काठमाडौं उपत्यकाको दक्षिण–पश्चिम मातातीर्थक्षेत्रको एउटा डाँडालाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजनाअनुसार केही वर्षअघि काम अगाडि बढाउने क्रममा बुद्धको मूर्ति स्थापना गर्ने भनी चन्दा संकलन गर्न थालियो। कुनै पनि धार्मिक आस्थासँग खासै सरोकार नभएको उक्त समूहले बुद्ध मूर्ति राख्ने सोच बनाउनुको अन्तर्य बुद्धको मूर्ति राख्ने भन्यो भने निर्माण कार्यमा चन्दा उठाउन सजिलो हुन्छ भन्ने मनसाय मात्रै थियो। चन्दा उठायो पनि तर पछि बुद्धको मूर्ति नभएर महादेवको मूर्ति राख्ने सोच बन्यो। बुद्ध वा महादेवको मूर्ति के राख्ने भन्ने सवालमा तिनीहरू दुबै धर्म–दर्शनसँग खासै लगाब राख्नेहरू भने थिएनन्। बुद्ध वा महादेवमध्ये जसको मूर्ति राखे पनि केही फरक नपर्ने सोच राख्ने अर्को समूह …
