Home » Archives for May 2022 » Page 4
Monthly Archives

२०७९ जेष्ठ ११, बुधबार १३:४२

महामारीको समयमा प्रत्येक ३३ घण्टामा १० लाखको दरले थप २६ करोड ३० लाख मानिस गम्भीर गरिबीमा परेका थिए।

सारा विश्व कोभिड–१९ को महामारी र त्यसबाट उत्पन्न आर्थिक संकटसँग लडिरहेको र जीवनका आधारभूत आवश्यकताका लागि पनि संघर्ष गरिरहेको बेलामा विश्वका धनीहरूको आम्दानी झनै बढिरहनु जस्तो विडम्बनाको कुरा के होला?

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले सन् २०२२ मे २३ मा जारी गरेको नयाँ प्रतिवेदनले महामारीको समयमा हरेक ३० घण्टामा एक अर्बपतिको जन्म भएको देखाएको छ। अर्कोतर्फ यस वर्ष हरेक ३३ घण्टामा १० लाख २६ करोड ३३ लाख जनता चरम गरिबीमा पर्ने आशंका छ।

स्विट्जरल्याण्डको डाभोसमा भइरहेको वर्ल्ड इकोनोमिक फोरम शिखर सम्मेलनको मौका छोपेर …

अर्बपतिहरूको लागि वरदान बन्यो महामारीः भोक र गरिबीको बीचमा हरेक ३० घण्टामा एउटा नयाँ अर्बपतिको जन्म: अक्सफाम रिपोर्ट
0 comment
0 FacebookTwitterEmail

ढुवानी र सार्वजनिक यातायातको भाडा बढेसँगै खाद्य सामग्रीको मूल्य पनि अकासिन्छ र त्यसको प्रत्यक्ष असर सर्वसाधारणलाई नै पर्छ । मूल्यवृद्धिले चौतर्फी महँगी बढिरहेको तर त्यतातिर ध्यान नदिएको सरकारले इन्धनको मूल्य बढाएर थप मूल्यवृद्धिको चलखेल गरेको छ ।

—-

 

पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दश रुपैयाँले बढाएको छ । अहिले बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ रहेको छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २०० रुपैयाँले बढेको छ । बजारमा अहिले खाना …

ओहो ! महँगी
0 comment
0 FacebookTwitterEmail

निकुञ्ज भन्छ, बाघ बढेको संकेत

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको हात्ती प्रजनन् केन्द्र सौराहामा माउतेको जागिर सुरु गर्दा रमेशको उमेर २० वर्षको थियो ।  काममा लागेको पाँच महिना मात्रै भएको थियो । गएको वैशाख ६ गते बाघले आक्रमण गर्‍यो। हात्ती चराएर फर्किने क्रममा जंगलबाट बाहिर नै निस्कन पनि पाउनुभएन रमेशले। काम थालेको पाँचै महिनामा जीवन गयो ।
जंगलभित्र काम गर्ने रमेश मात्रै होइनन् । निकुञ्जको मध्यवर्ती क्षेत्रसँग दैनन्दिन जोडिनुपर्ने बाध्यता रहेका व्यक्तिहरू पनि बाघको शिकार हुने गरेका छन् । यही जेठ ८ गते आइतबार भरतपुर महागरपालिका १३ की फूलकुमारी बोटलाई बाघले आक्रमण गर्‍यो ।
मध्य दिउँसो दुई बजे उनी चितवन राष्ट्रिय …

0 comment
0 FacebookTwitterEmail

पहिलो स्थानीय चुनाव जितेर विजयकुमार सरावगी मेयर भएपछि वीरगन्ज महानगरपालिकामा गजबले चलेको हिन्दी फिल्मको डाइलग हो- ‘मेरे पास पैसा है,मै सबको खरिद लुगां’। अहिले यही सम्वादले विजयलाई जिस्काइरहेको छ। चुनावको मुखमा पैसाकै बलमा चुनाव जित्ने घमन्डले माउ पार्टी  परित्याग गरेर एमाले प्रवेश गरे पनि विजयलाई प्रतिस्पर्धी राजेशमान सिह श्रेष्ठले दोबरभन्दा बढी मतले हराएपछि पैसा सबै कुरा हैन भन्ने स्थापित भएको जस्तो देखिन्छ।
जसपाका सिंहले ४६ हजार २ सय १५ मत ल्याउँदा नेकपा एमालेका विजय सरावगीलाई २३ हजार ६ सय ७१ मत परेको छ। सिंह २२ हजार ५ सय ४४ मतान्तरले विजयी हुनुभयो। उपमेयरमा निर्वाचित इम्तियाजले ३० हजार ७८ मत पाउनु …

राजेशमानलाई चाँदी मुकुट, वीरगञ्जमा चलेन नोटको जादु
0 comment
0 FacebookTwitterEmail

नेपालको वर्तमान संविधानअनुसार हरेक ५ वर्षमा स्थानीय तह निर्वाचन हुने प्रावधान बमोजिम २०७४ सालपछि दोस्रो पटक २०७९ वैशाख ३० गते स्थानीय तहका ७५३ वटै तहमा निर्वाचन सम्पन्न भसकेको छ। स्थानीय तहको विकासको लागि पाँच वर्षको योजनासहित धेरै जनप्रतिनिधिहरू निर्वाचित भएका छन्। यो लेख तयार पार्ने वेलासम्म लगभग ७ सय ३० वटा स्थानीय तहको मत परिणाम पनि सार्वजनिक भइसकेको छ।

विगतदेखि राज्यका हरेक तहमा महिलाको सहभागिता र समावेशिताको विषय उठिरहेको छ। स्थानीय तहमा पनि हरेक नीति निर्माणमा र विकासमा महिलालाई समावेशीको आधारमा सहभागिता गराइएको छ। के साँच्चै महिलाको सशक्तिकरणका लागि २०७९ साल वैशाख ३० गतेको स्थानीय तह निर्वाचनले भूमिका खेलेको पाइयो …

स्थानीय तह निर्वाचन २०७९: अझै हावी छ– लैंगिक विभेद र पुरुषवादी सोच
0 comment
0 FacebookTwitterEmail

अभिभावकहरूले माया गरेर दिने वा बालबालिका आफैंले किनेर खाजाको रूपमा खाने चाउचाउ कुरमुरे, सेता पाउरोटी आदि मन्द विष हुन् । यस्ता खानाले ठूला–साना सबै व्यक्तिलाई हानि गर्छ । ससाना बालबालिकाको लागि त झन् खराब हानिकारक छ । किनभने यस्ता चाउचाउ, कुरमुरे आदिमा शरीरलाई चाहिने पौष्टिक तत्त्व प्रोटिन, लौहतत्व, क्याल्सियम केही पाइँदैनन् । त्यसैले यस्तो वस्तु खानाले बालबालिकामा पोषणको कमी हुन्छ ।
यस्तो वस्तु बनाउँदा प्रयोग गरिने मैदाले पनि स्वास्थ्य खराब गर्छ । यस्ता खानेकुरा बनाउन प्रयोग गरिने तेल कम गुणस्तरको र बारम्बार तताइएको हुन्छ। यस्तो तेलले क्यान्सरसमेत हुन सक्छ। त्यसैले बजारका तयारी पाकेट–बन्द खानेकुरा नखानु नै उत्तम हुन्छ ।

पत्रुखाना …

बालबालिकाको खाजा: किन गरिँदैछ बेवास्ता?
0 comment
0 FacebookTwitterEmail

‘चीनले जिम्मा लिएका ठूला आयोजना अघि बढ्न नसक्नुमा नेपालको पनि कमजोरी रहेको छ। हामी कुन सरकारको पालामा भएको कुन सम्झौता भनेर प्रत्येक आयोजनालाई राजनीतिक चस्माले हेर्न थाल्छौं, त्यसैको परिणाम बीआरआई अन्तर्गतका आयोजना अलमलमा परेका छन् र एमसीसी अन्तर्गतका आयोजनालाई पनि हामीले गिजोल्ने काम गर्‍यौं। ठूला आयोजना पूरा हुन समय लाग्छन् तर यसका लागि हामीले हाम्रो आवाश्यकता र प्राथमिकता अनुसार ताकेता गरिरहनुपर्छ। आफैंले लगानी गरेका अथवा कन्ट्याक्टरका रूपमा जिम्मा लिएका आयोजना त उसले समयमै सक्छ तर अनुदान प्रतिबद्धताका आयोजनामा ढिलाइ हुन थालेको छ।’

योजनाविद् डाक्टर जगदिशचन्द्र पोखरेलका माथिका शब्दले नेपालमा चिनियाँ विकास परियोजनाको स्थितिको एउटा पाटो उजागर गर्छ।यसको अर्को पाटो पनि …

कोरोनाको बर्कोभित्र अलमलिएका चिनियाँ विकास परियोजना: बाँकी विश्वलाई नेपालमा रोक्ने रणनीति हो?
0 comment
0 FacebookTwitterEmail
  • प्रविधिमैत्री सेवा बढाउँदै श्रम मन्त्रालय, नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण मार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्था

सरकारले सरकारी सेवा प्रविधिमैत्री बनाउँदै लैजाने चरणमा श्रम स्वीकृति सेवालाई अनलाइन प्रविधिमैत्री बनाएको छ। सरकारी सेवाहरू लिन आउने उपभोक्ता भौतिक उपस्थिति विहीन, रकमविहीन र कागजविहीन बनाउने उद्देश्य अनुरूप सरकारले श्रम स्वीकृति अनलाइन प्रविधिमैत्री बनाएको हो। नयाँ व्यक्तिगत श्रम स्वीकृति अनलाइनमार्फत दिने तयारी सँगै श्रम स्वीकृति प्रविधिमैत्री अर्थात् भौतिक उपस्थिति बिना हुने भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ।

वैदेशिक रोजगार कार्यालय, ताहाचलका प्रमुख रमेश अर्यालका अनुसार, गत शुक्रबारदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत …

वैदेशिक रोजगारीः ठगीबाट जोगिन अनलाइन
0 comment
0 FacebookTwitterEmail

नेपालले तेस्रो मुलुकसँग गर्ने व्यापारमा व्यापक घाटामा छ। चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा कुल वस्तु व्यापार घाटा २८ दशमलव पाँच प्रतिशतले बढेर १३ खर्ब ६ अर्ब नौ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र यो साता सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी चैत महिनासम्मको प्रतिवेदन अनुसार मुलुकले उक्त व्यापार घाटा बेहोरेको हो। राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२ दशमलव पाँच प्रतिशतले बढेको थियो।

चालु आवको पछिल्लो नौ महिनामा निर्यात– आयात अनुपात १० दशमलव नौ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव पाँच प्रतिशत रहेको थियो। राष्ट्र बैंकका अनुसार …

मुलुकको घाटा अर्थतन्त्र:  १४ खर्ब ६६ अर्बको आयात, निर्यात केवल १ खर्ब ६० अर्ब
0 comment
0 FacebookTwitterEmail

हालै सम्पन्न स्थानीय तह ( पालिका ) हरूको चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नराम्रोसँग पराजित भएको छ। देशभरका ७५३ पालिकाहरूका लागि गराइएको मतदानमा यसभन्दा अघि पहिलो नम्बरमा रहेको त्यो दल साबिकमा आफूभन्दा कमजोर हैसियत भएको नेपाली कांग्रेसबाट पछि परेर दोस्रो नम्बरमा धकेलिएको छ। त्यतिमात्र होइन, नेपाली कांग्रेसको नेतृत्वमा बनेको सत्तासीन गठबन्धनका सबै सदस्य दलहरूले जितेका स्थानहरूलाई जोडेर हेर्ने हो भने एमालेले कुल ७५३ स्थानको करिब एक तिहाइ सङ्ख्यामा मात्र जित हासिल गर्न सकेको देखिन्छ।

अहिलेसम्म प्रकाशित र प्रत्याशीहरूले लिएको अग्रतालाई हेर्दा देशका ६ महानगरपालिका र ११ उपमहानगरपालिकाहरूको चुनाव परिणाम एमाले नेतृत्वका लागि चरम हतासाको विषय बन्ने लगभग तय छ …

युवालाई राजनीतिमा आउन पालिका चुनावले दिएको सन्देश
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved