Home » Archives for June 2022 » Page 2
Monthly Archives

२०७९ असार १४, मंगलवार १३:३८

पोखराका ३१ वर्षीय अमित बराल नेपालका प्रसिद्ध फेसन डिजाइनर हुनुहुन्छ । नेपालका टप मोडलदेखि चलचित्रसम्म धेरैका लागि फेसन डिजाइनरको रूपमा उहाँले काम गर्नुभएको छ । उहाँ यस क्षेत्रमा रमाउनुहुन्छ तर बेलाबखत उहाँमाथि भएका यौन हिंसाका घटनाले उहाँ यस क्षेत्रमा असुरक्षित पनि महसुस गर्नुहुन्छ । फेसन डिजाइनको सुरुवातको समयमा एक चलचित्रको निर्देशकसँगको पहिलो भेटमा हात मिलाउँदा (ह्यान्ड सेक) उहाँले आफ्नो शरीर चिसो भएर आएको महसुस गर्नुभयो । सामान्य हात मिलाइ र त्यस निर्देशकको हात मिलाइमा फरक थियो । निर्देशकले उहाँलाई खराब आशयले हात मिलाएको बरालले महसुस गरेकै कारण प्रतिक्रियाविहीन भएर उहाँ अन्यौलमा पर्नुभयो । बराल भन्नुहुन्छ– “अरुले यो घटना सुन्दा पक्कै …

पुरुष माथिको यौन हिंसा– पत्याउँदैन समाज
0 comment
0 FacebookTwitterEmail

समाचारहरूको तथ्य परीक्षण गरेर आम मानिसलाई गलत समाचार तथा हल्लाबाट जोगाउने काम गर्दै आएको भारतको प्रसिद्ध वेबसाइट अल्ट न्यूजका सहसंस्थापक मोहम्मद जुबैरलाई सोमबार दिल्ली पुलिसले पक्राउ गरेको छ। हिन्दू धार्मिक भावनामा ठेस पुर्‍याएको आरोपमा पक्राउ गरिएको स्रोतले जनाएको छ।

त्यहाँका डिसीपी केपीएस मल्होत्राले गिरफ्तारीको पुष्टि गरेका छन्। डिसीपी केपीएस मल्होत्राले भने, ‘आज पीएस– स्पेशल सेलमा दफा १५३ ए/२९५ ए आईपीसी अन्तर्गत दर्ता भएको मुद्दाको अनुसन्धानका क्रममा पर्याप्त प्रमाण भेटिएपछि मोहम्मद जुबैरलाई पक्राउ गरिएको हो। उनलाई थप अनुसन्धानका लागि म्याजिस्ट्रेटमा पेश गरी थप अनुसन्धान भइरहेको छ।

अल्ट  न्यूजका सहसंस्थापक प्रतीक सिन्हाले ट्वीट गरेर भनेका छन्, “दिल्ली पुलिसको विशेष सेलले सोमबार बिहान …

 सन् २०१८ को ट्विटका आधारमा अल्ट न्यूजका सहसंस्थापक मोहम्मद जुबैर पक्राउ
0 comment
0 FacebookTwitterEmail

एक किशोरीउपर भएको भनिएको बलात्कार छ वर्षपछि आएर खुलासा भयो। बलात्कारको घटना भएको एक वर्षभित्र मुद्दा चलाइसक्नुपर्ने हदम्याद मुलुकी फौजदारी संहिता २०७४ को करणीसम्बन्धी कसुरको परिच्छेदले किटान गरेको छ।हदम्यादका कारण बलात्कारमा मुद्दा नचल्ने भएपछि सरकारले बालयौन दुर्व्यवहारसहितको मानव बेचबिखन तथा ओसारपसारको कसुर बनाएर कथित कसुरदारलाई मुद्दा चलाएको छ र अदालतले पुर्पक्षार्थ थुनामा राखेको छ। एउटा फौजदारी कसुर (बलात्कार) लाई अर्कै कसुर (मानवबेचविखन) बनाएर मुद्दा चलाउनु र पुर्पक्ष गर्नु कति विधिसम्मत संवैधानिक र वैधानिक छ? यो प्रश्नले बृहत्तर बहस माग गरेको छ तर यहाँ उठाउन खोजिएको विषय त्यो होइन। उठान र छलफल गर्न खोजिएको विषय हो- जबरजस्ती करणीजस्ता यौनअपराधका सन्दर्भमा हदम्यादका …

0 comment
0 FacebookTwitterEmail

भारतीय रिजर्व बैंक (आरबीआई) का शीर्ष अधिकारीहरूको एक टोली शुक्रबार अवेर आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाको पछिल्लो अवस्था बुझ्न कोलम्वो पुगेको छ। त्यहाँका प्रधानमन्त्री रनिल विक्रमासिंघेले अर्थव्यवस्था पूर्णरूपमा पतन भएको भन्दै भारतसँग वित्तीय सहयोग मागेपछि स्थानीय आर्थिक स्थिति आकलन गर्न भारत सरकारले विज्ञहरूको टोली कोलम्बो पठाएको हो। श्रीलंकाका प्रधानमन्त्री विक्रमासिंघेले आगामी दिन अझ कष्टकर हुनेभन्दै विश्व समुदायसँग सहयोगको अपिल गरेपछि अमेरिकी ट्रेजरी विभागको विशेष टोली यो साता कोलम्बो आउँदैछ।

चरम आर्थिक अपचलन र मुलुकको अर्थव्यवस्थाले थेग्नै नसक्ने ठूला ठूला परियोजना समयमै पूरा नहुँदा श्रीलंका औपचारिक रूपमा टाट पल्टिइसकेको छ। अहिले त्यहाँ ओखती, इन्धन, बिजुली र खाद्यान्नको चरम अभाव छ। …

0 comment
0 FacebookTwitterEmail

यो वसन्तमा सगरमाथा शिखर आरोहण सम्पन्न गर्नै लाग्दा पर्वतारोहीहरूलाई एउटा नयाँ आकृतिले स्वागत गर्‍यो: वैज्ञानिक उपकरणहरू जडित  सात फिट अग्लो यो आकृति चट्टानी सतहमा राखिएको छ । यो २९,०३२ फिट अग्लो सगरमाथाको शिखरबाट ठाडो १३० फिट मात्र तल पट्टी रहेको छ, जहाँ शिखरको अर्को भाग पट्टी चीनतर्फ समान दूरीमा अर्को मौसम स्टेसन देखिन्छ ।

सगरमाथा चढ्ने दुई लोकप्रिय बाटोमा राखिएको  यो जडान स्वचालित मौसम स्टेसनहरूका दुई नेटवर्कको सबैभन्दा उचाइमा रहेको चौकी पनि हो ।

सगरमाथा भएका कारण त्यहाँ विवाद हुनु कुनै अचम्मको कुरा होइन, यो विवाद पनि त्यति धेरै अगाडिको कुरा होइन, यहाँ कसले गर्व गर्ने भनेर विवाद खडा भयो। …

सगरमाथामा अनुसन्धान स्टेसनः नेपालको रियलटाइम अपलोड, चीनले पनि सूचना देला त?  
0 comment
0 FacebookTwitterEmail

नेपालमा महिलाहरू पनि स्मार्ट‚ स्वतन्त्र र सुरक्षित हुन चाहन्छन्। महिलामैत्री वातावरण चाहन्छन्। त्यसको अर्थ के पनि हो भने हिँडिरहेकी एउटा महिला महिनावारी हुँदा नजिकै रहेको महिलामैत्री शौचालयमा पुग्न सकुन्‌‚ थकाइ लाग्दा थकान मेटाउने सुरक्षित विश्रामालय पाउन सकुन्‌‚ सवारी साधनहरूमा यात्रा गर्दा सुरक्षित सिटमा बस्न पाउन्‌।

महिलाप्रतिको धारणा र उनीहरूलाई गरिने व्यवहारमा राज्यको पहिचान पनि  लुकेको हुन्छ। त्यसकारण ती व्यवहारहरू यस्ता होउन् कि त्यो कम्तिमा दक्षिण एसियामा मात्रै भए पनि उदाहरणीय बन्नसकोस्। महिलाप्रतिको सम्मानजनक व्यवहार देशभरिका धनि तथा गरिब वा जुनसुकै तह र तप्काका महिलाले अनुभूत गर्न सकुन्।

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल महिलाको आरक्षणमा मात्र होइन साँच्चै महिलाको प्रतिनिधिको रूपमा …

कसरी सम्भव होला महिलामैत्री वातावरण?
0 comment
0 FacebookTwitterEmail

नेपालमा इन्धनको एकलौटी कारोबार गर्ने नेपाल आयल निगमले बढ्दो महँगीका कारण उपभोक्ताले आक्रोश पोख्न थालेपछि फेरि खाना पकाउने ग्यासमा दुई रङको सिलिण्डर प्रयोगमा ल्याउने र घरायसी उपभोक्तालाई राहत दिने आश्वासन बाँडेको छ । जबकी यो १० वर्ष अघि नै असफल भएको कार्य योजना हो ।
रुस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र डलरको भाउ बढ्दै गएपछि नेपाल आयल निगमले हरेक साता पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहेको छ । मूल्य घटाउँदा अथवा बढाउँदा भने निगम सञ्चालक समितिले कहिल्यै निगम भित्रको आर्थिक स्थिति सम्बन्धी श्वेत पत्र जारी गर्दैन । विश्व बजारमा तेलको भाउ बढेको र भारतीय आयल कर्पोरेशनले मूल्य बढाएर …

उपभोक्ता झुक्याउने प्रपञ्च: फेरि ग्यासमा दुई थरी मूल्य
0 comment
0 FacebookTwitterEmail

कोलकाता भारत – नेपालका लागि हुने तेस्रो मुलुकबाट हुने आयातको सबै खालका कार्गोका लागि ‘इलेक्ट्रोनिक डाटा इन्टर एक्सचेन्ज’ (इडीआई) अनिवार्य गरिएपछि सहजता आएको छ। ‘इडीआई’ लागू  गर्ने विषयमा एक दशक देखि प्रस्तावित गरिए पनि  औपचारिक रुपमा यसलाई लागू गर्न सकिएको थिएन। अहिले इडीआई पूर्ण रुपमा लागू भएपछि अपेक्षा अनुसार यसले व्यापारलाई सहज बनाउन सघाएको कलकत्ता स्थित नेपालका महावाणिज्यदूत ईश्वरराज पौडेलले बताउनु भयो।
उहाँले आईएनएससँग कुरा गर्दै भारत भएर तेस्रो मुलुकबाट  आयात हुने मालवस्तु भारतका बन्दरगाहबाट रेल वा स्थल मार्ग भएर आउन भारतीय भन्सारले यसमा औपचारिकता पुरा गरेपछि सहजता आएको बताउनु भयो। नेपालको लागि आयातित मालवस्तु भारतीय क्षेत्रबाट स्थानीय बजारमा अवैध …

अनिवार्य ‘इडीआई’ ले तेश्रो मुलुकबाट आयात सहज
0 comment
0 FacebookTwitterEmail

कागजात किर्ते गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका प्रमुख तथा मुद्दा शाखामा कार्यरत नायब सुब्वाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
मालपोत कार्यालय चाबहिलका प्रमुख हिमालयजीबी उपाध्याय र मुद्दा शाखाका नायब सुब्बा चित्र खतिवडा विरुद्ध शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा उजुरी दर्ता भएको हो ।
उजुरीकर्ताका अनुसार मालपोत प्रमुख उपाध्याय र खतिवडा मिलेर किर्ते कागजात तयार गरी सेवाग्राहीलाई पीडा दिएको र कर्मचारीले घुसबापत रकमसमेत माग गरेको आरोप लगाइएको छ ।
जग्गाधनी ठूलीमाया ठकुरीले बुढानीलकण्ठ नगरपालिका–५ (साविक विष्णु गाविस ८ घ) को कित्ता नम्बर २४८ को २ रोपनी ५ आना जग्गामध्ये १ रोपनी ८ आना जग्गा बिक्री गर्न …

चाबहिलका मालपोत प्रमुखविरुद्ध अख्तियारमा उजुरी
0 comment
0 FacebookTwitterEmail

अङ्ग्रेजीमा एउटा उखान छ– ‘एभ्री इफोर्ट्स काउन्टस्’ अर्थात् हरेक प्रयासले अर्थ राख्छ। यसलाई आधार मान्दा पनि हामी भन्न सक्छौं– हामीले गर्ने कुनै पनि क्रियाकलापको मूल्याङ्कन भइरहेको हुन्छ र त्यसले हाम्रो जीवनमा प्रभाव पारिरहेको हुन्छ। कुन क्रियाकलापले हाम्रो जीवनमा के प्रभाव पारिरहेको छ त्यसको जानकारी प्राप्त गर्न हामी कति सचेत भएर बाँचिरहेका छौं भन्नेमा भरपर्छ।

जीवनमा स–साना अभ्यास वा बानी व्यहोराले पनि ठूलो परिवर्तन ल्याइरहेको हुन्छ। हामीले लगाउने चप्पलजुत्ताले स्वास्थमा खासै केही फरक पर्दैन भन्ने आम नागरिक बुझाइ छ। यो बुझाइ गलत छ। हामीले लगाउने  चप्पलजुत्ताले स्वास्थ्यमा धेरै खालका सकारात्मक र नकरात्मक प्रभाव पारिरहेका हुन्छन्। चप्पलजुत्ता पैताला वा खुट्टालाई सुरक्षा दिने …

गलत जुत्ताचप्पलः बिग्रिन्छ ज्यान
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved