राजपुर नगरपालिकाको कार्यालय, रौतहटका कार्यालय प्रमुख बैंजु ठाकुरलाई राष्ट्रिय सूचना आयोगले जरिवाना गरेको छ । प्रमुख ठाकुरलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम सूचना आयोगका कार्यवाहक प्रमुख सूचना आयुक्त कमला ओली थापा र सूचना आयुक्त रत्नप्रसाद मैनालीको २०७९ असार १३ गतेको इजलाशबाट १०,००० (दश हजार) रुपैयाँ जरिवाना र पुनरावेदकको माग बमोजिमको सूचना उपलब्ध गराउन आदेश जारी गरिएको हो ।
‘आयोगबाट प्राकृतिक न्यायको सिद्धान्तबमोजिम निज कार्यालय प्रमुख बैंजु ठाकुरलाई पटक पटक सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम कारबाही हुने व्यहोराबाट सजग गराउँदा, चेतावनी दिँदा पनि आफ्नो जिम्मेवारी पालनामा पूर्णत: गैर जिम्मेवार देखिएका छन्’, सूचना …
