नेपालकी एक जना कहलिएकी ‘उद्धारक’ आफ्नो फेसबुकको कभर फोटो फेर्नुभो। त्यसमा उहाँको संस्थामा आश्रय लिइरहेका बालिकाहरूसँगको सामूहिक फोटो छ। क्याप्सन पनि मिठो छ। मन छुने।
तर तस्बिरमा देखिएकाहरू देशभरबाट बलात्कारमा परेका, यौनजन्य हिंसा तथा बाध्यात्मक देहव्यापारमा संलग्न बालिका तथा महिला हुन। बालबालिका बाध्यात्मक देह व्यापार र यौनजन्य हिंसा अन्त्यको लागि भनेर स्थापित प्रतिष्ठित संस्थाले बलात्कारमा परेका, यौनजन्य हिंसा तथा बाध्यात्मक देहव्यापारमा संलग्न बालिकाहरूको अनुहार देखाइदिन मिल्छ र?
कानूनले यौनजन्य हिंसामा परेका बालिकाकाहरूको कानूनी प्रक्रियाका क्रममा पहिचान खोल्न नहुने भनेको छ। सञ्चार माध्यमहरूले पनि पीडितको गोपनीयताको हकको संरक्षणको लागि यौनजन्य हिंसामा परेमा महिला तथा बालबालिकाको पहिचान खोल्दैनन्।
यौनजन्य हिंसाकै पीडितका पुनर्स्थापनाको …
