अवैधरुपमा ओमान आएका घरेलु महिला कामदारका समस्या निकै चुनौतिपूर्ण  –  डोरनाथ अर्याल,  ओमानका लागि नेपाली राजदूत

तारा वाग्ले

विभिन्न खाडी मुलुकहरूजस्तै ओमान पनि नेपालको वैदेशिक रोजगारको लागि प्रमुख गन्तव्य मुलुक बनेको छ। नेपालले ओमानसँग २१ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना गरेसँगै दुबै देशबीच सुमधुर सम्बन्ध रहदै आएको छ।  नेपालले ओमानमा १, सेप्टेम्बर २०१३ मा कार्यवाहक राजदूतस्तरमा र २०१७ मा  राजदूतको नियुक्ति भएपछि राजदूतस्तरमा स्तरोन्नती गरी राजदूतावासबाट नेपाली श्रमिकका हककित र चासोका सम्वन्धमा विभिन्न कार्य हुँदै आएका छन्। नेपाल र ओमानले अन्तर्राष्ट्रिय मामिलाहरूमा साझा धारणा राख्छन भने संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन लगायत विभिन्न अन्तर्राष्ट्रिय संगठनहरूका सदस्यहरू रहेका छन्। पर्यटन, लगानी, व्यापार लगायतका क्षेत्रहरूमा प्रशस्त अवसरहरू रहेको मुलुक ओमानमा नेपालको प्रतिनिधित्व गरिरहनुभएको छ राजदूत डोरनाथ अर्यालले। गत चैतमा मन्त्रिपरिषद्को बैठकले डोरनाथ अर्यालललाई ओमानका लागि राजदूत सिफारिस गरेपछि ओमानमा कार्यरत नेपाली श्रमिकको अभिभावक बन्नुभएका राजदूत अर्यालले नेपाल र ओमान सरकारबीच भएका सम्झौताहरू कार्यान्वयन गर्न, श्रम, सम्झौता र पर्यटन सहयोग सम्बन्धी सम्झौताहरूलाई अघि बढाउन  तथा द्विपक्षीय सहयोग सम्झौताहरू कार्यान्वयन गर्न पहल गर्ने बताउनुभएको छ।

श्रम स्वीकृति नलिई अवैध रुपमा आउने कामदारहरूको हकमा वैदेशिक रोजगार वोर्डबाट समस्यामा परेको बखत आर्थिक सहयोग प्राप्त नहुने, बीमाको व्यवस्था नहुने, पढाइलेखाइका कारण समेतले करारका सर्तहरू थाहा नहुने, घरेलु कामदार उपलब्ध गराउने एजेन्सीले स्पोन्सरबाट वैध रूपमा बिल काटेरै ठूलो रकम लिने कुराको जानकारी नहुने, कारवाहीको लागि कुनै प्रमाणहरू नहुने हालको अवस्था छ। शुरूमा गाउँबाट कामदार खोज्नेदेखि सबै चरणमा संलग्न हुने व्यक्ति वा एजेन्टहरूले  रकम असुल्ने र आखिरी मर्कामा घरेलु कामदारहरू पर्ने गरेका हुन्छन्।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायमाबाट स्नातकोत्तर तथा कानून, अर्थशास्त्रर शिक्षा शास्त्रमा स्नातक र पूर्वाञ्चल विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गर्नुभएका अर्यालले जापान, जर्मनी र भारतमा आयोजना भएका विभिन्न कूटनीतिक तालिमहरूमा सहभागी हुनुभएको छ। गुल्मी जिल्लाको दुर्गम गाउँ सिर्सेनीको तिम्ले भन्ने ठाउँमा जन्मिनुभएका अर्याल सामान्य कृषकको परिवारबाट संघर्ष र मेहनत गरी पढेर नेपाल सरकारको उच्च तहसस्म पुग्नुभयो।  बाल्यकालमा स्कूलको ‘हेड सर’ हुने सपना देख्ने अर्याललाई समयले सरकारी सेवातिर डोर्यायो। पदश्रृङखलाका विभिन्न तह पार गर्दै महानिर्देशकसम्म बन्नुभएका अर्याल राजदूत नियुक्त हुनुपूर्व परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागको महानिर्देशक तथा कन्सुलर सेवा विभागको महादिर्नेशकको रुपमा जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ। अहिले ओमानमा नेपालको प्रतिनिधित्व गर्दै दुई देशवीचको सम्वन्ध विस्तार गर्न र नेपाली श्रमिकको हकहितको व्यवस्थापन गर्न कृयाशिल राजदूत अर्यालसँग आइएनएसका लागि तारा वाग्लेले गरेको कुराकानीः

सरकारी सेवामा आउने सोच कसरी आयो ?

एसएलसीसम्म पढ्दा लोकसेवा, परराष्ट्र आदि केही थाहा थिएन। स्कूलको ‘हेड सर’ हुन पाए सबैभन्दा ठूलो त्यही हुन्छ होलाभन्ने लाग्थ्यो। सर्बप्रथम लोकसेवा भन्ने शब्द नागरिकता बनाउन तम्घास आउँदा थाहा भयो। नागरिकता फाँटमा काम गर्ने खरिदार निकै ठूलो मान्छे रहेछन् कि भन्ने भान पर्यो। नागरिकता बनाएर बाहिर निस्केपछि मैले जेठो दाजुलाई सोधे यस्तो खरिदार हुन कति पढ्नु पर्छ। दाजुले भन्नु भयो  एसएलसी गरी हालिस अब तैंले लोक सेवा पास गरिस भने खरिदार हुन सकिहाल्छस्। म झसङ्ग भए। मलाई लागेको थियो त्यस्तो मान्छे हुन त धेरै पढ्नु पर्छहोला। यसरी पहिलो पटक लोक सेवा भन्ने शब्द सुने। भित्रभित्रै जसरी पनि लोकसेवा पास हुनु पर्छ भन्ने लाग्यो।

यथार्थ जानकारी नहुनु नै सबैभन्दा ठूलो समस्या हो। आफू जानुपूर्व सोही देशमा गएका तीन चार जनालाई सोधियो वा एक पटक फोन गरेर नेपाली राजदूतावासमा वा वैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार बोर्डको सचिवालयमा सोधियो भने मात्र पनि धेरै समस्याको समाधान हुने थियो । यसको यथार्थ जानकारी वडावडा गाउँगाउँसम्म पुर्‍याएर  सचेतना जगाउन अत्यावश्यक देखिन्छ। पैसाको लोभमा आफ्नै नातेदार, छिमेकीले समेत ललाई फकाई घरेलु कामदारको रूपमा अवैध रुपमा विदेश पठाउने गरेको पाइएकोछ। यसरी नेपाल सरकारको नीतिको बर्खिलाप गरेर र गलत आश्वासन दिएर मानव तस्करिमा संलग्न हुनेहरूलाई हदैसम्मको कानूनी कारवाही गरिनु पर्छ।

त्यसपछि प्रशासन तर्फ खरिदार, तत्कालीन दूरसंचार संस्थानको मुख्य सहायक, परराष्ट्र सेवा तर्फको नायब सुब्बा हुँदै २०५४ सालमा परराष्ट्रमा शाखा अधिकृतको रुपमा प्रवेश गरेको थिएँ। मेरो दाजुले पनि परराष्ट्र तर्फ नौ जनाकै ग्रुपमा शाखा अधिकृतमा एक नम्बरमा नाम निकाल्नु भएको थियो र मेरो पनि ठ्याक्कै त्यही संजोक मिल्यो।त्यस पछि मेरो कूटनीतिक क्षेत्र तर्फको यात्रा स्थायी रुपमा अगाडि बढेको थियो। यसरी मेरो माइलो दाजु झविन्द्र अर्यालको प्रेरणाले नै मैले कूटनीतिक क्षेत्रतर्फ नै काम गर्ने दृढता लिएको थिएँ।

हालसम्म आफू कार्यरत रहेका कूटनीतिक नियोगहरूको कार्यअनुभव कस्तो  छ ?

मैले काम गरेको पहिलो नियोग नेपाली महावाणिज्यदूतावास हङ्गकङ्ग हो। त्यहाँ म सहचारीको रुपमा काम गरें। परराष्ट्रको शाखा अधिकृततर्फ लोक सेवाको जाँच दिएर गएको थिएँ र जाँच पास गरिसके पछि करिब चार महिनामा नै नेपाल फर्के। त्यस पछिको दोश्रो नियोग नेपाली महावाणिज्यदूतावास ल्हासा थियो, त्यहाँ म वाणिज्यदूतको रुपमा करिब चार बर्ष काम गरेँ। त्यस्तै, तेश्रो सरुवा कोपेनहेगनमा प्रथम सचिवको रुपमा नयाँ राजदूतावास स्थापना गर्ने जिम्मेवारी सहित भयो र त्यहाँ करिब साँढे दुई बर्ष काम गरेँ। त्यसपछि नेपाली राजदूतावास थाइल्याण्डमा काउन्सेलर र मिनिष्टर काउन्सेलरको रुपमा चार बर्ष एक महिना काम गरें र सो अवधिमा ३ बर्ष एक महिना कार्यवाहक राजदूतमा रुपमा काम गरेँ।  तत्पश्चात पुनः नेपाली राजदूतावास कोपेनहेगनमा मिनिष्टर काउन्सेलरको रुपमा करिब साँढे दुई बर्ष काम गरको छु। डेनमार्कका दुबै सरुवामा मेरो क्रमशःउपसचिव र सहसचिवमा बढुवा भएकोले कार्यवधि पुरा नहुँदै फर्किएको थिएँ।

कुनै गुनासो भयो, फोन उठेन भने गुनासो सुन्ने अधिकृत तथा प्रवक्ता तोकी मोवाइल फोन सार्वजनिक गरिएको छ र सो गर्दा पनि कुनै फोनहरू लागेन, कुनै गुनासो छ वा राजदूतलाई नै खबर गर्नु पर्ने गम्भिर विषय भएमा वेबसाइटमा राजदूतको मोवाइल नम्बर नै सार्वजनिक गरिएको छ। यस नियोगबाट रेस्पोन्स भएन, फोन उठेन, हाम्रो सेवा र काम प्रति गुनासो सायदै पाइनेछ। श्रमिक चेतना सम्बन्धी महत्वपूर्ण जानकारी नियमितरुपमा विशेष गरी फेसबुक पेज र वेबसाइटबाट दिने गरिएको छ।

 राजदूतमा नियुक्त भएदेखि हालसम्मको अनुभव कस्तो रहेको छ?

आफूले संसदीय समितिमा पेश गरेको कार्ययोजना, राजदूतको कार्यविवरण अनुसारका कार्यहरू, समय समयमा नेपाल सरकार र परराष्ट्र मन्त्रालयले तोकेका कार्यहरूलाई समेत केन्द्रमा राखेर दुई देशहरू बीचमा रहेको सुमधुर सम्बन्धलाई अझ प्रगाढ र फराकिलो बनाउन, पाइपलाइनमा भएका सम्झौताहरूलाई अन्तिम रुप दिन, उच्चस्तरीय भ्रमणहरूको आयोजना गर्न र ओमानमा रहनु भएका नेपालीहरूको सेवामा दत्तचित्त र दृढताका साथ लागि परेको छु। शुरुका दिनहरूमा शिष्टाचार भेट गर्ने प्रचलन पनि हुन्छ र सोही अनुसार मैले यथासक्य बढी ओमानका उच्चपदस्थ अधिकारीहरू, विदेशी कूटनीतिक नियोगका पदाधिकारीहरूसँग भेटघाट गरेँ। सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन हामी लागि परेका छौं। मलाई दोहोरो संवाद भयो भने मात्र पनि करिब ५० प्रतिशत समस्याको समाधान हुन्छ जस्तो लाग्छ। श्रमिक उद्दार, मानवतस्करी लगायत अत्यावश्यक कामका लागि सातै दिन चौबीसै घण्टा उठ्ने गरी चारवटा मोवाइल फोन सार्वजनिक गरिएको छ। कुनै गुनासो भयो, फोन उठेन भने गुनासो सुन्ने अधिकृत तथा प्रवक्ता तोकी मोवाइल फोन सार्वजनिक गरिएको छ र सो गर्दा पनि कुनै फोनहरू लागेन, कुनै गुनासो छ वा राजदूतलाई नै खबर गर्नु पर्ने गम्भिर विषय भएमा वेबसाइटमा राजदूतको मोवाइल नम्बर नै सार्वजनिक गरिएको छ। यस नियोगबाट रेस्पोन्स भएन, फोन उठेन, हाम्रो सेवा र काम प्रति गुनासो सायदै पाइनेछ। श्रमिक चेतना सम्बन्धी महत्वपूर्ण जानकारी नियमितरुपमा विशेष गरी फेसबुक पेज र वेबसाइटबाट दिने गरिएको छ।

नेपाल र ओमनबीच श्रम तथा रोजगार, पर्यटन आर्थिक कूटनीति लगायतको क्षेत्रमा कस्तो सम्बन्ध  रहेको छ?

नेपाल र ओमानबीच जनवरी २१, १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। दुबै देशबीच सुमधुर र प्रगाढ सम्बन्ध रहेकोछ। नेपालले ओमानमा सेप्टेम्बर १, २०१३ मा कार्यवाहक राजदूतस्तरमा राजदूतावास खोलेको थियो। त्यसपूर्व साउदी अरबस्थित नेपाली राजदूतावास ओमानको लागि पनि सहप्रमाणीकरण भएको थियो। पछि नेपाली राजदूतको नियुक्तिसँगै सन् २०१७ मा राजदूतस्तरमा अपग्रेड गरिएको थियो।नेपाल र ओमानले कैयौं अन्तर्राष्ट्रिय मामिलाहरूमा साझा धारणा राख्छन्। दुबै देश संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन लगायत विभिन्न अन्तर्राष्ट्रिय संगठनहरूका सदस्यहरू रहेका छन् र दुबै मुलुकहरूबीच प्रचुर मात्रामा प्राकृतिक श्रोतहरू छन्। पर्यटन, लगानी, व्यापार लगायतका क्षेत्रहरूमा प्रशस्त अवसरहरू छन्।

राजदूतावासले  सरोकारवाला निकाय तथा व्यक्तिसँग कसरी सहकार्य गरिरहेको छ ?

ओमानमा रहेका सबै स्थानीय संघ संस्था र राजदूतावास राम्रोसँग मिलेर काम गरेको अवस्था छ। नेपाली संघ सस्थाका प्रतिनिधिहरू समेत राखेर एक विकास कूटनीति सम्बन्धि स्थायी समिति गठन गरिएकोछ। सबै संघ संस्था र राजदूतावास मिलेर चाडवाड मनाउने, वाकाथन आयोजना गर्ने, श्रमिक सचेतना सम्बन्धी कार्यक्रम गर्ने, आर्थिक कूटनीति लगायतका कार्यहरू गरेका छौं। नेपाली संघ सस्थाहरूसँगको सहकार्य, साथ र सहयोग ओमानमा उदाहरणीय छ। विकास कूटनीति सम्बन्धी समितिको निर्णयानुसार यथासक्य बढी संचारकर्मी, ब्लगरलाई फाम ट्रिपमा नेपाल पठाउने, त्यसको लागि एक नेपाली संस्थाले एक हवाई टिकट व्यवस्था गर्ने, नेपालका पर्यटकीय सौन्दर्यता झल्किने पेन्टिङ्गहरू यहाँका महत्वपूर्ण सरकारी तथा अन्य निकायहरूमा उपहारको रुपमा दिई सबैले देख्न सकिने ठाउँमा राख्न अनुरोध गर्ने र त्यसको लागि यस आर्थिक बर्षमा सबै नेपाली संघ संस्थाहरूको तर्फबाट एक एक वटा समेत गरी करिब ३० वटा पेन्टिङ्गको व्यवस्था गर्ने, नियमित इभेन्टको रुपमा सगरमाथा दिवस र ओमानको राष्ट्रिय दिवसको अवसरमा नेपाली बाजागाजा र सांस्कृतिक कार्यक्रम तथा विभिन्न नेपाली भेषभुसासहित वाकाथन आयोजना गर्ने कार्यक्रमको शुरूवात गरिएको छ। राजदूतावासले हालै पञ्चे बाजाको व्यवस्था गरेको छ। नेपाल पर्यटन वोर्डको सहयोगमा  दुईवटा महत्वपूर्ण राष्ट्रियस्तरका पत्रिकाका पत्रकारहरू यही १७ फेब्रुअरीमा एक हप्ताको लागि नेपाल जानु भएको छ। अरु दुई टोली पठाउनको लागि अन्तिम तयारी भइरहेको छ। यस आर्थिक बर्षमा दुईवटा व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रम गर्न तयारी गरी रहेका छौं। राहदानीको निःशुल्करुपमा फाराम भरी सहयोग गर्न स्वयम् सेवक तोकिएको छ र स्वयम् सेवकको सहयोग लिन नसक्ने र फाराम भर्न नजान्नेहरूलाई राजदूतावासले आफै गरी दिने गरेकोछ। अरु अलपत्र परेका नागरिकहरूको उद्दार, राहदानी, कन्सुलर, मागपत्र प्रमाणित लगायतका कामहरू नियमित रुपमा हुन्छन नै।

कुनै नयाँ योजना पनि छन्?

कूटनीतिक सम्बन्ध अझ प्रगाढ र फराकिलो बनाउने, पाइपलाइनमा भएका सम्झौताहरूलाई अन्तिमरुप दिने आदि कुराहरू जोसुकै यो पदमा आए पनि निरन्तरता दिनु पर्ने हुन्छ। पूर्वजहरूले गर्नु भएको काममा इटा थप्दै जाने हो। अन्य सेवा प्रवाह सम्बन्धी विषयहरू, विकास कूटनीतिका विभिन्न आयमहरू जस्तै, पर्यटन, व्यापार, लगानी, वैदेशिक रोजगारी, संस्कृति, सार्वजनिक कूटनीति प्रवर्द्धन गर्ने आदि विषयहरू र सहयोगका क्षेत्रहरू विस्तार गर्ने लगायतको विषयमा मैले संसदीय सुनुवाई समितिमा पेश गरेको कार्ययोजना समेतको आधारमा राजदूतावासले थप कार्ययोजना बनाएको छ। मैले संसदीय सुनुवाई समितिमा बाचा गरेअनुसार मैले पेश गरेको कार्ययोजना राजदूतावासको वेबसाइट मार्फत सार्वजनिक नै गरेको छु।

ओमानमा रहेका नेपाली श्रमिकका समस्या कस्ता खालका न् ? समस्याको  सम्बोधन गर्ने क्रममा के कस्ता चुनौति आएका छन् ?

ओमानको हकमा विशेष गरी श्रम स्वीकृति लिएर र विज्ञापन गर्दा तोकिएको तलब र भत्ता पाउने गरी करारमा हस्ताक्षर गरेर आउनेहरूको हकमा कम समस्याहरू छन्। विशेष गरी अवैधरुपमा विभिन्न बाटोबाट आउनु भएका घरेलु महिला कामदारहरूका समस्याहरू निकै चुनौतिपूर्ण रहेका छन्। यसरी श्रम स्वीकृति नलिई अवैध रुपमा आउने कामदारहरूको हकमा वैदेशिक रोजगार वोर्डबाट समस्यामा परेको बखत आर्थिक सहयोग प्राप्त नहुने, बीमाको व्यवस्था नहुने, पढाइलेखाइका कारण समेतले करारका सर्तहरू थाहा नहुने, घरेलु कामदार उपलब्ध गराउने एजेन्सीले स्पोन्सरबाट वैध रूपमा बिल काटेरै ठूलो रकम लिने कुराको जानकारी नहुने, कारवाहीको लागि कुनै प्रमाणहरू नहुने हालको अवस्था छ। शुरूमा गाउँबाट कामदार खोज्नेदेखि सबै चरणमा संलग्न हुने व्यक्ति वा एजेन्टहरूले  रकम असुल्ने र आखिरी मर्कामा घरेलु कामदारहरू पर्ने गरेका हुन्छन्। किन घरेलु कामदारको रूपमा विदेश जान सिफारिस गरेको छ वा सुझाव दिएको छ, भन्ने भित्री रहस्य उहाँहरूलाई थाहा नै हुँदैन। अतः यथार्थ जानकारी नहुनु नै सबैभन्दा ठूलो समस्या हो। आफू जानुपूर्व सोही देशमा गएका तीन चार जनालाई सोधियो वा एक पटक फोन गरेर नेपाली राजदूतावासमा वा वैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार बोर्डको सचिवालयमा सोधियो भने मात्र पनि धेरै समस्याको समाधान हुने थियो । यसको यथार्थ जानकारी वडावडा गाउँ गाउँसम्म पुर्‍याएर सचेतना जगाउन अत्यावश्यक देखिन्छ। पैसाको लोभमा आफ्नै नातेदार, छिमेकीले समेत ललाई फकाई घरेलु कामदारको रूपमा अवैध रुपमा विदेश पठाउने गरेको पाइएकोछ। यसरी नेपाल सरकारको नीतिको बर्खिलाप गरेर र गलत आश्वासन दिएर मानव तस्करिमा संलग्न हुनेहरूलाई हदैसम्मको कानूनी कारवाही गरिनु पर्छ। त्यस्तै राजदूतावासका लागि अर्को चुनौति भनेको कुनै नेपाली नागरिक अलपत्र परी तत्काल उद्दार तथा उपचार गर्नुपर्ने अवस्थामा राजदूतावासको छुट्टै उद्दार कोष वा यथेष्ट बजेट नहुनु र कर्मचारीको संख्या कम हुनु हो।

सुधारका अन्य उपाय?

दुबै मुलकहरूबीच विभिन्न उच्चस्तरीय भ्रमणहरू सम्पन्न भएका छन्। दुई देश बीच द्विपक्षीय परामर्श संयन्त्र गठन भएकोछ। त्यस्तै कूटनीतिक, विशेष र सर्भिस राहदानीमा भिसा छूट सम्बन्धी समझदारीपत्र, हवाइ सेवा सम्बन्धी समझदारीपत्र,  नेपालको उद्योग वाणिज्य महासंघ र ओमानको उद्योग बाणिज्य महासंघबीच समझदारीपत्रमा हस्ताक्षर भएकोछ। दुई देशबीच श्रम सम्झौता र पर्यटन सहयोग सम्बन्धी सम्झौता छलफलको अन्तिम क्रममा छन्। कूटनीतिक सम्वन्धलाई थप उचाइमा पुर्याउन गरिने प्रयासहरू सधै निरन्तर हुन्छन्, कहिल्यै पर्याप्त भए भन्ने हुँदैन। दुबै देशहरूमा प्रचुर अवसरहरू छन् र ती अवसरहरूलाई नेपालको अधिकतम हितमा उपयोगमा ल्याउन अविछिन्न रुपमा पहल गर्दै जानु पर्दछ र हामी त्यतै तर्फ दृढताका साथ अग्रसर छौं।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तारा वाग्ले का अन्य पोस्टहरु:
अवैधरुपमा ओमान आएका घरेलु महिला कामदारका समस्या निकै चुनौतिपूर्ण  –  डोरनाथ अर्याल,  ओमानका लागि नेपाली राजदूत
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link