Home » Archives for April 2022 » Page 2
Monthly Archives

२०७९ वैशाख १५, बिहीबार १४:४०

नेपालमा सरकारी स्वामित्व र नियन्त्रणमा सञ्चालित हुँदै आएका रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर सार्वजनिक प्रसारण सेवाका रुपमा रुपान्तरण गर्ने भनिएको धेरै वर्ष बितिसके पनि हालसम्म यसले मूर्त रुप लिन सकेको छैन। हामी कहाँ सरकारी नियन्त्रणमा रहेका र बजारमा निर्भर निजीक्षेत्रबाट सञ्चालित सञ्चार माध्यमको अभ्यास छ। यससन्दर्भमा सार्वजनिक सञ्चार माध्यमको महत्व र पछिल्ला राजनीतिक चुनौतीहरूबारे बुझ्न आवश्यक छ। यस काममा पब्लिक मिडिया अलाइन्समा प्रकाशित प्रस्तुत समाचार सामग्रीले मदत पुर्‍याउने विश्वास राखेर यहाँ प्रस्तुत गरिएको छ।

फ्रान्स र स्लोभेनियाको संसदीय निर्वाचनको नतिजाले सार्वजनिक प्रसारण सेवा माथि गहिरो प्रभाव पार्न सक्ने देखिएको छ र त्यो प्रभाव अरु देशमा हुने चुनावहरूमा समेत कायम …

चुनाव र सार्वजनिक प्रसारण माध्यम
0 comment
0 FacebookTwitterEmail

नेपालमा निर्वाचनको लहर चलेको छ। स्थानीय नगर र गाउँ स्तरको निर्वाचन भएकाले जनतासित सोझो सम्पर्क भएको छ। स्थानीय तहमा पहिले ७५ निकाय थिए भने अहिले ७७ निकाय भएका छन्। यस तहका निकायहरूमा कुनै विवाद छैन। खाली ती निकायहरूलाई कसरी बलियो र छरितो बनाउने भत्रे मात्र छलफलको विषय भएको छ।

पहिले पहिले यी निकायहरूलाई बलियो बनाउन विकेद्रीकरणको नीति र कार्यक्रमको चर्चा गरिन्थ्यो तर यिनीहरू चाहिने कि नचाहिने भनेर कहिल्यै छलफल गरिएको छैन। न त स्थानीय तहका निकायहरू प्रभावकारी हुनुपर्ने र शक्तिशाली हुनुपर्ने कुरामा कहिल्यै दुई मत भएको छ।

अहिले पनि नेपालको संघीयताको विरोध गर्नेहरू धेरै छन्। यसको मुख्य कारण देश सानो …

गठबन्धन: दलीय प्रतिस्पर्धाको असफलता
0 comment
0 FacebookTwitterEmail

 “साथी” कस्तो मिठो नाता। साथीमा लेखिएका गहकिला भनाई अनि हाम्रा साथीसँगका भोगाइ, अनुभव र सम्झना मिठा- तिता सबैखाले होलान् है? मान्छे एक्लै रमाउन सक्ने प्राणी हो कि आफ्नाहरूको भिडमा? यो फरक मैले आजसम्म छुट्याउन सकेकी छैन। कहिले लाग्छ मान्छे भिडमा साथीसँग रमाउन चाहन्छ कहिले लाग्छ मान्छे एक्लै आफ्नो साथी आफैं भएर रमाउन चाहन्छ। यो फरक समयले बताउला मलाई, यो भिन्नता छुट्टाउने जिम्मा समयलाई नै सुम्पिएँ।

साथी भेटिने कति अवस्था नियोजित हुनेरहेछन् भने कति अवस्था आकस्मिक भेट हुँदा रहेछन्। मैले भने धेरै जसो भेट गराउने अवस्था निर्धारित नै पाएकी छु। जस्तो कि स्कुल, कलेज, अफिस, कुनै निश्चित प्रोजेक्ट आदिइत्यादि। यी सबै

आज तिम्रो नाम भन ल साथी
0 comment
0 FacebookTwitterEmail
पौडीका साधनः काठमाडौँ गर्मी बढेसँगै बेच्न राखिएका बालाजु चक्रपथमा क्षेत्रमा बालबालिकाले पानी भरेर पौडी खेल्न मिल्ने ट्युब।पौडीका साधनः काठमाडौँ गर्मी बढेसँगै बेच्न राखिएका बालाजु चक्रपथमा क्षेत्रमा बालबालिकाले पानी भरेर पौडी खेल्न मिल्ने ट्युब।
0 comment
0 FacebookTwitterEmail

नेपाल दूर सञ्चार प्राधिकरणले २०७९ चैत मसान्तसम्ममा देशको स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने काम ९७.७९ प्रतिशत सम्पन्न भएको जनाएको छ। दूरसञ्चार प्राधिकरणका अनुसार ३४ वटा स्थानीय तहका वडा कार्यालयमा मात्रै इन्टरनेट जडान गर्न बाँकी रहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी देशका सबै स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गरिरहेको छ। यसका लागि प्राधिकरणले ब्रोण्ड ब्याण्ड इन्टरनेट विस्तार परियोजनालाई १८ वटा प्याकेजमा विभाजन गरेको थियो।

ब्रोडब्याण्ड के हो ?

हाइस्पिड इन्टरनेट प्रवाह गर्न सक्ने प्रविधिलाई ब्रोडब्याण्ड भनिन्छ। इन्टरनेट प्रवाह गर्ने विभिन्न प्रविधिहरू मध्ये यसलाई भरपर्दो सेवा मानिन्छ किनभने यसले उच्च गतिमा सहजतापूर्वक डाटा ट्रान्समिसन गर्न सक्छ। यसबाट …

३४ वटा स्थानीय तहका वडा कार्यालयमा मात्र इन्टरनेट जडान गर्न बाँकी
0 comment
0 FacebookTwitterEmail

आसन्न स्थानीय चुनावको लागि उम्मेदवारी दर्ता गराउनेहरू उत्साहजनक रूपले बढे। महिलाहरू पनि लामो समयदेखि प्रमुख पदहरूमा आफ्नो दाबेदारी पेश गर्ने तयारीमा थिए तर उनीहरूको उम्मेदवारी दर्ता भने अपेक्षित हुन सकेन। निर्वाचन आयोगको अनुसार  मंगलबार साँझ सम्म प्राप्त विवरण अनुसार देशभर १ लाख ५०  हजार भन्दा बढिको मनोनयन दर्ता  भएकोमा महिला सदस्यमा २६  हजार ६३ र महिला दलित सदस्यमा २३ हजार ४ सय ७० गरी कूल ४९ हजार ४ सय ३३ महिलाले मनोनयन दर्ता गराएका छन्।

प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराउने महिलाको संख्या अत्यन्तै न्यून छ। महानगरपालिका प्रमुखमा २ जना र उपमहानगरपालिकाको प्रमुखमा ३ जना महिलाको उम्मेदवारी परेको छ। त्यसो

प्रमुख पद मागेका महिलाको उपप्रमुख समेत खोसियो
0 comment
0 FacebookTwitterEmail

बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्वराज जोशीलाई निलम्बन गरेको छ। प्रतिष्ठानबाट अस्पताललाई अलग गर्ने निर्णय गरेपछि प्रा. डा. जोशीलाई निलम्बन गरेको हो।
२०७७ श्रावण १४ गते डोरमणि पौडेल नेतृत्वको सरकारले नियुक्त गरेका जोशीलाई राजेन्द्र पाण्डे नेतृत्वको सरकारले मङ्गलबार निलम्बनको पत्र पठाएको हो।
वर्षका लागि नियुक्त भएका जोशीलाई पटक पटक राजिनामा दिन दबाब दिएपनि उहाँले राजिनामा दिनुभएको थिएन।  मंगलबार दिउँसो मुख्यमन्त्री तथा मन्त्री परिषद्का  सचिव यमलाल भूसालद्वारा हस्ताक्षरित पत्र पठाउदै उपकुलपति जोशीलाई ३ सदस्य छानविन समिति गठन गरि छानविनको रिपोर्ट नबुझाएसम्म लागि निलम्बन गरिएको जनाइएको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताललाई समेटेर

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति निलम्बित
0 comment
0 FacebookTwitterEmail

माडी नगरपालिकाका तीन जना वडाध्यक्षले दोहोरो सुविधा बापतको रकम फिर्ता नगरी कार्यकाल पूरा गर्न लागेका छन्। माडी नगरपालिकाका पाँच वटा वडाका अध्यक्षले राज्यबाट पेन्सन र वडाध्यक्ष दुवैको सुविधा लिएका थिए। तीमध्ये दुई वटाका वडा अध्यक्षले दोहोरो सुविधा बापतको रकम फिर्ता गरिसकेका छन्। तर, तीन जनाले भने कार्यकाल पूरा गर्न लाग्दा पनि सो रकम फिर्ता गरेका छैनन्।

वडा नम्बर २ का अध्यक्ष  ईश्वरी प्रसाद ढकाल, वडा नम्बर ४ का अध्यक्ष चन्द्रदीप महतो र वडा नम्बर ७ का अध्यक्ष बालकृष्ण सापकोटाले अहिलेसम्म दोहोरो सुविधा बापतको रकम फर्काउनु भएको छैन्। उहाँहरूले वडाध्यक्ष वापतको मासिक सुविधा २१ हजार रुपैयाँका दरले लिनुभएको थियो भने पेन्सन

दोहोरो सुविधा लिने माडीका तीन वडाध्यक्ष  
0 comment
0 FacebookTwitterEmail

‘घरमा श्रीमती र कार्यालयमा पिएले जेगरे पनि नेतालाई ठिकै छ’ भन्ने उखानलाई मधेस प्रदेशका मुख्य मन्त्रीले चरितार्थ गरेका छन् । मधेस आन्दोलनका सहिद परिवार बिचल्लीमा परे पनि मुख्यमन्त्री लालबाबु राउत गद्दीले आफन्तलाई उम्मेदवार बनाउनुभएको छ । पर्साको स्थानीय निकायबाट मुख्यमन्त्रीले श्रीमती र स्वकीय सचिवलाई उम्मेदवार बनाउनुभएको हो । मुख्यमन्त्री लालबाबु राउत गद्दीको पैत्रिक थलो जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा श्रीमती जुलेखा खातुनले उम्मेदवारी दिनुभएको छ । खातुनले जसपाबाट उम्मेदवारी दिनुभएको हो । मुख्यमन्त्री राउतकी श्रीमती उपाध्यक्षको उम्मेदवार बन्ने हल्ला चलेपछि उपाध्यक्ष बीसमिला खातुन जनता समाजवादी पार्टी (जसपा) पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नुभएको थियो । जगरनाथपुर गाउँपालिकामा मुख्यमन्त्री राउतकी श्रीमती जुलेखा खातुन …

मधेस प्रदेशका मुख्यमन्त्रीकी श्रीमती र स्वकीय सचिव पनि उम्मेदवार
0 comment
0 FacebookTwitterEmail

मधेस आन्दोलनमा सहिद भएकाहरूको बलिदानबाट अगाडि बढेका मधेसी केन्द्रित दलहरूले सहिद परिवारलाई पूरै बिच्चलीमा पारेको आरोप लागेको छ। त्यसमाथि स्थानीय निर्वाचनका क्रममा मधेसी मुद्दालाई बिर्सिएका मात्र होइन मधेस केन्द्रित दलहरूले उम्मेदवार बनाउँदा  टाठाबाठा र पैसावाललाई प्राथमिकता दिएर सहिद परिवारलाई वेवास्ता गरेको आरोप छ। त्‍यसमध्ये एक हुनुहुन्छ– विनिता साह कलवार।

विनिताका पति सोहन साह कलवारको, २०७० सालमा मधेस आन्दोलनका क्रममा वीरगञ्जमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । २०७४ सालको पालिका निर्वाचनमा जसपाबाट वीरगञ्ज महानगपालिकाको वडा नम्बर १६ मा विनिता महिला वडा सदस्यमा निर्वाचित हुनुभएको थियो।

यसपाली सहिद पत्नी विनितालाई मधेसी दलले टिकट नदिएपछि विवेकशील साझा पार्टीको तर्फबाट १६ नम्बर वडाको अध्यक्षमा …

 पाँच वर्षमै मधेसी दलले सहिदलाई बिर्सेको आरोप
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved