Home » Archives for September 2022 » Page 3
Monthly Archives

२०७९ आश्विन ९, आईतवार १२:०६

बडादशैं संघारमै आइसकेको छ। सबैको ध्यान यसपालीको दशैं कसरी विशेष बनाउने वा रमाइलोसँग मनाउने भनेर योजना बनाउनमा केन्द्रित छ।

दशैं भनेको उपासनाको पर्व हो। विजय र हर्ष उल्लासको चाड हो। उपासनापछि हरेक व्यक्तिमा नयाँ जोस, जाँगर, उत्साह, ओज र तेजको अवतरण भए मात्र सही अर्थमा उपासना गरिएको सावित हुन्छ।

दशैंको समयमा नयाँ पुस्ताको ध्यान पूजापाठ गर्नेमा भन्दा पनि नयाँ–नयाँ कपडा किन्ने, साथीभाइ तथा आफन्तजनहरू भेट्ने र रमाइलो गर्नेमा केन्द्रित हुने गरेको पाइन्छ। रमाइलो गर्न आम रूपमा स्वादिलो खानपान र मदिरा सेवन गर्ने चलन त छँदैछ। धेरैले दशैंलाई मासु र मदिरा पिउने अवसरका रूपमा समेत पर्खिरहेका हुनसक्छन्। वस्तुत: दशैं मनाउने शैली …

0 comment
0 FacebookTwitterEmail

गुलियो खान मन पर्छ तर डाक्टरले हुँदैन भनेको छ? तपाईँलाई खुशीको खबर छ-  चिनीको प्राकृतिक विकल्प खोजिएको छ तर त्यो बजार आउनका लागि केही समय लाग्ला।  फ्लोरिडा विश्वविद्यालयको इन्स्टिच्युट अफ फूड एण्ड एग्रिकल्चरल साइन्सेसका वैज्ञानिकहरूले पहिलो पटक सुन्तला, अंगूर, सुन्तलाजस्ता सिट्रस (रसदार) फलफूलमा प्राकृतिक मिठास पत्ता लगाएका छन्। यसले खाद्य उद्योगको भविष्य परिवर्तन गर्न सक्छ भन्ने वताइएको छ।

वैज्ञानिकहरूका अनुसार, सिट्रस (अमिलो जातको वा अम्लयुक्त रसदार) फलहरूमा पाइने यी प्राकृतिक तत्वहरूलाई मिठासका लागि चिनीको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ। कार्बोहाइड्रेट भएका फलफूल, तरकारी र अन्न आदिमा चिनी पाइन्छ। हाम्रो शरीरलाई पनि चिनी चाहिन्छ, तर यसप्रतिको धेरै लगाव वा यसको बढी …

खोजियो चिनीको प्राकृतिक विकल्प
0 comment
0 FacebookTwitterEmail

रूपन्देहीमा पछिल्लो दुई तीन महिनायता डेंगुको संक्रमण महामारीका रूपमा फैलिन थालेको छ। सङ्क्रमितको संख्या बढिरहँदा मृत्यु हुनेको संख्या पनि त्यतिकै सङ्ख्यामा बढिरहेको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटाले असोज र कार्तिक महिनासम्म डेंगुको प्रकोप रहने बताउनु भयो।

लुम्बिनीमा साउनयता डेंगु संक्रमणबाट ३ जनाले ज्यान गुमाएको र २ हजार ७ सय ८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य सचिव डा विकास देवकोटाले बताउनु भयो।  उहाँले अझै २ महिना सचेत रहन आग्रह गर्नु भयो ।

अहिले संक्रमणको दर केही घटे पनि डेंगुको प्रकोप रहने भएकाले डेंगु रोगबाट बच्ने उपाय भनेकै लामखुट्टेको टोकाईबाट बच्नु नै हो । मन्त्रालयले महामारी रोग …

0 comment
0 FacebookTwitterEmail

विश्व पर्यटन दिवस लुम्बिनी प्रदेश सरकारले विशेष रुपमा मनाउने भएको छ। पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको अगुवाइमा पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न संघसंस्थाको सहकार्यमा सबैभन्दा बढी पर्यटक भित्रिने रूपन्देहीको स्थल नाका बेलहियामा विशेष कार्यक्रम गर्ने तयारी भइरहेको पर्यटन विकास परिषद लुम्बिनीका कार्यकारी प्रमुख रामु जोशीले बताउनुभयो।

पर्यटनका लागि पुर्नविचार गरौँ (रिथिंङकीङ टुरिज्म) भन्ने अभियानका साथ विश्वभर यस वर्ष सेप्टेम्बर २७ अर्थात आगामी असोज ११ गते  विश्व पर्यटन दिवस मनाउन थालिएको हो। सोही अनुसार लुम्बिनी प्रदेशमा पनि पर्यटक विशेष कार्यक्रम गर्न थालिएको छ।

असोज ११ गतेका दिन स्थल मार्ग हुँदै बढी पर्यटक भित्रिने बेलहिया, अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल भैरहवामा सबैभन्दा …

0 comment
0 FacebookTwitterEmail

‘नब्बे हब्बे न कब्बे’ भन्ने चलन छ नेपाली समाजमा तर एकानब्बे वर्ष लाग्दै गर्दा पनि कलाकार कृष्णगोपाल (केजी) रञ्जित भने कलामा सुन्दरता कप्न मरिहत्ते गरिरहनुभएको छ। सामाखुसी, कपुरधारा छेउमा बस्नुहुने कलाकारलाई यो उमेरसम्म सधैंको व्यस्त बनाउने उही चित्रकारिता हो। ‘काम गरिरहनु नै जीवन बाँच्नु हो’ भन्ने मान्यताका कलाकार हुनुहुन्छ– उहाँ। ‘हिमाल चित्रका बादशाह’ नामले समेत चिनिनुहुने उहाँले हिमालबाहेक अरू अनेकौं विषय र शृङ्खलाहरूमा पनि उत्तिकै आकर्षक चित्र बनाउनुभएको छ।

रञ्जितले आफ्नो सम्पूर्ण जीवन कलामा समर्पण गर्दै आउनुभएको छ। नेपाली कलाक्षेत्रमा उहाँको विशिष्ट पहिचान छ। उहाँको जन्म वि.सं. १९८९ सालमा पोखराको रानीपौवामा भएको हो। आफ्नो बाल्यकाललाई सम्झिँदै उहाँ भन्नुहुन्छ– “सानोमा म …

बर्सेनि आलुबखडा फलिरहे, म बाँचिरहें: कलाकार केजी रञ्जित
0 comment
0 FacebookTwitterEmail

नेपाल वातावरण पत्रकार समूह(नेफेज)को ३७ औं साधारणसभाबाट अध्यक्षमा रोशनी अधिकारी निर्वाचित हुनु भएको छ। रोशनी आईएनएस-स्वतन्त्र समाचारकी स्तम्भकार हुनुहुन्छ।

त्यसैगरी उपाध्यक्षमागोपाल तिवारी, महासचिवमा सविन शर्मा, सचिवमा  प्रगती ढकाल र कोषाध्यक्षमा सोमनाथ लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा टिका बन्दन, अभयराज जोशी, सृष्टि काफ्ले, सुजता कार्की र शैलेन्द्र पोखरेल चुनिनु भएको छ  भने लेखा समिति संयोजकमा  विजयराज पौडेल र  सदस्यहरू  निमेश अधिकारी र शोभा मानन्धर  रहनु भएको नेपाल वातावरण पत्रकार समूहले जनाएको छ ।

0 comment
0 FacebookTwitterEmail

इरानको नैतिकता पुलिसले गत हप्ता एक २२ वर्षीया महिला महसा अमिनीलाई इस्लामिक पोशाकसम्बन्धी कडा कानुनको उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो। हिरासतमा रहेका बेला तीन दिनपछि अमिनीको संदिग्ध परिस्थितिमा मृत्यु भयो, जसका कारण इरानमा व्यापक विरोध प्रदर्शन भइरहेको छ। एक जना महसा मारिएपछि अहिले इरानका सडकमा लाखौं महसाहरू खडा भएका छन्, इरानको कट्टरपन्थी सरकारका विरुद्ध।

यो विरोध प्रदर्शनबाट आत्तिएको सरकारले इन्टरनेट बन्द गर्नुका साथै ह्वाट्सएपलगायतका एप्पिलिकेशनहरू चलाउनमा अवरोध खडा गरेको छ। यसका साथै सरकारको समर्थनमा जुलुसहरू आयोजना गर्न थालेको छ।

इरानमा गत साता प्रहरी हिरासतमा २२ वर्षीया युवतीको मृत्यु भएपछि प्रदर्शनकारी र इरानी सुरक्षा बलबीच भएको झडपमा अहिलेसम्म कम्तीमा पनि …

0 comment
0 FacebookTwitterEmail

काठमाडौंमा ‘हराएको टुकुचा भेटिएको’ भन्ने उदेक लाग्दो समाचारले ३० भदौ (२०७९) देखि झ्याली पिट्यो। हराएको कुरा खोजेर भेटिएको अर्थात् ‘डिस्कभरी’ नै भएजस्तो गरी प्रचारप्रसार गर्ने पारा र सर्वसाधारणमा देखिएको उत्साहलाई झट्ट हेर्दा हाम्रा सञ्चारमाध्यम मात्रै नभएर सबै क्षेत्र सम्पदाका मामिलामा निकै सचेत र अत्यन्तै जागरुक देखिए तर वास्तविकता यस्तो छैन। बरु यसले हामी प्राकृतिक तथा सांस्कृतिक सम्पदाका मामिलामा सामान्य ज्ञान पनि नराख्ने र उदासीन रहने गर्दा रहेछौं भन्ने जनाउँछ। काठमाडौं महानगरपालिकालाई पनि टुकुचाको बारेमा भर्खरै मात्र थाहा भएको कुरा होइन। अतिक्रमित ठाउँका संरचना हटाउन विगतका दिनमा पटक पटक सूचना जारी गर्ने तथा पुनर्निर्माणका लागि बजेट नै छुट्याउने काम नभएको होइन …

0 comment
0 FacebookTwitterEmail

न्यायमा महिलाको पहुँच बढ्दै गएपछि नुवाकोटमा महिलासम्बन्धी मुद्दाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको छ। महिलावादी भएको मुद्दाको संख्या पछिल्लो वर्षहरूमा बढ्दै गएको नुवाकोट जिल्ला अदालतका स्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिनुभयो। महिलावादी भएको मुद्दाको संख्या बढ्नु भनेको अदालतमा महिलाको पहुँच विस्तार हुनु र आफ्नो अधिकारको लागि महिलाहरू सचेत भएको अर्थमा बुझ्न सकिने स्रेस्तेदार खड्काको भनाई छ। ‘यो तथ्यांकले महिलाहरू पनि आफ्नो अधिकारको खोजी गर्न, अधिकार हनन भएको सहन नसक्ने भएका छन्। आफ्नो हक खोज्न सक्ने भएको भएको देखाउँछ’ स्रेस्तेदार खड्काले भन्नुभयो ‘आफूलाई परेको पिरमर्का, अन्यायको समाधान अर्थात न्याय पाउनको लागि अदालत जान पर्नु भन्ने चेतना महिला बढ्न थालेको रुपमा …

न्यायमा महिलाको बढ्यो पहुँचः नुवाकोट महिलावादी भएका मुद्दा बढे
0 comment
0 FacebookTwitterEmail

वायु प्रदुषणलाई हल्का रूपमा लिइरहनु भएको छ भने सावधान हुनुहोस् किनकी कहिल्यै चुरोट बिडी नखाने मानिसमा पनि वायु प्रदुषणका कारण फोक्सोको क्यान्सर हुनसक्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्। नेपालको वायु प्रदूषण स्तर विश्वमै उच्च स्तरमा रहेको र सोही प्रदूषणकै कारण वर्षिक ३० हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ भनेर विश्व बैंकले वताएको केही समयमा नै यो अनुसन्धान सार्वजनिक भएको हो।

वेलायत लन्डनको फ्रान्सिस क्रिक इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनका आधारमा भनेका छन्-फाइन पार्टिकुलेट म्याटर (पीएम) २.५ को प्रदुषित हावाको निरन्तर सम्पर्कमा बस्ने व्यक्तिहरूलाई फोक्सोको क्यान्सर हुन सक्छ। ४० हजार मानिसमा गरिएको यो अनुसन्धानको नतिजा सेप्टेम्बरको दोश्रो साता सार्वजनिक गरिएको थियो …

चुरोट नखानेलाई फोक्सोको क्यान्सर हुनुको कारणः वायु प्रदुषण
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved