फलोअप: यौन हिंसाका आरोपीका पक्षमा शिक्षक संघको विज्ञप्ति

आफ्नै विद्यार्थीलाई यौन हिंसा गरको आरोप लागेका माडी नगरपालिका १ मा रहेको सोमेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक सुरज लामिछानेका पक्षमा नेपाल शिक्षक संघले विज्ञप्ति नै निकालेको छ।

संघका माडी नगरअध्यक्ष विश्वनाथ घिमिरेद्वारा जारी विज्ञप्तिमा “विद्यार्थीलाई सामान्य दुर्वाच्य बोलेको विषयलाई न्यायिक प्रकृयामा लैजानु गलत” रहेको दाबी गरेका हुन्। आइतबार निकालिएको सो विज्ञप्तिमा भनिएको छ – विद्यार्थीले दुर्वाच्य बोलेको भनी लगाएको आरोपमा शिक्षकलाई अपमानित गर्ने दुर्व्यवहार गर्ने कार्य गरियो त्यसको भर्त्सना गर्दछौँ।

यसका साथै विज्ञप्तिमा यौन दुर्व्यवहार गर्ने शिक्षक विरुद्ध न्यायिक प्रकृयामा जाँदा लेखा शिक्षक लामिछानेको सम्मानपूर्वक बाँच्न पाउने हकको हनन भएको दाबी गरेको छ। शिक्षक लामिछानेले कक्षा ९ पढ्ने विद्यार्थीलाई यौन दुर्व्यवहारजन्य शब्दहरू बोलेपछि विद्यार्थीहरुले प्रहरीमा उजुरी दिएका छन्। आइतबार विद्यालयका केही विद्यार्थीसहित पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा बालयौन दुर्व्यवहारको उजुरी दिएकी छन्। आरोपी शिक्षकलाई आइतबार नै नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान थालेको छ। सहमति गरेर गाउँमै घटना सामसुम पार्न आइतबार भएको सर्वपक्षीय छलफलमा पीडित पक्षले सहमति गर्न नमानेपछि प्रहरी कार्यालयमा उजुरी दर्ता भएको हो।

 

सम्बन्धित समाचार: यौन दुर्व्यवहारको घटना मिलाउन सर्वपक्षीय छलफल

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिमा सिलवाल/ चितवन का अन्य पोस्टहरु:
फलोअप: यौन हिंसाका आरोपीका पक्षमा शिक्षक संघको विज्ञप्ति
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link