Home » Archives for May 2022 » Page 3
Monthly Archives

२०७९ जेष्ठ १४, शनिबार ०५:४२

“महिलाको पदीय मर्यादा र हैसियतलाई हेर्ने दृष्टिकोण फरक छ, संकुचित मानसिकता छ, ” निजामती सेवामा २२ वर्षको अनुभवका आधारमा महिला कर्मचारीका अप्ठ्याराका बारेमा उपसचिव जानुका सुवेदी भन्नुहुन्छ, “नेतृत्वकर्ता, सहकर्मी र सेवाग्राही सबैको व्यवहारमा महिलाको पदीय हैसियत र कार्यकुशलता नहेरी केवल हुलियाबाट अवला महिलाको रूपमा आँकलन गर्ने गरिन्छ।”

यतिबेला जिल्ला समन्वय समिति म्याग्दीमा जिल्ला समन्वय अधिकारीको पदमा कार्यरत जानुका सुवेदी भन्नुहुन्छ, ” पदीय मर्यादा अनुरूप व्यवहार एवं संवाद गर्दा आफ्नो अहम् तथा मर्दाङ्गी घटेको महसुस गर्ने र आफ्नो अवमूल्यन भएको ठान्ने मानसिकता छ। महिलाहरू मध्येमा पनि वाणी, व्यवहार, चरित्र, स्वभाव, सौन्दर्य, व्यक्तित्व आदिको प्रभावले अपेक्षित र उपेक्षित हुने समुह छ। महिलाहरूले …

महिलाको तेहरो भूमिका, मेहनत धेरै, उपलब्धि कमः उपसचिव जानुका सुवेदी
0 comment
0 FacebookTwitterEmail

एउटा रिटमा सर्वोच्च अदालतको पाँच सदस्यीय बृहत् पूर्ण इजलासले सरकारलाई ‘वन ऐन, नियमावली, वातावरणसम्बन्धी कानुन र विधिशास्त्र’ समेतलाई मनन् गरी अन्तर्राष्ट्रिय विमानस्थलको उपयुक्त विकल्पबारे निर्णय गर्न परमादेश दिएपछि फैसलाको पूर्ण पाठ नै नपढी काठमाडौंमा न्यायिक व्यवस्थापनको मापन सर्वोच्चले ग्रे एरिया हिडेको विकासमा पछि पार्ने कदमजस्ता टिप्पणी हुन थालेका छन्। वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मालगायतले दायर गरेको रिटमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको इजलासले दिएको फैसलासँगै निजगढ विमानस्थलसम्बन्धी अहिलेसम्मका सबै प्रक्रिया बदर भएका छन् । साच्चै के हो त निजगढ विमानस्थल? केचाहिँ होइन त? नेपाल वातावरण पत्रकार समूहले केहो वर्ष अगाडी गरेको अनुसन्धानमा यसका सबै …

निजगढ विमानस्थल के हो? के होइन ?
0 comment
0 FacebookTwitterEmail

यार्सागुम्बा संकलनका लागि मनाङ आएको हो। लेकमा बसेको साढे एक महिना भयो। यार्सा ठेकेदारले लिने र चार जनाको लागि साढे चार लाख खर्च गरेको छ’, तामाङले भन्नुभयो- ‘पिसको चार सयमा ठेकेदारले लिन्छ । पुर्जी र रासनको खर्च पुग्ने गरी संकलन गरेको छु। गतवर्ष भने घाटा भएको  थियो।’

 

मनाङ-औषधीजन्य जडिबुटी यार्सागुम्बा संकलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात हुन थालेपछि यार्सागुम्बा संकलनका लागि खर्कमा पुगेका संकलकहरू फर्किएका छन्।

हिमपातले गर्दा यार्सागुम्बा संकलन गर्न सक्ने अवस्था नभएपछि बेसी फर्किएको धादिङका मिलन तामाङले बताउनुभयो। ‘मनाङमा पानी परेपछि भ्राताङ लेकमा हिउँ पर्दा बेसी झरेको हो। यार्सागुम्बा संकलन गर्न नसकेर बेंसीतर्फ फर्र्किएको हो। …

हिमपातका कारण खर्कबाट फर्किए यार्सागुम्बा संकलक
0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ को खण्ड (ङ) बमोजिम  एक आदेश जारी गर्दै स्थानीय तहको कानून निर्माण गर्दा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (३) मा उल्लेख भएका विषयबाहेक अन्य विषय गोप्य नरहने गरी मात्र कानुन निर्माण गर्ने/गराउन भनेको छ। त्यस्तै आयोगले कानुन तथा नीति निर्माण र बजेट तथा कार्यक्रम तर्जुमा गर्दा सर्वसाधारण नागरिकको सहभागिता सुनिश्चित गर्न प्रस्तावित कानुन, नीति, बजेट तथा कार्यक्रमउपर खुला छलफल तथा सुझाव लिने व्यवस्था गर्न भनेको छ।

यसैगरी स्थानीय तहमा रहेका नगर/गाउँसम्म, कार्यपालिका, वडा समितिले गरेका निर्णयहरु तत्काल स्थानीय तहको वेबसाइट, सूचना पाटी, स्थानीय सञ्चार माध्यमलगायतको माध्यम …

स्थानीय तहमा सूचनाको हक कार्यन्वयन गर्न सूचना आयोगको आदेश
0 comment
0 FacebookTwitterEmail

‘भैरहवामा रहेको विशेष आर्थिक क्षेत्रलाई विस्तार गरिने छ’ मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा र संघीय संसद्को संयुक्त बैठकमा उक्त वाक्यांशसहितको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा धेरै सांसदहरूले खुसीले ताली बजाएको दृश्य देखियो। राष्ट्रपति भण्डारीले दुवै सदनको संयुक्त बैठकमा सरकारको आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा भैरहवाको सेजलाई सरकारले प्राथमिकतामा राखेको समेत बताउनुभएको हो।
दुख:का साथ भन्नुपर्छ– ५२ बिगाह क्षेत्रफलमा फैलिएको भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) यतिबेला व्यवस्थापकीय कमजोरीको कारण अस्तव्यस्त भएको छ। त्यहाँ न पर्‍याप्त उद्योग छन् न त भएकै उद्योगले पनि सेजबाट पाउनुपर्ने सुविधासहित सञ्चालन गर्न सकेका छन्।
सेजको कार्यालयमा पर्‍याप्त कर्मचारी छैनन्। सुब्बा …

अस्तव्यस्त सेजः काम कम, चर्चा बढी
0 comment
0 FacebookTwitterEmail

बुद्ध र बौद्ध धर्म–दर्शनका बारेमा आधारभूत जानकारी प्राप्त गरिनसकेका मानिसले गौतम बुद्धलाई पनि साक्षात् देवता नै ठान्छन्। यस्तै बौद्ध धर्म–दर्शनको चर्चामा देवतालगायतका प्रसङ्गहरूलाई पचाउन नसक्ने अर्को वर्ग पनि छ।
बौद्ध धर्मदर्शनको पृष्ठभूमिमा टेकेर भन्नुपर्दा देवता भन्ने नै हुँदैन भन्ने मान्यता र अन्य धर्म सम्प्रदायमा रहेका देवीदेवताजस्तै बौद्ध धर्ममा पनि हुन्छन्, समाजमा सर्वोच्च स्थान राख्छन् भन्ने बुझाइ मिथ्या दृष्टि हो। विरोधाभासपूर्ण देखिएको यो कथ्यलाई छिचोल्न नसक्दा झन् अलमलमा परिने जोखिम छ।
बौद्ध धर्म–दर्शनमा षट्–योनिको कुरा आउँछ। समस्त जीवित प्राणी यिनै षट्योनिमध्ये कुनै न कुनै एउटा योनिमा बाँचिरहेका हुन्छन्। एउटा योनि हो– मनुष्य। यो योनिमा जन्मेर जे जति राम्रा–नराम्रा कामहरू गरिन्छन्, त्यसको …

बौद्ध धर्म–दर्शनमा देवीदेवताको स्थान
0 comment
0 FacebookTwitterEmail

भारतको अतिवादी हिन्दु संगठनराष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस) सदस्यहरू अफगानिस्तान, पाकिस्तान, बंगलादेश, श्रीलंका, म्यानमार, तिब्बत, भुटान, नेपालदेखि अक्साई चीनसम्मको भूभागलाई समेटिएको अखण्ड भारतको नक्सा राख्न थालेका छन्।

नयाँ दिल्ली: राष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस) प्रमुख मोहन भागवतले गत महिना ‘अखण्ड भारत’ को सपना आगामी १० देखि १५ वर्षमा वास्तविकतामा परिणत हुने भनेर गरेको भाषणसँगै  एउटा राजनीतिक तूफान सिर्जना भएको छ।

भागवतले हरिद्वारमा एक सभालाई सम्बोधन गर्दै भन्नुभएको थियो, ‘हाम्रो कार स्टार्ट भयो, ब्रेक बिनाको गाडी छ, एक्सलेटर मात्र छ। जो रोक्न खोज्छन्, तिनीहरू नष्ट हुन्छन्। आउन …

0 comment
0 FacebookTwitterEmail

अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार अहिले नेपालको अर्थतन्त्रमा कुल ऋणको हिस्सा १८ खर्ब नजिक पुगेको छ। यसमा आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) ऋण भार छ। चालु वर्षको समीक्षा अवधिमा यो हिस्सा अरु उकालो लागेको छ। अर्थात् अहिले प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार ५८ हजार रुपैयाँ हाराहारी पुगेको छ। यसको अर्थ वैदेशिक ऋणको हिस्सा मुलुकको कुल गार्हस्थ्य उत्पादनको ४२ प्रतिशत भन्दा माथि छ।
अर्थविद् डाक्टर चन्द्रमणि अधिकारी, अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाल जस्तो आर्थिक चरित्रयुक्त मुलुकले वैदेशिक ऋणभार कुल ग्राहस्थ उत्पादनको ३० प्रतिशतभन्दा माथि जान नहुनेमा सचेत पार्ने गरेको …

ठूला आयोजनामा थेगिनसक्नु वैदेशिक ऋण: अर्थतन्त्र सम्हाल्न कठिन
0 comment
0 FacebookTwitterEmail

सरकारले विशिष्टीकृत सेवाका चिकित्सकको दरबन्दी नखुलाउँदा अधिकांश चिकित्सक विदेशिन वा निजी अस्पतालमा काम गर्न बाध्य भएका छन्। परिणाम–आम नागरिकका लागि जटिल रोगको उपचार दुरुह भएको छ।

नेपालमा अपवाद बाहेक अधिकांश जटिल रोगका विशिष्टीकृत सेवाका लागि दरबन्दी नै छैन। सरकारको यही नीतिका कारण एकातिर विशेषज्ञ जनशक्तिको उत्पादन कम हुँदा नयाँ रोग पहिचान र उपचारमा सकस छ अर्कोतिर, विदेशबाट पढाइ सकेर फर्किएका चिकित्सक फेरि विदेश फर्कन थालेका छन्।

रक्त सञ्चार केन्द्रले रगत संकलन, प्रशोधन, भण्डारण र वितरणको काम गर्छ। तर केन्द्रले गुणस्तर कायम गर्न नसक्दा संक्रमण तथा अंगभंगका घटना भइरहेका छन्।

रक्त सञ्चार केन्द्रको लापरबाहीको कारण ६ असार २०७४ मा थालासेमियाको उपचारका …

0 comment
0 FacebookTwitterEmail

समितिले सरकारको ध्यानाकर्षण गराउँदै  महिला हिंसाविरुद्धको उजुरीलाई उच्च प्राथमिकता दिई द्रुत मार्ग मार्फत शिघ्र न्याय प्राप्त हुने अवस्था सिर्जना गर्न भनेको छ ।

 

 

बलात्कारका घटनामा छोटो हदम्याद भएका कारण धेरै पीडितहरू न्यायबाट बञ्चित रहेको भन्दै अधिकारकर्मीहरूले हदम्यादको  व्यवस्था हटाउनुपर्ने माग गरेका छन् । नेपालमा बलात्कार तथा जबरजस्ती करणीका मुद्दामा हदम्याद तगारो बनेको बारे प्रश्न उठेसँगै  प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले पनि चासो देखाएको छ । सो समितिले सोमबार  नाबालिका र महिलामाथि हुने यौन हिंसा, दुर्व्यवहार, जबरजस्ती करणीजस्ता जघन्य अपराधका घटनामा विद्यमान हदम्यादको कानुनी व्यवस्थापनलाई संशोधन गर्न आवश्यक विधेयक तत्काल संघीय संसदमा पेस गर्न सरकारलाई निर्देशन समेत दिएको …

बलात्कारका घटनामा हदम्याद बन्यो बाधक, सुधारको लागि कस्तो छ तयारी?
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved