Home » Archives for April 2022 » Page 4
Monthly Archives

२०७९ वैशाख ९, शुक्रबार १६:२३

इंग्लिश प्रिमियर लिगअन्तर्गत गत आइतबार सम्पन्न म्यानचेस्टर युनाइटेड र लिभरपुल बीचको खेल अहिले चर्चामा छ।त्यो चर्चाका पछाडि केही सुखद पक्ष छन् त केही दुःखद।एकातिर त्यो खेल भावना र मानवीय संवेदनाको उत्कृष्ट उदाहरण बन्न पुगेको छ भने अर्कोतिर त्यही खेलले खेलभावना माथि ठूलो आघात पुर्‍याएको छ।

लिभरपुलको गृहमैदान एनफिल्डमा खेलिएको सो खेलमा घरेलु टोलीले म्यानचेष्टर युनाइटेडलाई ४–० गोलअन्तरले पराजित गरेको थियो।अघिल्लो खेलमा बर्नलीविरुद्ध ह्याट्रिक गरेका म्यानचेष्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो लिभरपुलविरुद्धको खेलमा अनुपस्थित थिए।

त्यस खेलको ठीक अघिल्लो दिन रोनाल्डोको नवजात शिशुको दुःखद निधन भएका कारण उनी आफ्नो परिवारको साथमा थिए।उनकी पत्नीले जन्म दिएका जुम्ल्याहा सन्तानमध्ये छोराको जन्मने बित्तिकै निधन …

‘म्यानचेष्टर युनाइटेड विरुद्ध लिभरपुलको खेल’
0 comment
0 FacebookTwitterEmail

घोषणापत्र छोड्नुहोस् । विकासका कुरा त झन् सबै गफै हुन् । सत्तामोहले आदर्शका कुरा पनि सब बकवास बनाइसक्यो । मौका परे सबैले गर्ने भ्रष्टाचारको त झन् के विरोध गर्नु ? अब त मधेसका मुद्दामा कोही बोल्न चाहँदैनन् । सायद, ती मुद्दा बिक्नै छाडिसके ! त्यसैले यहाँ नयाँ मुद्दा आएको छ– काला जादुको । यो हो ‘वीरगञ्ज राजनीति’ । अर्थात् मधेसको एक मात्र महानरपालिकाको राजनीति ।

उद्योगपति समेत रहेका विजय कुमार सरावगीलाई चुनाव जित्न साम, दाम, दण्डभेदसँगै कालाजादुको प्रयोग गरेको आरोप लागेको छ । यसैलाई विजयका विपक्षीले चुनावी मुद्दा बनाएका छन् ।

तराईमा बढेको प्रचण्ड गर्मीसँगै आर्थिक महानगरमा चुनाव प्रचार प्रसारको …

चुनाव जित्न कालाजादुको प्रयोग
0 comment
0 FacebookTwitterEmail

देश निर्वाचनमय भएको छ । स्थानीय तहबाट सुरु भएको निर्वाचनले प्रदेश र संघ हुँदै राज्यका तीनै तहमा पाँच वर्षको लागि नयाँ नेतृत्व ल्याउन लागेको छ । दलहरूको चुनावी गठबन्धन, भागवण्डा त हरेक वर्ष यसैगरी हुन्छ, हुँदै आएको छ ।

हरेक दलहरूले ठूला–ठूला विषयमा ऐजेण्डा सेट गर्दै आएका छन् । मिठा लाग्ने चुनाबी घोषणाहरू पनि भइरहेका छन्, केही भइसके ।

म चितवनको, त्यो पनि केन्द्रीय राजनीतिक महत्व बोकेको भरतपुर महानगरको बासिन्दा हुँ । गठबन्धनबाट भरतपुर महानगरमा रेणुको नाम फाइनल भएको छ ।

चितवनका कांग्रेस र उनीहरूको गठबन्धनप्रतिको असन्तुष्टिले ल्याएको र ल्याउन सक्ने बाइप्रोडक्टको बारेमा यहाँ छलफल गर्न खोजिएको होइन ।

एउटा …

महिनावारी विभेदः राजनीतिक ऐजेण्डा हुन सक्दैन?
0 comment
0 FacebookTwitterEmail

बाग्मती नेपालको एक मुख्य नदी हो । बागद्वार उद्‍गम स्थल भएको यो नदी काठमाडौंको किनारबाट बग्दछ । चोभारको गल्छीबाट उपत्यका काटेर तराईतिर बग्ने यो नदीलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू पवित्र मान्दछन् ।  यस नदीको किनारमा दाहसंस्कार गर्दा जन्म र मृत्युको बन्धनबाट मुक्त हुनुका साथै मोक्ष समेत प्राप्त हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ । विगत केही वर्षदेखि यस नदीको स्वच्छताका लागि थुप्रै योजना र कार्यक्रम सञ्चालन भए तर  समस्या घट्नुको साटो बढ्दै गएको छ । बढ्दो जनसंख्या‚ अनियन्त्रित शहरीकरण‚ अव्यवस्थित ढल एवम् फोहोरमैलाले शहर झन् प्रदूषित हुँदै आएको छ । नदीको जलमार्ग दिनानुदिन साँघुरिदै गएको छ भने नदीको वहाव पनि …

कस्तो नबनाउने काठमाडौंलाई ?
0 comment
0 FacebookTwitterEmail

काठमाडौं । ठूलो पिँजडा अनि त्यसभित्र एउटा बाँदर।वरिपरि मानिसहरूको भीड छ, कोही मोबाइल लिएर त्यो बाँदरको भिडियो बनाइरहेका छन् त कोही बाँदर नजिकै गएर आफ्नो टाउको झुकाइरहेका छन्।त्यो बाँदर पनि कहिले रिसाझैँ गरी कसैको कपाल जोडले तानिरहेको हुन्छ भने कहिले विस्तारै टाउकोमा हात राखेर आशीर्वाद दिएझैँ गरिरहेको हुन्छ।

यो प्रसङ्ग हो केही समययता सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा भाइरल भएको एउटा बाँदरको । विगत १२ वर्षदेखि पशुपतिको सूर्यघाटमा त्यहाँका भक्तजनहरूले संरक्षण गरेर पालेर राखेको त्यो बाँदर विगत डेढ–दुई महिनायता भने सामाजिक सञ्जालहरूमा एकाएक भाइरल बन्न पुगेको छ।अहिले पशुपतिको सूर्यघाट क्षेत्रमा ‘आशीर्वाद दिने बाँदर’, ‘साक्षात\ भगवान\को रूप’ अनि ‘दैवीशक्ति भएको बाँदर’ लगायतका …

पशुपतिनाथको भाइरल बाँदरको कथा
0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय सूचना आयोगले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा आवश्यक र सही सूचना प्रवाह गर्ने सम्बन्धमा निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दलहरू र सर्वसाधारण नागरिकमा विभिन्न निर्देशन जारी गरेको छ।

सूचना आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी र व्यापक बनाउँदै अधिकतम मतदाता समक्ष पुग्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको छ। त्यस्तै मतदाता शिक्षा प्रचार प्रसारमा बहुसंख्यक नागिरकले बोल्ने मातृभाषाको प्रयोग गर्नगराउन, निर्वाचनसँग सम्बन्धित ऐन, कानून, निर्देशिका, कार्यविधि एवम् आचारसंहिताका बारेमा सम्बन्धित सबै पक्षलाई समयमै सुसूचित गर्नगराउन पनि निर्देशन दिएको छ।

राजनीतिक दलहरूले उम्मेदवार चयन गर्दा लैङ्गिकता र समावेशीकरणलाई आधार मानेका छन्/ छैनन्; निर्वाचनको व्यवस्थापन र सुरक्षाको प्रत्याभूति गरे कि गरेनन्; निर्वाचनमा …

नियमनकारी निकायहरूलाई सक्रिय बनाउन सूचना आयोगको निर्देशन
0 comment
0 FacebookTwitterEmail

डेबिड…सोफिया…लुसी…लक्की… यस्तै नाम लिदा लिदैँ पुच्छर हल्लाउँदै आइपुग्छन्, चाँदनी नजिकै केही कुकुर र बिराला। कसैको शरीरभरि घाउ छ, कसैको खुट्टा छैन, कोहीको शरीर दुब्लो छ, कोहीको भने आँखा नै छैन। यो दृश्य चाँदनीले नै शुरु गर्नुभएको पोखरा स्थित छोरेपाटनमा रहेको चाँदनी एनिमल रेस्क्यू एण्ड केयर सेन्टरको हो। चाँदनीले विभिन्न समयमा समुदायबाट अपहेलनामा परेका, एक्लिएका, दुर्घटनामा परि घाइते भएका कुकुर र बिरालोहरूलाई उद्धार गरि आफ्नै सुरक्षामा उनीहरूको रेखदेख गरिरहनुभएको छ।

२७ वर्षीया चाँदनी थापा मगरको घर कास्की निर्मलपोखरी हो। तर चाँदनीको बसाइँ अहिले यही स्याहार केन्द्रमा छ। आफूले उद्धार गरेर ल्याउनुभएको अरु ९ सामुदायिक कुकुरहरू …

नौ कुकुर, सोह्र बिराला र चाँदनी
0 comment
0 FacebookTwitterEmail

भक्तपुरको घ्याम्पे डाँडाबाट देखिएको सूर्यास्त ।

तस्बिर: प्रमोद भट्टराई

भक्तपुरको घ्याम्पे डाँडाबाट देखिएको सूर्यास्त ।भक्तपुरको घ्याम्पे डाँडाबाट देखिएको सूर्यास्त ।
0 comment
0 FacebookTwitterEmail

नेपालमा निर्वाचनको समय आएको छ। आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने भनिएको छ। सरकारले जसरी निर्वाचनबारे दोहोर्‍याई तेहर्‍याई हुन्छ भनिरहेको छ त्यसमा शंका गर्ने ठाउँ छैन। निर्वाचन भई छाड्ने छ। माओवादी र एकीकृत समाजवादी पार्टीले सकेसम्म यो निर्वाचनलाई पछि धकेल्ने प्रयत्न गरे पनि अहिलेको माहोल हेर्दा निर्वाचन भइ छाड्ने देखिन्छ।

आगामी निर्वाचनले निर्वाचनकै खुट्टा काटिरहेको देखिन थालेको छ। एकातिर एमालेले एक्लै निर्वाचन लड्ने भने पनि त्यसको सूर्य चिन्ह मुन्तिर कमल थापाको राप्रपा नेपालले निर्वाचन लड्ने सहमति भएको बताएको छ। हुन त यो आफैमा नमिल्ने कुरा हो तर नेपालको प्रजातन्त्रमा जे पनि चल्ने हुनाले यो पनि चलिरहेकै छ। ह्रिदेयश त्रिपाठीले

निर्वाचनले निर्वाचनको खुट्टा काट्ने
0 comment
0 FacebookTwitterEmail

प्रितम आचार्यको स्वरमा रहेको आमा गीत आगामी वैशाख ९ गते शुक्रबार सार्वजनिक हुने भएको छ। रङ्गकर्मी सरस्वती अधिकारी, प्रितम आचार्य, रौनक गर्तौला र अभिश्री बस्नेतको अभिनयमा रहेको गीत आगामी शुक्रबार सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ ।

‘आमा गीत अरू गीत भन्दा फरक रहेको छ । किनभने आमा सम्बन्धि बजारमा सयौं गीतहरू बनिएका छन् । प्रायःजसो आमा नभएको वियोगान्त गीतहरू मात्रै रहेको सन्दर्भमा हामीले संयोगान्त आमाकै उपस्थित रहेको गीत बजारमा ल्याउन लागेको,’ आमा गीतका संगीतकार किरण कडेलले बताउनुभयो । गीतमा शब्द रचना रूवि पाण्डेको रहेको छ । गीतको रेकर्ड प्राज्ञ साउन्ड स्टुडियोमा गरिएको हो ।

सन्तोष बस्नेतको निर्देशनमा तयार …

‘आमा’ आउँदै
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved