सोसल मिडियाले हाम्रा बालबालिकालाई बर्बाद गरिरहेको छ भन्ने खबरले सञ्चारमाध्यमहरू भरिएको छ। लगातारको अध्ययन पछि अचानक हामीलाई हाम्रा डिजिटल दुनियाँमा मस्त हाम्रा बच्चाहरू सम्भवतः, वा निश्चित रूपमा, शक्तिविहीन, क्याटाटोनिक (निस्कृयता वा बाँकी दुनियाँसँग बोलचाल नगरेका कारण लाग्ने मानसिक रोगका लक्षण) सेलमा परिणत भइरहेको चेतावनी दिइन्छ (त्यो पनि हाम्रै सामाजिक सञ्जालका फिडहरूमा आउँछ)। अनि हामी तिनीहरूका उपकरणहरू तिनीहरूको सैतान औंलाहरूबाट छुट्टाउन कुश्ती खेल्छौ। सामाजिक सञ्जालले बालबालिकालाई निराश बनाइहरहेको छ भनिन्छ। टेक्स्ट म्यासेजले उनीहरूको सञ्चारको कौशललाई नष्ट गरिरहेको छ भनिन्छ। र, अहिले सबैभन्दा पछिल्लो खबरचाहिँ यसले ‘उनीहरूको अल्छिपनालाई हटाउँछ’ भनेर चिन्तित आमाबाबुहरूलाई ढाढस दिने खालको दावी पनि गरिएको छ, तर त्यसको अर्थ …
