनि यस्तै स्थिति रहिरहला भत्र भने सकित्र। देशद्रोहबाट देश र जनताको हालत के हुन्छ भनेर कसैले कल्पना गर्न सक्दैन। देशद्रोहको कारण के सम्म हुन सक्छ भनेर छिमेकी भारतको एउटा घट्नालाई सम्झे पुग्छ।

भारतमा ल्पासीको युद्ध सन् १७५७ मा भएको थियो। त्यस युद्धमा ईष्ट–इन्डिया कम्पनीको जीत भएको थियो। यो जीतले नै अंग्रेजले पूरा भारतमा २०० वर्ष सम्म आधिपत्य जमाउन सकेको विश्वास गरिन्छ। …

0 comment
0 FacebookTwitterEmail

स्थापना भएको चार वर्ष पूरा भइसक्दा पनि प्रादेशिक सरकार सञ्चालनका लागि आवश्यक पर्ने ऐन–कानून बनाउन नसक्नुको पीडामा छटपटाएको छ, बागमती प्रदेशसभा।

यो चार वर्षको अवधिमा प्रदेशसभाले आफैँ पहिचान गरेका ९९ ऐनहरूमध्ये केवल ६१ ऐन तयार भएको छ जसमध्ये ११ ऐन पुरानै संशोधन गरिएका हुन्।

त्यसै पनि राजनीतिक खिचातानी, सरकार परिवर्तन र कोरोना भाइरस आदि विविध कारणले ऐन बनाउने कामले शुरूदेखि नै गति लिन सकेको थिएन। तर अहिले आएर पनि ऐन बनाउने काम प्रदेशसभाको प्राथमिकतामा पर्न नसक्दा त्यसमा झन् ढिलाई भइरहेको छ।

अहिले बागमती प्रदेशसभा बैठक नेकपा एमालेको अवरोधका कारण आधा दर्जन विधेयक त्यसै थन्किएर बसेका छन्। पहिचान भइसकेका …

0 comment
0 FacebookTwitterEmail

अमेरिकामा उमेर पुगेका प्रत्येक बालबालिकाहरूलाई तिनका अभिभावकले नजिकैको सामुदायिक विद्यालयमा पढाउनु पर्ने अनिवार्यता कानूनले नै गरेको छ । यस्ता सामुदायिक विद्यालयहरूमा निःशुल्क बस सेवा, निःशुल्क वा अभिभावकको आर्थिक अवस्था अनुसार तोकिएको नाम मात्रको शुल्कमा दिवा खानाको व्यवस्था समेत गरिएको हुन्छ ।
नेपालसँग तुलना गर्ने हो भने अमेरिकी शिक्षा पद्धति एकदमै भिन्न छ । अमेरिकामा विद्यालय तहदेखि नै व्यवहारिक शिक्षालाई पहिलो प्राथमिकतामा राखेर शिक्षा प्रदान गरिन्छ । त्यहाँका सामुदायिक स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरूले आफ्ना पुस्तकहरू घर ल्याउँदैनन्, स्कुल मै रहेको निजी “लकर“ मा राख्ने गर्दछन् । लकरमा आफ्नो पुस्तक र कापीहरू राखेर हलुका उनीहरू हुँदै घर फर्कन्छन् । आफूलाई आवश्यक परेका …

0 comment
0 FacebookTwitterEmail

अहिले काठमाडौँ लगायत नेपालका मुख्य बजारमा जताततै प्राङ्गारिक (अर्गानिक) उत्पादनका विज्ञापन गरिएका पसल फैलिएका–फैलियै छन्। यी विज्ञापन तथा आकर्षक प्रचारप्रसार भित्र कति सत्यता लुकेको छ, खास कुरा के हो? के साच्चै तिनले प्राङ्गारिक (अर्गानिक) उत्पादन बेचिरहेका छन् ?

अहिले प्राङ्गारिक (अर्गानिक) व्यापार जुन हिसाबले अगाडि बढिरहेको छ, त्यो गम्भीर अनुसन्धानको विषय भएको छ। सरकारी निकायले यो सबै विषयको खोजिनिति शुरूवातबाट गर्नुपर्ने देखिन्छ किनकि यो विषय सिधै उपभोक्ता ऐनसँग सम्बन्धित छ।

अन्तर्राष्ट्रिय नियमन निकायहरूले बेला बेलामा गर्ने निरिक्षण आफ्नो ठाउँमा छ, त्यो भइरहेको पनि होला। नेपालमा भइरहेको यो विधि कति राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप भएको छ भन्ने विषयमा पनि सरकारको …

0 comment
0 FacebookTwitterEmail

रहरको कुनै सीमा कहाँ हुन्छ र? यो त बस् जागिदिन्छ। कुनै कुराको रहर वा इच्छा गर्नलाई धनी वा गरिब, महिला वा पुरुष, बालक वा वृद्ध, केले छेक्छ होला र? रहर जसलाई पनि लाग्न सक्छ र जुनसुकै कुराको लागि पनि लाग्न सक्छ। कसैको रहर आफ्नो पेशासँग सम्वन्धित हुनसक्लान, कसैको जीवनशैलीसँग सम्वन्धित अथवा कसैको महोत्वकांक्षाका। ठीक यसैको रहर हुनुपर्छ भन्ने पनि त केही छैन।

म सानो छँदा ममा ठ्याक्कै यही बन्छु भन्ने कुनै एक रहर थिएन। जे देख्यो र जे सुन्यो त्यही बन्न मन लाग्थ्यो मलाई, एउटै लयमा मात्र जीवन जीउन चाहँदिन थिएँ कि कतै? दिनहुँ स्कुल आउ–जाउ गर्नु अनि कक्षा चढ्दै …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved