Home » Archives for December 2022 » Page 4
Monthly Archives

२०७९ पुष १, शुक्रबार १६:१६

सामान्य  त फिफा विश्वकप र नेपालका बीचमा गोरू बेचेको साइनो पनि हुन्थेन। साइनो खाली टेलिभिजनको सेट अगाडी उभिएर आफ्नो मन परेको देशको समर्थनमा चिच्याउने मात्र हुन्थ्यो। तर यसपाली अलि फरक छ। धेरै नेपालीको रोजगार गन्तव्य कतारमा विश्व कप आयोजना भएको हुनाले पनि यसमा धेरै कुरा जोडिएको छ। पहिलो त पश्चिमा राष्ट्रहरूले कतारलाई घेरिरहेको मुद्दा मानवअधिकारसँग नेपाली कामदार नै जोडिएका छन्।

तर त्यो भन्दा पनि बढी ब्रान्ड कतारलाई विश्व बजारमा स्थापित गर्नमा धेरै नेपालीको भूमिका छ। ती मध्ये एक हुनुहुन्छ सेफ तथा खाद्य अनुसन्धानकर्ता विनोद बराल। पोखरामा जन्मिनु भएका सेफ बरालले कतार विश्वकपमा नेपालको नाम चम्काइरहनु भएको छ।

सन् २०१० मा …

0 comment
0 FacebookTwitterEmail

आधा दशक अघिसम्म नेपाल अन्धकारमय थियो।  तर विगत केही वर्षदेखि नेपालले आफूलाई चाहिने बिजुली मात्र उत्पादन गरेको छैन, बरु निर्यात गर्ने बिजुली समेत उत्पादन गर्दै आएको छ। तर गर्मीमा भने नेपालले भारतबाट बिजुली आयात गर्दै आएको छ,  किनकी नेपालका नदीनालामा सुख्खा याममा जलप्रवाह कम हुन्छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार, नेपालले भारतलाई २०७९ सालको असार मसान्तदेखि भदौ मसान्तसम्म रु ७ अर्ब १९ करोडको विद्युत निर्यात गरेको छ। लोडसेडिङ अन्त्य भएको सुरुका ३ वर्षमा प्राधिकरणले ६५३ मेगावाट विद्युत आयात गरेको भए पनि हाल सुख्खा याममा हुने आयात समेत घट्दै गइरहेको प्राधिकरणका निर्देशक कुलमान घिसिङले सार्वजनिक रुपमा बताउने गर्नुभएको छ।

नेपालका सम्पूर्ण नदिनालालाई

एउटै नदीमा धेरै हाईड्रो- जोखिमको खेती
0 comment
0 FacebookTwitterEmail

वि.सं. २०७२ सालको संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधान जारी पश्चात दोस्रो संघीय र प्रदेश सभाको निर्वाचन हालै सम्पन्न भयो। संयोगले दुवै पटकको निर्वाचन शेरबहादुर सरकारले सम्पन्न गर्‍यो। संविधान कार्यन्वयन भयो तर संविधानको मर्म माथि बारम्बर प्रहार भयो। आम सर्वसाधारण निरास मात्र भएनन्। निर्वाचन मार्फत ठूलो आक्रोश पोखे। त्यो आक्रोशले बालेन प्रवृत्तिको मात्र जन्म होइन चारित्रिक रुपमा वा कानुन मिच्ने व्यक्तिहरूको समेत जन्म भयो। जहाँ राजकाज सम्बन्धित “र” को समेत जानकारी नभएको व्यक्तिहरूको उदय हुन पुग्यो। हुन त संविधानले सबैलाई समान अधिकार प्रदान गरेको छ। नयाँ व्यक्तिहरूको उदय हुनु सकारात्मक पक्ष हो भने ती व्यक्तिको प्रवृत्ति हेर्न बाँकी छ। कतै व्यक्ति र …

बढ्यो संघीयता विरोधी जनमत, नेता नसुध्रिए झनै अप्ठयारो
0 comment
0 FacebookTwitterEmail

कतारमा आफूले भोगेको दुर्व्यवहारको क्षतिपूर्ति पाउनबाट आप्रवासी श्रमिकहरू वञ्चित भइरहेका बेला नेपालका तीन दर्जन नागरिक संघ संस्थाहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई श्रमिकहरूको पीडालाई “बेवास्ता गर्ने कार्य बन्द गर्न” आग्रह गर्दै एउटा खुला पत्र प्रकाशित गरेका छन्।

पारिश्रमिक बिना नै श्रमिकहरू नेपाल फर्कने र मृतक आप्रवासी श्रमिकहरूको शव नियमित रूपमा नेपाल फिर्ता ल्याइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत काठमाडौंका विभिन्न स्थलहरूसँगै एम्नेस्टी इन्टरनेसनलले बिलबोर्डमा उक्त सन्देश देखाएको छ। कतारले सन् २०१८ मा स्थापना गरेको क्षतिपूर्ति कोषमा नेपाल फर्किएका आप्रवासी श्रमिकहरू आफूले भुक्तानी नपाएको तलब कसरी फिर्ता पाउन असफल भए र आफ्ना प्रियजनको मृत्युको कारणको अनुसन्धान नगरिँदा शोकसन्तप्त परिवारले क्षतिपूर्ति पनि किन र कसरी …

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले आज मिति २०७९ मंसिर २८ गते प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज आयोगमा आयोजित पत्रकार भेटघाटमा आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष र प्रदेश सभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम २०७९ मंसिर २९ गते सम्माननीय राष्ट्रपतिज्यूसमक्ष …

0 comment
0 FacebookTwitterEmail

एक दशक देखि सिर्सिया नदीको प्रदुषण नियन्त्रण विभिन्न निकायहरूको लागि चासोको विषय बन्दै आए पनि नदि प्रदुषण नियन्त्रणमा खासै सुधार देखिएको छैन। दुइटै स्थानीय चुनाव, संघ र प्रदेशको चुनावमा ‍ सिर्सिया नदिको प्रदुषण नियन्त्रण महत्वपूर्ण मुद्दा  बनेपनि चुनाव पछि मुद्दा सिर्सियाको फोहोर पानीमा नै बगाइनथ्यो। छठपर्वमा मात्र नदिको प्रदुषण केही हदसम्म उद्योगहरूको स्वेच्छाले नियन्त्रण गर्ने बाहेक सँधै नदी प्रदुषित रुपमा बग्ने गरेको छ। यसका पछाडि  वीरगन्ज पथलैया कोरिडोरका उद्योगहरूले कानुनी प्रावधानलाई लत्याउनु नै हो। सबैजसो उद्योगले फोहोर पानी प्रशोधन संयन्त्र वा वाटर ट्रिटमेण्ट प्लान्ट कागजमा मात्रै चलाउने गरेका छन्।

अहिले आएर सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानलाई वीरगन्ज महानगरपालिकाले स्थानीय प्रशासनको …

0 comment
0 FacebookTwitterEmail

आज मुलुक सामु राजनीतिक र आर्थिक संकट जोडिएर आउन लागेको प्रतीत हुन्छ। संविधान राम्ररी प्रयोगमा नआउँदै यसका प्रावधानहरू उपर चारैतिरबाट आक्रमण हुन थालेका छन्। प्रतिगामी हर्कतहरू सलबलाउँदै छन्। आर्थिक अवस्था अप्ठ्यारो तिर गइरहेको छ। शहरीकरणको प्रवृत्तिले ग्रामीण अर्थतन्त्र कामजोर मात्र होइन, गाउँ रित्तिने क्रम जारी छ। बेरोजगारीको समस्या विकराल बनिरहेको छ। मूल कुरा देशमा निर्यातयोग्य उत्पादनको नितान्त कम छ ।

लोकतन्त्रका प्रमुख संस्थाहरू अत्यन्तै कमजोर अवस्थामा पुगेका छन्। अदालत, अख्तियार, प्रशासनयन्त्र अस्तव्यस्त छन्। राजनीतिक दलहरूप्रतिको जनआस्था अति नै खस्किँदो अवस्थामा पुर्‍याइएको छ। नेतृत्वको विश्वसनियता र प्रभाव समाजमा शून्यप्राय: भएको छ। निराशा, आक्रोश र आवेगलाई हावा भर्ने …

0 comment
0 FacebookTwitterEmail

बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, बुटवलले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटी रूपमा औद्योगिक क्षेत्रको भाडा वृद्धि गरेको भन्दै भाडा वृद्धि खारेजीको माग गर्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन्।

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तरगत आइतबार कालो ब्यानरसहित बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ।

कोभिड महामारीका कारण थला परेका उद्योगहरूको प्रवर्द्धनका लागि योजना ल्याउनुको सट्टा सरकारले अव्यवहारिक रूपमा भाडा वृद्धि गर्नु उद्योग विरोधी कार्य भएको भन्दै उनीहरूले यसअघि नै आन्दोलनको घोषणा गरेका थिए।

तालाबन्दी

0 comment
0 FacebookTwitterEmail

सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन नगरेको भन्दै वीरगञ्जमा नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ लगायत किसानहरूले संयुक्त रूपमा आन्दोलन गर्दै विरोध र्‍यालि निकालेका छन्। सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति नगरेको भन्दै किसानहरूले सरकारबिरुद्व आन्दोलन गरेका हुन्।
धानको मूल्य निर्धारण गर्नु स्वागत योग्य भए पनि मङ्सिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रक्रिया शुरु नगरेको कारण किसानहरू व्यापारीलाई सस्तो मूल्यमा बेच्न बाध्य भएको पनि उनीहरूको गुनासो छ। किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष शमरुम राउत गद्दीले नेपाललाई किसानको देश भनिएपनि त्यो भनाइमा मात्र सीमित रहेको गुनासो गर्नुभयो। उहाँले आज मात्रै २५ सय रुपैयाँ क्विन्टलमा आफू …

धानको समर्थन मूल्यको कार्यान्वयन नभएपछि किसान सडकमा
0 comment
0 FacebookTwitterEmail

नेपालको संविधानको धारा ३८ ले महिलाको हक, धारा ४० ले दलितको हक र धारा ४२ (१) ले सामाजिक रूपले पछाडि परेका महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, सीमान्तकृत, मुस्लिम, पिछडा वर्ग, लैङ्गिक तथा यौनिक अल्पंख्यक, युवा किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खसआर्यलाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक सुनिश्चित गरेको छ। यद्दपी राजनीतिमा महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सीमान्तकृत वर्गको सहभागिता र पहुँच अझै पनि अर्थपूर्ण हुन सकेको छैन। विभिन्न तथ्य, स्रोत तथा घटनाहरूले राजनीतिमा लैङ्गिक हिंसा व्याप्त रहेको तथ्यहरू बेलाबेलामा उजागर भइरहन्छन्।

केही वर्षयता सूचना र प्रविधिको …

राजनीतिमा सक्रिय महिला र यौनिक अल्पसंख्यक विरुद्धको लैङ्गिक हिंसा भयावह
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved