Home » Archives for April 2022 » Page 3
Monthly Archives

२०७९ वैशाख १३, मंगलवार ०७:१८

नेपाली कांग्रेसको नेतृत्वमा सत्तासीन रहेको ५ दलको गठबन्धनले यसै महिनाको ३० गते हुने स्थानीय तहको चुनाव आफ्नो समूहमा सामेल दलहरूका बीच तालमेल गरी लड्ने निर्णय गरे अनुसार देशभरका ७५३ पालिकाहरू मध्ये अधिकांशमा गठबन्धनका तर्फबाट खडा गरिने साझा उमेदवारहरूको मनोनयनपत्र दाखिल गरेको छ । यसरी कुन कुन पालिकाहरूमा कुन कुन दलबाट उम्मेदवारी दिने भन्ने कुराको टुङ्गो लगाउन सजिलो भने थिएन गठबन्धनका नेताहरूका लागि । ठूलो सकस र निकै कष्टसाध्य कसरतपछि मात्र उनीहरू एउटा टुङ्गोमा पुग्न सकेका थिए । लामो समयको रन्थन-मन्थन पछि गरिएको दलीय भागबन्डाका क्रममा बाँडफाँटको सबैभन्दा ठूलो हिस्सा गठबन्धनको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाको दल नेपाली कांग्रेसले पाएको …

स्थानीय चुनावः ओली निरंकुशता विरुद्ध तालमेल!
0 comment
0 FacebookTwitterEmail

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार साँझ ८:३० बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिएको थियो।

निर्वाचन आयोगका अनुसार उम्मेदवार मध्ये १२ हजार १८१ दलित महिला सदस्य र १३ हजार ५५४ जना महिला सदस्यका लागि उमेदवारी परेको छ।यसैगरी वडाध्यक्षमा २० हजार १७६ जनाले उमेदवारी दिएका छन्।   

महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख पदमा २३ सय ४३ र उपप्रमुख पदमा १४ सय ४५ जनाको उम्मेदवारी परेको छ भने गाउँपालिकाको अध्यक्षको पदमा २४ सय ९७ र उपाध्यक्ष …

देशभर ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता
0 comment
0 FacebookTwitterEmail

एक साताअघि मात्रै चौरासी पूजा सकेका चितवनका पहिलो सभापति कृष्णलाल सापकोटा आज युवाझैं फुर्तिलो देखिनु भयो। उहाँसँगै चितवनका तीन पाका काँग्रेस नेता केन्द्रको प्रचण्डपुत्री रेणु दाहाललाई भरतपुरको मेयरको उम्मेदवार बनाउने निर्णयको विरुद्धमा विगुल फुक्दै बागी उम्मेदवारी दिन आउनु भएको हो।  बागी उम्मेदवारचाहिँ यो चैतमा ६८ वर्ष पुग्नु भएका जगन्नाथ पौडेल हुनुहुन्छ।  उहाँलाई अघि लगाएर पाका कांग्रेसीसहितका नेता कार्यकर्ता चारतारे झण्डा सहित निर्वाचन कार्यालय पुग्नुभयो।र उम्मेदवारी दर्ता गराउनु भयो।

दर्ता सकेपछि कृष्णलाल सापकोटाले भन्नुभयो, “उमेर बुढो भएपनि विवेक बुढो भएको छैन।” भरतपुरमा गठबन्धन भए काँग्रेसले पाउनुपर्ने अडान राख्दै आउनुभएका सापकोटा आफै उम्मेदवार बन्न तयार हुनु भएको थियो।

“मभन्दा कम उमेरका अलि …

चितवनमा तीन पाका काँग्रेसको बिद्रोह, भन्छन्, “उमेर बुढो भएपनि विवेक बुढो भएको छैन”
0 comment
0 FacebookTwitterEmail

बजेट व्यवस्थापनको कमजोरीका कारण  पुँजीगत खर्च गर्न नसक्ने परम्परा यस आर्थिक वर्ष पनि दोहोरिएको छ। यसको अर्थ हो विकास निर्माणका लागि भनी बजेटमै छुट्टाइएको रकम यसपाली पनि खर्च हुन सकेन।

चालु आर्थिक वर्ष सकिन करिब तीन महिना बाँकी हुँदा पुँजीगत शीर्षकमा विनियोजित बजेटको ७१ दशमलव ४४ प्रतिशत रकम खर्च हुनु पर्ने हुन्छ। उक्त रकम खर्च नभएमा ‘फ्रिज’ हुन पुग्छ। चालु आर्थिक वर्षको सोमबार सम्मको अवधिमा २८ दशमलव ५६ प्रतिशत अर्थात् एक खर्ब सात अर्ब ९७ करोड ९४ लाख रुपैयाँ बराबरको पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। यो सँगै विनियोजित बजेटको निकै कम अंश मात्र खर्च हुने परम्परा यस …

बजेट व्यवस्थापनको कमजोरीः नौ महिनामा करिब २८ प्रतिशत मात्र विकास खर्च
0 comment
0 FacebookTwitterEmail

विश्व फुटबलमा युरोपियन गोल्डेनबुटको महत्वपूर्ण स्थान छ।हरेक वर्ष युरोपेली देशका टप डिभिजन लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेनबुटद्वारा सम्मानित गरिने गरिन्छ।यस वर्ष पनि युरोपको लिग सिजन अन्त्यतिर आइपुगेको छ।केही देशहरूमा लिग च्याम्पियनको छिनोफानो भइसकेको छ भने अबको दुई–तीन हप्ताभित्रमा बाँकी लिगहरूको पनि विजेताको निर्णय भइसक्नेछ।

यो सिजन पनि गाल्डेनबुटको रेसमा गत वर्षका विजेता जर्मन क्लब बार्यन म्युनिकका फरवार्ड रोवर्ट लोवान्डोस्की सबैभन्दा अगाडि छन्।पछिल्लो सिजन ४१ गोल गरेर पहिलोपल्ट गोल्डेनबुट जितेका लेवान्डोस्कीले चालू सिजन ३३ गोल गरिसकेका छन्।सर्वियाको रेडस्टार बेलग्रेडका नर्वेजियन फरवार्ड ओही ओमोहुवान्फोले पनि यो सिजन ३३ गोल गर्दै गोल्डेनबुटमा आफ्नो बलियो दावेदारी प्रस्तुत गरेका छन्।

यस लेखमा गोल्डेनबुट सम्बन्धी …

युरोपियन गोल्डेनबुट : केही तथ्य, केही जानकारी
0 comment
0 FacebookTwitterEmail
  • “हाम्रा जनप्रतिनिधिहरूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्।”
  • “हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारवाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्नेछन्।”

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय निर्वाचनका सन्दर्भमा यो साता जारी गरेको संकल्पका दुई बुँदा हो यो।

अब एमालेको घोषणापत्र हेरौं। यसको पृष्ठ ४५, बुँदा ७ मा भनिएको छ -“हाम्रा जनप्रतिनिधिहरूले सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्‍याउन अग्रणी भूमिका खेल्ने छन्।”

उपाध्यक्ष पौडेल त बालुवाटारको जमिन हडपेकोमा प्रसिद्ध हुनुहुन्छ नै। यही नेर जोडिने अर्को काण्ड हो- सरकारी निकाय नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण (रिसोर्ट) को २८ सय रोपनी जमिन। …

एमालेको संकल्प, घोषणापत्र, यति र कानुन नै बनाएर गरिएको भ्रष्टाचार
0 comment
0 FacebookTwitterEmail

नेपालको राजनीतिमा यतिबेला केपी ओलीको विरोधमा सबै उत्रिएका छन्। सत्तारुढ गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका समग्र नेताको विरोधको तारो स्वाभाविक रूपमा केपी ओली नै हुनुहुन्छ। ओलीको यति चर्को विरोधले केपी ओलीलाई बेफाइदा भएको छ त? पक्कै छैन्, यो विरोधबाट त ओलीलाई नाफै छ।भारतका छापा तथा टिभी पत्रकार, लेखक तथा टक शो होस्ट वीर सांघवीले यो आलेखमा कुनै व्यक्तिको चर्को विरोधले त्यही व्यक्तिलाई कसरी फाइदा पुग्छ भनेर इन्दिरा गान्धी र नरेन्द्र मोदीको उदाहरण दिनुभएको छ।

तपाईंको उमेर इन्दिरा गान्धीलाई सम्झने खालको छ भने, तपाईंलाई इन्दिराको एउटा प्रसिद्ध घोषणा याद होला- ‘म भन्छु गरीबी हटाऔ, उनीहरू भन्छन् इन्दिरा …

नरेन्द्र मोदी नयाँ इन्दिरा गान्धी
0 comment
0 FacebookTwitterEmail

यतिबेला काठमाडौँका मूल सडकका छेउमा जाकाराण्डा फूलेर शहरनै झलमल भएको छ। तस्बिरः प्रमोद भट्टराई

जाकाराण्डाले झलमल काठमाडौँजाकाराण्डाले झलमल काठमाडौँ
0 comment
0 FacebookTwitterEmail

लेन्ससँग १–१ गोलको बराबरीमा रोकिए पनि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग वानको उपाधि जित्न सफल भएको छ।पछिल्ला दश वर्षमा पीएसजीले जितेको यो आठौँ लिग उपाधि हो।यो पीएसजीले जितेको दशौँ लिग उपाधि हो ।

यो उपाधिसँगै पीएसजीले धेरैपटक लिग उपाधि जित्ने किर्तिमानलाई समेत बराबरी गरेको छ।सन् १९३५ देखि २००९ बिचको अवधिमा एएस सेन्ट इटेनी र ओलम्पिक लियोनले सर्वाधिक १०–१० पटक फ्रेन्च लिगको उपाधि जितेका थिए।

गए राति सम्पन्न खेलमा पीएसजीका लागि लियोनल मेसीले ६८ औँ मिनेटमा सनसनीपूर्ण गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।तर खेलको अन्त्यतिर लेन्सका कोरेन्टिन जिनले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए।बराबरी पछि लिगमा पीएसजीको ३४ खेलबाट …

पीएसजीलाई लिग वान, बार्यनलाई बुन्डेसलिगा, मेसीलाई ३९औँ उपाधि
0 comment
0 FacebookTwitterEmail

विभिन्न क्षेत्रमा अब्बल दर्जाको कार्यसम्पादन गरी आफ्नो प्रतिनिधित्व बढाउँदै लगेका महिलाहरू निजामती सेवामा पनि आफ्नो कृयाशीलता बढाएर पहुँच विस्तारमा लागेका छन् । यतिखेर स्थानीय तहको चुनावलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रक्रियामा कर्मचारीहरू पनि जुटेका छन् । निर्वाचन आयोगले जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई २९ चैतदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरेसँगै कर्मचारीको व्यस्तता बढेको छ । यसै सिलसिलामा महिला कर्मचारीहरू पनि आफूलाई तोकिएको निर्वाचन केन्द्रमा पुगेर आफ्नो कार्यक्षमता प्रदर्शन गर्ने तयारीमा छन् । निर्वाचन आायोगले निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी दिएर राजपत्रांकित श्रेणीका धेरै महिला कर्मचारीलाई निर्वाचन अधिकृतका रूपमा खटाएको छ । …

निजामती सेवामा मिनाः पहिलो महिला वाणिज्य प्रतिनिधि
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved